छाला सुक्वा ठाउँको कथा – Janata Live
  • Friday, February 3, 2023

छाला सुक्वा ठाउँको कथा

  • मुना आङ्देम्बे
  • पुष ११, २०७५

छाला सुक्वा ठाउँको कथा

सावायेत्हाङका वंशजमा एक फक्सेरा भन्ने व्यक्ति थिए । ती फक्सेराका एक छोरा र एक छोरी थिए । छोराको नाम  तिगेन्जङ फक्सेरा र छोरीको नाम इप्ना सरेङधङ्ना थियो । फम्सेराको मृत्युपछि उनकी विधवा पत्नी, छोरा तिगेन्जङ फक्सेरा र छोरी इप्ना सरेङधङ्ना बाँकी थिए । उनीहरूको बसोबास भएको त्यस स्थललाई त्यतिबेला तिगेन्जङ भनिन्थ्यो । तिगेन्जङवासी भएका कारण इप्ना सरेङधङ्नालाई तिगेन्जङ्ना पनि भनिन्थ्यो । कतिपय ठाउँमा उनको नाम सिम्सारा पनि भन्ने गरेको पाइन्छ । उनको नाम जुनसुकै भए पनि कथावस्तु अनुसार समय वित्दै जाँदा इप्ना सरेङधङ्ना अत्यन्त सुन्दरी युवती भएकी थिइन् । विस्तारै उनी तरुनी हुँदै गएको देखेर तन्तेरीको आँखा लाग्नु स्वभाविकै थियो । त्यस्तैमा उनका माइतिका दाजु सिकार खेल्दै तराई (औल) झरेका थिए । इप्ना सरेङधङ्ना एक्लै भएपछि उनी पनि आफ्ना दाजुलाई खोज्दै तराई झरेकी थिइन् । त्यतिबेला शिकार खोज्न सम्भवत हतियारको अभावले निकै गाह्रो हुन्थ्यो । बढेको छोरी चेलीलाई माइतिले शिकार गरी ल्याएर पालन पोषण गर्न निकै कठिन हुने हुँदा खाने कुराकै विषयलाई लिएर दाजु बहिनीका बिचमा भनाभन हुन्थ्यो । त्यस्तैमा दाजु भएको स्थानमा बहिनी इप्ना सरेङधङ्ना पनि पुगिन् ।

त्यतिबेला उनी निकै दुब्लाएकी थिइन् । यस विषयमा माइति दाजु तिगेन्जङ फक्सेराले किन दुब्लाएको होला । देवाता रिसाएर यस्तो भएको हो की राम्ररी विचार गर्नु पर्यो अथवा के भएको हो राम्ररी निधो गर्नु पर्यो भनी तिगेन्जङ फक्सेराले एकदिन राम्ररी चियो गरेर हेर्दा ती इप्ना सरेङधङ्नाले त आफ्नो स्तनमा लभ्रेकिरा टाँसेर दुधेबालकलाई झैँ दूध चुसाउदै गरेर आफ्नो यौन तृष्णा मेटाएको देखे ।

यस्तो घटना देखेपछि तिगेन्जङ फक्सेराले त्यो लाभ्रे किरालाई टुक्राटुक्रा परि काटिदिए । त्यसरी लभ्रेकिरा काट्दा रगतका छिटा उछिट्टििएर माथि भोटचीनतिर, उधो मधेश (औल) तिर समेत ढाक्न थाल्यो । त्यसैगरी पूर्व, पश्चिम, आकाश, पृथ्वी सबतिर ढाक्न थाल्यो । त्यसको रगतले ढाकेका सबै ठाउँमा बस्ने प्राणी, किरा फटेङ्गा सम्पूर्ण जीव जन्तुमा कामक्रिडाको बल देखा प-यो । सबै कामातुर देखिन थाले । यस्तो कामक्रिडाको आतुरताले गर्दा आफ्नै हाडनातामा विग्रने घटना पनि बढ्दै जान थाले ।

लिम्बु समाजमा प्रचलित एउटा परम्परागत भनाई अनुसार यो अन्तरिक्ष, सूर्य, चन्द्र, आकास, श्रुतिशास्त्र, कर्मकाण्ड जान्ने ज्ञाताको पनि श्रृष्टि गरे । ती देवतालाई लिम्बु समाजमा निङ्वाफुमा भनिन्छ । तिनै निङ्बाफुमाको इच्छाअनुसार पृथ्वीमा सोधुङ लेप्मुहाङका सन्ततिहरू निकै बढे, सबैतिर फैलिए । त्यसैगरी सुसुवैन, लालावैन र मुजिङ्ना खेयङ्नाका सन्तानह पनि धेरै धेरै भए ।

यसैक्रममा तिगेन्जङ फक्सेरा पनि चेली इप्ना सरेङधङ्नालाई छाडेर उधो बगर भएको खोँचमा झरेर एक्लै जीवन गुजार्न थाले । त्यो समयमा तिगेन्जङ फक्सेरा एक्लै सिकार गर्न जाने गर्दथे । यो कुरा थाहा पाएपछि उनी चेली इप्ना सरेङधङ्ना पनि त्यो बगरको जग्गा, औल, खोँचतिर गइन् । ती दुवैको फेरी भेट भयो । दुवैले एकअर्कालाई हेराहेर गरे । अनि इप्ना सरेङधङ्नाले “मेरो माइति राजा तिमिले जंगलमा सिकार गर्न जान्छौ रे मृग मारेर ल्याएर यस येत्हाङ गाउँमा बस्ने सबैलाई सिकारको विलो लगाएर बाड्छौ रे । तर त्यो विलोको एक टुक्रा पनि मलाई दिएनौ, पठाएनौ” । त्यस्तैमा त्यो तिजेन्जङबासीको सन्तान फक्सेरा फेरी धनुष बाण बोकेर सिकार खेल्न गयो । उसले धनुषकाँण बोकेर जंगल गयो । त्यहाँ उसले धनुषकाँण हानेर एउटा मृगको शिकार गर्यो । मृगको सिकार काँधमा बोकेर गाउँतिर हिड्यो । त्यसरी गाउँ फर्किदा उसले सकिनसकि मृगको सिकारलाई बोकेर एउटा ठूलो ढुङ्गामा लगेर राख्यो । त्यस ढुङ्गाको एउटा खोविल्टामा बाघले मुतेको थियो । त्यो देखेर त्यो फक्सेराले पनि अर्को खोविल्टो बनाएर त्यसैमा मुत्यो ।  त्यसपछि सकिनसकि सिकार बोकेर गाउँतिर लाग्यो ।

गाउँमा पुगेपछि फक्सेराले मृगको सिकार चोक्टाचोक्टा पारेर विलो लगायो । गाउँले सबैलाई बाड्यो । त्यसको बदलामा गाउँलेहरूले पनि उसलाई अन्य खाद्यबस्तु दिएर सहयोग गरे । उसलाई जाँड पनि दिए । तर फक्सेराले त्यो सिकार इप्ना सरेङधङ्नालाई दिएन । उनी रिसाएर फक्सेरालाई निकै गालि गरिन् । उसले फक्सेरालाई नानावलि बचन लागाइन्, दुर्वचन बोलिन् । उनको बचनबाट दिक्क भएर फक्सेरा त्यहाँबाट सिकार खेल्न जान्छु भन्दै एउटा जावेमा खरानी भरी पारेर त्यहाँबाट धनुकाँड काँधमा बोकेर हिड्यो । उसले इप्ना सरेङधङ्नालाई पनि आजका दिन तिमी पनि मसँग सिकारमा न गए मृग नै मर्दैन भने । त्यसपछि इप्ना सरेङधङ्नाले  म छोरीको जात हुँ, जंगलमा बाटो अलमलिन्छु त्यसैले जंगल जान्न, सिकार जान्न भनिन् । त्यसपछि फक्सेराले अगेनाबाट खरानी लिएको छु… बाटामा छर्दैछर्दै जान्छु । खरानीका तिनै रेखाचिन्हहरू हेर्दै हिड्नु भनी उनलाई जंगलतिर लगे ।

