नृत्यकी रोलमोडल पार्वती – Janata Live
  • Saturday, February 4, 2023

नृत्यकी रोलमोडल पार्वती

  • जनता लाइभ
  • पुष १०, २०७५

नृत्यकी रोलमोडल पार्वती

नृत्याङ्गना पार्वती राई, २२ लाई पूर्व जन्ममा भगवान इन्द्रको दरबारमा नाँच्ने अप्सरा हुँ कि जस्तो लाग्छ । उनको जीवनबाट नाँच झिक्ने हो भने सिंगो जीवन अपुरो भईदिन्छ । ‘नाँच्न छोडेको दिन यो संसार नै त्याग्छु होला ।’ हालै नयाँबानेश्वरको एक क्याफेमा भेटिदा उनले सुनाइन्, ‘नाँच्न पाएन भने त म बौलाउँछु ।’

पार्वती कोठामा एक्लै हुँदा ऐना हेर्र्दै नाँचिरहन्छिन् । गीतको तालमा उनका हरेक अंगअंग हल्लिन्छन्, मुहारको भाब, भंगिमा फेरिन्छ । ऐना हेर्दै नाँचिरहँदा अझ राम्रो गर्ने कोशिष गर्छिन् । त्यसैले ऐना उनका लागी गुरू बनिदिन्छ । कुनैबेला साथीभाइ भेला हुँदा अरूलाई गीत बजाउन लगाउँदै आफु नाँच्न कस्सिहाल्छिन् । चुप लागेर बस्नै नसक्ने स्वभाब छ । निरन्तर केही न केही काम गरिरहने बानीले तीन वर्षको छोटो अबधिमै साँढे दुई सय भन्दा त म्यूजिक भिडियोमा उनले अभिनय गरिसकेकी छिन् । लोकदोहोरी र तीज गीतका म्यूजिक भिडियोका लागि पार्वती क्वीनकै रूपमा स्थापित भईसकेकी छिन् ।

उदयपुरमा जन्मेकी काठमाडौंमा हुर्केकि पार्वती सानोमा टिभीमा बजेका गीत हेर्दै हल्लिन थालिन् । हिरो, हिरोइनको नाच हेर्दै हल्लिदै गर्दा त्यसैमा उनको नशा बस्यो । स्कुल पढ्दा सम्म त उनको नाचको तारिफ गर्नेहरूको लर्को लागिसकेको थियो । एकप्रकारले स्कुलमा हिरोइनको भन्दा क्रेज कम थिएन । माथिल्लो कक्षामा पुगेपछि नृत्य सम्बन्धि आयोजना भईरहने प्रतिष्पर्धाहरूमा भाग लिन नछुटाउने पार्वती हरेक चोटी पहिलो बन्थिन् । पुरस्कार संगै सबैको वाहवाहि पाउथिन् । खोजीखोजी सारंगा श्रेष्ठका नृत्य हेर्ने उनलाई फिल्ममा करिश्माको चुलबुलेपन खुबै मनपर्छ । झट्ट हेर्दा करिश्मा भन्दा पनि कम छैनन्, पार्वती ।

नेपाल टेलिभिजनले आयोजना गरेको राष्ट्रब्यापि छम्छमि प्रतियोगिताको उत्कृष्ट ५ भित्र पर्न सफल उनले त्यो क्षण भुल्न सकेकि छैनन् । पाँच सय बढी प्रतिष्पर्धीहरूबीच पहिलो बन्छु भन्ने अठोट गरेका बेला उत्कृष्ट ५ बाट आउट हुँदा उनका आँखा आँशुले डम्म भरिए । एकाएक छाँगाबाट खसे झैं भयो ।

पार्वती जब मामाघर र आफन्तहरूकोमा पुग्थिन्, नाँचेरै धेरैलाई खुसि बनाउथिन् । उनको कानमा पैसा सिउँदिएपछि त झन् जोशले नाँचिदिन्थिन् । पार्वतीलाई बुबा भक्तबहादुर र आमा मिथिलाले हौस्याएपछि कम्मर कसेर नृत्यमै होमिएकी छिन् । तीजको बेला दिनको तीन वटा म्यूजिक भिडियोमा अभिनय गर्न भ्याएकी उनले अरू बेला प्राय दिनमा एउटामा अभिनय गर्छिन् । शंकर बिसीको सहयोगले म्यूजिक भिडियोमा अभिनय थालेकी पार्वतीले हेर्छौ ओठ टोकी गीतबाट आफ्नो यात्रा सुरू गरिन् । राजु गुरूङ र मुना थापामगरले स्वर भरेको त्यही गीतमा पहिलो पटक अभिनय गरेपछि उनको चर्चा चुलियो । त्यसयता उनले पछाडी फर्कनै परेन । बरु उनले अभिनय गरेका तिमी राम्रो हासोले, कार किनेर ल्याउ मेरो माया, एबिसीडि पढ्न भन्दा , म माइत जाने हो, दिलको ढोका खुल्ला, यता पनि हुरूक्कै उता पनि हुरूक्कै, जस्ता गीतहरू दर्शकको मनमा बसे ।

