पर्यटकलाई पारिवारिक सत्कार दिँदै आङकामी – Janata Live
  • Friday, February 3, 2023

पर्यटकलाई पारिवारिक सत्कार दिँदै आङकामी

  • जनता लाइभ
  • पुष ११, २०७५

पर्यटकलाई पारिवारिक सत्कार दिँदै आङकामी

सहर बाक्लिँदै गएको छ । हरेक व्यक्ति व्यस्त छन् । पाहुना घरमा आए मिठो बोलीसमेत सक्न नभ्याउँदै व्यवसायको लन्ठा या कार्यालयको कामबारे दिमाग खियाउनुपर्ने बाध्यताले छोप्दैछ मान्छेलाई । सहरमा दिनदिनै नाफा घाटाको हिसाब गर्दागर्दै जीवनको अंश घटिरहेको हुन्छ । त्यही मान्छे एउटा गाउँको झुपडीमा पुग्यो भने ढिँडो र सिस्नु किन नखाओस्, तर आत्मिक सन्तुष्टिले पूर्ण हुन्छ । काठमाडौं सहरमा पनि दैनानुदिन असन्तुष्ट मान्छेहरूको भीड बाक्लिँदै छ । महलभित्र बसेर आत्मीयताको अनुभूति हराउँदै गएको छ । रुखो बन्दैछ मान्छे । पश्चिमा संस्कृति अनुसरण गर्दै जाँदा गुमाउँदै गएको भावशून्य हृदयलाई फेरि जागृत गराउन सहरले कसरी सक्ला ?

‘अवश्य सक्छ, मात्रै मान्छेमा चाहना हुनुपर्छ ।’ आफ्ना दुई छोरासहित पत्नीलाई रुखो पश्चिमा मुलुकको कृत्रिम आनन्दमा छोडेर नेपालको सहरमा आत्मीयता बाँड्न फर्किएका एक नेपालीको दृढ आवाज हो यो । पैसाले भावना किन्न सक्दैन । न त आत्मीयताको विनिमय नै हुन्छ । हुन्छ त केवल मानसिक सन्तुष्टि । आङकामी शेर्पा अहिले काठमाडौं सहरको एउटा क्षेत्रलाई त्यही आत्मीयताको न्यानो अंगालोमा बाँड्न जुटिरहेका छन् । सहरको एक कुनाको अर्को सहरी बस्ती । जहाँ ठूला ठूला महल खडा हुँदैछन् । ती महलभित्र आत्मीयताको सुगन्ध छ कि छैन होला ? पैसामा बिक्ने सहरी मान्छेहरू आत्मीयताको अपूर्ण सन्तुष्टिलाई कसरी गाउँसँग तुलना गर्दा हुन् । चार तलामाथिको भव्य भवनमा बसेर सोचिरहँदा हरेक घरको आत्मीयता तौलदै थिए उनी ।

दुई वर्षअघि कंक्रिट सहरभित्रका भावशून्य बन्दै गएका मान्छेका स्मरणमा भावनात्मक साइनो जोडाउने छुट्टै संस्कृति छ भन्ने योजना बनाउँदै थिए उनी । विदेशबाट आएका पाहुनालाई सहरका भव्य महलको सुविधाभन्दा आफ्नै घरको गुन्द्रुकको स्वाद चखाउँदा कस्तो होला ? अनि, पातला भए पनि हाम्रो कमाइले व्यवस्था गरेको डसनामा आनन्दको श्वास छोड्दै पक्कै निदाउन सक्छन् विदेशी पाहुना । उनको पटक पटकको विदेश भ्रमण अनि विदेशी मित्रहरूसँगको अनुभवले यही बताएको थियो । त्यसैले काठमाडौं सहरको एक कुनामा रहेको कपन गाविसलाई आत्मीयताको सहर बनाउने निधो गरे उनले । आफ्नै घरबाट अभियान थाले । दिनभर गाइड बनेर घुमाएपछि सहरको चारतारे होटलमा छोडेर भोलिपल्ट भेट्न जाँदा मुहार फुस्रिएका पाउँथे विदेशीको । ‘अहिले त्यो नियति फेरिएको छ । आफ्नै परिवारजस्तै विदेशी पाहुना हाम्रै घरमा बस्छन्, खान्छन् अनि सुत्छन् ।’ आफूले थालेको अभियानबाट उत्साहित शेर्पा सुनाउँदैछन्, ‘हाम्रो छोराछोरीसित खाने, खेल्ने, फोटो खिच्ने रमाउने गर्दा पश्चिमा मुलुकका व्यक्तिहरूमा पनि आत्मीयताको रस जाग्दै जान्छ ।’

