विश्ववैज्ञानिक दृष्टिकोणको बृहद् ‘‘फ्रेमवर्क’’भित्र बदलिँदो नेपाली समाजको नयाँ दृष्टिकोण – Janata Live
  • Friday, February 3, 2023

विश्ववैज्ञानिक दृष्टिकोणको बृहद् ‘‘फ्रेमवर्क’’भित्र बदलिँदो नेपाली समाजको नयाँ दृष्टिकोण

  • वीरमान शेर्पा (एसटी)
  • पुष ०९, २०७५

विश्ववैज्ञानिक दृष्टिकोणको बृहद् ‘‘फ्रेमवर्क’’भित्र बदलिँदो नेपाली समाजको नयाँ दृष्टिकोण

“समाजको इतिहास वर्गसंघर्षको इतिहास नभएर भयसंघर्षको इतिहास हो । जीवनलाई भयले सञ्चालन, निर्देशन र नियन्त्रण गर्दछ ।” –भयवाद, देश सुब्बा

“I am Touching the Soul of My Society for People Happiness as a Science.” -ST Sherpa

सारांश
नेपाली समाजको सामाजिक, राजनीतिक तथा आर्थिक पक्षहरुमा विगत र वर्तमानमा भइरूहेको निर्माण, विघटन र पुनर्गठनलाई विश्ववैज्ञानिकवैज्ञानिक दृष्टिकोणको बृहद् ‘‘फ्रेमवर्क’’भित्र राखेर विश्लेषण गरिएकोे छ । समाजशास्त्री इमाइल दुर्खाइमका अनुसार “धर्म र देवताबाट मानिसको सिर्जना हुने होइन, बरू मानिसले आफ्नो उत्पादन पद्धतिबाट र जीवनाचर्य अनुसार धर्म र देवताको आविष्कार गर्ने हो ।” त्यही मान्यतामा आधारित भएर हाम्रो मानवीय समस्याहरुलाई समाधान गर्ने शिक्षा र पद्धतिको आविष्कार विश्ववैज्ञानिकवैज्ञानिक दृष्टिकोणको बृहद् ‘‘फ्रेमवर्क’’भित्र विकास गर्ने खुसीको विज्ञान खुसीशास्त्रीय चिन्तनलाई सैद्धान्तिकीकरण गरिएकोे छ । बदलिँदो नेपाली समाजको सामाजिक, आर्थिक तथा साँस्कृतिक धाँजाहरुमा आएको रूपान्तरणले विश्ववैज्ञानिक समुदायसँग एउटा नविन सम्बन्ध स्थापना भएको छ । दिवंगत माक्र्सवादी परम्पराको ज्ञानले समाजशास्त्रीहरु पारङ्गतशैली र रूपको परिवर्तनमा समाजशास्त्रको जगसम्मको अध्ययन तथा अनुशन्धानमा कमजोर देखिएका छन् ।

माक्र्सवादी चिन्तन आज दिवंगत छ र यसको द्वन्द्वात्मक चेतनाले समाज र संस्कृतिको परिवर्तन गर्न सक्दैन । त्यसैले परम्परामा भ्रम छ । माक्र्सवादी दृष्टिकोणमा भ्रम छ । यसले विश्ववैज्ञानिक दृष्टिकोणको ‘फ्रेमवर्कर्’मा नयाँ नेपाली समाजशास्त्रलाई लैजना सक्दैन । नेपाली समाजशास्त्रको मूल अन्तरवस्तु व्यक्तिको इच्छा–आकांक्ष, स्वभाव, चरित्र निर्माण, परिवर्तन र पुनर्गठन हुन्छन् भन्ने सवालमा खुसीको दृष्टिकोणबाट अध्ययन तथा अनुसन्धान गरिएमा नयाँ समाजशास्त्र निर्माणमा पारङ्गत हुँदै दिवंगत माक्र्सवादी परम्परालाई त्याग्दै समाजको पत्रैपत्रको तहमा खुसी आएको अवस्थाको समाज निर्माण गर्न सकिन्छ । यसको प्रभाव माक्र्सवादी समाजशास्त्रको विरूद्धमा द्वन्द्वलाई अस्वीकार गर्दै खुसीद्वारा सामाजिक परिवर्तनको परम्परालाई जनताको विकास निर्माणमा लागु गर्दै खुसीको नेपाली समाजशास्त्र निर्माण गर्ने हो । जनताको वास्ताविक अवस्था, समुदायहरुको कल्याण, वातावरणको अवस्था, साँस्कृतिक पर्यावरण, ‘वेयलविइङ’, खुसीवाद, र समाजकल्याण सबै जनताको जीवनको सर्वाधिक महत्वको सवालहरुलाई वेवास्ता गर्दै जनताको अर्थतन्त्रमा केवल प्राण धान्ने पुग्ने गरी र जनताले गर्न सक्ने विद्रोहलाई रोकथाम गर्न पुग्ने कर्मकाण्डी यात्राको कुकर्मको शब्द खेतीलाई हामीले सुकुलगुण्डे माक्र्सवादी दृष्टिकोणको दर्जामा राख्दै समाजशास्त्रलाई नेपालीकरण गर्न व्यवहारिक हुन्छ ।

मुख्य शब्दहरु
विश्ववैज्ञानिकवैज्ञानिक दृष्टिकोण, इतिहासको समाज, महेन्द्र ‘कम्युनिज्म’, राणा शासन, माहिला राजाहरुको प्रस्थान र अवशान, सामाजिक परिवर्तन, माक्र्सवादी दृष्टिकोणको भ्रम, भयवाद, समाजको समृद्धि र कल्याण । शिक्ष र रोजगारीको लोकतान्त्रिकीकरण । शिक्ष क्षेत्रको जागरूकत र सघन विस्तार । अर्थतन्त्रको विकास र विस्तार । शान्ति र खुसी, खुसीको विज्ञान खुसीशास्त्र । एजेन्सी, एजेन्ट र एजेण्डको त्रिकोणात्मक समन्वयात्मक भूमिकाको अन्तरसम्बन्धबाट नेपाली जनताको विकास प्रशासन र सामन्य प्रशासनको शैलीमा लोकतान्त्रिकीकरण । दीगो विकासको लागि जनसहभागितामा अझ सुदृढ र व्यापक हुन गई जनतामा आफ्नत्व । सामाजिक संरचनाको चरित्र बमोजिम विकासको मोडेल र गुरूयोजना ।

प्रारम्भ
हामी मानिस । मानिसकै समुदायभित्र जीवन दर्शन व्यहोर्ने दिनाचर्यमा व्यस्त । कोही समृद्धशाली अनि कोही विपन्न । विपन्नहरुले समृद्धशाली मानिस खुसी देख्ने भ्रम या विपन्न मानिस सुविधाबाट बञ्चित हुँदैमा बेखुसी देख्ने समृद्धशाली मानिसको भ्रम नै किन नहोस् । दुवैै वर्ग भ्रमित छन् । दुवैै वर्गमा खुसी कति र कस्तो छ भनेर व्यवहारिक रूपमा अनुसन्धान गरेर सिद्धान्त निर्माण गर्नु राम्रो हुन्छ । कतिपय ओठे भाषाहरुमा सामान्य शिक्षा भएको मानिसहरुले व्यवहार र सिद्धान्त फरक–फरक ठहर गर्दै समाजमा आलोचना गरेर विद्वान पल्टेको देखेको हुनुपर्छ ।

प्राज्ञिक अभ्यासमा अभ्यास्त मानिसहरुले अनुसन्धान प्रक्रियामार्फत बदलिँदो नेपाली समाजको बदलिँदो व्यवहारमाथि नयाँ सिद्धान्त निर्माण गरेका हुन्छन् । व्यवहारिक रूपमा प्राज्ञिक अभ्यासमा नयाँ सिद्धान्तले विपन्न मानिस कम चुनौति बोकेर बढी खुसी र समृद्धशाली मानिस सयौं चुनौती उठाएर बेखुसी देखिएको यो पंक्तिकारको ठहर छ । विकास र चुनौतिको लहरमा शान्ति र विकासको जग नै खुसी हो । खुसीको अभावमा समजले समृद्धशाली यात्रा तय गर्न सक्दैन । समाज भयरहित रहन सक्दैन । खुसीको अभावमा भय जीवनमा प्रारम्भ हुन्छ । त्यसैले शान्ति र विकासको लागि खुसी निर्माण गर्न एउटा विश्ववैज्ञानिकवैज्ञानिक दृष्टिकोण नेपाली समाजलाई आवश्यक छ ।

विश्ववैज्ञानिकवैज्ञानिक दृष्टिकोणको बृहद् ‘‘फ्रेमवर्कर्’’भित्र आम जनतालाई समाजशास्त्र बुझाउनुपर्छ, बदलिँदो नेपाली समाजको आत्मा कथासँगै । बदलिँदो नेपाली समाजको आत्मा कथालाई समाजशास्त्रको खुसीको विज्ञान खुसीशास्त्रीय दृष्टिकोणबाट समाजशास्त्रलाई नेपालीकरण गर्ने प्रयासमा रहँदै गर्दा खुसीशास्त्रीय समाजशास्त्र निर्माणलाई एउटा विश्ववैज्ञानिक वैज्ञामनिक दृष्टिकोणको बृहद् ‘फ्रेमवर्कर्’मा राखेर नेपाली समाजको सुक्ष्म रूपान्तरणलाई विश्लेषण गर्ने र त्यस्तो विश्लेषणको आधारमा समाजशास्त्रको क्षेत्रलाई निरन्तर नविन रूपान्तरण गर्नु आजको आवश्यकता हो । यसको प्रभाव माक्र्सवादी समाजशास्त्रको विरूद्धमा द्वन्द्वलाई अस्वीकार गर्दै खुसीद्वारा सामाजिक परिवर्तनको परम्परालाई जनताको विकास निर्माणमा लागू गर्दै खुसीको नेपाली समाजशास्त्र निर्माण गर्ने हो ।

