यस्तो ज्ञानको खोजीहोस्, कि जस्ले निर्वाणको ज्ञान हुन्छ – Janata Live
  • Sunday, February 5, 2023

यस्तो ज्ञानको खोजीहोस्, कि जस्ले निर्वाणको ज्ञान हुन्छ

  • जनता लाइभ
  • पुष १२, २०७५

यस्तो ज्ञानको खोजीहोस्, कि जस्ले निर्वाणको ज्ञान हुन्छ

वैशाख पूर्णिमाको रात, उरुवेला निरंजना नदीको समिप पिपलको वृक्ष मुनि बोधिसत्व गौतम सिद्धार्थ अधिष्ठान लिएर ज्ञान प्राप्तिको लागि ध्यानमा बस्नु भएको थियो। बोधिसत्व आफ्नो ध्यानमा सुसंयत हुनु हुन्थ्यो, तब मार सेना हरुको आक्रमण भयो, घोर संग्राममा बोधिसत्व ले मार सेनालाई पराजित गराई दिनु भयो । यसरीनै पहिलो पहरमा पूर्व जन्मको बिजहरुलाई नष्ट गरीदिनु भयो।

दुसरा पहरमा वहाँलाई दिव्यचक्षु ज्ञानको प्राप्त भयो र अन्तिम पहरमा प्रतीत्यसमुत्पादको ज्ञानभयो। जस्लाई अनुलोम र प्रतिलोम क्रममा ज्ञेय (बोध) गर्नु भयो र यसै प्रकार पूर्ण प्रकाशको प्राप्ति भयो।

चित्तको सबै संस्कार हरु नष्ट भए, चित्त निश्चित रुपमा परिसुद्ध निर्मल भएर आयो, ज्ञानको प्रकाशको ज्योति उदय भयो। हर्षोल्लास मा सर्बयुक्त सम्मासम बुद्ध ज्ञान प्राप्त गर्नु भएको बुद्ध भगवानले भन्नु भयो –

अनेक जाति संसार, सन्धाविस्सं अनिब्बिसं।

गहकारकं गवेसन्तो, दुक्खा जाति पुनप्पुनं।

अर्थात:

अलिकति छणिक पनि विश्राम र कुनै पनि आरम नगरी, नअडिकन निरन्तर अनेक जन्महरुसम्म यो भवसागर संसारमा फनफनी दौडिंदै घुम्दै। यस कायारूपी घरलाई बनाउने गृहकारलाई पुन: पुन:, बारम्बार खोज्दा खोज्दै दुस्ख जातिंजन्मको कारण हुने अनेक थरीका जन्मौं जन्महरुमा जन्म भैसक्यो।

गहकारक ! दिट्ठोसि, पुन गेहं न काहसि।

सब्बा ते फासुका भग्गा, गहकूटं विसंङ्खितं।

विसङ्खार गतं चित्तं, तण्हानं खयमज्झगा।

अर्थात:

हे, गृहकारक ! (हे घर बनाउने वाला), मैले तँलाई देखें,(अब) फेरी तैँले अर्को घर बनाउन सक्ने छैनस्। तेरो सबै घर बानाउने करड़को भाग नै ध्वस्त भयो, भाँचियो। मूल धुरी खम्बाको शिखर नै ढल्यो। चित्त संस्कार रहित भयो। सम्पूर्ण क्लेस, तृष्णाहरुको क्षय (नाश) भयो।

यसै क्रममा एकदिन सारनाथको इसिपत्तन मृगदायमा अषाढ़ पूर्णिमाको दिन घम्म चक्र प्रवर्तन गर्दै तथागत गौतमबुद्ध भगवानले भन्नु भयो कि –

पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि।

अर्थात:

पहिला कहिल्यै नसुनेको धम्ममा आँखा उत्पन्न भयो, ज्ञान उत्पन भयो, प्रज्ञा उत्पन भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो।

त्यसैले:-यस्तो ज्ञानको खोजीहोस् ? कि, जस्ले कहिल्यै नसुनेको निर्वाणको ढोकालाई खोल्दिनको लागि बडो उपकार गर्न सक्छ, जस्ले गर्दा पुन: पुन: दुःखको कारण बन्ने जातिंजन्मको बिजालाई बनाउन सहयोग गर्ने संस्कार, तृष्णा र क्लेस हरुलाई हनन् गरेर क्षयगर्न सक्ने अर्थात् निर्वाणलाई साक्षातकार गर्न सक्ने मार्गज्ञान फलज्ञान मध्ये ( १• अरहन्त २• अनागामी ३•  सक्रिदागामी तल्लो भागमा पनि अवस्य ४• स्रोतापन्नज्ञान भएको पुद्गल हुन अनिवार्य छ, अन्यथा चार अपायमा पतन हुन पुग्न केहि कठिनाई छैन धेरैनै सजिलोछ।

संसार भवचक्रको सागर मा बारम्बार घुमफिर हिँड्डुलगर्दै भ्रमण गर्ने पृथक जन हरुको लागि चारअपाय भवको गतिमा हुनु चाहिँ आफ्नै निजी घरमा हुनु जस्तै हो, भनेर भगवानले भन्नु भएको छ।

-अनुवाद  -बिष्णु धनञ्जय

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...