आखिर मानव न हो । उसको आत्माले आत्मीयता सम्बन्धको खोजी गर्छ । अनि खोज्छ आफूलाई निकटबाट महसुस गर्ने आफन्त । काठमाडौंको कपनमा अनौपचारिक रूपमा होमस्टे सञ्चालन थालेपछि त्यहा“का बासिन्दाले मान्छेले खोज्ने आत्मीयताको नजिकबाट महसुस गरेका छन् । त्यति मात्रै होइन उनीहरूले आफ्नो गाँसमा समावेश गरेको साथीले दिएको केही विनिमयका प्रसाधनले कपनका बासिन्दाको जीवनमा केही आर्थिक राहत पनि थपिँदै गएको छ ।

सगरमाथाको फेदी लुक्ला गाउ“मा जन्मिएको एक शेर्पा । जसले आफ्नो परिवार, नजिकका आफन्त, साथीभाइले गर्ने पेसाबारे जान्यो भने केवल भरिया बनेर विदेशीको आनन्दमा रमाउन जान्यो । बुझ्ने भएपछि उसले पनि त्यही बाटो रोज्यो । बिस्तारै, विदेशीको भरिया बनेर हिमालको बाटोमा ओहोरदोहोर गर्न थाल्यो । गायन, कलाकारितालगायतका आफूमा भएको प्रतिभालाई त उसले चिन्ने अवसर नै पाएन । सायद, उसको भावीले हिमालकै नाता अटुट रहेको ठोकुवा गरिदिएको थियो ।

आखिर, मान्छे परिस्थितिको दास न हो । सन् १९७५ देखि हिमालकै चुचुरा पहरासँग नाता गाँस्यो, स्थानीय गाइड बनेर । हिमालका बाटा अनि त्यसभित्रका अप्ठ्याराहरूसँगा साइनो गाँस्दै अघि बढ्ने क्रममा आङकामीलाई विभिन्न स्निग्ध शृङखलाले आफ्नो अँगालोमा स्वागत गरे । नेपालदेखि स्विजरल्यान्ड, अमेरिका, इटलीका विभिन्न हिमशृङ्खला पनि उनले चढे । कहिले गाइड बनेर चढे त कहिले पर्यटक बनेर । हिमाली यात्रामा उनले जीवनकै थुप्रै कष्टकर र पीडादायी मोड पनि बिताए ।

सम्झन्छन् ‘सन् १९८३ को एक दिन । नेपालको आमाडब्लाम हिमशृङ्खलाको छ हजार आठ सय १२ मिटर उचाइमा १८ जनाको स्विस टिम लिएर गएको थिएँ । म गु्रप लिडर थिएँ । सँगै थियो, मेरो एकदमै मिल्ने स्विस मित्र गुइधो मुमाङ । ऊ स्विस टिमको क्याप्टेन थियो । हिमालको चुचुरोमा सबैजनालाई एकैपटक लैजान नसकिने भयो । त्यसपछि ऊ र म मिलेर समूह समूहमा चुुचुरो पु¥याउँदै ओराल्दै गर्दै थियौं । पहिलोपटक सजिलो भयो । दोस्रोमा पनि सबैलाई पु¥याएर ओराल्यौं । तेस्रोपटक एक समूहलाई लिएर जाँदै थियौं, गुइधो एक्कासि चिप्लियो । सायद त्यति नै उसको जीवन रहेछ । म उठाउन जाँदाजाँदै उसले संसार छोड्यो । खुइय सुस्केरा आयो एकैपटक । आँखाबाट झरेका मेरा आत्मीयताको आँसुले उसलाई फर्काउन सकेन । मेरो मित्र, नेपाली हिमशृङ्खलाको खातिर जीवन दियौ भनें । सायद, मेरो दुई थोपा आँसुले मेरो मानसिक दर्द खोलिरहेको थियो । त्यस दिनदेखि यो जोखिमको खेल त्याग्नुपर्छ भन्ने सोच बनाएँ ।’

आफूले थालेको अभियानबाट उत्साहित शेर्पा सुनाउँछन्, ‘हाम्रो छोराछोरीसित खाने, खेल्ने, फोटो खिच्ने रमाउने गर्दा पश्चिमा मुलुकका व्यक्तिहरूमा पनि आत्मीयताको रस जाग्दै जान्छ ।’

मान्छे कति निरीह छ, समयले दिएको जतिसुकै बलबान चोटलाई पनि आफ्नो बनाउनुपर्छ । मनमा बिरक्ति आएर पनि आङकामीले २० वटा हिमशृङखला चढे । सर्वोच्च शिखर सगरमाथादेखि सबैभन्दा अप्ठ्यारा भनिने हिमाललाई पनि सगरमाथाको देशको एक मुठी मायाको सौगात चढाएका छन् उनले ।