जिस्किने, नलजाउने र फ्रयांक स्वाभाबले सुरूमा उनी केटा जस्तै देखिन्थिन् । अलि मोटो ज्यानकि उनलाई बुबाले ‘जेठा छोरा’ भनेर नै बोलाउन गर्थे । करातेकि ब्ल्याक बेल्ट उनले काठमाडौं, नारायणटार टोलमा त ‘बढ्ता हुने’ केटाहरूलाई कुटेको अनुभब सुनाईन् । हरपल खुसि रहने, टेन्सन नलिने स्वभाबकि उनले यसै वर्ष लोकदोहोरी प्रतिष्ठानबाट ‘दोहोरी बेस्ट नायिका’ को उपाधिबाट जितिन् । बिना संघर्ष सफलता मिल्दैन । उनको अनुभबले यसै भन्छ । ‘कोही सजिलो संग आउन त सक्छ तर सधैंभरी टिक्न गा¥हो छ ।’ उनले सुनाईन् । तीन वर्ष अघि नेपाल टेलिभिजनले आयोजना गरेको राष्ट्रब्यापि छम्छमि प्रतियोगिताको उत्कृष्ट ५ भित्र पर्न सफल उनले त्यो क्षण भुल्न सकेकि छैनन् । पाँच सय बढी प्रतिष्पर्धीहरूबिच पहिलो बन्छु भन्ने अठोट गरेका बेला उत्कृष्ट ५ बाट आउट हुँदा उनका आँखा आ“शुले डम्म भरिए । एकाएक छाँगाबाट खसे झैं भयो । सपना चकनाचुर भए । अर्कोतिर त्यही अबसरले उनलाई धेरै चिज सिकायो । नाँच्न, कोरियोग्राफि गर्न र सबैसंग भिज्न सिकायो ।

एउटा राम्रो म्यूजिक भिडियो तयार हुन बढी निर्देशकको हात र बाँकी गीत, संगित र नाच्नेमा भरपर्ने पार्वतीको विश्वास छ । हरेकले आफ्नो भिडियो हेर्दा ‘ओहो !’ भनुन् र त्यसबाट केही प्रेरणा लिन सकुन् भन्ने उनको चाहना छ । त्यही सफलताले पार्वतीलाई हङकङ, कोरिया, मलेसिया, कतार पु¥याएको छ । घुमेका मध्ये हङकङ, उनलाई सबैभन्दा मन परेको देश हो । घुम्नकि सौखिन उनी एक वर्ष पहिले त्यहाँ पुगेकि थिईन् । त्यहाँ फराकिला, चौडा सडक, भौतिक सरंचना र सुरक्षा ब्यबस्था उनलाई एकदमै मनप¥यो । टा«फिक ब्यबस्था, प्रत्येक रोडमा राखिएका सिसिटिभी क्यामेरा, कसैले फोहोर फाल्नै नपाउने नियम देखेर छक्क परिन् । लोकल गाडीहरुमा बुढापाका ड्राइभर हुँदा रहेछन् । टिकट सिस्टम अनुसार चल्ने ति गाडीहरूको यात्रा आरामदायि हुने उनले अनुभब सुनाइन् । ‘नेपालमा जस्तो यात्रुहरूको कोचाकोच र बार्गेनिङ हुँदैन ।’ उनले सुनाइन् ।

नृत्यको दुनियामा आउनु अघि पार्वती होटेलमा काम गर्थिन् । उनको आमाले नारायणटरमा खोलेको होटेलमा सघाउँथिन् । त्यसपछि छम्छमीमा भाग लिएपछि उनको जीवनले फड्को मा¥यो । सुरूमा कोरस डान्सर भएर अभिनय थालेकि उनी पछि मेन डान्सरका रूपमा चम्किइन् । कौडा, मारुनि, घाटु, सालैजो, टप्पा, साकेला, धिमाल देखि आधुनिक र साल्सा नृत्यमा उनी बेजोड नृत्य गर्न पारंगत भईसकेकि छिन् । सारी र कुर्ता लगाउन भन्दा टिसर्ट, पाइन्ट, र वन पिसमा टिमिक्क भएर हिंड्न मन पराउँछिन् । उनलाई प्रेम प्रस्ताब भन्दा बढी विवाहका प्रस्ताबहरू आउँछन् । तर निरन्तर आफ्नो कर्ममै डुब्ने भएकाले पार्वती विवाह गरिहाल्ने मुडमा छैनन् । नृत्यलाई नै उनले आफ्नो व्वाइफ्रेण्ड ठान्छिन् ।

काठमाडौंको अरूणिमा हाइयर सेकेन्डरी स्कुलबाट एसएलसि गरेकी पार्वतीलाई हरेक दिन नयाँ लाग्छ । नयाँ कुरा सिक्न, नयाँ काम गर्न मन लाग्छ । फुर्सदमा घर सफा गरेर, सामसुङको मोबाइलमा फेसबुक चलाउँदै समय बित्छ । म्यूजिक भिडियोमा फरक अभिनय गर्दाको मजा बेग्लै हुने उनी बताउँछिन् । उनलाई आफ्नो नाँचमा त्यस्तो चुम्बकिय शक्ति छर्न पाइयोस्, दर्शकहरू हेरेको हे¥यै बनुन् जस्तो लाग्छ । २४ घण्टा नाच्दा पनि थाक्दिन जस्तो लाग्छ । भविष्यमा उनी नृत्यकै स्कुल खोल्न चाहन्छिन् । जहा गरिब विद्यार्थीहरूलाई छात्रबृत्ति दिने उनको सोच छ । फरक कर्मका लागी पार्वतीलाई शुभकामना छ ।

Loading...
Loading...
Loading...

बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला...