म ओर्लें, पासाङ ल्हामु उक्लिन् – Janata Live
  • Friday, February 3, 2023

म ओर्लें, पासाङ ल्हामु उक्लिन्

  • जनता लाइभ
  • पुष १६, २०७५

म ओर्लें, पासाङ ल्हामु उक्लिन्

पासाङ चुचुरोमा पुगी फर्किएर साउथ समिट आइपुगेपछि अक्सिजन सकिएछ । मौसम पनि खराब भएछ । पासाङ फर्किन नसकेपछि नुरु आए । अक्सिजन सकियो, पासाङ साउथ समिटमा छ भनेपछि हामीले भएको अक्सिजन पठायौँ । त्यो रात साउथ कोलबाट नुरु अगाडि बढ्नै सकेनछन् ।

‘तिमी नन्दलाई बेसक्याम्प पु¥याएर फर्किनू । म पनि पिकबाट फर्किन्छु । अनि, तिमी शेर्पाहरूलाई साथ लिएर पिकमा जानू,’ पासाङ दिदीले मलाई दिएको अन्तिम निर्देशन यही थियो । हाम्रो समूहको उहाँ लिडर हुनुहुन्थ्यो । म डेपुटी लिडर थिएँ । तीनजना नेपाली महिलाले सगरमाथाको यात्रा तय गरेका थियौँ । तर, साउथ कोल (८ हजार मिटर उचाइ) पुगेपछि नन्द राईलाई अल्टिच्युड सिकनेसले समात्यो । अनुहार नीलो हुन थाल्यो । त्यसपछि उसलाई लिएर बेसक्याम्प झर्ने जिम्मेवारी पासाङ ल्हामु दिदीले मलाई सुम्पनुभयो । शेर्पा सहयोगी लिएर म बेसक्याम्पतर्फ ओरालो लागेँ, पासाङ दिदी एभरेष्ट पिकतर्फ उकालो लाग्नुभयो ।

माउन्ट एभरेष्ट सम्झिनेबित्तिकै १९९३, मे १८ को त्यही निर्देशन मेरो मथिंगलमा आइहाल्छ । मन उकुसमुकुस हुन्छ । बैठक कोठाको भित्तामा उहाँसँगै खिचिएको तस्बिर झुन्डिरहेको छ । हेर्छु, मन्द मुस्कानमा दुवैजना प्रफुल्लित छौँ । पृष्ठभूमिमा सगरमाथा राखेर बनाइएको तस्बिरमा ‘क्विन अफ हिमालयन’ लेखिएको छ । फेरि, त्यही दिनको सम्झनामा दुखेको मन आँखा भएर आँसुको विम्बमा तरक्क चुहिन्छ । कुँडिएको मनले भन्छ, ‘शारीरिक रूपमा तन्दुरुस्त भएर पनि मैले सगरमाथामा पाइला राख्ने पहिलो नेपाली साहसिक नारी बन्ने मौका गुमाउनुप-यो ।’ अर्को मनले फेरि भन्छ, ‘आफूले नपाए पनि मेरो साथीले सगरमाथासँग जितेको सफलताको उचाइ पनि सबैसँग सशरीर बाँड्न पाइनँ ।’ मन फेरि विह्वल हुन्छ । तैपनि, जबर्जस्ती आफूलाई सम्हाल्छु अनि मनमनै सम्झाउँछु आफैँलाई ‘एक नेपाली महिलाको साहसको कदर मृत्युपर्यन्त राष्ट्रिय विभूतिको उपमाले गरेको छ ।’

पासाङ ल्हामु शेर्पा र मेरो जन्मथलो एकै ठाउँ हो । हामी सोलुखुम्बुको चौंरीखर्कमा जन्मियौँ । हाम्रो नाता पनि पर्छ । हामी एउटै दाजुभाइका खलक हौँ । हाम्रा हजुरबुबाको पालादेखि नै सिजनमा ट्रेकिङ र अरू बेला किसानी काम गर्दै आउनुहुन्थ्यो । सायद त्यसैको प्रभाव होला, मलाई पनि हिमाल चढ्ने काम मन पथ्र्यो । अझ बढीचाहिँ हिमालमा विदेशीहरूको काम गर्दा हुने कमाइले आत्मनिर्भर बन्न सकिन्छ भनेर पनि यतातिर आकर्षण बढेको हो । तर, छोरीमान्छेलाई पर्वतारोहणको काममा सहज भने थिएन, त्यतिबेला । मचाहिँ बाल्यकालदेखि नै बलियो थिएँ, मानसिकता पनि सायद बलियो भएर होला पुरुषहरूको बीचमा काम गर्दा कमजोर महसुस कहिल्यै भएन । फ्याक्चर भएको खुट्टा लिएर पनि भरिया भएर हिँडेँ म । १३ वर्षदेखि भरिया बनेर पर्वतारोहण पेसामा लागेको हुँ । पछि कुकको हेल्पर, कुकदेखि गाइडसम्म बनेँ ।

