गुरू ! ॐ गुरूवे नम ! – Janata Live
  • Saturday, February 4, 2023

गुरू ! ॐ गुरूवे नम !

  • जनता लाइभ
  • पुष १०, २०७५

गुरू ! ॐ गुरूवे नम !

गुरूको अर्थ महान हुन्छ, विराट हुन्छ जसको गहिराई र उचाई नाप्ने कुनै यन्त्र छैन । गुण अपरम्पार छ । संस्कृतमा “गुरू”को अर्थ “गु” भन्नाले अन्धकार र “रू” भन्नाले हटाउनु। जसले अज्ञानताको अन्धकारलाई हटाई जीवन ज्योतिर्गमय बनाउँछ त्यो नै गुरु ।

यो कुनै नाम, पद होईन, यो एउटा घटना, चर्या, जसले चराचर सबै जगतमा सम्मान मैत्रिभाव, शान्ति, करूणा र विशुद्ध भाव व्यक्त गर्दछ, जिवन मुक्ति मार्ग देखाउँदछ ।

जात, वर्ग, लिङ्ग,खगोल, भुगोल, जिव वनस्पति, परम्परा, सिद्धान्त, सम्प्रदाय, वाद, विचार, राम्रो नराम्रो, म र मेरो भन्ने सम्पुर्ण भाव अ

समाजमा को इज्जत लिन चाँहदैन रु हरेक व्यक्तिले आफुलाई सम्मान गरेको मन पराउँछ। त्यसैले अहिले वर्तमान समाजमा को गुरू होईनरु यहाँ हरेक राम्रो या नराम्रो कार्य सिकाउने व्यक्तिलाई गुरु उपमा दिएकै हुन्छ ।जे जस्तो प्रकारको काम सिकाए पनि गुरूको तक्मा भिरेर हिँडेकै हुन्छ ।जसले जे सिकायो त्यै गुरू ।

यसको प्रकार अनगिन्ति हुन सक्छन् :-

परम्परादेखि मान्दै आएका परम्परा कूल संस्कारका कूल गुरु, सन्यास दिलाउने पनि गुरू, गद्दिधारण गुरु, ध्यान सिकाउने ध्यान गुरु, योग गुरु, पूजा गर्ने पूजारी गुरू, सूत्र वाचक सूत्रिय गुरू, तन्त्र शिक्षा दिने तान्त्रिक गुरु, मन्त्र दिने मान्त्रिक गुरु ,कर्मकाण्ड गरिदिने कर्मकाण्डे गुरु, सर्व शास्त्र जानेका शास्त्रि गुरू, प्रवचन गर्ने प्रवचक गुरू, कथा भन्ने कथावाचक गुरू । अझ वर्तमान परिप्रेक्षमा अँग्रेजी बोल्न सिकाउने पनि गुरु, खगोल, भूगोल, इतिहास, गणित, ज्ञान विज्ञान, भाषा, साहित्य, दर्शन आदि ईत्यादि सबै सिकाउने पनि आफुलाई गुरु नै१ भन्न रूचाउछ ।

पहिलो बोलि सिकाउने आमा पनि गुरु नै, कपुरी क सिकाउने पनि गुरु, निशुल्क या सशुल्क तरिकाले शिक्षा दिने पनि गुरु, अझ आधुनिकतामा जोड दिएका विध्या भन्दा धन ठूलो सिद्धान्तमा अघि बढेका सशुल्कमा अति असुल गर्ने पनि गुरू नै, नर्सरी देखि विश्वबिध्यालय सम्मका शिक्षा दिक्षा दिने जति सबै गुरू यसको धेरै बिधाहरू हुन सक्छन् ।

अझ!!!

अपराध घटाउने अपराधीको प्रमुख पनि गुरू कै उपमा दिएको पाईन्छ, आतंककारी समुहको नाईके पनि गुरू, गुन्डागर्दिको नाईके पनि गुरु, चोर्न सिकाउने पनि गुरु, ट्याक्सि,मोटर, गाडि चलाउने ड्राईभर पनि गुरु अझ त्यो माथि पनि जि थपेर गुरु जि!साईकल मर्मत गर्न सिकाउने पनि गुरु, संगीत बाध्यबाधन सिकाउने संगीत गुरु, गाउन सिकाउने पनि गुरु, नाच्न सिकाउने डान्स गुरू, कला सिकाउने कलाकारको पनि गुरू, मिष्ठान्न भोज तयार पार्ने पाककला गुरु, उसु, कराँते, बक्सर सिकाउने पनि गुरु, क्रिकेट हान्न सिकाउने पनि गुरु, गुरु गुरु गुरु,,,,, गुरु प्रकारम् अपरम्पार ।।।।

यहाँ हरेक व्यक्ति गुरु ।।।

आजको युगमा गुरू नपाउने ठाँउ कहाँ छ ?, यति धेरै गुरु छ तर त्यतिकै अज्ञानि,अन्धकार व्याप्त ।।
अचम्म लाग्छ !!!

अध्यात्ममा गुरू:-

कर्म क्लेशको बन्धनबाट मुक्त गरिदिने, दु:खको पिँजडाबाट छुटकारा दिने, चर्मचक्षुलाई ज्ञानचक्षुमा परिणत गरिदिने । बज्रअङ्कुशरूपि ज्ञानको सहयाताबाट जन्म र मृत्युको चक्रबाट फुत्त बाहिर निकाल्ने, मनको दु:ख, कष्ट, दर्द, वेदना, मनोविकारलाई सफाई गर्ने, मनको भ्रम मेटाई विचारको रूपान्तरण गर्ने, आफु भित्रै भगवान अन्तरनिहित रहेको बोध गराई परम सत्यको साक्षत्कार गराईदिने, संसारिक मोह बन्धन टुटाउने, परमानन्द दिने, अज्ञानताको पर्दा हटाउने, संसारमा जन्मनुको अर्थ बोध गराउने । अध्यात्ममा जुन काम गुरूबाट हुन्छ । त्यो नै सद्गगुरू ।

विशुद्ध निस्वार्थ माया ममता दिने, चित्तको वृद्धि र विकास गर्ने, शिष्य भित्रको विराट शक्ति सम्भावनाको उजागर गरिदिने । बार्षिक बिषयगत परिक्षाको होईन जिवनमा आउने हरेक अग्नि परिक्षाको सामना गर्न सिकाउने, विग्रेको छरपस्ट मनलाई सँग्रहित गर्ने, अन्तरमन जागरूगतामा लाने, मनलाई अशान्तबाट शान्तमा परिवर्तन गर्ने ।

जसले सम्मान खोज्छ उ गुरु होईन, जसले सम्मान दिन्छ उ गुरू हो । लिन मात्र खोज्ने गुरू होईन, सबै कुरा दिन सक्ने नै गुरू, त्याग्न सक्ने महा त्यागि नै गुरू, फेरि क्षणिक लालसा,नाम र दाम, स्वार्थ प्राप्तको लागि नम्र व्यवहार, मिठो बोलि आदरसत्कार देखाउने, अलौकिक शक्तिको उत्ताराधिकारी या आफु कुनै भगवानको अवतार हो भनि तन,मन,धन सर्वस्व हरण गर्ने झन् खतरनाक गुरु!!!

आजकल छिटो र सजिलो तरिकाले धन आर्जन गर्न पनि गुरु बन्छन् । शक्ति, सम्मान र सम्पति पाउन पनि गुरु बन्छन् ।

सुतेको मनलाई ब्युँझाईदिने, बाहिरको बिषय वस्तुबाट हटाएर अन्तरमुखि बनाउने , सारा ब्रह्माण्ड आफु भित्रै देखाउने।भौतिकताको दुख र क्लेषको दलदलबाट निकालेर अध्यात्ममा लगाउँने ।

भागिरहेको, भौतारिरहेको मनलाई रोकेर एक सद्ममार्गमा लगाउने ।जे खोजिरहेको छ, जे चाहिरहेको छ त्यस्तै दिलाउँने ।

जो जागिसक्यो र अरूलाई पनि जगाउन सक्ने क्षमता भएको नै गुरू, अज्ञानताको मस्त निन्द्राबाट ब्युँझिसकेको, सबै शास्त्र जानेको ज्ञानको मुर्ति, तत्वज्ञान ज्ञात भईसकेको, शुद्ध मन, सत्यनिष्ठ व्यक्ति नै गुरु, चेतना विकसित भईसकेको,बुद्धि, विवेक र कुशलताले भरेको, जीवन संयम र अनुशासनले सून्दर राखेको, समस्त दुर्गुण र अवगुणबाट निकालेर सद्गुणमा स्थापित गराउने सक्ने क्षमता भएको र माया दयाको खानि, करूणाको सागर। आफुभित्र समाधिको रस पाएको, जीव र जगत, देह र चित्त, जीवन र मृत्युलाई परम् साक्षत्कार गरिसकेको व्यक्ति नै गुरु, सद्गुरू महागुरू । शिल समाधि र प्रज्ञाले परिपुर्ण भरिपुर्ण भएको, किर्ति मात्र होईन ऋद्धि र सिद्धि सवै पाएको नै गुरू। ।।।
गुरूको गुण अपरम्पार ।।।

गुरूहि बुद्ध, गुरुहि धर्म, गुरूहि संघ,

गुरूहि त्रिरत्नाय, गुुरुहि अपरम्पार ।

©Copyright- Shukravajra

(Published on 3 Aug,2018)

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...