‘जीवन संघर्ष हो’ – Janata Live
  • Friday, February 3, 2023

‘जीवन संघर्ष हो’

  • जनता लाइभ
  • पुष १३, २०७५

‘जीवन संघर्ष हो’

जीवनको अविरल यात्रा पार गर्दै सोलुखुम्बुकी सोनाम छोटी शेर्पा,  शेर्पा सेवा केन्द्रकी अध्यक्ष बन्न सफल भएकी छन् । शेर्पा समुदायमा महिला नेतृत्वको कमी भइरहेका बेला उनको लगनशिलताले शेर्पा समुदायमा उनी उदाहरणीय पात्र बन्न पुगेकी छन् ।

‘जीवन निकै संघर्षशील छ’ यो भनाइ सोनामको जीवनमा लागू भएको छ । उनले जीवनमा ठूलो संघर्ष गरेकी छन् । कडा मिहिनेतपछि उनी यतिबेला शेर्पा सेवा केन्द्रकी अध्यक्ष मात्र होइन, उनको नेतृत्वले केन्द्रमा ३८ अघिको इतिहास दोहोरिएको छ । शेर्पा समुदायको बृहत्तर हितका लागि सामाजिक सहकार्य गर्ने अठोटका साथ उनीले केन्द्रको नेतृत्व सम्हालेको बताउँछिन् । लामा शिक्षाबाट अभिप्रेरित भई बौद्ध धर्म र संस्कृतिको जगेर्ना र संरक्षणमा उनको विशेष योगदान छ ।

बाल्यकाल

सोलुखुम्बुको सल्लेरी ज्याल्सामा उनी जन्मेकी हुन् । उनका बुबा काजी र आमा बिमा शेर्पा हुन् । उनी ३ वर्षकी छँदा आमाको मृत्यु भयो । जसका कारण उनीले मातृवात्सल्य पाउन सकिनन् । उनलाई मावलकी हजुरआमाले हुर्काइन् । आमाको मृत्युपछि उनका बुबा काजीले अर्को विवाह गरे । त्यपछि उनले बाबुको पनि माया गुमाउनुप¥यो । उनी नौ वर्षकी छँदा बुबाको पनि मृत्यु भयो । प्रकृतिको मनोरम, नेपालकै उच्चो शिर सोलुखुम्बुमा उनको बाल्यकाल बित्यो ।

लामा शिक्षा

बिमा शेर्पा लामाकी छोरी भएले सोनामको जन्म गुम्बामै भयो । उनले सानैदेखि लामा शिक्षा आर्जन गरिन् । करिब ११ वर्षसम्म उनले लामा शिक्षा पढिन् । त्यसबेला सरकारी विद्यालय नजिक थिएनन् ।

जसका कारण बाहिरी शिक्षा हासिल गर्न सकिनन् । तर, लामा शिक्षा भने हासिल गरेको उनी बताउँछिन् । ’त्यसबेला बाहिरी शिक्षा अध्ययन गर्न सकिन यतिबेला पछुतो लागेको छ ।’ सोमान बताउँछिन् । त्यसबेला बाहिरी वस्तुअवस्था बुझ्न सकेको भए अझ धेरै प्रगति गर्न सक्ने उनको सोचाइ छ ।

वैवाहिक जीवन

अहिलेको भन्दा त्यसबेलाको जमाना अलि फरक थियो । जुनबेला केटाकेटी देखाभेट हुँदैनथ्यो । केटीका बाआमाले राम्रो केटा हेरेर कुरा गरेपछि केटीले त्यही केटासँग बिहे गर्नु पर्दथ्यो । त्यसमाथि उनको बाबुआमा थिएनन् । मावली हजुरआमाले सोलुखुम्बुकै गार्मा गाविसका लाप्सा शेर्पासँग विवाहको कुरा चलाइन् । सोनामले पनि उनैसँग १७ वर्षको उमेरमा वैवाहिक जीवनको सुरुवात गरिन् । तर, बिहे गरेर कर्मघरमा जाँदा भने खासै दुःख गर्नु नपरेको सोनाम बताउँछिन् । कारण उनकी सासू आमाको फुपूको छोरी भएकीले आफूले दुःख नपाएको उनी बताउँछिन् ।

काठमाडौं प्रवेश

बिहे गरेपछि पनि खासै उनी घरमा नबसेर मावली घरमा नै बसिन् । मावली घरको बसाइसँगै उनले छोरा जन्माइन् । छोरा १० महिनाको हँुदा श्रीमान्सँगै काठमाडौं आइन् । काठमाडौंको जोरपाटीमा मामाको घर थियो । करिब ६ महिना त्यहीँ बसे । पछि उनका श्रीमान्ले शेर्पा ट्रेकिब (एसटिएस) मा काम गरे । पैसा कमाइ भयो । त्यसपछि उनीहरू छुट्टै कोठा लिएर बस्न थाले । पाँच वर्ष उनीहरू भाडामै बसे । उनका छोरा ५ वर्षको भइसकेको थियो । छोरी ३ वर्ष थिइन् । त्यहीबेला उनका श्रीमान्लाई अमेरिका जाने अवसर मिल्यो । उनकी बहिनीका श्रीमान्अ मेरिकामा भएका कारण उनका श्रीमान्लाई पनि अमेरिका नै बोलाइयो । सन १९८९ मा उनका श्रीमान् लाप्सा शेर्पा अमेरिका गए ।