तिगेन्जङ फक्सेराको अनुरोध पछि इप्ना सरेङधङ्ना पनि उनका दाजुसँग जंगलमा शिकार खेल्न गइन । रुख बुट्यानहरू पारगर्दै अगाडि जाँदा उनीहरूले छरेको खरानी पनि सकिंदै गयो । त्यही समयमा तिगेन्जङ फक्सेराले एउटा मृग देखे । उनी मृगको पछि लागेर दौडेपछि घना जंगलमा पस्दै गए । यता इप्ना सरेङधङ्ना पनि उनको पछि दौडदै गइन् । तर उनले जंगलको उकालो ओरालोमा दौडदै गर्दा अलमलिएर बाटो विराइन् । त्यस्तैमा तिगेन्जङ फक्सेराले मृगलाई बाँडले हाने तर लागेन । फेरी त्यही मृगको पछिपछि जाँदा जाँदा उनी महाभारत डाँडा पार गरी हेलाङगढीदेखि उधै शिकार खेल्दै उनी निभुखोलाको तल पुगे । त्यस्तैमा तिगेन्जङ फक्सेराले मृग मार्न सफल भए । त्यसपछि उनी हेलाङगढीदेखि तल बाघले मुतिराखेको ढु·ामा पुगे र उनले पनि एउटा खोविल्टामा मुते । त्यसपछि उनी घरमा डल्लै मृग बोकेर आफ्नो घरमा पुगे । घर पुगेर उनले मृगको मासु विला लगाएर खाए । छिमेकी खुशी भएर उनलाई जाँडपानी र सामलतुमल पनि खान दिए । त्यो खानेकुरा खोले बनाएर खाए अनी इप्नालाई पनि उनैको गुन्यूमा पोको पारेर राखिदिए अनि मस्तसँग सुते । उता इप्ना सरेङधङ्ना जंगलमा बाटो विराएर दाजु  तिगेन्जङ फक्सेरालाई खोज्दै पहाड, खोल्सा नाग्दै, महाभारत पर्वत पार गरी रातो माटोको भूमी हेल्लाङ गढी नाघेर निभुखोलाको किनारमा रहेको  कप्टले पुगीन् । उनी तिर्खाले व्याकुल भइन्, भोकले पनि लम्पट परिन् । पानी खोज्दै उनी त्यही ठूलो, चेप्टो ढु·ा जहाँ तिगेन्जङ फक्सेराले मृगको शिकार विसाएका थिए । त्यस ढु·ामा पुगेर उनले चारैतिर आँखा डुलाउँदा स–साना दुईवटा खोविल्टामा पानी जमेको देखिन र देव्रे खोविल्टाबाट देव्रे हातले र दाहिने खोविल्टाबाट दाहिने हातले पानी उठाएर पिइन् र तिर्खा मेटाइन् ।

बाटो विराए पनि इप्ना बल्लबल्ल राती भएपछि घरमा पुगिन् । आपूmले पाएको दुःख तिगेन्जङ फक्सेराल दाजु तिगेन्जङ फक्सेरालाई सुनाइन् । तिगेन्जङ फक्सेराले पनि जंगलमा तिमीलाई भोग, प्यास लाग्यो होला केही खोले दाउराको कुनामा गुन्यूमा पोको पारेको छ खोजेर खाउ भने । उनले पनि छामछामछुमछुम गरी भेट्टाएर खाइन । तिगेन्जङ फक्सेराले चेलीको गुन्यू छोएकोमा इप्नाले देवविग्रह गरेको आरोपा लागाउँदै गाली गर्दैगर्दा दाजु तिगेन्जङ फक्सेराले पनि अघि ढु·ाको पानी खाएर इप्नाले पाप हुने काम गरेको भन्दै उनलाई हप्काए । ती दाजु बहिनीका बीचमा ठूलै भनाभन भएपछि इप्ना सरेङधङ्ना माथि मुनाखम्ना भन्ने ठाउँमा गएर बसिन् । दुवै दाजुबहिनी छुट्टिएर बसे ।