द्वन्द्वले पुरानो भत्केर ध्वंसा हुन्छ र नयाँ निर्माण नै परिवर्तन हुन्छ भन्नु गलत हुनेछ । प्रविधिले ल्याएको परिवर्तनलाई द्वन्द्वको हैसियतमा आएको परिवर्तन त होइन र भन्न मिल्दैन । शान्ति र खुसीमा मानिसको देखासिकीबाट सामाजिक परिवर्तन एकातिर छ भने अर्कोतिर सामाजिक परिवर्तनले ल्याएको नतिजाले नयाँ समाजशास्त्रको जग निर्माण गरेको छ । दिवंगत माक्र्सवादी परम्पराको ज्ञानले समाजशास्त्रीहरु पारङ्गत शैली र रूपमा परिवर्तनमा समाजशास्त्रको जगसम्मको अध्ययन तथा अनुशन्धानमा कमजोर छ । माक्र्सवादी चिन्तन आज दिवंगत छ र यस्को द्वन्द्वात्मक चेतनाले समाज र संस्कृतिको परिवर्तन गर्न सक्दैन । त्यसैले परम्परामा भ्रम छ । माक्र्सवादी दृष्टिकोणमा भ्रम छ । यसले विश्ववैज्ञानिकवैज्ञानिक दृष्टिकोणको ‘‘फ्रेमवर्कर्’’मा नयाँ नेपाली समाजशास्त्रलाई लैजना सक्दैन । नेपाली समाजशास्त्रको मूल अन्तरवस्तु व्यक्तिको इच्छा–अकंक्ष, स्वभाव, चरित्र निर्माण, परिवर्तन र पुनर्गठन हुन्छन् भन्ने सवालमा खुसीको दृष्टिकोणबाट अध्ययन तथा अनुसन्धान गरिएमा नया“ समाजशास्त्र निर्माणमा पारङ्गतहुँदै दिवंगत माक्र्सवादी परम्परालाई त्याग्दै समाजको पत्रैपत्रको तहमा खुसी आएको अवस्थाको समाज निर्माण गर्न सकिन्छ ।

माक्र्सवादी दृष्टिकोणको भ्रमबाट मुक्त हुन नसकेकै कारण नेपाली माक्र्सवादीहरु विस्तारै विचार, वाणी र शब्दलाई बदाल्दै आएका छन् । जस्तै, नेपालको सन्दर्भमा जनताको बहुदलीय जनवाद या जनगणतन्त्र त्यागेपछिको लोकतान्त्रिक गणतन्त्र । राजनीतिक भूगोलमा लोकतन्त्रवादीहरुसँग पराजित, दलिय रूप र चरित्रमा विभाजित, संस्कृतिमा ढोंगी भएकै कारण हिन्दू–वामपन्थी जातिवादतिर फस्न पु¥यो । समाजको राजनीतिक धरतल र चरित्रको बुझाइलाई लम्बाईमा दिवंगत आत्मासँग जोडने र बुझाइको गहिराइमा नपुग्ने आदि समस्यले पनि जनताको सुख, दुःख र खुसीलाई नजर अन्दाज गरेर गाली गलौज लफावाजी भुरातन्त्रले माक्र्सवादी सामाजिक दृष्टिकोण दिवंगत भएको हो । यदि कसैले जबर्जस्त माक्र्सवाद अगाडि बढाउँछन् भने यो केवल सुकुलगुण्डे माक्र्सवाद हुन् भन्ने सवालमा यो पंत्तिकार डा. मेरिडेसेनसँग सहमत छ । माक्र्सवादी द्वन्द्वबाट मात्रै सामाजिक परिवर्तनलाई बुझेको कारण नेपाली जनताको खुसीबाट वामपन्थी हार्दै विभाजित हुँदै लोकतन्त्रवादी सिमानामा दुविधाको जगमाथि सुविधाको आडमा अडिएको देखिन्छ । समाजको परिवर्तनमा नयाँ चालक शक्ति र निर्धारक शक्तिको सन्तुलनको सिद्धान्तमा माक्र्सवाद अस्वीकृत भयो । लोकतन्त्र स्वीकृत भो । खुसी बमोजिम वैयत्तिक स्वतन्त्रता निर्माण भो ।

समाज, समाजको सदस्य, परिवार, नाता, कुल–कुटुम्भदेखि राष्ट्र तहसम्म यो पक्षको विस्तार भो । यही शक्ति दुई सय ३७ वर्षे इतिहासलाई परिवर्तन गर्दै नयाँ युग प्रारम्भ गर्न सफल देखिन्छ । जस्तैः दश वर्षे सशस्त्र द्वन्द्ववाला तत्कालीन नेकपा (माओवादी) जनगणतन्त्रलाई त्यागेर लोकतन्त्रि गणतन्त्रमा दिल्ली सम्झौताको पृष्ठभूमिमा नेपाली राज्य सत्तामा परिवर्तन भएर आएपछि माक्र्सवादी चिन्तन वा माओवादी चिन्तनबाट विचलित र लोकतन्त्रमा विश्ववैज्ञानिकस्त आश्वस्त देखेर अन्तरिम संसद्मा सवार भई संसदीय अभ्यस गर्दै संविधानसभाको निर्वाचनमा जनमतको सिद्धान्ततिर जानु एउटा पक्ष हो । अर्थात ‘बुलेट टु ब्यालेट’तिर जानु नै हो । परिवर्तनको लागि वा जेजस्को लागि समाज भत्काए । सिध्याए । रित्याए । तर, यात्रा अर्कैतिर भो । यसले के बुझाउँछ भने वाम पन्थ हुँदै उग्रवामपन्थ नेपालीको बुझाइ र रोजाइमा सरासर अस्वीकृत र बहिस्कृत छ । यसले सामाजिक चरित्रमा परिवर्तन हुन सकेन । बरू राम्रो र नराम्रोबीच भिन्नता देखिएन । पढेलेखेको युवाहरु र नपढेकाहरु बीच अन्तर भएन । राम्रोलाई पो नराम्रोले गाली गर्दै हिड्ने युवा राजनीतिक पुस्त बन्ने खतरा भो । यसरी द्वन्द्वले राजनीतिक रूपमा संगठित हुने तहमा असललाई नभई अपराधिक क्रियाकलापमा संलग्नलाई संगठित गरेर समाजलाई बदनाम गरेको छ । राम्रोलाई पुरस्कार र नराम्रोलाई दण्ड दिएर राम्रो र नराम्रोबीच अन्तरको सन्देश नेपाली समाज दिनुपर्छ । पढेलेखेका दक्ष भएको समुदायलाई उपल्लो तहमा र अन्यलाई तल्लो तहमा काममा लगाई शिक्षित दिक्षितलाई तल्लो तहकाले सम्मान उपल्लो तहकाले तल्लो तहकालाई माया गर्ने अदर्श समाज निर्माण गर्ने ठूलो चुनौति खडा भएको छ । अब हाम्रो युवा पुस्तालाई युवा सपना पुरा गर्ने अभियानमा परिचालन गर्न सक्नुपर्छ । युवाको सपना पुरा गर्न

हाम्रो राज्य र समाजको आवश्यक सर्तहरु;
पहिलो सर्त शिक्ष र रोजगारीको लोकतान्त्रिकीकरण
दोस्रो सर्त हो शिक्ष क्षेत्रको जागरूकत र सघन विस्तार
तेस्रो सर्त हो अर्थतन्त्रको विकास र विस्तार
वाद, वर्ग र नीतिको अगाडि जन शब्द थपेर जनवाद, जनवर्गीय र जननीति भनेर तेल घस्दै लोकतन्त्रलाई गाली गर्दैमा त्यो÷यो माक्र्सवादी दृष्टिकोण बन्न सक्दैन । देख्नमा अभ्यासरत माक्र्सवादी दावी गरेता पनि सारमा विभिन्न खालका सुकुलगुण्डे माक्र्सवादी चरित्रको नेतृत्वले दिवंगत सैद्धान्तिक माक्र्सवादीहरुलाई राजनीतिक नेतृत्वमा प्रायः असफल सावित गरेको अवस्था छ । विचारधारात्मक रूपमा÷दृष्टिले नत नवउदारवादी न त जडसुस्त्रवादी नै हुन । गड्यौला विचारधारात्मक दृष्टि । युवा पुस्तालाई दिगभ्रमित बनाइएको छ जनस्वस्थ्य, जनवादी जनक्रान्ति, जनतन्त्र आदि रूपान्तरित स्वरूपको व्याख्यलाई माक्र्सवादी व्याख्य भन्नु वामपन्थी गालीगलौज लफाबाजी शैलीमात्र हो ।