पासाङ पनि बाल्यकालदेखि नै लागेको हो । तर, हामी कहिल्यै एउटै यात्रामा परेनौँ । नेपालका धेरै हिमशिखर चढेपछि म लामो समय युरोपका हिमशिखरको यात्रामा गएँ । दीर्घकालीन पर्यटन विषयमा हल्यान्डमा ग्र्याजुयट पनि गरेँ । पछिल्लो समय युरोपियन देशका ६ हजार मिटरसम्मका हिमालमा स्की खेलेर फर्किएको थिएँ ।

त्यतिबेलै नेपाल र भारतका महिलाको समूहले सगरमाथा चढ्ने कार्यक्रम बनेको रहेछ । त्यस यात्रामा म र पासाङलाई पनि समावेश गर्ने प्रस्ताव आएको थियो । तर, एक महिना भारतमा तालिमका लागि जाने समय नभएपछि हामी दुवैले भारतीय महिलाको समूहसँग चढ्ने भनेको सगरमाथाको यात्रा रद्द भयो । पासाङ पनि सगरमाथा चढ्न धेरै अघिदेखि उत्सुक हुनुहुन्थ्यो । दुईपटकसम्म अगाडि नै कोसिस पनि गरिसक्नुभएको थियो । भारत जान नपाए पनि हामी दुई मिलेर सगरमाथा चढ्ने निधो ग¥यौँ । हाम्रो समूहमा नान्दा राई पनि हुनुहुन्थ्यो । मनले अठोट गरेपछि नसकिने केही हुँदैन । हामीले सगरमाथा चढ्नका लागि आवश्यक प्रक्रिया पूरा गरी अन्ततः सगरमाथा यात्रामा गयौँ ।

पासाङ ल्हामुलाई लिडर बनाएर हामी सगरमाथा चढ्यौँ । त्यतिबेला वेदर अलि खराब थियो । तैपनि, साउथ कोलसम्म पुग्न समस्या भएन । सहजै तीनैजना पुगेका थियौँ । हाम्रो साथमा सोनाम छिरिङ गाइड र पेम्बा नुरु शेर्पा हुनुहुन्थ्यो । साउथ कोलबाट नान्दा राईलाई तल लिएर आउनुपर्ने भएपछि उहाँले सोनाम र नुरुलाई लिएर चढ्नुभयो । नान्दालाई लिएर म तल थिएँ । पासाङको श्रीमान् पनि मसँगै हुनुहुन्थ्यो । उनीहरू माथि गएको दुई दिनसम्म तल खबर आएको थिएन । त्यतिबेला अहिलेजस्तो वाकीटकी प्रविधि पनि सहज थिएन । पासाङ चुचुरोमा पुगी फर्किएर साउथ समिट आइपुगेपछि अक्सिजन सकिएछ । मौसम पनि खराब भएछ । पासाङ फर्किन नसकेपछि नुरु आए । अक्सिजन सकियो, पासाङ साउथ समिटमा छ भनेपछि हामीले भएको अक्सिजन पठायौँ । त्यो रात साउथ कोलबाट नुरु अगाडि बढ्नै सकेनछन् ।

म बेसक्यापमा सुतिरहेको थिएँ । ‘लाक्पाफुटी बैनी’ पासाङ दिदीको स्वर सुनेँ । पाल उल्टाएर बाहिर हेरेँ, उहाँ हुनुहुन्नथ्यो । दुई-तीनपटक त्यही आवाज आयो । पाल उठाएँ केही देखिँदैन । मलाई निकै चिन्ता लाग्यो, कतै पासाङ दिदी… । निद्रा राम्रो पर्नै सकेन । गाइड सोनामलाई पनि त्यस्तै भएछ त्यो रात । भोलिपल्ट बिहानै पो थाहा भयो पासाङ दिदीले संसार छाड्नुभएछ ।

पासाङ दिदी चुचुरोमा पुगेर साउथ समिटमा रोकिएको दिन मैले नै सगरमाथाको सफल आरोहण गर्नुभएको सुखद समाचार संसारभर सुनाएको थिएँ, बेसक्याम्पमा बसेर । त्यो समाचार सुनाउँदै गर्दा लागेको थियो, दिदी फर्किएपछि म पनि मेरो सगरमाथाको उचाइलाई चुम्नेछु अनि विश्वसामु नेपाली महिला हुनुको गौरव देखाउनेछु । तर, भोलिपल्ट बिहान फेरि दुःखद खबर विश्वसामु सुनाउनुप¥यो, पासाङ दिदीले आफूलाई सगरमाथाको उचाइमै सदाका लागि चढाउनुभयो । खबर सुन्दा आफू बसेको उचाइ खस्किएझैँ लागेको थियो । संसार जितेको मान्छेलाई छाडेर आउनुपर्दाको पीडा बहन गर्ने क्षमता खस्किएको भान भइरहेको थियो । त्यसमाथि पासाङको श्रीमान् लाक्पा सोनामले छोराछोरी सम्झिँदै पासाङको नाममा गरेको बिलौना खपिसक्नु कहाँ थियो र भगवान्ले पनि मान्छेलाई असीम खुसीमा रमाउने मौका नदिनेरहेछ । लाग्यो, धेरै पीडामा मान्छे स्वैच्छाले जीवनलीला समाप्त गर्ने कमजोर मानसिक अवस्था बनाउँछ । अनि धेरै खुसीमा चाहिँ भगवान्ले उसका शरीरका अवयवलाई कमजोर बनाइदिएर आफूसँगै समाहित गराउन चाहन्छ । अहिले सम्झन्छु, मान्छेका लागि अधिक खुसी र अधिक पीडा सायद घातक हुने रहेछ ।

हामीले पनि अधिक खुसी आत्मसात् गर्न पाएनौँ । पासाङ दिदीको निधनको खबरले मेरो शारीरिक तन्दुरुस्तीलाई पनि शिथिल बनाइदियो । सगरमाथाको चुचुरोमा पाइला राख्ने रहर एकठाउँमा जम्यो, स्निग्ध हिउँका डल्लाजस्तै गरेर । सेतो हिउँको थुप्रोमा सानो फोहोर लागे पनि प्रस्ट देखिन्छ । मेरो जीवनमा पनि सगरमाथामा पाइला राख्ने चाहना त्यही घटनापछि रोकियो । पासाङको निधनपछि परिवारले जीवन जोखिममा पार्ने काममा प्रतिबन्ध लगाए । छोराछोरीले ‘अब हामीलाई छाडेर गए आमा भनेर माफी गर्दैनौँ’ भन्ने चेतावनी दिए । पासाङका ती छोराछोरीका पीडा आफ्ना परिवारसँग तुलना गरेँ मैले पनि । निन्याउरो मुख लगाएर बेसक्याम्पबाट दुईजना मात्रै फर्किनुको पीडा थियो, एकातिर । अर्कोतिर परिवारले चाहेको मेरो जीवनको आवश्यकता । दुवैलाई सम्झिरहन्छु हिजो–आज । अनि, मनमनै फेरि गुन्छु, पासाङ एक शेर्पा मात्रै होइन, बहादुर नेपाली महिला हो ।

उनले सर्वोच्च शिखर सगरमाथामा चढाएको बलिदानी सिंगो नेपाली महिलाको बलिदानी अनि साहस हो । यो मेरो पनि सफलता हो । अनुहार उठाएर भित्तामा दृष्टि एकाकार गर्न खोज्छु, फेरि उही तस्बिरमा पासाङ मसँग हाँसिरहेकी छन् । उनकै मुस्कानमा सगरमाथाको उचाइ चुमेको सफलता मापन गरिरहन्छु म । -लाक्पाफुटी शेर्पा, अध्यक्ष, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...