समय वित्दै जाँदा इप्ना सरेङधङ्नाको पेटमा तागेरा निङ्वाफुमा (देवता) कै सत्यले गर्दा मान्छेको मुत्र र बाघको मुत्र खाएको हुँदा मान्छे र बाघको अलग अलग रुप लिएर गर्भहरू रहन गए । छ महिना पुगेपछि इप्नाले बाघको बच्चाजस्तो शिशुको जन्म दिई । त्यो बाघ रुपको बच्चा पाल्दै गर्दा उसको गर्भ दश महिना पुगेपछि फेरी अर्को बच्चालाई जन्म दिई । त्यो शिशु मानव रुपको थियो । विस्तारै ती बालकहरू जवान बन्दै गए । तिनीहरूले फित्कौलिको सहाराले कमिला, छेपाराको शिकार गर्दै गए । एकदिन उनीहरूले एउटा कालो चरा र एउटा सेतो चरा काँडको सहाराले मारेर खान हुने हुन् की होइनन् भनी आमा छेउ लगे । आमाले सेतो चरा खान हुने र कालो चरा खान नहुने भनिन् । त्यसपछि मान्छे छोराले सेता चराको मात्र शिकार गर्न थाल्यो तरा बाघ छोराले भने काला चराको पनि शिकार गरीरह्यो । आमा इप्ना सरेङधङ्नाले जंगलको रुखमा भएका जोडी चरा मारेको हुनाले अव मानिसमा पनि विधवा हुनुपर्ने स्थिति आउनेछ भनिन् ।

बाघदाजु र मान्छे भाई क्रमशः बढ्दै गए । दुवैले एकदिन खरायोको शिकार गरेर घरमा ल्याएपछि शिकारको भाग लागउँदा मान्छे भाइले आमाको भाग पनि लगाउन भन्दा अझ आमाको भाग पनि माग्छस् भनी बाघ दाजुले मान्छे भाइलाई हपा¥यो । मान्छे छोराले नङको कापमा केही मासु लुकाएर आमालाई लगिदियो । आमाले त्यो छोरालाई माया गरिन् । मान्छे छोराले बाघ दाजु त आफ्नो भागको मासु खाएर पनि अघाउँदैन अझै मलाई पो खान्छु भन्छ भनी सुनाए ।

मान्छे छोरा विस्तारै चलाख, चतुर बन्दै गयो । ज्ञान बुद्धिले भरिदै गयो । बाघ दाजु भने भाइलाई अहिल्यै मार्छु, तँलाई खान्छु भन्ने गथ्र्यो । विस्तारै बाघ दाजु क्रोधी र मान्छे भाइ बुद्धिवान हुँदै गए । मान्छे भाइले शिकारका लागि धनुष काँड बनाएको थियो भने बाघ दाजुका लामा लामा नङग्रा थिए । विस्तारै दाजुभाइको झगडा चुलिदै गयो । दुवै लक्का जवान, लाठे भए । रिस चुलिदै जाँदा मान्छे भाइले के गर्ने कसो गने सोच्न थाल्यो । बाघ दाजुले बेला बेला तलाई खान्छु भनेको कुरा मान्छे भाइले आमालाई सुनायो । बाघ दाजुले पनि जंगलमा शिकार गर्न जाँदा मान्छे भाइलाई झुक्याएर खाने विचार गर्न थाल्यो । यो कुरा चलाख मान्छे भाइले थाहा पाएर आमालाई आपूm पूर्वमा शिकार गर्न गए पश्चिममा गएको, उत्तरमा गए दक्षिणतिर गएको खवर बाघ दाजुलाई भनिदिनु भन्ने कुरा आमालाई सुनायो । आमाले पनि मान्छे भाइले भनेजस्तै गरिन् ।

दाजुभाइका बीचमा मनमुटाव बढेपछि बाघ दाजुले दिनदिनै भाइलाई खाने विषय मात्र सोचीरहन थाल्यो भने मान्छे भाइले पनि आपूm बच्नका लागि उधो तराई तिर झरेर बाँको धनुष काँडा, गुलेली बनाउँदै गयो । मान्छे भाइले तिखातिखा काँड बनाएपछि उभो लेकमा गएर, हिउँ पर्ने डाँडामा गएर विष चिन्ने डाँफे चरालाई विषको रुख चिनाइदिन अनुरोध ग-यो । उसलाई कोसेली दियो । खुशी पा¥यो । त्यसपछि डाँफे चराले म जंगलमा गएर विष भएको झार खान्छु र आकासमा उडेर पखेटाहरू तल फटपटाउँछु त्यस बखत झर्ने विष लिएर जानु भनी अह्रायो । अग्लो हिउँले ढाकेको पर्वतमाथि विष खाने डाँफे चराले विषालु झारहरू खुव खायो र आकाशमा गएर विषका पोका तल झारिदियो । त्यो विष मान्छे भाइले आफ्ना धनुष काँडमा खुवसँग दल्यो ।