शब्दको खेती गर्दैमा, यो शैलीको माक्र्सवादी दृष्टिकोणले लेखेपढेको असल कुसल व्यस्त व्यवासायी समुदायको अर्थतन्त्र तहसनहस गरी २० औं पटके सर्वाजनिक मुद्दामा जेललाई स्वर्ग सम्झने वेरोजगार शिक्षा र सामथ्र्यले गरीवीको हकदार वर्गलाई नेता बनाएर समाजमा विघटन र बसाइ“ सराईलाई तीव्र्र बनाएर गाउँकालाई सहरमा र सहरकालाई विदेशतिर विस्थापित गराएर हाम्रो विकासमा बाधा पु¥याउनु नै माक्र्सवादी दृष्टिकोण हुन सक्छ ? हाम्रो समाजशास्त्र कस्तो छ ? हाम्रो मानवशास्त्र कस्तो छ ? लोकरीति र आवश्यकता के हो ? यो सवालहरुमा वैज्ञानिक बहस गर्नु पर्दैन ? हाम्रो समाजको चरित्रले मागेको आवश्यकता कस्तो ठहर हुन्छ अनुसन्धान गर्नु पर्दैन ? कूल ग्रास्र्थ उत्पादन वृद्धिलाई ‘जीडीपी’ वा वृद्धि गर्ने कार्यलाई नै समृद्धि मान्ने नव वामपन्थी दृष्टिकोण गलत छ । जनताको वास्ताविक अवस्था, समुदायहरुको कल्याण, वातावरणको अवस्था, साँस्कृतिक पर्यावरण, ‘वेयलविइङ’, खुसीवाद, र समाजकल्याण सबै जनताको जीवनको सर्वाधिक महत्वको सवालहरुलाई व्यवास्ता गर्दै जनताको अर्थतन्त्रमा केवल प्राण धान्ने पुग्ने गरी र जनताले गर्न सक्ने विद्रोहलाई रोकथाम गर्न पुग्ने कर्मकाण्डी यात्राको कुकर्मको शब्द खेतीलाई हामीले सुकुलगुण्डे माक्र्सवादी दृष्टिकोणको दर्जामा राख्द व्यवहारिक हुन्छ । यहा“ देश सुब्बाको गैर माक्र्सवादी नव समालोचनावादको भयवादलाई उदाहरण लिन सकिन्छ;

‘… माक्र्स र एंगेल्सले तयार पारेको ‘कम्युनिस्ट’घोषणा पत्रको मुख्य सारमा उनीहरुले भनेका छन् “अहिलेसम्मकै समाजको इतिहास वर्गसंघर्षको इतिहास हो ।” तर, मलाई त्यस्तो लाग्दैन । प्रत्येक व्यक्तिको जीवनमा भयसंघर्ष हुन्छ । ऊ आफ्नै भयसँग संघर्ष गर्दागर्दै एकदिन बित्छ । भयसंघर्ष नै मान्छेको जीवनसंघर्ष हो । समाज मान्छेहरु मिलेर बनेको हुन्छ । ती मान्छेहरुको चारैतीर संघर्ष हुन्छन् । त्यसैले समाजको इतिहास वर्गसंघर्षको इतिहास नभएर भयसंघर्षको इतिहास हो । मान्छेको पहिला जीवन हुन्छ, त्यस जीवनमा धेरै आफैंसित अन्तद्वन्द्व चल्छ । कुनै काम गर्न, निर्णय गर्न, कतै हिँड्न, केही व्यवसाय गर्न आफैंसित अन्तद्र्वन्द्व हुन्छ । निकै अन्तद्र्वन्द्व भएपछि एउटा निर्णय बन्छ । त्यो निर्णय लिएर मान्छे बाहिर निस्किन्छ । त्यो निर्णयसँग अरू निर्णयको संघर्ष चल्छ । किनभने अरूले पनि यस्तै निर्णय लिएर आएका हुन्छन् । निर्णय विरूद्धको निर्णयको यो संघर्ष पहिला आफैंसित, अनि आफ्नै परिवार, समूह, वर्ग, मान्छे अर्को वर्ग, समाज, समुदायसित संघर्ष गर्छ । यस बेला अरू वर्ग, समूह, समाज, वर्ग र बाह्य प्राकृतिक शक्तिसित संघर्ष हुन्छ ।

मान्छेको सबै संघर्ष भयसंघर्ष हुन्– मुक्ति र जीवनबीचको संघर्ष । फ्रायडका अनुसार मानिसको जीवनको विकास यस्तै अन्तद्र्वन्द्वका श्रृंखलाबाट भएको हुन्छ । त्यसकारण माक्र्सवादी बन्नु सजिलो छ । माक्र्सवाद बुझेर समाजलाई अनुकुलता र प्रतिकुलताको सिद्धान्तभित्र विश्लेषण गर्न नसक्नु माक्र्सवादीहरुको अक्षमता र अकर्मण्यताको पराकाष्ठता हो ।

समाजशास्त्रका पिता Auguste Comte ले समाजशास्त्रको अध्ययन अनुसन्धानलाई सामाजिक स्थिरता र सामाजिक गतिशीलता दुईवटा संरचनामा विभाजन गरेर व्याख्या तथा विश्लेषण विश्ववैज्ञानिक समुदायमा प्रस्तुत् गरेका थिए । वास्तवमा समाजशास्त्रीले अध्ययन गर्ने विषय पनि यही हो । समाजको सामाजिक स्थिरता र सामाजिक गतिशीलतालाई व्याख्या विश्लेषण गर्ने क्रममा समाजशास्त्रीय तथा मानवशास्त्रीय सिद्धान्तहरु प्रतिपादन हुने क्रम सुरू भएको हो । यही क्रममा समाज र संस्कृतिको विकास साधारणबाट जटिलतर्फ क्रमिक रूपमा हुँदै जाने निष्कर्षसहित उद्विकासवाद देखाप¥यो भने एउटा समाजको देखासिकी र नक्कल गरेर अर्को समाजको परिवर्तन हुने मान्यतासहित प्रसारवादको उदय भयो । उद्विकासवाद र प्रसारवादको कमीकमजोरीको आलोचना गर्दै बीसौं शताब्दीको प्रारम्भबाट प्रकार्यवाद देखापरेको हो । समाजको परिवर्तन र यथास्थितिको व्याख्या समाजभित्रकै विभिन्न अंगहरु र त्यस्ता अंगहरुको सिङ्गो संरचनासँगको सम्बन्धका आधारमा हुने निष्कर्षसहित प्रकार्यवादको उदय भएको हो । संरचनाको जगमाथि प्रकार्यवाद हुन्छ भने प्रकार्यवादमाथि संरचनावादको अस्तित्व उभिएको छ । सामाजिक संरचना अनुसार सामाजिक परिवर्तन हुन्छ जसमा समाजको सदस्यहरुको अहम भूमिका हुन्छ । जहाँ सर्वकालिक महत्वलाई जोड दिइन्छ भने तत्कालिक पक्षलाई अस्वीकार गरीन्छ ।

नेपाली समाजको विविधताका एकता, बहुलताको ऐतिहासिक श्रृंखलामा खुसीवादी सामाजिक चरित्र र नविन विकास निर्माणको वातावरणले आदिवासी जनजातिय प्रणाली तथा लोकरीतिको ऐतिहासिक पक्षलाई अझै सवाल र सुदृढ बनाउने अपेक्षा राख्न सक्ने सामाजिक न्याय र सिद्धान्त प्रतिपादन गर्न सकिन्छ । शासक जातिको राजनीतिक चेतना सरह विगतको शासित समुदायको राजनीतिक चेतनाको विकासको लागि गरीवी र बहिस्करण विरूद्ध लोकतान्त्रिक समावेशीकरणको सिद्धान्त र विकास आज समृद्धशाली समाज र शान्तिपूर्ण वातावरणमा पारंगत विज्ञहरुद्वारा इतिहासको चेतनाबाट भविष्य देख्ने मार्ग चित्रको गुरूयोजना निर्माण गर्न जरूरी छ ।

एकाइसौं सताब्दीको विकासको मोडेल सफ्टवयर हुँदै हार्डवयर प्रणालीमा विकसित हुने अवस्थाबाट द्रुत गतिमा प्रसारित छन् । भूमण्डलीकरण र अन्तर्राष्ट्रिय सञ्जालको प्रणालीको ऐतिहासिक कालखण्डमा तेस्रो विश्ववैज्ञानिकको मुलुक नेपालले जनता, राज्य र छिमेकी मुलुकहरुलगायत विश्ववैज्ञानिकका धनीदेखि चरीव देशहरुबाट शान्ति र खुसी प्राप्त गर्न कुटनैतिक सम्बन्ध र वार्ताद्वारा यात्रा तयार गर्नुपर्ने छ । यो यात्राबाट देशको अर्थतन्त्रको विकास, स्वास्थ्य र जनताको सामथ्र्यको विकासको बाटो हुँदै मानव विकासमा ठूलो परिवर्तन हुनेछ । नेपाली जनताको व्यक्तिगत आयमा वृद्धि, शिक्षा र स्वास्थ्यमा पहुँच, विकास निर्माणमा वृद्धि र गुणस्तर स्थापित भएर दीर्घकालीन विकासको स्वरूप र उपलब्धीहरु प्राप्त भई स्रोत र साधनको जनताले अधिक्तम प्रयोग गर्ने अवसर प्राप्त गर्ने छन् ।

विश्ववैज्ञानिकवैज्ञानिक दृष्टिकोणको बृहद् ‘‘फ्रेमवर्कर्’’भित्र नेपाली समाजशास्त्रको पहिचान र विकासको लागि बृहद् ऐतिहासिक पक्षको अनुसन्धान गर्दै भविष्यको चुनौति खुट्याएर आम जनतालाई इतिहासको चेतनाको महत्व र भविष्यको चुनौतिको चित्र सम्बन्धी सूसुचित गर्नु हाम्रो पहिलो कर्तव्य हो । दोस्रो कर्तव्य शान्ति र खुसीको लागि जनताको जीवन दर्शनमा बुझाई लम्बाईमा नभई गहिराईमा लक्षित गरेर स्वावलम्वन तथा दीर्घकालीन विकासको कार्यक्रममार्फत अर्थतन्त्रको विकास र मानव विकासको मूल पथमा लम्कनु सहज हुन्छ । तेस्रो कर्तव्य वातावरण मैत्री तथा समाज मैत्री नागरिक व्यवहारको लागि सामूहिक पहल कदमी निर्माण गर्ने हो । नागरिक समाज र राज्य पक्षको बलशाली सामूहिक पहल कदमी राष्ट्रनिर्माणमा ऐतिहासिक पाटोको रूपमा जल्किने सवालमा दुई मत छैन ।

वैज्ञानिक दृष्टिकोणको प्रयोगले समाजशास्त्रमा परिवर्तन हुन्छ । समाजको चित्र र ज्ञान प्रतिको बुझाइमा आकाश र जमिनको बीचको अन्तर हुन्छ । समाजले आवश्यकता महशुस गरेको सवालहरुमा जवाफदेहिता रहेमा नागरिक र नागरिक समाजले राज्य प्रशासन अनि विकास प्रशासनस“ग पनि तादम्यता राखेको हुन्छ । सात अरब मानिसको सात अरब संसार पाइन्छ । हरेक मानिसको हरेक संसारको सामाजिक तथा सांस्कृतिक कथा छ । सुख र दुःखको शास्त्र निर्माण गरेका छन् । आफ्नै खालका प्रणालीमा चलेका छन् । यसको आफ्नै रीतवाद छ । चलन छ । परम्परा छ । यो पंक्तिकारले यसको विरासत देखेर इतिहास बुझ्ने काम गरेको अवस्था छ । समाजको परम्परागत सीप र ज्ञानलाई हार्दिकता पूर्वक अभिवादन तथा सम्मान प्रकट गर्दै एउटा विश्ववैज्ञानिकवैज्ञानिक दृष्टिकोणभित्र प्रक्षेपण गरिएकोे छ । र, लेख्न थालियो, यो समाजको संरचना र समस्या, समाधान र भविष्य, अनि परिवर्तनको श्रृंखलाको कथा व्याथाहरु ।

समयको अन्तरालमा श्रीमान् र श्रीमति, बाबु र छोरा, आमा र छोरी, छोरा र बुहारी, छोरी र ज्वाइसँग सम्बन्ध, परिवारदेखि छिमेकीसम्म, गाउँदेखि सहरसम्म, गाउँ विकास समितिदेखि जिल्लासम्म, संघीयतादेखि केन्द्रसम्म थुप्रैको सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक सम्बन्धहरु स्थापित भएको अवस्था विद्यमान छन् । यही सम्बन्धको संगठित जालोमा रहेका समुदायहरुको ज्ञान–विज्ञानको शास्त्रीय कथाको वैज्ञानिक स्वरूपको व्याख्या विश्लेषण नै नेपाली समाजशास्त्र हो । यो पंक्तिकार नेपाली समाजशास्त्रमा खुसीको विज्ञान खुसीशास्त्रको खोेजी गर्ने नयाँ अभियानमा हाम्रो नेपाली समाजले नयाँ समाजशास्त्र निर्माणमा पंक्तिकार र पंक्तिकारसँगै योगदान दिने सवालमा ठूलो विश्ववैज्ञानिकास पंक्तिकारले लिएको छ नेपाली समाजका बहुआयमिक रूप रंगहरुमा । यसले मानव जगत र सामाजिक जीवनलाई विश्लेषण गर्न सहज हुने छ । हरेक संसारको भिन्न भिन्न विश्ववैज्ञानिकवैज्ञानिक दृष्टिकोण हुन्छ ।

विश्ववैज्ञानिकवैज्ञानिक दृष्टिकोणको सामाजिक सम्बन्ध, अन्तद्र्वन्द्व र संघर्षको आधारमा व्याख्या, विश्लेषण तथा परिमार्जन हुन्छ । हाम्रो खास समाजको खास कालखण्डमा उद्घाटित हुने खास प्रकृतिको सामाजिक सम्बन्ध र संघर्षको आधारमा नै विश्ववैज्ञानिकवैज्ञानिक दृष्टिकोेण निर्माण हुन्छ । यसरी निर्मित विश्ववैज्ञानिक दृष्टिकोण सिङ्गो रूपमा सर्वकालिक हुन्न या त तत्कालिक नै ठोकुवा गर्न सकिन्छ नै । त्यसैले ठाउँ, समाज, अर्थतन्त्र, राजनीति र संस्कृतिमा देश अनुसार भेष भने झैं लागू हुन्छ । यो विश्ववैज्ञानिक दृष्टिकोणभित्र नेपाली जनताको खुसीलाई खुसीको विज्ञान खुसीशास्त्रीय मोडेलको रूपमा नेपाली समाजशास्त्रमा खास समाज र संस्कृतिमा उद्घाटित तथा उद्भव गरिएकोे छ । वौद्ध धर्म देशानाका समाजको शेर्पा आदिवासीहरुको सामाजिक सम्बन्धमा खुसीशास्त्र निर्माणको कथा व्याथा हाम्रो खुसीशास्त्र निर्माणको केन्द्र बिन्दू रहेको छ । शान्ति र खुसी विकास प्रशासनमा आएको उपलब्धीसँगै जनताको परिवर्तनको तीव्र इच्छा शक्तिको खुराक र सामथ्र्य हो सामाजिक परिवर्तनमा । हाम्रो समाजमा चालक शक्तिले एजेन्सीको भूमिका निभाएको हुन्छ । समाज परिवर्तनको एजेन्ड बोक्ने एजेन्टस्हरु एजेन्सीहरुद्वारा निर्धारक शक्ति जनतामा आन्दोलित रहन बलशाली पहल कदमीको भूमिकामा देखिएका छन् त्रिकोणात्मक सम्बन्धमा उभिएर । हामीलाई समाज र संस्कृतिले मागेको कथामा आम जनताको आवाजको दुनियाँमा संगीत भर्ने सीप छ । त्यसैले हाम्रो समाजको पारंगत ज्ञान र रूप परिवर्तनको इतिहासको श्रृंखलामा छौं । भूमण्डलीकरणको कथाले मागेको विकासको सार पनि यसरी अगाडि बढ्न सकेको खण्डमा नेपाली समाजको खुसीशास्त्र नयाँ समाजशास्त्रको विश्ववैज्ञानिक दृष्टिकोण बृहद् ‘‘फ्रेमवर्कर्’’भित्र स्थापित हुन्छ । हामीलाई सुकुलगुण्डे माक्र्सवाद वा विकृत लेनिनवाद र सुकुलगुण्डे माओवादको चर्चामा नेपालीको शान्ति, खुसी र अर्थतन्त्रको तहसनहस गर्नु छैन ।

‘एजेन्सी, एजेन्ट’ र ‘एजेण्डा’को त्रिकोणात्मक समन्वयात्मक भूमिकाको अन्तरसम्बन्धबाट नेपाली जनताको विकास प्रशासन र सामन्य प्रशासनको शैलीमा लोकतान्त्रिकीकरण गर्न सके दीगो विकासको लागि जनसहभागितामा अझ सुदृढ र व्यापक हुन गई जनतामा अपनत्व स्थापित हुन्छ । सामाजिक संरचनाको चरित्र बमोजिम विकासको ‘मोडेल’ र गुरूयोजना छनौट गर्न सकिन्छ । आर्थिक विकासको लागि विकास प्रशासन लक्षित जनताको घरदैलोमा योजना पु¥याउने इमान्दारिता रहेको सामन्य प्रशासन र देशप्रति बफदारिता रहेको विकास प्रशासन दुवैैको संघर्षशील गतिशील यात्राले तेस्रो विश्ववैज्ञानिकको देश नेपाल र जनताको शान्ति र खुसी टाढाको कुरो होइन विश्ववैज्ञानिकवैज्ञानिक दृष्टिकोणमा । खैर, यहाँ हामीले परिवर्तनको जगबारे चर्चाको सीमास्तम्भहरुमा सामाजिक, साँस्कृतिक तथा आर्थिक रूपान्तरण सहित राजनीतिक परिवर्तनको केन्द्र विन्दूबाट समाजशास्त्रमा आएको नयाँ पक्षको चर्चाको निर्माणमा छौं शास्त्रीय रूपमा ।

नेपाली समाजशास्त्रलाई विश्ववैज्ञानिकवैज्ञानिक दृष्टिकोणको बृहद् ‘फ्रेमवर्कर्’भित्र राख्ने काम होस् या समाजशास्त्रलाई नेपालीकरण गर्ने परम्परागत अध्ययन तथा अनुसन्धान पद्धति किन नहुन् । हामी नेपाली समाजशास्त्रको चिन्तनमा छौं नयाँ रूप र शैलीमा । कुनै–कुनै विद्वानहरु माक्र्सवाद दीवंगत हुँदाहुँदै पनि बरालिँदो छन् समाजशास्त्रको घुम्तीहरुमा । कुनै विद्वान समाजशास्त्रीहरु थप नयाँ विषयमा पारंगत भएर हाम्रो नेपाली समाजशास्त्रको अनुसन्धानमा अझ व्यापक रूपमा क्रियाशील छन् जसलाई युवा समाजशास्त्रीहरुको साधुवाद छ । अनि अभिवादन छ ।

हिमाली कथा व्याथाको समाजशास्त्र तथा मानवशास्त्रको अध्ययन तथा अनुसन्धान विदेशी विद्वानहरुले वि. सं. २००७ को क्रान्ति र सामाजिक परिवर्तनपछि विदेशी स्कोलरलाई अनुसन्धानमा नेपाल खुला गरिएपछि बेलायतको समुद्रपार विदेश मन्त्रालयको आर्थिक सहयोगमा अगाडि बढेको देखिन्छ । जसमा प्राय सबै अनुसन्धानमुलक कीर्तिहरु राजनीतिक मानवशास्त्रीय रूपको छ भन्दा राम्रै हुन्छ अर्थात पोलिटिकल एन्थ्रोपोलजिकल स्टडिज हुन् । खैर, राम्रो भो । विदेशी विद्वानका ज्ञानले नेपाली ज्ञानलाई शास्त्रीय रूप धारण गर्न योगदान पुगेको पक्क हो ।

हाम्रो समाजको कथा वस्तुलाई उनीहरुकै ‘फ्रेमवर्कर्’भित्र ढालेर अनुशन्धान तथा प्रकाशनहरु नेपाली उखान “नहुने मामा भन्दा कानो मामा जाति” भने झैं भो । यसलाई हामीले विश्ववैज्ञानिकवैज्ञानिक दृष्टिकोणद्वारा नेपालीकरण गर्नुपर्छ संशोधन हालेर विदेशीको गलत बुझाईलाई फालेर । जो पुस्तौं–पुस्तादेखि यही समाज र संस्कृतिलाई जीवन दर्शन बनाएर उकाली–ओराली गर्दै नेपाली समाजशास्त्रको विकासमा क्रियाशील रहेका छन् । उसैको सन्तानले उही समाजको सदस्यले नयाँ समाजशास्त्र निर्माण तथा नेपालीकरण गर्नु आधिकारिक र वैज्ञानिक हुन्छ । विदेशी अनुसन्धाताहरुले दोभाषेको सहयोगको अनुसन्धानमा यथार्थ रूपमा नेपाली आदिवासी जनजाति प्रणाली बुझेको कुरा पूर्ण सत्य होइन । आंशिक सत्य छ । शेर्पा आदिवासीको समाजशास्त्र तथा मानवशास्त्र निर्माणमा अमेरिकी मानवशास्त्री Sherry, B. Ortner लाई पर्वते नेपाली दोभाषे सामान्य काम चलाउ ओठ हलाउ बचेकुचे उल्था गरेर बुझाउ भएकै कारण सामान्य अर्थ राखेको पाइन्छ । बुझाई गहिराइमा नभएर लम्बाईमा अनुसन्धान कार्य भएर Sherpas Through their Rituals कीर्ति बनेको अवस्थामा देखिन्छ । त्यसैले पनि संशोधन हाल्ने वैज्ञानिक यात्रामा छौं हामी । हामीले समाज र संस्कृति निर्माण कर्ताकै वंशजले नेपालीकरण गरिएकोे समाजशास्त्रमा आधिकारिकता सहित गौरव गर्नुपर्छ ।

हामीले हाम्रो समाजशास्त्र निर्माण गर्न नेपाली जनताको इतिहासको चेतनाको अध्ययन तथा अनुसन्धान गरेर भविष्य देख्न माइक्रो नभएर म्याक्रो अध्ययन गर्न जरूरी छ । लामो कालखण्डीय दृष्टिकोणबाट समाज र संस्कृतिको अनुसन्धान गर्ने परम्पराले नयाँ समाजशास्त्र निर्माणमा चेतना प्राप्त भई भविष्यको समाजशास्त्र नेपाली समाजले व्यहोराको कथा, व्याथा र कथाले मागेको वौद्धिक अध्यताहरुको महत्वपूर्ण योगदान ठहरिने छन् । राणा शासनको उदय हुनुमा राणाकालीन समाज, समाजको चेतना र शिक्षालाई राणाको राजनीतिक जग मान्न सकिन्छ कि तत्कालीन राजाहरुको नपुंसक्ता पनि कारण थियो, जस्तो सवालको तस्वीर जान्नु एउटा आवश्यकता हो भने आजको संघीयता र गणतन्त्रको बहसमा भविष्यको चित्र आउन सक्ने संघीयशासन व्यवस्थामा जाने ज्ञान पनि स्थापित हुन जरूरी छ ।

वि. सं. १६१६ अगाडि गोरखामा अत्याधिक लोकतान्त्रिक विधिको लिगलिग राज्य जसको वार्र्षिक रूपमा दौडको मुडेबलमा राजा चयन हुने अवस्थामा थियो भने अर्को राज्य मतुवाली खड्का राजाको राज्य थियो । यी दुवैको विघटन र पतनमा खान शाह वंशीय राजा द्रव्य माहिलाले कब्जा गरीएपछि शाह र सेनलगायत अन्य राजाहरुले अंशबण्ड लगाई राजपाठ तथा शासन गर्ने क्रम वि. सं. १८२५ सम्म चलेको थियो । वि. सं. १५५९ तिर पश्चिम कालीगण्डीको तिर हुँदै नेपाल प्रवेश गरेका थिए जैत खान । यीनै जैत खानका पुत्र सूर्य खान, सूर्य पुत्रहरु खाँचा खान र मिँचा खान, खाँचा खान पुत्रहरु सतहुँ र गरहुँ खान, मिंचा खान पुत्रहरु भक्ति खान र कुलमण्डन (विचित्र) खान थिए । कुलमण्डन (विचित्र) खानका पुत्रहरु नरराज खान तथा यशोब्रम्ह खानलगायत सातभाइ छोरा थिए । कास्कीको राजा रहेको समयमा नरराज खानले खान उपाधि परित्याग गरी शाही तथा यशोव्रम्ह कान्छाले लम्जुङको राजा हुँदा यशोब्रम्ह शाही लेख्ने परम्परा स्थापित भई खान पुुत्रहरु इतिहासलाई पुनर्सरचना गर्दै यशोब्रह्म पुत्र माहिला द्रव्य शाह भए ।

पृथ्वीनारायण माहिलाले खान–सेनका राज्य र राजपाठको अंशवण्डलाई वि. सं. १८२५ मा एकीकरण गरेको दावी गरेको पाइन्छ । यसरी खान शाह माहिलाहरुकै बलमा नेपालमा राजनीतिक इतिहासको प्रस्थान, निर्माण र अवशान हुँदै गणतन्त्र स्थापना भएको छ । यो खान वंशावलीलाई नेपालको इतिहास भन्नु एउटा अर्को गलत बुझाई पनि छ । त्यस्तै शाह वंशीय शासनकालमा सैनिक पेशाको जागिरबाट हात धोएर काशीतिर जागिर खोज्दा नपाई रित्तो हात फर्केका जंगबहादुर कुँवारले राणा बनेर शासन गरेको इतिहास पनि केवल राणा वंशवली मात्र हो । तर, शाह वंश र एक सय ४ वर्षे राणा शासनको विजारोपनको जगदेखि पतनसम्मको विश्लेषणको एउटा पाटो उदाहरणीय हुन्छ ।

वि. सं. १६१६ अगाडिको समाजको विकास निर्माण, विघटन र पुनर्गठनसँगै पतनलाई पनि फर्केर हेर्न जरूरी छ । यहाँ नेपाल अध्यता मानवशास्त्री डा. मेरी डेसेनले वामपन्थी जर्नल प्रस्थान (अंक १) प्रकाशित लामो आलेखलाई खगेन्द्र संग्रौलाद्वारा अनुवादित तथा कान्तिपुर दैनिकले सम्पादन गरी प्रकाशित आलेख बाबुरामलाई चिठी शीर्षकको विभिन्न प्रश्नहरुमा केन्द्रित सैद्धान्तिक बहसमा यो पंक्तिकारलाई यस्तो लाग्छ, वामपन्थी लफ्फाबाजले बाबुरामलाई स्खालित मात्र गरेन कि देशलाई विर्सेर अर्कैतिर भुलेको आवस भएको देखिन्छ । सन् २०११ मा तत्कालीन नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराई संयुक्त राष्ट्र महासंघको महासभामा भाग लिन न्युयोर्क पुगेको समयमा ‘न्यू स्कुल फर सोसियल रिसर्च’द्वारा आयोजित गोष्ठीमा उनले “समकालीन दुनिँयामा माक्र्सवादको सान्दार्भिकता” विषयक कार्यपत्र प्रस्तुत् गरेका थिए । सोही गोष्ठीका एक जना टिप्पनीकार तथा नेपाल अध्याता डा. मेरी डेसेनले प्रश्न र टिप्पनी गर्दै बाबुराम अभ्यासरत माक्र्सवादी हुन् र यीनी विकृत माक्र्सवादी तथा लेनिनवादी होइनन्, प्रशंसा गरेकी थिइन् । डा. डेसेनले सुकुलगुण्डे माक्र्सवादीहरुको लागि बाबुराम भट्टराई शिक्षक बन्न सक्ने अपेक्षा राखेकी थिइन् । तर, नेपाल साप्ताहिक पत्रिकामा प्रकाशित “खाँचो नयाँ शक्तिको” शीर्षकको आलेख पढेपछि डा. डेसेनको डा. बाबुराम भट्टराईप्रतिको अपेक्षा र बुझाईबाट भ्रम भंग हन्छ र वामपन्थी जर्नल प्रस्थानमा बाबुरामलाई भनिन् “बाबुरामजी तपाईं म नयाँ नेपाल निर्माण गर्न चाहन्छु भन्नु हुन्छ । म भन्छु तपाईंलाई हालको नेपाललाई नयाँ ढंगले फेरि एकपटक चिन्नुहोस् ।

तपाईं केवल विकृत माक्र्सवादी तथा लेनिनवादीहरु पक्षधर मात्र नभएर विचार धारात्मक दृष्टिले नवउद्धारवादी तथा जडसुत्रवादी हो भन्ने ठहर्छ ।” डा. डेसेनले बाबुरामको प्रधानमन्त्रीत्व कालमा भएको विप्पा सम्झौता, सडक निर्माण तथा विस्तार, कृषि जैविक विविधता तथा संरक्षण, अन्तर्राष्ट्रिय सवालमा गतिशील पुल, पश्चिम पुँजीवादको विकासके सवालमा वर्तमानको मूल्यांकन, पुँजी, पुँजीवाद र वैदेशिक लगानी, नवउद्धारवाद र समृद्धि तथा जोगिनु पर्ने गलत धारणा आदि सवालहरुमा कडा टिप्पनी गर्दै “डा. भट्टराईले नेपाललाई बन्जार भूमिमा परिणत गर्ने छ र त्यो भन्दा कम किमार्थ होइन । देशलाई नसुहाउने तथ्यहरुप्रति तपाईंको अज्ञानता झल्किनु मात्रै हो । नेपाल यस्तो कुपरिणाम व्यहोर्न अभिशप्त छैन” डा. डेसेनको तर्क थियो ।

यो पंक्तिकारलाई गएको एक दशकदेखि लफ्फाबाज परम्परा र शैली नयाँ रूपमा प्रचण्ड र बाबुरामहरु लगायत बुद्धिजीविहरुले विकास गरे । “भन्ने नै हो” । “निश्चित रूपमा” । “लाइराछ” आदि वामपन्थी ओठे लफ्फाबाजको आकर्षणसँगै शरीर नचाउँदै–हल्लाउँदै केन्द्रदेखि गाउँ तहसम्म सुकुलगुण्डे वामपन्थी लफ्फाबाजमा गाली गलौज गर्ने लहर चल्यो । जसले गर्दा उग्रवाम पन्थी लफ्फाबाजमा गाली गलौज परम्परा नै विकास भयो । यो लफ्फाबाजको नतिजा नकरात्मक सन्देशको खेती केन्द्रित थियो । सकरात्मक ज्ञान र विकासको बहसको खाका नभएर लफ्फाबाजको खेतीमा सीमित थियो । त्यही कारण केन्द्रदेखि गाउँ तहसम्म उनीहरुको नेताको सम्बन्ध जनसमुदायसँग विग्रेको थियो । केन्द्रइी नेता माफी माग्दै दिनको तीन पटकसम्म बोली फेर्थे भने गाउँका नेताहरु अलोकप्रिय बन्ने क्रममा थिए । त्यही कारण एउटा बलशाली पक्ष थियो “कुरा र भुरा” चेतनाको अभावमा दोस्रो संविधानसभामा पराजित हुनु नै थियो ।

‘भन्ने नै हो’ ओठे लफ्फाबाज नभन्नेमा तिलञ्जली भो । निश्चित रूपमा अनिश्चित भो । अनि लाइराछ होइन रहेछ प्रमाणित भो । अब डा. बाबुराम भट्टराईको “खाँचो नयाँ शक्तिको” अर्थ महेन्द्र ‘कम्युनिज्म’ अर्थात पञ्चायत कालीन वामपन्थी सोचभन्दामाथि उठ्न सकेन । त्यस्तै सिङ्गो प्रचण्ड र वैद्येहरुको सपना पनि महेन्द्र ‘कम्युनिज्म’ केन्द्रित यात्रा थियो । महेन्द्र शाह, डा. केसरजंग रायमाझी र चिनिँया ‘कम्युनिस्ट’तानााशाह माओको चेतनामा निर्मित पञ्चायतलाई झलक सुवेदीहरुले २०३७ सालको जनमत संग्रहमा बचाएका थिए । बहुदलीय लोकतन्त्रभन्दा पञ्चायत फाल्न सजिलो हुने हुँदा पञ्चायतलाई जिताउन लागेको ओठे लफ्फाबाज नै कारण देखाए आजसमम । बहुदललाई हराएर पुष्पालाल समूह बाहेक सबै वामपन्थीहरु महेन्द्र ‘कम्युनिज्म’को जय जयकारमा लागे ।

केन्द्रदेखि गाउँसम्म जनपक्षइी उम्मेदवारको भेषमा पञ्चायत हुर्काउदै पुष्पालाललाई गद्धार भनेका थिए । सशस्त्र द्वन्द्वकोे जगमा अगाडि आएको माओवादीहरु आज केशरजंग रायमाझी पथमा जाने खतरामा छ । चाहे त्यो बाबुरामकै नयाँ शक्ति होस् वा वैद्य समूहको उग्रक्रान्तिकारी लफ्फाबाज या सिङ्गो प्रचण्डको गालीबाजमा सत्ता नै किन नहोस् । यी सबै महेन्द्र ‘कम्युनिज्म’सँगै घाँटी जोडिर अर्थात वीरेन्द्र शाहसँगको सम्झौता जो युद्धकालदेखि हेडक्बाटरमा सुरक्षित रहेको बताइन्छ आजसम्म ।

पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि सुशान र विकास होइन पति अफापले सत्ता ढल्यो । यो अफापको पति समाजमा विवाद र बहस गर्न नहुने संरचना रहँदै आएको तथ्यको ज्ञान नभएको दाहाललाई समाजको धार्मिक तथा साँस्कृतिक सत्ता भत्काउँदा प्राप्ति हुने सत्ताको विश्ववैज्ञानिकासमा अफाप भयो । पशुपति र सेनापति विवादले विक्षिप्त प्रचण्डको मसिनो चेतनामा ठूलो उत्तेजना सहितको महत्वकांक्ष राष्ट्रपति थियो । तर, भित्ते राष्ट्रपतिमा सीमित भो । डा. बाबुराम भट्टराई असफल भो । मोहन वैद्यहरु प्रचण्डबाट भागी गो । यही असफल मसिनो चेतनाको माओवाद र वामपन्थी लफ्फाबाजलाई दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली जनताले अस्वीकार गरिदिए । बन्दुकद्वारा स्थापित जगमा गिरीजाप्रसाद कोइरालासँग २०६२-६३ को परिवर्तन पछि अन्तरिम संसदमा ८८ जना सांसद अंश लिएर संसदवादी दलमा रूपान्तरित प्रचण्ड समूहको एमाओवादीहरु पहिलो र दोस्रो संविधानसभामा पनि तेस्रो पटक निरन्तर संसदइी अभ्यासमा छन् । गाली गलौज शास्त्रीय भाषण गर्नुपरेमा जुन गाउँ छ, जुन थालमा खाइरहेछ । त्यसैको विरोध र बदनाम गरेर संसदवादी नभएको ढोंगी जोगीको भूमिकामा कलाकार भएर उभिन्छन् ।

यो सबै हुनुको कारण हाम्रो नेपाली समाज र नेपाली जनता जिम्मेवार छन् । जनताले लफ्फाबाजलाई स्वीकार गर्नु र सहयोग गरी दोहोरो झडपमा अगाडि सार्नु एउटा कारण हो । जंगलमा तन, मन र धन दिएका थिए नेपाली जनताले पहिलो पटक माओवादीहरुलाई । दोस्रो पटक भोट र नोट दुवैै दिए जनताले अनि तेस्रो पटक भने अस्वीकार भो । तथानाम वामपन्थी जातिवाद र बदनाम भो । यो सँगै राजनीतिक बहसमा धर्मलाई पनि बाँकी राखेनन् । भोट माओवादीलाई दिएँ भनेर गौरव गर्ने ठाउँ नभएर बदनाम पो भयो रे जनतालाई । ए हो, अझै पनि खाओवादी पो ! आश्चर्य पो व्यक्त गर्छन् जनता । जुन द्वन्द्वको धरातलबाट आएको हो । सोही समुदायलाई लज्जजनक बनाएर सत्ता र शानबाट स्खलनतिर पुगेको हो । कुल गाहस्र्थ उत्पादनको सूचांकको उपयोगले जनताको वास्तविक अवस्था, समुदायहरुको कल्याण तथा वातावरणको अवस्थामा जनतामा खुसी र शान्ति दिन सक्दैन र अरू जटिलताहरु पनि उत्पन्न हुन्छन् भन्ने सवालमा डा. मेरी डेसेनका प्रश्नहरु थिए;

–के आम्दानी बृद्धि हुँदैमा सधैं समृद्धि र कल्याणमा पनि बृद्धि हुन्छ ?

–के दुवौईमा श्रमका अमानवइी अवस्थाहरुमा छोरो मर्दा नगद क्षतिपूर्ति पाउने अर्थात पहिले कहिल्यै पनि एकैपटक नदेखेको जति धेरै पैसा पाउने परिवार अब बढी समृद्ध भयो त ?

– आम्दानीमा भएको आकस्मिक बृद्धिबाट हुने पारिवारिक जीवन विच्छेद, ग्रामिण क्षेत्रको जनसंख्या कटौती र कृषिजन्य समुदायहरुको आफ्नो वातावरणसँगको संसर्गको विविध रूपहरुको विनाश जस्ता दीर्घकालीन असरहरुलाई के भन्ने ?

