प्रेमलाई उमेरले छेक्दैन – Janata Live
  • Friday, February 3, 2023

प्रेमलाई उमेरले छेक्दैन

  • जनता लाइभ
  • पुष १२, २०७५

प्रेमलाई उमेरले छेक्दैन

हाँस्य कलाकारका रूपमा चिनिएकी डोमा ह्योल्मो यतिबेला निकै व्यस्त छिन् । म्युजिक भिडियो र शेर्पा गीत गाउनमा उनी व्यस्त छिन् । र नयाँ–नयाँ म्यूजिक भिडियोको सुटिङमा व्यस्त रहेकी डोमा ह्योल्मोसँग गरेको   कुराकानी :

हिजोआज निकै व्यस्तता बढेको भन्छन् नि ?

नयाँ सेलो भाका गीतको म्युजिक भिडियो सकेर अर्को शेर्पा गीत गाएकी छु । र नयाँ–नयाँ म्यूजिक भिडियोको सुटिङमा व्यस्त भइरहेको छ । यस्तैमा दिन बितिरहेको छ ।

पहिलो पटक शेर्पा गीत गाउँदै हुनुहुन्छ, गीत कस्तो छ ?

मैले लाक्पा ठिले शेर्पासँग मिलेर पहिलो पटक शेर्पा भाषाको गीत गाउँने प्रयास गरेकी हुँ । कस्तो हुन्छ, त्यो त मैलेभन्दा पनि दर्शक तथा श्रोताले भन्ने कुरा हो ।

कस्तो खालको गीत हो यो ?

प्रेम गीत भन्न मिल्छ । यसमा माया र प्रेमका बारेमा लय शब्द संयोजन गरिएका छन् । माया र प्रेमका कुराहरू शब्दमा उतारिएका छन् ।

तपाईं हाँस्य कलाकार कि गायिका ?

हुन त म सुरुमा गायिकाकै रूपमा कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुँ । तर, पछि म हाँस्य कलाकारका रूपमा चिनिन पुगें । हुन त मलाई हाँस्य कलाकार भन्दा पनि गायिका भने पनि दुवै मन पर्छ । तर, अधिकांशले मलाई हाँस्यकलाकार नै भन्नेगरेका छन् ।

स्टेज प्रोग्राम पनि गर्नुहुन्छ ?

म स्टेज प्रोग्राम पनि गर्छु । स्टेज प्रोग्राममा गीत पनि गाउँछु । दर्शकलाई हसाउँछु पनि । तर, कतिपयले त मैले स्टेज प्रोग्राम गर्छु भन्ने कुरा थाहा नपाउनुभएको रहेछ । तर, मैले चाहिँ भिडियोमा भन्दा स्टेज प्रोग्रामबाटै दर्शहरूलाई हसाउने गरेकी छु ।

तपाईंले अभिनय गरेको पछिल्लो चलचित्र ‘छक्का पञ्जा’ ले त रेकर्ड नै तोड्यो । कारण के हो ?

अहिलेसम्म मैले जति पनि चलचित्र अभिनय गरें । ती सबै चलचित्र एक अर्कासँग मिल्दाजुल्दा थिए । तर, छक्का पञ्जामा समावेश गरिएको कथावस्तु अहिलेको परिवेशमा मिल्दोजुल्दो छ । सामाजिक कथावस्तु भएका कारण यो चलचित्र दर्शकहरूको मनमा बस्न सफल भयो । त्यसका साथै चलचित्रमा
अधिकांश हाँस्य कलाकारहरूको अभिनयले दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएका कारण पनि यो चलचित्रले नयाँ रेकर्ड तोडेको हो ।

सुरुमा फिल्म क्षेत्रमा प्रवेश गर्दा समुदायले तपाईंलाई हेर्ने नजर र अहिलेमा कस्तो फरक पाउनुभएको छ ?

पहिले पहिलेका मानिसहरूले कलाकारिता नै बुझेका थिएनन् । फिल्म तथा गायन क्षेत्रमा लाग्दा नराम्रो बाटोमा लागेको भन्थे । तर, अहिले त्यो अवस्था छैन । कलाकारिता क्षेत्र भनेको नराम्रो
होइन रहेछ भन्ने ज्ञान सबैले लिएका छन् । सुरुमा म यस क्षेत्रमा प्रवेश गर्दै गर्दा त्यसबेला मलाई नराम्रो सोच्नेहरू पनि यतिबेला मलाई प्रशंसा गर्न थालेका छन् ।

अझैं पनि योब नै देखिनु हुन्छ, खास उमेर कति हो ?

धेरै त उमेर भाको छैन, भर्खर ५५ वर्ष हुँदै छु ।

त्यसको मतलब भर्खर प्रेम गर्ने बेला भएको हो त ?

प्रेममा उमेर हुँदैन, के बच्चा, के युवा, के वृद्ध । तर, साँचो माया चाहिँ हुनुप¥यो । प्रेम त धेरै प्रकारको हुन्छ ।तपाईंले कुन चाहिँ प्रेम सोध्नुभयो ?

तपाईं हेर्दा राम्री अनि भर्खरकी देखिनुहुन्छ । त्यसैले प्रेम प्रस्ताव राख्ने कोही छन् कि भनेर
सोधेको नि ?

प्रेम गर्ने त धेरै छन । सबैको प्रेमलाई स्विकार्ने हो भने राख्ने ठाउँ हुँदैन । अर्को घर बनाउनुपर्छ होला ।

तपाईं एक्लै बस्नु हुन्छ कि परिवारसँग ?

म परिवारसँग बस्छु । मेरो तीन छोरी र छोरा बुहारी छन् ।

अबको लक्ष्य के बनाउनु भएको छ ?

कलाकार भएका कारण फाट्टफुट्ट कार्यक्रमहरू त भइरहन्छन् । तर, मेरो एउटा ह्योल्मो जातिको फिल्म बनाउने चाहना छ । अब म छिट्टै त्यसको गृहकार्य गर्ने तयारीमा छु । सबै जातजातिको फिल्म आयो । तर, ह्योल्मो जाति फिल्म बनेको छैन ।

अन्तिम लाइन तपाईंको तर्फबाट

अहिलेसम्म मलाई दर्शकले माया दिएर यति चर्चामा पुगें । म त्यसको बयान गर्न सक्दिनँ । म धेरै खुसी छु । अझै पनि योभन्दा फरक प्रस्तुतिले दर्शकलाई मनोरन्जन दिने प्रयास गर्नेछु । साथै मेरो कुरा आमदर्शक तथा पाठकबीच पु-याउने अवसरदिनुभएकोमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...