भोलिपल्ट मान्छे भाई घाम डुब्ने दिशा वा पश्चिम दिशामा गएर एउटा सिमलको रुखमा नौ तलाको टाँड बनायो । त्यसको सबैभन्दा माथि काँड राख्ने ठोक्रो झुण्ड्यायो । त्यो मान्छे भाइ नाम्सामि यति काम गरी निभुखोलादेखि माथि लुङखुवा खोल्सीहुँदै घर फर्कियो । त्यसदिन नाम्सामि मान्छे भाइले आमालाई दुईवटा पूmलका कलशहरू दिएर एउटा मान्छेले लगाउने सिल्लरीको फूल र अर्को पशुले मात्र लगाउन हुने वा आफ्नो बाघ दाजु केसामीले मात्र लाउन हुने आँखिहाडीको फूलका कलसहरू दियो र भन्यो हे मेरी प्यारी मलाई मायाँ गर्ने आमा यदि मेरो दाजु केसामि दाजुले मलाई मारेछ भने सिल्लरिको फूल ओइलाई जानेछ र मैले बाघ दाजुलाई मारें भने उसले लगाउने आँखिहाडिको फूल ओइलाई जानेछ भनी सुनायो साथै आज म शिकारका लागि जाने पश्चिम दिशामा बाघ दाजुलाई पनि पठाइदिनु भन्यो । बाघ दाजु पनि आमाले पठाएको ठाउँतिर गयो ।

केही पर ठूलो सिमलको रुखमाथि, टाँड बनाएको ठाउँमा मान्छे भाई शिकारी धनुकाँड लिएर बसेको थियो । दुवै दाजुभाइका बीचमा भेट भयो । मान्छे भाइले केसामी बाघ दाजुलाई आफू बसेको रुखमा आउन भन्यो । बाघ दाजु पनि यसलाई आज एकै गास पर्छु भन्ने मनमा सोचेर गर्जदै रुखमा चढ्यो । रुखमा बनाएको नौ तला माथिबाट मान्छे भाइले आफ्नो धनु काँडले बाघ दाजुलाई हान्यो तर लागेन ।  एक तला, दुई तला, तीन तला, चार तला, पाँचौ तला, छैटौं तला, सातौै तला गदै बाघ दाजु जति माथि आए पनि मान्छे भाइको बाँड लागेन । उता इप्ना सरेङधङ्नाको छेउमा रहेको पूmलहरूमध्ये मान्छेले लगाउने फूल विस्तारै ओइलाउन थाल्यो भने पशुले लगाउने पूmल भने निकै चहकिलो हुँदै आयो । इप्ना निकै आतिइन् । रोइकराइ गर्न लागिन । त्यस्तैमा बाघ दाजु आठौं तलामा पुग्यो । मान्छे भाई निकै अतालियो । उसको पूmल ओइलाएर निहुरियो । त्यस्तैमा मान्छे भाइले बाघ दाजुलाई अव तिमीले मलाई खाने नै भयो त्यही आठौं तलामा  आँखा चिम्म गरेर मुख आँ ग।रेर बस म तिम्रो मुखमा हाम फल्छु भन्दा बाघ दाजुले त्यसै ग¥यो । त्यही बेला मान्छे भाइले देवीदेवतालाई पुकारेर बाघ दाजुको मुखभित्र पस्ने गरी विषालु वाँड प्रहार ग¥यो ।

नभन्दै बाघ दाजु आठौ तलाको रुखको हाँगा पनि साथैमा लिएर रन्थनिदै भुइमा खस्यो । त्यस्तैमा मान्छेको प्रतिक पूmल एक्कासी झलमल्ल भयो भने पशुको प्रतिक पूmल पुरै ओइलायो । आमा इम्ना बाघ छोराको मृत्यु भएको ठानी विलौना गरिन् । शोकले विब्हल भइन् । मान्छे भाइ पनि रुखबाट झरेर मरेको बाघलाई रुखको छायाँमा लगेर त्यसको छाला काड्यो । त्यसपछि त्यो छाला काँधमा बोकेर निभुखोलादेखि माथि लुङ्धुवा खोलाको बाटोहुँदै घाम लाग्ने डाँडा माथि पु¥यायो । त्यही डाँडामा भुँइमा निकै तन्काएर सुकायो । केही दिन पछि त्यो छाला निकै राम्रोसँग सुक्यो । त्यो मान्छे भाइले त्यो छाला भोटमा लगेर बेच्यो । भोटमा त्यो मान्छेलाई बहादुर भनेर निकै प्रसंसा गरे । मान सत्कार गरे । उपहार दिए । नगद दिए । भेडा दिए । त्यो नाम्सामि मान्छे भाइ तराईमा गयो । त्यहाँ पनि उसलाई धेरैले पुरस्कार दिए । त्यही पैसाले त्यो मान्छे भाइले घर फर्किदा सुगुर किन्यो । बाटामा सुगुरले दुःख दिएपछि त्यसलाई काटेर मासु बोकेर घर आयो । सबै घटना आमा इप्ना सरेङधङ्नालाई सुनायो ।

नाम्सामि मान्छे भाइले आमासँग मेरा दाजु केसामि बाघ दाइले मसँग पशुवत व्यवहास गरेकै कारण मैले उनलाई मार्नु प¥यो । त्यो मेरो वाध्यता थियो । उनलाई नमारेको भए मेरो ज्यान जान्थ्यो भन्दै उनको छाला काडेर तिब्बत चीनमा अनि तराईमा लगेर रमिता देखाएँ, प्रदर्शन गरें । मलाई त्यहाँका मानिसहरूले खुशी भएर भेडा दिए । नुन दिए । रुपियाँ पैसा दिए । सुन चाँदी दिए । त्यसले अन्न किने, सुगुर किने । लुगा फाटा र गहना किने । ती सामान किनेर ल्याएको छु । सुगुर काटेर मासु ल्याएको छु । अन्न ल्याएको छु । गहना ल्याएको छु । यी खानेकुरा खाऔं । लुगाफटो, सुनचाँदी   लगाऔं । अव ती दाजुको छाला के गर्ने होला भनी नाम्सामिले आमासँग सोध्दा आमा इप्ना सरेङधङ्ना त आफ्नै छोरालाई मारेर छाला काडेको देखेर निकै बिलौना गरिन् । शोक विब्हल भइन् । रोइन् । कराइन् । आँसुका धा।रा बगाइन् । उनले छोरा नाम्सामिलाई बाबु तिमीले आफ्नै दाजुलाई मारेर ठूलो पाप ग¥यौ । यो बंश हत्या भयो । चीन, मधेश लग्यौ, पूर्व, पश्चिम लग्यौ त्यसलाई देखाएर अदुवा, लसुन किन्यौ, खुर्सानी साट्यौ, मासु साट्यौ, सुगुर, रुपियाँ पैसा साट्यौ । यो ठूलो अनर्थ भयो । यो ठूलो पाप कर्म भयो भनी विलौना सुनाइन् ।

बाघ छोरा मारिएको दिनदेखि आमा इप्ना सरेङधङ्ना निकै शोकमा डुब्न थालिन् । विस्तारै उनले खाना खान छाडिन् । एकदिन, दुईदिन गर्दै महिनौं वित्दासम्म पनि आमा शोकमा, चिन्तामा डुवेर विरामी पर्न थालिन् । छोराले आमालाई धेरै सम्झाए । खाना ख्वाउन हर प्रयत्न गरे । तर आमाले कुनै हालतमा पनि खाना खाइनन् । त्यस्तैमा अकस्मात एक दिान उनीहर भएको ठाउँमा देवदुत आएर ती दुवै आमाछोरालाई सम्झाउँदै “अव यसरी नखाई बसेर केही हुँदैन । जे भयो अतित् बनेर गइसक्यो । तिमीहरू अझै धेरै जीउनु छ । त्यसैले मृतकको आत्माको शान्तिका लागि शुध्याई कर्म गर” भने । त्यसपछि ती आमा छोराले बाघको शुध्याई कर्म गरेपछि मृतक बाघको आत्माले शान्ति पायो । त्यसै दिनदेखि स्थानीय लिम्बु समाजमा मृतकको शुध्याई कर्म गर्ने परम्परा पनि चलेको हो भन्ने स्थानीयको मान्यता छ ।

