भारतको निर्णय, क्रुर निर्दयता तथा कायरपूर्ण कार्य – Janata Live
  • Sunday, February 5, 2023

भारतको निर्णय, क्रुर निर्दयता तथा कायरपूर्ण कार्य

  • अमर दीप मोक्तान
  • पुष ०९, २०७५

भारतको निर्णय, क्रुर निर्दयता तथा कायरपूर्ण कार्य

नेपालको संवीधान २०७२ को घोषणा पश्चात भारतको क्रोध अघोषित नाकाबन्दीमा किन परिणत भयो । यसको मुख्य कारण भारतले नेपाललाई आफ्नो अधिन, वर्चस्व तथा प्रभुत्व राख्ने कुनियतको अन्त हुनु हो । नेपाल प्रति भारतको गिद्धे दृष्टि धेरै अगाडीदेखि नै थियो तथा भारत विभिन्न समझदारीको नाममा क्रमसः आफ्नो योजना साकार बनाउने दिशातर्फ क्रमसःहुँदै गई रहेको थियो । तर, संवीधान २०७२ आफ्नो अनुकुल निर्माण नहुँदा भारतको अति महत्वाकांक्षी विस्तारवादी चरित्र माथि गम्भीर कुठाराघात भएको छ । नेपाल प्रति भारतको गिद्धे दृष्टि विश्वमान चित्रमा भारतको शक्तिशाली विशाल राष्ट्र बन्ने विस्तारवादी महत्वकंक्षाको घृणित रुप हो । भारतमा जुन सुकै सरकार आए पनि उत्तर हिमाल सम्मको सिमाना मुख्य एजेण्डा भित्र पर्दछ । भारतको उत्तर सम्म सिमाना पुग्न तिन वटा बाधा थियो । सिक्किम, भुटान तथा नेपाल, सिक्किमलाई भारतमा विलय गराएर तथा, भुटानलाई अघोसित प्रान्त बनाएर आंशिक रुपमा भारतको महत्वाकांक्ष त पूर्ण भयो तर, नेपाललाई आफ्नो अनुकुल बनाउन विभिन्न प्रयाश तथा दवाब तथा प्रलोभन दिँदा समेत आफ्नो वर्चस्व अनुकुलको संवीधान निर्माण गराउने प्रयाशमा असफल हुँदा भारतको क्रोधको सिमा रहेन । चाहे मधेशी नागरिकता तथा अधिकार नदिएको प्रसंग होस् चाहे सिमानाको प्रसंग होस् यो त भारतको बहाना मात्रै हो । भारतको भित्रि अकांक्षा भनेको नेपाललाई भारतको एक प्रान्त बनाउने नै हो ।

