संस्कृतिप्रेमी फराडेन्डी – Janata Live
  • Saturday, February 4, 2023

संस्कृतिप्रेमी फराडेन्डी

  • जनता लाइभ
  • पुष १५, २०७५

संस्कृतिप्रेमी फराडेन्डी

भोजपुर दोभाने–९ मा विं.सं. २०२९ सालमा जन्मिएका हुन्, फरान्डेडी शेर्पा । कलाकार, सामाजिक अभियन्ता, संगीतकार, गायकसहित उनको परिचय अझ फराकिलो छ । तर, यो सबै फराकिलो परिचय उनले आफ्नो संघर्ष र मेहनतको बहुबालीमा खडा गरेका हुन् । सानो छँदा उनलाई पनि लागेको थिएन्, जीवनले यति कठिन र लामो उकालो तय गराउनेछ । हुनत हुर्किदा समेत उनले जीवनका उकाली ओरालीहरूबारे कहिल्यै सोचेका थिएनन् । तर, जब उनी बैशको उकालोमा चढ्न थाले । उकाली ओराली जीवन नियमित साथी बन्यो ।

बाल्यकालमा उति संकट थिए । बुबा कितेम्बा शेर्पा र आमा दादिगी शेर्पा र दाई तीन दाजुभाइ र तिन दिदीबहिनीको सुखी परिवार थियो । बुबा कितेम्बा त्यतिबेला वडाध्यक्ष थिए । त्यसैले शिक्षाका बारेमा थोरै भएपनि जानकार थिए । दोभाने–९ मा स्कुल थिएन । कितेम्बाले साल्पामा प्रावि स्थापनाका लागि पहल गरे । स्कुल खुल्यो । त्यसपछि फराडेन्डी शेर्पा स्कुल जान थाले । त्यही साल्पाको प्राथमिक विद्यालयबाट उनले कक्षा तीनसम्मको शिक्षा हासिल गरे । यतिनै बेला उनको घरमा ब्रजपात भयो ।

उनले परिवारको सबैभन्दा प्रिय मान्छे गुमाउनुप¥यो आमा । मातृ वियोगले उनको परिवार बिचलित  बन्यो । तर, नियतिको कठिन परिक्षालाई नझेलेर उनको परिवारलाई सुखै थिएन । आखिर त्यो दुःखको सागर तर्नैपर्ने थियो, कही पुग्नका लागि पनि । फराडेन्डी पनि त्यही गरे । परिवारसँगै उनको यात्रा पनि रोकिएन ।

‘शेर्पा जातिको सामाजिक, आर्थिक र साँस्कृतिक एवं ऐतिहासिक पक्षलाई समेटेर फिल्म बनाउन मेरो सोच बन्यो ।’ त्यही सोचमा नै उनी डोरिए आफ्नो जातिको ऐतिहासिक, साँस्कृतिक पक्षलाई समेटेर मौलिक फिल्म बनाए, कुसुम । ‘भाषा र संस्कृतिलाई संरक्षण गर्ने र विदेशमा गएर मात्र केही हुँदैन ।

उनले फेदीबाट कक्षा ७ पास गरे । अब पढाइमा फुलस्टप लगाउनुपर्ने बाध्यता आइप¥यो । ‘बाजेहरू धनी नै थिए । तर, आमाको निधनपछि पढाइलाई अगाडि बढाउन सहज थिएन । त्यसैले कक्षा ७ मै पढाइ रोक्नुपर्ने बाध्यता आइप¥यो,’ उनी पढाइलाई रोक्नुपरेको कारणबारे भन्छन्, त्यसपछि एकदिन उनको आँखामा ङिमादिकी शेर्पा परिन । उनले ङिमादिकीलाई मन पराए । लभ सुरू भयो । त्यही लभ विवाहमा परिणत भयो । ‘मैले लभ म्यारिज गरे,’ उनले भने, ‘मनले चाहेको कुरा कसरी छाड्न सकिन्थ्यो र ।’ उनी आफ्नो विवाह प्रसंग सुनाइरहँदा बौद्धको भित्रि परिसरको एक रेष्टुरेन्टमा अलि रोमान्टिक देखिए । अब एक बाटमा दुई परिणत भएपछि सबै व्यवहारहरू उनीमाथि थपिदैं गए ।

फराडेन्डीले जुक्ति निकाले । एउटा होटल खोल्ने । त्यतिबेला त्यहाँ होटल थिएनन् । त्यसैले राम्रै ब्यापार हुने आँकलन उनको थियो । तर, होटल खोल्नका लागि आवश्यक पैसा पनि त थिएन् । तर, उनले हार खाएनन् । उपाय खोजिरहे । यत्तिकैमा जुक्ति फु-यो ऋण लिने । उनले १५ सय ऋण लिए । सापटी लिएको त्यही पैसाको मद्धतमा सल्पाफेदीको जौबारीमा उनको सपनाको होटल ठडियो । होटलको नाम राखे ‘हिमाली होटल’ । खास उनको होटल टुरिष्ट लज बन्यो ।