हिमाली क्षेत्रको यात्राका क्रममा उनले विभिन्न ५२ वटा देश घुमेर हिमालयन व्यवसायीमा धेरै देश घुम्ने व्यक्तिको रेकर्ड पनि कायम राखेका छन् । सधैं जागिरे मात्रै बसेर जीवन धान्नुभन्दा पर्यटन व्यवसाय नै अँगालेर अरू व्यक्तिका निम्ति पनि रोजगारी बढाउने आइडिया आफ्नै जीवन भोगाइबाट सिकेका हुन् उनले । जीवनको मध्यतिर आएर आफूमा भएको गायकी पनि खोतल्ने प्रयास गरे । फलस्वरूप हालसम्म बजारमा तीनवटा एल्बम ल्याइसकेका छन् । विशेषगरी शेर्पा समुदायको संस्कृति जगेर्ना गर्ने खालका गीत छन् उनका । दुईवटा एल्बम शेर्पा भाषामा नै छ भने एउटा नेपाली भाषामा रहेको छ ।

गायकीसँगै नेपालको चर्चित हास्य टेलिशृङ्खला मेरी बास्सै, झ्याइँकुटी झ्याइँलगायतमा आफूलाई उभ्याउन पनि भ्याइसकेका छन् आङकामीले । जीवनमा वियोगले बाटो मोडिदिँदा उनले आफ्नो चौतर्फी प्रतिभा चिन्ने मौका पाए सायद । त्यसैले हरेक क्षण अनुहारमा आत्मसन्तुष्टिको चमकले भरिएका देखिन्छन् उनी ।

पछिल्लोपटक भने अस्तव्यस्त व्यवसाय अनि कामको जीवनलाई व्यवस्थित गर्दै आफ्नो गाउँ आफैं बनाऊ“ अभियानमा जुटेका छन् । २०१७ सालमा जन्मिएका यिनको जीवनको आधा बढी हिस्सा संघर्षमा बितिसक्यो । पैसाको आवश्यकतामा जीवन खोज्न चाहँदैनन् उनी । त्यसैले सेप्टेम्बरमा कपन पर्यटन प्रवद्र्धन समिति गठन गरेर काठमाडौंमा अर्को पर्यटकीय गाउँ बनाउन सक्रिय छन् । समितिको अध्यक्षसमेत रहेका शेर्पाको अगुवाइमा कपन महोत्सवसमेत आयोजना भइसकेको छ ।

अहिले कपन गाविसको हरेक घरमा पर्यटकको लागि होमस्टेको व्यवस्था गर्न संस्थागत पहलमा छन् उनी । काठमाडौं भ्यालीभन्दा अलि अग्लो स्थानमा रहेको कपनमा भ्यु टावर राखेर पर्यटकलाई काठमाडौं सहरको अवस्थिति एकैपटक देख्नसक्ने सुविधा बनाउँदैछन् उनी । करिब सात सयजना पर्यटक एकैपटक अटाउन सक्ने व्यवस्था भइसकेको छ अहिले कपनमा । आगामी दिनमा उक्त क्षमताको अझ वृद्धि गर्ने योजनामा लागिरहेका छन् ।

कपन क्षेत्रका बासिन्दाहरूको रोजगारीमा अझ पहुँच बढाउन पर्यटकले खोज्ने अत्यावश्यकका सुविधा पनि व्यवस्था गर्न लागिरहेका छन् । नेपालमा सधैं चलिरहने व्यवसाय पर्यटन हो । तर, पर्यटकलाई स्वागत गर्ने सिस्टता बिस्तारै हराउँदै गएको छ । शेर्पा भन्छन्– हरेक घरबाट पर्यटक स्वागतको शिष्टता बढाउँदै आत्मीयता विस्तार गर्न हामीले कपनमा होमस्टेको सञ्चालन गरेका हौं । कपनमा रहेको आफ्नो घरमा पनि दुई वर्षयता उनले होमस्टेको व्यवस्था गरेका छन् । कपनको विकासको लागि गुरुयोजना बनाएर अगाडि बढ्ने पहलमा रहेका यिनी आफ्नो घरमै स्थापित कार्यालयमा बसेर घोत्लिरहेका हुन्छन्, ‘मैले थालेको आत्मीयताको पहल यो विकासको प्रारम्भमा रहेको सहरले स्विकार्ला त ! अनि फेरि आफैंमा दृढ हुन्छन्, ‘आखिर हामी सबै समाजमा मायाले निथु्रक भिजेर आयु बढाउन चाहने प्राणी हौं, मेरो पहल पक्कै पनि सबैले सजिलै बुझ्नेछन् ।’

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...