भारत स्वाधीन पश्चात भारतमा १४० यस्तो राज्य थियो । जो अंग्रेज शासनको अधिनमा रहे पनि विभिन्न महाराज तथा नवाबद्वारा शासित थियो । उल्लेखित राज्यहरु अंग्रेजद्वारा गरिएको सम्झौता अनुसार भारत स्वाधीन हुनसाथ स्वतः स्वतन्त्र राज्यमा परिणत भए । उनीहरुको दुई विकल्प थियो । या त भारत अथवा पाकिस्तानसँग सम्झौता गरि मिल्नु वा आफुलाई स्वतन्त्र घोषित गर्नु । भारत सरकारका तत्कालिन अन्तरिम सरकारका गृहमन्त्री सरदार बल्लव भाइ पटेललाई उल्लेखित राज्यहरुस‘ंग सम्झौता गरि भारतमा मिलाउने जिम्मा सुम्पियो । सरदार पटेलले लर्ड माउन्टबेटन, वीपी मेनन् तथा राजाहरुको परिषद्का चान्सलर महाराजा पटियालाको सहयोगमा १३७ राज्यलाई भारतमा मिलाउने कठिन कार्य पूर्ण गर्नुमा सफलता प्राप्त गरे । भारतमा मिलाउन सबै भन्दा ठूलो टाउको दुखाई जुनागढ़, हैदराबाद तथा कश्मिर बन्यो । जुनागढ़ तथा हैदराबादको पाकिस्तानमा मिल्ने आकांक्षा तथा दुवै राज्यमा बहुसंख्यक जनता हिन्दु भएको हुनाले पटेलको सहमा पाकिस्तानमा मिल्ने नवाबहरुको निर्णय विरुद्ध स्वतन्त्र अस्थायी हिन्दु सरकार गरेर पाकिस्तानको इच्छा पूर्ण हुन् सकेन । जुनागढ़को नवाब हिन्दु सरकारको स्थापनले भयभित भएर पाकिस्तान भागे, अस्थायी सरकारले जनमत संग्रह गराएर जुनागढ़ भारतमा सम्मिल्लित हुने आकांक्षा देखाएको बहानामा जुनागढ़लाई भारतमा शमिल गरियो । हैदराबादका नवाब कुनै पनि हालतमा भारतमा शमिल नहुने देखेर भारत सरकारले कारवाही गरि पाँच दिनमा हैदराबाद भारतमा मिलाउने निर्णय गर्यो र हैदराबाद भारतमा विलिन भयो । जम्मु कश्मिरको समस्या सर्वाधिक गम्भीर थियो । कश्मिर महाराज हरिसिंह न त भारत न त पाकिस्तानमा सम्मिल्लित हुन् चाहन्थे । उनि कश्मिरलाई स्वतन्त्रराष्ट्र बनाउन चाहन्थे । तर, कश्मिरको बहुसंख्यक जनत मुसलमान भएको हुनाले महाराजा हरिसिंह एक अस्थायी सम्झौता गर्न विवस हुन् पर्यो पछि गएर पाकिस्तानले सम्झौताको उल्लंघन गर्दै कश्मिरमा आतंकको सिर्जना गर्यो तथा २२ अक्टोबर १९४८ मा पाकिस्तानले कबायलीको सहयोगमा कश्मिर माथि आक्रमण गर्यो । २४ अक्टोबर १९४८ मा महाराजा हरिसिंहले भारतसँग सैनिक सहायता माग्यो । तर, प्रधानमन्त्री नेहरुले सैनिक सहायता दिन असमर्थता व्यक्त गर्यो पछि गएर राज्यको प्रमुख दलका नेता शेख अब्दुल्लाको आस्वासन पश्चात भारतले सैनिक कारवाही प्रारम्भ गर्यो । तर, त्यस समय सम्म धेरै ढिलाभई सकेको हुनाले आधा भन्दा बडी कश्मिर पाकिस्तानले कब्जा गर्यो र आज पनि कश्मिर समस्याका कारण भारत पाकिस्तानमा मतभेद कायम छ । भारतमा फ्रान्स अधिनमा पोंडिचारी, चन्दननगर, माहेम, करिकल र यानम थियो । भारत स्वतन्त्रतापश्चात फ्रान्स अधिन क्षेत्र फ्रान्स सरकारसँग सम्झौता पश्चात १९५४ मा भारतमा सम्मिल्लित भयो । पुर्तगाल अधिनमा रहेको गोवा, दादरा नगर हवेली, दमन दिउ पुर्तगाल सरकारस‘ंग सम्झौता पश्चात दिसम्बर १९६१ मा भारतमा विलिन भयो ।

साम दाम दण्ड भेदको नीति अख्तियार गर्दै भारतलाई विशाल भुखंडमा परिणत गर्न सफल बनाउने सरदार बल्लभ भाइ पटेलको १५ दिसम्बर १९५० मा असामयिक निधन तथा विभिन्न समस्याले ग्रस्त भएका कारण उत्तर हिमाल सम्म भारतको सिमाना बनाउन सिक्किम भुटान तथा नेपाल माथिको गिद्धे दृस्टी राखेको भारतको योजना त्यस समय सफल हुन् पायेन । सर्दार बल्लभ भाइ पटेलको निधन पश्चात पनि भारतको विस्तारवादी नीति यथावत रुपमा कायम छ । त्यसको ज्वलन्त उदाहरण सिक्किमको विलय, अघोषित प्रान्त भुटान तथा अनाहक मा नेपाललाई दुःख दिने तथा आफ्नो अनुकुलको वातावरण बनाउन नाकाबन्दी को रणनीति ।

विशाल इराक को सपना बोकेर सद्दाम हुस्सैनले अचानक आक्रमण गर्दै कुवैत कब्जा गर्यो । साउदी अरब माथि आक्रमण गरि कब्जा गर्ने प्रयाश गर्यो आज सद्दाम हुस्सैन दुनियाँमा छैनन् तथा इराक तहस नहस र ध्वस्त भएको छ । भारतको नियत पनि सद्दाम हुँसैनको अति महत्वकांक्षी प्रवृतिसँग मिल्दो जुल्दो देखिन्छ । विशाल भारत बनाउने सपना बोकेको भारतले आफ्नो महत्वाकांक्षा पूर्ण गर्न प्रत्यक्षअप्रत्यक्ष रुप छिमेकोहरुमा अशान्ति मचाउने नीति अख्तियार गरेको देखिन्छ । पूर्वी पाकिस्तान हाल बंगलादेश टुक्राउन मुक्तियोद्दाको नाममा भारतीय सेनाको प्रवेस गराएर बंगाली स्वाभिमानको नाटक मञ्चन गरि पकिस्तान्नको पूर्वी अंगलाई बंगलादेश बनाउन सफल भयो । तर, बंगलादेश एक स्वतन्त्र राष्ट्र भए पनि भारतको छत्रछायाँमा राख्नुपर्ने विचारका भारत समर्थक शेख मुजिबुर रहमानको आक्रोशित जनताले परिवार सहित हत्या गर्यो । आज पनि भारतको चलखेलका कारण बंगलादेश अशान्त तथा अस्थिर छ । श्रीलंकामा ग्रिह युद्दको कारक तत्व पनि भारत नै हो भनि सर्वविदित छ । तमिलनाडुबाट श्रमिकका रुपमा गएका तमिललाई अधिकार प्राप्तिको नाममा स्वतन्त्र राष्ट्र बनाउन सहयोग समर्थन तथा सैनिक सहयोग दिएको कारण वर्षौसम्म श्रीलंका ग्रिह युद्दको चपेटामा पर्यो तथा भारतले पालेको तमिलको हात भारतीय प्रधानमन्त्री राजिव गान्धीको नृसंस् हत्या भयो । भारतले रोपेको द्वन्द हमेशाका लागि समाप्त पार्न श्रीलंकाले ठूलो सैनिक कारवाही गरेर तमिल नेता प्रभाकरणलाई हमेशाको लागि समाप्त गर्यो । श्रीलंकामा शान्ति देखिए पनि श्रीलंकालाई अशान्त बनाउन भित्रभित्र भारतको चलखेल जारी छ । पाकिस्तान लगभग गृह युद्द, हिंशा तथा आतंकवादी चपेटाको स्थितिमा रहेको छ । त्यसको मुख्य जिम्मेवार अमेरिकाको साथै भारत पनि एक हो । विशाल भारत बनाउने महत्वकंक्षाले गर्दा भारतले छिमेकि राष्ट्रहरुमा अशान्ति अन्योलको वातावरण निर्माणमा प्रत्यक्षअप्रत्यक्ष रुपमा मलजल गरेको देखिन्छ । नेपाल मात्रै होइन बंगलादेश, श्रीलंका, पाकिस्तान जहाँ पनि सुख शान्ति समृद्धि पार्टी भारत इष्र्या गर्ने राष्ट्र हो भारत । छिमेकि राष्ट्रहरुको समृद्धिले विशाल भारतको सपनामा कुठाराघात हुने देखेर कुनै न कुनै रुपमा अस्थिरता, अशान्ति जन्माउने कारकतत्व भारत नै हुने गर्दछ ।

प्रसंग नेपाल तर्फ के नेपालले आफ्नो संवीधान आफैले निर्माण गर्नु भारतको दृष्टीमा अपराध हो त । संवीधान २०७२ ले नेपालको सम्पूर्ण जाति समुदायको सम्पूर्ण माग सम्बोधन गरेको बारे भन्नु पर्दा छैन । तर, त्यसो भन्दैमा भारतले तेर्साएको बुँदाहरु संवीधानमा समावेश गर्दा संवीधान पूर्ण रुपले नेपाली जनताको त्रुटीविहिन संवीधान हुने छ भनि ठोकुवा गर्न सकिन्छ । विश्वको ठूलो भनिने लोकतान्त्रिक देश भारतले मधेसवादी अधिकार कुण्ठित भएको बहानामा आफ्नो कुत्सित मनसाय पूर्ण गर्न नेपालसँग भएका सन्धि सम्झौताको उल्लंघन गर्दै बिना सूचना हैद्म्वादी तवरले अघोषित नाकाबन्दी गरेर निर्लज्जताको चरम रुप देखाएको छ । वैशाख १२ गतेको महाभूकम्पले क्षतबिक्षत नेपाल बल्लबल्ल स्वस्थ हुने अवस्थामा पुगेको बेला आफ्नो भाग्यको निर्माण गर्न संवीधानको घोषण गर्दा संवीधानलाई असफल बनाउन खोज्ने भारतको निर्णय क्रुर निर्दयता तथा कायरपूर्ण कार्य हो । धार्मिक सांस्कृतिक समानता भएको राष्ट्र नेपाल आज भारतको क्रुर तथा कुनियत व्यवहारका कारण विमुख हुँदै जानु भारतीय परराष्ट्र नीति पूर्ण रुपले धरासाही हुनु हो । भारतले प्रयोगको नीति अख्तियार गर्न बन्द गर्नुपर्छ । श्रीलंकामा सिंहली विरुद्ध तमिलको प्रयोग, सिक्किममा भोटिया शासक विरुद्ध नेपालीको प्रयोग । भुटानमा नेपाली विरुद्ध भोटिया शासकको प्रयोग, पाकिस्तानमा उज्बेक आदिवासी तथा मोहाजिरको पाकिस्तान विरुद्ध उपयोग, बग्लादेशमा हिन्दु कार्ड असफल भयो । नेपालमा हिन्दुराष्ट्रवादी तथा मधेसी हाल आएर थारु तथा आदिवाशीको प्रयोग गरि खेलेको खेल नेपाली जनता माझ छताछुल्ल तथा पर्दाफाश भएकोछ । भारतले शार्क मुलुकका छिमेकि राष्ट्रहरुमा आफ्नो स्वार्थका लागि अशान्ति द्वन्द मचाएर दादागिरी गर्ने कार्य अविलम्ब बन्द हुनुपर्छ । छिमेकिको घरमा अशान्ति मचाउन खोजिए भारत भयंकर अशान्तिमा परेको दिन भारत पिडित छिमेकिहरु व्यंग गर्दै थपडी बजाउने छन् भनि याद राख्न जरुरि छ । संवीधानमा मधेशी मात्रको अधिकार स्थापित गराउन विभिन्न प्रपञ्च तथा पछाडीबाट छुरा प्रहार गर्ने कार्य तथा अनावस्यक चलखेल तत्कालै अन्त हुनुपर्छ । यसैमा नेपाल र भारत दुवैको भलाइँ छ ।

Loading...
Loading...
Loading...