–किसानले अर्गानिकतालाई छाडेर रसायनिकतामा केही बढी लाभ तर, विष सेवन गरीरहेका अवस्थाले जनताको स्वास्थ्य विगारेको छ । के यो वातावरणमा क्षणिक उत्पादन किसानको बृद्धि हुनु किसानको समृद्धि हो ? पछि क्यान्सर भएपछि बढी समृद्धि होलन ? के धेरै पुस्ता अघिदेखि किसानहरुद्वारा पोषित तुल्याएको प्राकृतिक माटोको उर्वरतालाई नष्ट गरिरहेको विषाक्त कृषि उत्पादित सामाग्रीहरु बेचेर विलासिताको बस्तुहरु हात पारी नेपाली मुद्रा विदेशतिर पठाउनु समृद्धि हो त ?

यसरी मानवशास्त्री डा. मेरी डेसेनको दृष्टिको सवाल जवाफ मसिनो चेतनाको माओवाद र तिनको नेताले दिन सक्ने अवस्था छैन । द्वन्द्ववादी समाजको विश्ववैज्ञानिकास छाडेर खुसीवादी समाजको परिकल्पना नगरे सम्म वामपन्थी लफ्फाबाजले डेसेनको प्रश्नको जवाफ ओठे लफ्फाबाजमा सीमित रहने कुरामा दुइमत छैन । खुसीवादी समाज निर्माण र डेसेनको प्रश्नको वैज्ञानिक जवाफको दार्शनिक चुरो खुसीको विज्ञान खुसीशास्त्र मात्रै हो । यदि डेसेन स्वयम माक्र्सवाद र माक्र्सवादी द्वन्द्वमा विश्ववैज्ञानिकास गर्छिन भने त्यो पनि गलत सावित हुने छ । म्याक्रो नलेजबाट मात्र नेपाली समाज र संस्कृतिको हिजोको ऐतिहासिकता र आजको वास्तविकतामा अर्थपूर्ण फ्युजन गरेर बृहद् ऐतिहासिक दृष्टिकोण सहितको भविष्य निर्माण वैज्ञानिक हुनेछ ।

विश्ववैज्ञानिक दृष्टिकोणको बृहद् ‘फ्रेमवर्कर्’भित्र हाम्रो शिक्षा दिक्षाले मात्रै होइन कि बजार तथा उत्पादनको पुल निर्माण पनि जरूरी छ । जसरी संसारको नगद पैसाको विरूद्धमा अमेरिकी उत्पादनले अमेरिकालाई समृद्धशाली र गौरवशाली बनाइएको सत्य हो । आज हामी अमेरिकामा रहेको नेपाली शरणार्थीले नेपालका स्वाभिमान मालिकहरुलाई गरीव देख्ने गाली गलौज गर्ने समाजमा छौं । कारण यही हो कि अमेरिकी शरणार्थी काठमाडौंमा घर बनाउन सक्छन् । तर, नेपालका स्वाभिमान मालिकहरु घर बनाउन सक्दैनन् । त्यस्तै गरी नेपाली उत्पादनको विरूद्धमा संसारको पैसाले नयाँ नेपाल निर्माण गरेर नेपाली जनताको खुसी फर्काउन सकिन्छ । यो पंक्तिकार स्वयम यसको अभियन्त हो । त्यसैले म्याक्रो राजनीतिक अर्थतन्त्रको अध्ययन तथा अनुसन्धान जरूरी छ नेपाली जनताको खुसीको आर्थिक विकासको सन्दर्भमा ।

इतिहासमा शाह वंशीय शासनकालको अवशान वि. सं. १९०३ सालबाट प्रारम्भ भयो जंगबहादुर राणाको उदयसँगै । ह्याउ नभएको हुत्तिहार राजतन्त्रको परिदृश्यको जगमा राणा शासनको फलिभूत आरम्भ हुनुमा राजकाज गर्ने ह्याउ नभएको राजा राजेन्द्र शाह, अति हठी स्वाभवकी कान्छी रानी अर्थात रणेन्द्र शाहका आमा तथा बहुली स्वाभवका युवराज सुरेन्द्र शाहको हुकुमी शासनकै कारण अशान्ति र रक्तपातबाट नेपालको शाहवंशीय यात्रा चलेका थिए । दरवारमा कान्छी रानी र राजा राजेन्द्र दुइ किनाराको शासनमा रहेको परिस्थतिमा जंगबहादुर कान्छी रानी र रणेन्द्रको पक्षमा थिए भने राजा राजेन्द्र र युवाराज सुरेन्द्र अर्को किनारमा फत्तेजंग शाह र अभिमानसिंह राणाको साथमा थिए ।

एउटा महिलाले कान्छी रानीको हैशियतमा राजाको अधिकार कटौति गरेर आफ्नो छोरा रणेन्द्र शाहलाई युुवराज बनाउन वंश परम्परा अनुसारको युवराज सुरेन्द्रलाई पदच्यूत गर्न जन्माएको जंगबहादुर राणाले अन्तमा राजेन्द्र र कान्छी रानी दुवैलाई काशी पठाइदिएका थिए । कान्छी रानी धोखा र युवराज सुरेन्द्रलाई वालेट राजा बनाएर राजतन्त्रलाई अर्धध्वांस रूपमा मुर्छित बनाइएको थियो । वालेट राजतन्त्रमा श्री ३ महाराज तथा प्रधानमन्त्री बनेको जंगबहादुरले अब कुवाँर राणा वंश परम्पराको आरम्भ गरेका थिए प्रधानमन्त्रइी पद्धतिमा वालेट राजाले सपथ ग्रहणको शैलीको लालमोहर मात्रै दिने र पुस्तौं पुस्ता जबरा शासनको विकास गरेका थिए । यही परम्पराको जगमा एक सय ४ वर्षे राणा शासनको उदय हुन्छ । राणा शासनले शाह वंशलाई ध्वस्त मात्र गरेन कि पूर्ण रूपको अवशान दिने श्रृंखलाहरु नेपाली कांगे्रस र जनमुक्ति सेना सहितको २००७ सालको क्रान्ति, २०४६ सालमा अर्धध्वांस रूपमा मूर्छित राजतन्त्र र जनआन्दोलन २०६३-६३ ले दिएको जगमा पहिलो संविधानसभाद्वारा गणतन्त्र घोषणा आदि नेपाली जनताको चेतना हो नतिजाको रूपमा लोकतान्त्रिक गणतान्त्रिक युगमा । खैर, २०१७ सालमा राजतन्त्रलाई बलियो बनाउने काम भयो जसलाई महेन्द्र ‘कम्युनिज्म’ पनि भन्ने गरीन्छ । चिनियाँ ‘कम्युनिस्ट’तानाशाह माओत्सेतुङ, ‘कम्युनिस्ट’पार्टीको पहिलो महासचिव डा. केसरजंग रायमाझी र राजा महेन्द्रको त्रिकोणात्मक चेतनाले २०१७ सालमा नेपालमा चिनियाँ फोटो कपिको पञ्चायती शासन प्रारम्भ भएको थियो । यसरी लोकतन्त्रको विरूद्धमा वि. सं. २०१७ सालमा राजा महेन्द्र र वामपन्थी एकीकरण भएर जनताको लोकतन्त्र अपहरण भयो ।
वि. सं. २०४६ सालमा पञ्चायत ढल्दा राजतन्त्र अर्धध्वांस रूपमा अनि माओ मरेको अवस्थामा त्यस्तै नेपाली वामपन्थी कांग्रेसको कित्तामा रहेको अवस्थामा बहुदलीय शासन व्यवस्थाको पुनस्र्थापना भयो । फेरि २०५२ साल फाल्गुनमा तत्कालीन राजा वीरेन्द्र शाहसँग बाबुराम र प्रचण्डहरुको संझौता भएपछि माओवादी सशस्त्र विद्रोह प्रारम्भ भयो । वीरेन्द्रको वंशनाससँगै ज्ञानेन्द्रसँग सम्झौता भंग भयो । पञ्चायतमा आवश्यकता नदेखिएको माओवादी विद्रोह लोकतन्त्रमा देखिनुलाई चिनियाँ ‘कम्युनिस्ट’तानाशाह माओको नेपाली राजनीतिमा ग्राण्ड डिजाइन थियो पञ्चायतमा सावित हुन्छ । दिल्ली सम्झौताले माओवादी र सातदल एक ठाउँमा आएपछि ज्ञानेन्द्रले पनि बाटो छाडे पश्चात लोकतान्त्रिक गणतन्त्र आयो । त्यसैले पनि गणतन्त्र आउनुमा लामो कारण छ । यसको बृहद् ऐतिहासिक कार्यकारणहरुसँग राजनीतिक, आर्थिक तथा धार्मिक सम्बन्धहरु छन् । एक सय ७० बर्ष अघिदेखि नै राजतन्त्र धरापमा थियो ।