अमेरिका प्रवेश

श्रीमान् गएको ६ महिनापछि सोनामलाई पनि अमेरिकामा नै झिकाए । पाँच वर्षको छोरा र तीन वर्षको छोरी छाडेर सोनामा अमेरिका पुगिन् । अमेरिका पुगेपछि दुवै जना मिलेर काम गरे । जसका कारण आर्थिक अवस्था पनि मजबुद हुन थाल्यो । करिब ५ वर्ष अमेरिकामा काम गरेपछि सोनाम नेपाल फर्किइन् । तर, उनका श्रीमान् लाप्सा अमेरिकामा नै बसे । सोनामा नेपाल आएर काठमाडौंको बौद्धमा घर बनाएर छोराछोरीलाई शिक्षादीक्षा दिँदै गइन् ।

श्रीमान् मृत्युको खबर

सोनाम छोटी नेपालमै बस्न थालिन् । श्रीमान् भने अमेरिकामै रमाए । छुट्टै बसेको पाँच वर्षपछि श्रीमान्को मृत्यु भएको खबर आयो । सुरुमा त उनलाई पत्यारै लागेन । पछि अमेरिकाबाटै फोन आयो । अनि पत्याउन करै लाग्यो । उनीमाथि बज्रपात सुरु भयो । बाल्यकालमा आमाको मृत्यु, नौ वर्षको उमेरमा बाबुको मृत्यु टुहुरो जीवन बिताउँदै आएकी सोनामलाई श्रीमान्को मृत्युले बेहोस नै बनायो ।

त्यसबेला उनको उमेर ३२ वर्षको थियो । पछि उनलाई भाग्यमा नै यस्तै रहेछ भन्ने लाग्यो । छोराछोरी हेरेर उनले चित्त बुझाउन थालिन् । पछि उनलाई समाज सेवाले आकर्षित ग¥यो । अब उनको काँधमा समाज प्रतिको दायित्व थपियो । श्रीमान्को मृत्यु हुँदा छोराछोरी भर्खर ७-८ कक्षामा पढदै थिए । सोनामले दुःख मिहिनेत गरेर भए पनि छोरा छोरी दुवैलाई ए लेबल पढाइन् । अहिले उनका छोरा युरोपमा छोरी बिहे गरेर श्रीमान्को घरमा छन् ।

लामा शिक्षाको प्रभाव र संघ संस्थामा आबद्ध

लामाकी छोरी भएका कारण सोनाम छोटीमा लामा शिक्षाको प्रभाव परेको देखिन्छ । धर्म, कर्म र समाज सेवामा उनको ध्यान गएको देखिन्छ । जसका कारण विभिन्न संघ संस्थामा रहेर काम गरिरहेकी छन् । शेर्पा सेवा केन्द्रमा सदस्यका रूपमा प्रवेश गरिन् । पाँच वर्षे कालपछि उनी उपाध्यक्षमा फड्को मारिन् । त्यसैगरी वरिष्ठ उपाध्यक्ष हुँदै भर्खरै सम्पन्न भएको साधारसभाबाट सोनाम अध्यक्षमा विजयी भई कार्यभार सम्हालिरहेकी छन् । त्यसका साथै उनी मिन्ड्रोल च्याब्छुप छोलिब गुम्बाको वरिष्ठ उपाध्यक्षसमेत रहेकी छन् । यस गुम्बामा लामालाई प्रशिक्षण दिने, पाठपूजा, दशमीपूजा, बजगुरु कार्यक्रम तथा वार्षिडुवा छोक्पा जस्ता कार्यक्रम यस गुम्बाबाट सञ्चालन गरिन्छ ।

त्यसैगरी कोसीपारि फर्मारीको स्तुपाको कोषाध्यक्ष रहेकी थिइन् । अहिले त्यो कार्यसमिति विघटन गरिएको छ । त्यसका साथै सोलुखुम्बुमा रहेको गार्मा किदुक गुठीको कोषाध्यक्ष रहेर समाजिक क्षेत्रमा तथा शेर्पा समुदायको हितका लागि काम गरिरहेकी छन् ।

विदेश यात्रा

सोनाम छोटी शेर्पाले अमेरिका बेलायत,चाइना (टिवेट) भारत लगायतका देशको भ्रमण गरिसकेकी छन् । धार्मिक क्षेत्र गुम्बामा जन्मेको कारण आफू सेवा क्षेत्रमा लाग्ने सोच भएको र सेवा नै धर्म हो भन्ने मुलभूत सिद्धान्त लिएर उनी सामाजिक क्षेत्रमा लागिपरेको उनी बताउँछिन् ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...