सिमलको रुखबाट ठूलो पाक कर्म भयो भनी सबै मिलेर त्यो रुख काटे । त्यसलाई गिड गिड पारे । सावायेत्हाङको गाउँमा मनुष्य जातिका बीचमा पाप र अधर्मले छोप्यो । अव यो गाउँमा महामारी रोग आउछ । दुख, विपत् आइलाग्छ । अव चीन तिब्बत, भोट, लेक, हिमाल, औल सबै ठाउँबाट पापले ढाक्ने छ भनी आमा इप्नाले छोरालाई भनेको अर्ति उपदेश सारा, सर्वत्र फैलियो । तिगन्जङवासी सबैले त्यो इप्ना सरेङधङ्नाले छोडेको सन्देशका आधारम छोरा नाम्सामिले भद्रभलाद्मीलाई साक्षी राखेर बाघ दाजुको नाममा नुनतेल बा¥यो । अनि निषेध फुकाएर नुनतेल छोयो र खायो पनि । वाँडले भएको पाप, धनुले भएको पाप, जाँड पानीले भएको पाप, अन्नपातले भएको पाप, सुन चाँदीले भएको पाप, तामा र अन्य धातुले भएको पाप, सुँगुरले भएको पाप, अदिका आधारमा नाम्सामि तिमीले धेरै पाप ग¥यौ । पृथ्वीलाई नै अशुद्ध बनायौ भनी सावायेत्हाङ बासीले पापबाट मुक्तहुन थु थु गरी विटुलोहरू यसरी उत्पत्ति भएको भनी बके । त्यो केसामि दाजु वा बाघ दाजुको छालाको लोदेनहाङ्वा, फुदेनहाङ्वाले लेकमा हुने वेतको लहराले तन्काएर पाखापखेरा थर्काउने, डाँडाकाँडा घन्काउने, देवीदेवतालाई समेत खुशी पार्ने, मुहार नै उज्यालो पार्ने घरघडेरीमा घुन र धमिरो लाग्दा, मानिसमा विहे हुँदा, लगन गर्दा, ठूलो ध्वान्द्रो भएको काठमा तन्काएर च्याब्रुङ बाजा बनाएको कुराको कथा रहेको छ । भद्र भलादमीका बीचमा, मान्यजनका बीचमा लिम्बु समाजमा स्वस्ति शान्ति गर्दा, पाप कटनी गर्दा, अनुष्ठान गर्दा यस्तै च्याब्रुङ बजाउने प्रचलन छ ।

यो विवरण लिम्बु समाजमा मात्र नभएर सम्पूर्ण चराचर जगतमा रहेका प्राणीका बीचमा प्रेम, सद्भाव नहुँदा एकापसमा व्यभिचर उत्पन्न भएको र त्यसले सम्पूर्ण जीव तथा वनस्पतिलाई समेत असर पारेको हुँदा मानव, जीव र वनस्पतिको रक्षाका लागि अहङ्कारको त्याग आवस्यक छ । मायाको, प्रेमको, सद्भावको आधारमा मात्र सम्पूर्ण चराचर जगत चल्दछ । उन्माद र अहङ्कारले मात्र विनास निम्त्याउछ । यसले मानव जीवनलाई अझ कष्टकर बनाउँछ, जटिल बनाउँछ जसका कारण मानिसलाई चारैतिरबाट अझ कष्टदायी, पीडादायी बनउँछ र टापुलाई पानीले घेरेझै पापले घरेर राख्दछ भनेर यो कथा टुङ्गिएको छ ।

Loading...
Loading...
Loading...