७–८ रुपैयाँले ६ महिना टार्थेँ – Janata Live
  • Friday, February 3, 2023

७–८ रुपैयाँले ६ महिना टार्थेँ

  • जनता लाइभ
  • पुष १५, २०७५

७–८ रुपैयाँले ६ महिना टार्थेँ

ग्याल्बो लामा ह्योल्मो थान्का कलामा एक परिचित नाम हो । राष्ट्रिय स्तरका विभिन्न प्रतिष्ठित पुरस्कारहरू हात पारिसकेका लामाको परिचय यतिले मात्रै पूर्ण हुँदैन । दुई दशकभन्दा लामो थाङ्काको कला क्षेत्रमा असहज यात्राभित्रको संघर्षको कथा पनि उनको एउटा पूरक परिचय हो ।

अझ कठिन यात्रा पार गरेर प्राप्त गरेको उपलब्धि, कलाकारिता पेसालाई नै सेवाको रूपमा अगाडि बढाउने इच्छा राखेका छन् उनले । राजनीतिलगायत समाज सेवाका विभिन्न निकाय र संस्थाहरूबाट पेसाको रूपमा कब्जा जमाए । यसै क्षेत्रबाट धन आर्जन गरे । वर्तमान नेपालको परिस्थितिमा ह्योल्मोको इच्छा शक्ति आफैंमा चुनौतीपूर्ण देखिन्छ । ‘एक्काइसौं शताब्दीको वर्तमान विश्वमा पैसाको महत्व धेरै ठूलो थियो,’ ग्याल्बो लामा ह्योल्मो हाँस्दै भन्छन्, ‘तर त्यो पैसाले ‘ओछ्यान किन्न सकिन्छ, निद्रा किन्न सकिँदैन ।’ हुन पनि यदि उनले चाहेको भए, अरूले जस्तै पैसाको पछि लागेर बङ्गला, गाडी, जवाहरात प्रशस्तै जोड्न सक्ने थिए । तर ह्योल्मोले कहिल्यै पनि पैसालाई प्राथमिकता दिएनन् बरु समाज र राष्ट्रको प्रतिष्ठा निर्माण्ँमा नै चिन्तनशील बनें ।

विक्रम संवत् २०४३–४४ सालतिर काठमाडौं झरेपछि कलाकार लामाले गुरु कुमार लामाको छत्रछायामा बसेर कला आर्जन गर्ने अवसर पाए । गुरुको निर्देशन र शिल्पी सूत्रको लगनशीलताका साथ अनुसरण्ँ गर्दै छोटै अवधिमा थान्का कलाको आधारभूत तथ्यहरू सिक्न सक्षम बने । तत्पश्चात्, तिब्बतका ख्यातिप्राप्त थान्का कलाकारहरूमध्ये ग्याल्बोले गुरु छेतेन टासीबाट अतिरिक्त अभ्यास गर्ने अवसर पाए । त्यसपछि लामाको कलामा निखार र निपुण्ँता आयो ।

उनी कला प्रदर्शनीको क्रममा संसारको जुनसुकै मुलुकमा पुग्दा पनि नेपाल र नेपाली राष्ट्रियताको प्रतीक दौरा सुरुवाल र ढाका टोपीमा ठाँटिएर उभिन्छन् । ‘सबैभन्दा पहिले नेपाल र नेपाली भनेर चिनिनु जरुरी छ,’ उनले भने । त्यसपछि मात्रा परिचयको अस्तित्व रहन्छ ।

त्यसो त पछिल्ला दिनहरूमा डोल्पाका प्रख्यात थान्का गुरु लामा कुइन्साङसँग ग्याल्बोको सामीप्यता बढाएका थिए । विगत सम्झन्छन्, ‘हेलम्बुको घरबाट आमाले जोरजाम गरेर पठाएको सात-आठ सय रुपैयाँले छ महिनासम्म छाक टार्ने गर्थें । एउटा थान्का कार्यशालामा मासिक चार सय रुपैयाँमा काम सुरु गरेर आफ्नो कला क्षेत्रलाई अगाडि बढाएँ ।’

२०५२-५३ सालसम्म अइपुग्दा थाङ्का कलाकार ग्याल्बोको कलाकारिता यात्राले धेरै खुड्किला पार गर्दै गए । त्यसपछि आफ्नै कार्यशाला खोलेर ७-८ जना थान्का कलाकारहरूलाई रोजगार दिएका थिए ।

उनी राष्ट्र र राष्ट्रियताप्रति गम्भीर देखिन्छन् । माओवादीको द्वन्द्वकालमा बुद्ध प्रतिमाको पृष्ठभूमिमा युद्धकालको कथालाई मार्मिक ढंगले रङमा उतारे । उक्त चित्रले निकै चर्चा पाए । भावुक हुँदै उनी भन्छन्, ‘शान्तिको दूत बुद्ध जन्मेको देशमा सधैंभरिको यो युद्ध कति अशोभनीय छ, कहिले शान्ति छाउने होला देशमा ?’

उनी कला प्रदर्शनीको क्रममा संसारको जुनसुकै मुलुकमा पुग्दा पनि नेपाल र नेपाली राष्ट्रियताको प्रतीक दौरा सुरुवाल र ढाका टोपीमा ठाँटिएर उभिन्छन् । ‘सबैभन्दा पहिले नेपाल र नेपाली भनेर चिनिनु जरुरी छ,’ उनले भने । त्यसपछि मात्रा परिचयको अस्तित्व रहन्छ । ग्याल्बो प्रजातान्त्रिक राजनीतिक विचारमा विश्वास राख्छन् । देशको राजनीतिक अस्थिरताका कारण बेला बोलामा चिन्तित हुन्छन् । वर्तमान राजनीतिक गतिरोधले निकास पाउने हो भने, अबको नेपाली जनताले, सामाजिक सुरक्षालगायत राष्ट्र निर्माण्ँको आधारभूत खम्बा उठाउन सकिन्छ ।

Loading...
Loading...
Loading...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

काठमाडौं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा...

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको...