किन हुन्छ डिप्रेशन ? के हो यसको उपचार ? – Janata Live
  • Friday, February 3, 2023

किन हुन्छ डिप्रेशन ? के हो यसको उपचार ?

  • डा. सिताराम न्यौपाने
  • पुष ०९, २०७५

किन हुन्छ डिप्रेशन ? के हो यसको उपचार ?

डिप्रेशन: कारण, लक्षणहरु र उपचारका पक्षहरू

बेलामौकामा दु:ख ,पिर र तनाव जसलाइ पनि हुन सक्छ । भनाइ नै छ,  “चिन्ता नभएको मान्छे हुँदैन ।” तर जुनसुकै कुराको पनि सिमा र परिधी हुन्छ ।सिमा नाघेपछी त्यो असामान्य नै हुन्छ l जब उदासिपन लगातार केही हप्तासम्म रहिरहन्छ, उक्त ब्यक्तिको दिमागमा  नकारात्मक सोचाई आइरहन्छ, जागर नहुने, जिउ भारी हुने, खाना नरूच्ने र निद्रा नपर्ने जस्ता लक्ष्णहरू मध्ये कम्तिमा ३ वटा लक्षणहररू छन र उक्त ब्यक्तिको दिन्चर्यामा समेत खलल पुर्याउन थाल्दछन भने यस्तो अवस्थामा उक्त ब्यक्ती डिप्रेशन (Depression) अथवा उदासिनताको रोगबट पिडित भयको शन्का गर्नुपर्छ ।

वास्तवमा डिप्रेशन एक मानशिक रोग हो । यसले गर्दा पिडित ब्यक्तीहरुमा शारिरिक तथा मानशिक पीडा हुनुको साथै उस्को जिवनशैलिसंग सम्बन्धित कुराहरु जस्तै : पढाई तथा निर्णय लिन सक्ने क्षमतामा ह्रास आउदै जानू,निरन्तर नकारात्मक  सोचाइले ठाउ  पाउदै जानू र आन्त्यमा मर्न मन लाग्नु र आत्महत्या गर्नु यसका जटिल समस्या हुन्।

समस्याको अवस्था:

डिप्रेशन को समस्या साच्चिकै भयावह छ। सन १९९० मा विश्व स्वास्थ्य संगठन (WHO) तथा विश्व बैंक ले गरेको अध्ययन अनुसार मानवजातिलाई पिरोल्ने रोगहरुमा डिप्रेशन चौथो रोग भयको तथ्य पत्ता लागेको थियो र यहि स्थितिमा सन २०२० सम्ममा दोस्रो  हुने अनुमान गरिएको छ।

समस्या बढ्दै जानुमा रोगको पहिचान नहुनु,यसलाई नातागत या अन्य रोगहरु सम्झेर सहि उपचार नै नहुनु र रोग पत्ता लागेपनी उचित समयावधी सम्म उपचार नहुनु जस्तादी कुराहरु पर्दछन्।

रोगको कारणहरू:

वन्शानुगत , रासायनिक ,जैबिक ,मानसिक , सामाजिक तथा वातावरणीय तत्वमा मध्य मा कुनैपनि तत्व मा गड्बडी भएमा डिप्रेशन हुन सक्छ यद्यपि  धेरैजसो डिप्रेशन मानशिक तथा सामाजिक कारणले हुने गर्छ,जस्तै:

1) आफ्नो नजिकको आफन्त को मिर्तु हुनु। 2) समाजमा आत्मसम्मान नपाउनु अथवा अरुबाट हेलित हुनु। ३) लामो समयसम्म निको नहुने रोग शरीरमा हुनु। ४) लामो समय सम्म रक्सी सेवन गर्नु। ईत्यादी

डिप्रेशनका प्रमुख लक्षणहरू:

१) उदासिपना लगभग सधै भैरहनु। 2) ईच्छ्याहरु मरेर जानू। ३) खुसी महसुस गर्न नसक्नु। ४) बिर्सिने बानी भयको महसुस हुनु। ५) ध्यान केन्द्रित गर्न गाह्रो हुनु। ६) जिउ भारी हुनु,गल्नु वा दुख्नु। ७) चिड्चिडाहट हुनु । ८) टाउको भारी हुनु , गल्नु वा दुख्नु ।

९) निद्रा नपर्नु । १०) खाना कम रुच्नु। ११) यौन इच्छामा कमि आउनु। यी लक्षण मध्ये ३ वा ४ लक्षणहरु दुई हप्ता वा बढी लगातार रहेमा डिप्रेशन भनेर शंका गर्नुपर्ने हुन्छ।

चिकित्सकलाई  कहिले सम्पर्क गर्ने ?

– यदि डिप्रेशनका लक्षणहरु दुई हप्ता भन्दा बढी रहिरहेमा। – यदि लक्षणहरुले दैनिक कृयाकलापहरुमा हानी पुर्याएमा। – यदि आरामसंग सान्त वातावरणमा बस्दा पनि यी लक्षणहरु कम नभएमा।

डिप्रेशनको सहि पहिचान र उपचार नहुनुका कारणहरु:

– मानसिक समस्याको उपचार गर्न लाज मन्नु। – मानसिक श्वास्थ्य सुबिधा सबै ठाउँमा उपलब्ध नहुनू । – आफुमा डिप्रेशनको लक्षणहरु भयको महशुस गर्दागर्दै पनि आफै ठिक भैहाल्छ भन्ने सोचेर  उपचारप्रती ध्यान नदिनु। -सामान्य चिकित्सक तथा स्वास्थ्यकर्मिहरुमा मानसिक रोगको पहिचान गर्ने ज्ञानको कमि हुनु।

उपचार पक्ष :

डिप्रेशन बाट पिडित ब्यक्तिहरु मध्ये १५ देखि २० प्रतिशतको मिर्तु आत्महत्याद्वारा हुन्छ।उपचारले आत्महत्याको सम्भावनालाई न्यून पार्दछ। तसर्थ डिप्रेशनलाइ एक रोगको रुपमा पहिचान गरेर यथासक्य चाडो  उपचार थालिनु आवस्यक छ।

झन्डै ९० % सम्म जस्तोसुकै कडा खालको डिप्रेशन भएपनि उपचार गर्न सम्भव छ।कतिपय  मानिसहरुमा पुर्णरुपले निको पार्न सकिन्छ भने कतिपयको निकै हदसम्म लक्षणहरु हटाउन सकिन्छ।

उपचारका किसिम

१) मनोवैज्ञानिक उपचार (Psychotherapy):

नेपाल्को परिप्रेक्ष्यमा कुरा गर्ने हो भने मानसिक स्वास्थ्य सम्बन्धी तालिम लिएका सामान्य चिकित्सक, हेल्थ असिस्टेन्ट देखि मनोरोग विशेषज्ञ सम्म यस्को सुबिधा लिन सकिन्छ ।कम तिब्रता र मध्यम तिब्रता भएको डिप्रेशनमा यो अत्यन्तै  प्रभाबकारी मानिएको छ।यो विधिबाट ब्याक्तीमा नकारत्मक सोचाइ आउने  कारणहरु, उ संग भएका समस्याहरुको बरेमा बुझेर ती समस्याहरु र सोचाइबाट छ्ट्कारा पाउने उपाएहरुको बारेमा जानकारी गराईन्छ।यस अन्तर्गत cognitive -behavioral therapy र Interpersonal therapy पर्दछन्।

२) औषधि उपचार(Medical treatment):

डिप्रेशन भएका ब्यक्तीहरुको दिमागको विभिन्न भागमा भएका रसायनिक गड्बडीबाट पनि यो रोग हुने गर्दछ।यिनै रसायनिक तत्वहरुको सन्तुलन मिलाउनको लागि विभिन्न औषधिहरु हामिले मनोरोग विशेषज्ञको सल्लाहअनुसार  लिन सक्छौं ।बढि तिब्रता भएका डिप्रेशन रोगीहरुमा यो प्रभावकारी हुन्छ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...