तर, विस्तारै होटल थपिदैं गए । प्रतिस्पर्धा बढ्दै गयो । फराडेन्डीलाई लाग्यो अब यहाँ होटल चलाएर केही हुँदैन् । त्यसपछि उनी वैदेशिक रोजगारीमा जाने खोजीमा लागे । काठमाडौंमा उनका कान्छा ससुरा थिएँ, पासाङ ल्हाक्पा शेर्पा । उनले ससुराकै सहायतामा दक्षिण कोरियामा रोजगारीका लागि जाने निधो गरे १९८८ मा । अरू सबै नेपालीजस्तै दक्षिण कोरियामा रोजगारीमा जाँदा उनका मनमा पनि सपनाको बाढी नै थियो । त्यो सपनाको पहिलोे नम्बर थियो, छोराछोरीलाई राम्रो स्कुलमा पठाउने । ‘मैले बच्चाहरूलाई राम्रा ठाउँमा पढाउने सपना साँचेको थिए । कोरिया पुगेपछि त्यो पूरा पनि भयो,’ उनी एउटा अभिभावक आफ्नो छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिन पाएकोमा खुशी देखिए । केही टुक्रा खुशी उनको अनुहारको वरपर दौडियो । त्यसपछि उनले काठमाडौंको तिनचुलीमा घर बनाए । परिश्रमले उनको सुखी संसार निर्माण हुन थाल्यो । ५ वर्ष दक्षिण कोरियाको सामसुङ कम्पनीमा काम गरेपछि उनी त्यहा पनि धेरै टिकिरहन सकेनन् । घर फर्के । त्यसपछि पुनः सिंगापुर जाने योजना बनाए ।

‘लगतै सिंगापुर हानिए,’ उनले सुनाएँ, ‘त्यहाँ ७ वर्ष बिताए ।’ उनले सिगापुरमा रहँदा म्यान्मार, थाइल्यान्ड, इन्डोनेशिया र मलेसिया घुमे । ‘यसले मेरो ज्ञानको दायरा बढायो,’ उनले भने, ‘त्यो भन्दा पनि बढी आट र विश्वास ममा भरियो ।’ सिगापुरमा उनले फुड कम्पनीमा काम गरे । पुनः नेपाल फर्केर पनि उनले अर्को विदेशको सपना देखे । जापान । त्यहाँ उनले ५ वर्ष बिताए । करिब ५ वर्ष जापानमा बिताएर उनी नेपाल फर्केको पनि ५ वर्षमात्र भएको छ । फराडेन्डी शेर्पा दक्षिण कोरिया, जापान र सिंगापुरबारे फरक–फरक अनुभव छ । ‘सिंगापुरको सिष्टम मनप¥यो । जापानको मानवअधिकार र पारिश्रमिक,’ उनले अनुभव सुनाए, ‘ती दुई देशभन्दा दक्षिण कोरिया अलि पछाडि नै छ ।’

जापानबाट फर्केपछि वैदेशिक रोजगारीबाट कमाएको पैसाले परिवार राम्रोसँग चल्न थाल्यो । अब फराडेन्डीलाई लाग्यो, समाजका लागि पनि त केही गर्नुपर्छ । त्यो पनि मानिस भएर जन्मेपछि कर्तब्यभित्र पर्छ । च्यारूङ खश्वर युलतेङ शेर्पा युवा क्बल खोले । जसको उद्देश्य बनाइयो १४ अञ्चल ७५ जिल्लाबाट आएका शेर्पाहरूको सुख दुःखको साथी बन्ने । ‘संस्थाको उद्देश्य यतिमात्र थिएनन्, लागु औषध दुब्यर्सनी रोक्ने, भाषा, संस्कृतिको संरक्षण गर्ने र समग्रमा सभ्य र सुस्कृत समाज निर्माण गर्ने उद्देश्य छ,’ फराडेन्डीले आफ्नो सामाजिक अगुवाईको पहिलो लक्ष्य सुनाए । जसको उनी ५ वर्षदेखि अध्यक्ष पद सम्हालिरहेका छन् ।

मुलुकमा संविधान निर्माणको बहस चुलिएको थियो । पहिलो संविधानसभाको निर्वाचनपछिको कुरा । फराडेन्डीलाई लाग्यो । सांगठनिक रूपमा केही दबाब नागरिकको तर्फबाट हामीले पनि सिर्जना गर्नुपर्छ । यतिकैमा उनको नेतृत्वमा संविधान निर्माणका लािग दबाब दिन साझा किदुग मञ्च गठन भयो । जसमा ४२ वटा किदुग सहभागी भए । त्यसले संविधान निर्माणका लागि विभिन्न दबाबमुलक कार्यक्रम पनि ग¥यो । तर, यत्रो ठूलो प्रयास व्यर्थ भयो । संविधानसभा विघटन भयो । फराडेन्डीलाई पनि केही दुःख लाग्यो । सक्रिय जीवन रूचाउने फराडेन्डी धेरै अन्य सामाजिक संस्थामा पनि आवद्ध छन् । उनी नेपाल आदिवासी जनजाति महासंघ काठमाडौं जिल्ला समन्वय समितिका कोषाध्यक्ष छन् । नेपाल रेडक्रस सोसाइटीमा आवद्ध भएर विभिन्न सामाजिक काममा पनि सक्रिय बनेका छन् ।

फराडेन्डी गायक पनि हुन् । ‘कलाकारिता मेरो सानोदेखिकै सौख हो,’ उनी आफ्नो कलाकारिता जीवनबारे भन्छन्, ‘म सानैदेखि गाउथे । नाटकमा अभिनय गर्थे ।’ तीन वर्षयता उनी गायनमा पनि सक्रिय बनेका छन् । उनको शेर्पा भाषामा दुई वटा एकल गीति एल्बम पनि सार्वजनिक भइसकेका छन्, टासी लुङ्बी चोला र दक्पीगेल्खाप । जसमा एउटामा ६ गीत र अर्कोमा दुई गीत छन् ।

‘टेन्सनबाट मुक्त हुने बाटो पनि हो संगीत,’ उनी भन्छन्, ‘सानैदेखिको संगीत पारखी भएकाले पनि यस क्षेत्रमा लागे ।’ यूरोपदेखि अमेरिकासम्म उनको एल्बमको बिक्री अहिले पनि उतिकै छ ।

फराडेन्डीलाई संगीत दुनियाँमा सबैभन्दा ठूलो खुशी मिल्यो । ‘पहिलो एल्बमको बिमोचनको बेला ‘वान्स मोर’ भनेर सबैले हुटिङ गरेपछि म उल्कै खुशी भए,’ उनले भने, ‘त्यति खुशी म त्यो भन्दा पहिले कहिल्यै भएको थिइन ।’ उनलाई बधाई र शुभकामना पनि त्यतिकै आइरहेको छ, गायनले नै उनी आफ्नो समुदायमा सेलिब्रेटी नै बनेका छन् ।

अहिले उनले समुदायमा पहिलो नयाँ काम गरेका छन्, पहिलो शेर्पा सेल्युल्वाइड सिनेमा निर्माण गरेर । फिल्मको नाम राखिएको छ, कुसुम । जसलाई आगामी फागुनसम्ममा विश्वभर रिलिज गर्ने योजना छ, उनको । ‘नेपाली सिनेमा निर्माण भएको ५० वर्ष भइसकेछ । जनजाति फिल्म बन्न थालेको २५ वर्ष । तर, अहिलेसम्म नौ वटा जनजातिले मात्र फिल्म बनाएको रहेछ,’ उनले फिल्म बनाउनुको कारण खोले, ‘शेर्पा जनजातिको सामाजिक, आर्थिक र साँस्कृतिक एवं ऐतिहासिक पक्षलाई समेटेर फिल्म बनाउन मेरो सोच बन्यो ।’ त्यही सोचमा नै उनी डोरिए आफ्नो जातिको ऐतिहासिक, साँस्कृतिक पक्षलाई समेटेर मौलिक फिल्म बनाए, कुसुम । ‘भाषा र संस्कृतिलाई संरक्षण गर्ने र विदेशमा गएर मात्र केही हुँदैन । मुलुकमै बसेर केही गर्नुपर्छ भन्ने सन्देश सिनेमाले दिन खोजेको छ,’ उनले भने, ‘आफ्नो भाषा र संस्कृतिलाई समेटेर पहिलो फिल्म बनाउन पाउँदा निकै उत्साहित छु ।’ अहिले कुसुमको सुटिङ सक्किसकेको थिए । जसमा ‘कुसुम’ चलचित्रमा दाइ निमा शेर्पासँग सयुक्त रूपमा निर्माण गरिएका छन् । उनले संगीत पनि दिएका छन् । कथा पनि फराडेन्डीकै हो । उनले फिल्ममा गीत पनि गाएका छन् ।

तर, फराडेन्डी आफ्नो परिश्रममा उभिएर विभिन्न व्यवसायमा पनि जम्ने कोशिस गरिरहेका छन् । उनले सिनेमा, यातायात क्षेत्रमा हात हालेका छन् । उनका जेठा छोरा आङल्हाक्पा शेर्पाले स्नातक तह उर्तीण गरी टे«किङ व्यवसायमा छन् । अर्का छोरा प्लस पढ्दैछन् । परिश्रमका पसिनाहरूले उनले आफ्नो परिवारको बाटो फराकिलो पारेका छन् । जसमा उनलाई सबैभन्दा नजिकबाट सहयोग गरेकी छन्, उनकी श्रीमतीले । ‘मेरा हरेक सफलता र संघर्षमा मेरी श्रीमतीको स्थान सबैभन्दा उच्च छ,’ फराडेन्डी भन्छन्, ‘श्रीमतीकै कारणले म यो अवस्थामा पुगेको हुँ ।’ उनले शेर्पा जातिका लागि काम गर्न नेपाल शेर्पा आदिवासी फिल्मस् प्रालि खोलेका छन् । यससँगै संगीत र सामाजिक सेवामा बाँकी समय खर्चने उनको योजना छ ।  फराडेन्डी शेर्पा, प्रबन्ध निर्देशक, नेपाल शेर्पा आदिवासी फिल्मस् प्रा.लि.

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...