रणबहादुर शाहदेखि आजसम्म लगभग दुई सय वर्षदेखि जनता विरोधी राजनीतिक व्यवस्था मुख्य कारण हो । नेपाली कांग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी)ले जस पाउने र नेतृत्व लिने हकदार शक्ति मात्र हुन् । मुख्य कुरो त जनताको चेतना हुन् । जनताको चेतनाले हुत्तिहार राजतन्त्र, राणा शासन र महेन्द्र ‘कम्युनिज्म’को विरूद्धमा लोकतन्त्रको पक्षमा बलिदान गरेको इतिहास मुख्य हो । तर, नेपाली कांग्रेसले राजा, राणा र महेन्द्र ‘कम्युनिज्म’ तीन पक्षसँगै लडेका हुनाले इतिहास मुख्या नेतृत्व हुनुको हैशियतमा बढी हकदार भने पक्क हो जस लिनेमा ढुक्क साथमा । यसरी विगतको अध्ययनले इतिहासको चेतना, आजको समाधान र भोलिको चित्र बनाउने प्रयासमा जनताको खुसीलाई राजनीतिक, सामाजिक तथा आर्थिक स्थायीत्वको मेरूदण्डको रूपमा विकास गर्न खुसीको विज्ञान खुसीशास्त्र निर्माणको अभियान प्रारम्भ भएको छ विश्ववैज्ञानिक दृष्टिकोणको बृहद् ‘‘फ्रेमवर्कर्’’भित्र ।

अझै पछाडितिर पृथ्वीनारायण माहिलाभन्दा पनि पछाडितिर फर्केर हेर्ने हो भने अर्कै राजनीतिक दृश्य र कारणहरु पाइन्छ । मानवले प्राग ऐतिहासिक कालखण्डतिरको यात्राबाट आजसम्मको यात्रामा सभ्यताको ज्ञान आर्जन गरेका थिए । सभ्यताको यात्रा र क्रममा समाजहरु बन्ने र परिवर्तन हुने प्रक्रियाले विभिन्न राज्यहरु निर्माण र विघटन हुने लामो इतिहास निर्माण ग¥यो । विकासको पथमा ठूला–ठूला साम्राज्यहरु निर्माण भए । एक समयमा तुर्किस्थानमा ओटोमन साम्राज्यको हैकम थियो । चीनमा मिङ र मञ्चु साम्राज्य थिए । त्यस्तै भारतमा मगध राज्यको चहल पहल र दवदबा थियो । पछि समयको अन्तरालमा विस्तारै विलाए । मगधपछि मौर्यवंशका शक्तिशाली साम्राटहरुले जनै एक सय ५० वर्ष भारतको ठूलो भूभागमा राज गरे । चन्द्र गुप्त अशोक जस्ता प्रभावशाली र प्रतिभाशाली राजाहरु उदाए र तिनीहरु पनि समयको प्रवाहसँगै अस्ताए । नेपालमा विभिन्न बाइसे–चौविसे राज्यहरुमात्र नभएर मानदेव र अंशुवर्मा अनि शाक्य राजा शुदोधन सबै अस्ताए । सबै कारणहरु समाजको परिवर्तन र विकास हो । हामीले इतिहासमा दोलखाको शेर्पा राज्य वा तेमालको तामाङ राज्यको कथासँगको आगाध मायामा राज्य र शक्ति खोज्ने होइन । आजको समाजको कथा व्यथामा राजनीतिक तथा धार्मिक सहिष्णुता सहितको सामथ्र्य र पहिचानको शिक्षा अनि राजनीतिक सहभागिता मूलक सिद्धान्त निर्माण गर्नुछ । अगाध माया राम्रो हो । यो हाम्रो भावना हो । माया र भावनाको सम्बन्ध हुन्छ ।

ऐतिहासिक भावनात्मक सम्बन्धमा सन्तुलन कायम गर्दै भविष्यमा दरार पैदा हुनबाट अलग रही सामाजिक लोकतन्त्रको विकास गर्न जरूरी छ । इतिहासको गहिराइबाट आएको चेतनाको प्रयोग अब जरूरी छ । मानवको भविष्य निर्माण नै समाजको निर्माण हो । समाज सप्तरङ्गी छन् । यो सप्तरङ्गी समाजको खुसी र विकासमा जनसमुदायको ऐतिहासिक सम्बन्धहरु छन् । जन्मा, विवाह र मृत्युमा सामाजिक तथा धार्मिक अनि सांस्कृतिक सम्बन्धहरुद्वारा पनि पुष्ठि हुन्छ कि लोकरीति र परम्परामा सामाजिक जीवनहरु चलयमान छन् । हाम्रो लोकरीति र परम्पराको खुसी विश्ववैज्ञानिकवैज्ञानिक दृष्टिकोणको बृहद् फ्रेमवर्कभित्र सम्पदाको रूपमा स्थापित छन् । लोकरीतिमा खुसी छन् । परम्परामा खुसी छन् जनता । यहाँ जनताको खुसी पहिलो सर्त हो ।

दुनियाँमा सकरात्मक सोच र खोज अध्ययन अनुसन्धानमा नयाँ विश्वको रूपमा स्थापित हुने क्रम सुरु भएको छ । तर, ‘सोचे जस्तो हुन्न जीवन’ भनाइमा संसोधन हाल्ने प्रयासमा छ यहाँ पंक्तिकार । अरूले सोचे जस्तो हुन्छ जीवन । पंक्तिकारले सोचे जस्तो कसको होला जीवन ? आखिरी सोचे जस्तो जीवन । तर, अरूले सोचे जस्तो जीवन । मन बुझाउँनै पर्छ जीवनस“ग अनि हाम्रो समाज र संस्कृतिसँग सोचे जस्तो हुने जीवन नै खुसी हो । अरूले सोचे जस्तो जीवन पो जीवन । हामी अरूको खुसीमा हुने संस्कृतिको इतिहास निर्माण गर्ने अभियानमा छौं आज । बृहद ऐतिहासिक चेतनाबाट हाम्रो गाउँ, सहर र परदेशको कथा व्यथामा खुसी बटुल्न अनि भविष्य देख्न तलीन छौं । जीन्दगीको आफ्नै दर्शन छ । घटनाहरुद्वारा सिँगारिएको दर्शन छ । परिवर्तनको इतिहासमा प्रगति र खुसीको लहरहरुमा बाँच्नु छ । जीन्दगीको दर्शनमा व्यवाहारिक जीवन दर्शनको घटनहरुको अध्ययन तथा अनुशन्धनबाट सिद्धान्तको निर्माण गर्ने परम्परा सामाजशास्त्रको छ ।

समाजशास्त्रीहरु फिक्सन–मिथक, कथा, उपन्यास र साहित्यबाट समाज र मानिसको अवश्यकताको सिद्धान्त निर्माण गर्ने कुरा स्विकार्दैनन् । समाजको सामान्य तस्वीर बोक्ने साहित्य वा फिक्सन जुन काल्पनिक चरित्रको हुन्छ । त्यसले विश्लेषण वा संश्लेषण गर्दैन कि तथ्य र साध्यहरुको अभावमा । यो पंक्तिकारले गौरव गरेको तथ्य यो हो कि राणा शासनले पंक्तिकारलाई खुसी नै खुसी दियो । राणा शासन क्रुर थियो । जसले जनतामा दुःख थियो । राजतन्त्र वालेट थियो । राणाको कामकाजले जनतामा राज्यको परिवर्तन, राजतन्त्रको अवशान र गणातन्त्रको स्थापनामा राणाहरु शासकइी योगदान छ । नराम्रोले राम्रोलाई निम्तो दिएको हुन्छ । राणा र राजा राम्रो भएको भए गणतन्त्र आउने थिएन । त्यसैले राणा तथ्य, राजतन्त्रको तथ्य र जनचेतनाको तथ्यको त्रिकोणात्मक तथ्यहरुको कार्यकारण सम्बन्धहरुले गणतन्त्र नेपाल स्थापना गरेको हो ।

यस अर्थमा राणाहरु प्रति पंक्तिकार खुसी छु । राजाहरु प्रति पनि खुसी छु यीनीहरुको कुशासनको विरूद्धमा लड्नेहरुसँग त खुसी नै खुसी छु । जस्ले ठूलो ऐतिहासिक र सुन्दर परिवर्तन गरिदियो । केवल नयाँ नेपाल, गणतन्त्र नेपाल, संघीय गणतन्त्र नेपाल । समृद्धशाली र शान्त नेपाल । ठूलो अर्थतन्त्र विकासको लागि शान्ति र स्थायित्व भएको राजनीतिक व्यवस्था, धार्मिक सहिष्णुता र मेलमिलाप भएको अवस्थाको संघीयलोकतान्त्रिक गणतन्त्र नेपाल नेपाली जनताको खुसी हो । त्यसैले हामी पाराङ्गत समुदायको नेतृत्व र सैद्धान्तिक विचारमा लोकतन्त्र चाहँन्छौं । दिवंगत द्वन्द्ववादी सोच र विचारलाई अस्वीकार गर्दै मिथ्यलाई वहिस्कार गर्न चाहँन्छौ । यो नेपालीको चाहाना हो । यो नेपालीको अवाज हो । लोकतन्त्र दुनियाँको अवाज हो आज । हाम्रो आवज अनि हाम्रो लोकतन्त्र विश्ववैज्ञानिक दृष्टिकोणको वृहद ‘‘फ्रेमवर्कर्’’भित्र आउनुपर्छ । यात्राको संघर्षको उपल्बधी गैर लोकतन्त्रवादीहरुको चक्रव्यूहमा फस्नु हुँदैन ।

लोकतन्त्रमा उदारवादी अर्थतन्त्र र उत्पादन विश्ववैज्ञानिक बजारको अवश्यकता र चाहना बमोजिमको मोडेलको हुनु नै सफलता हो । विश्ववैज्ञानिक बजारमा हाम्रो उत्पादनको विश्ववैज्ञानिकास र माग आउनुलाई विश्ववैज्ञानिकवैज्ञानिक दृष्टिकोणको वृहत ‘फ्रेमवर्क’सँग सामन्जस्यता र अनुकुलताको प्राणालीमा शिक्षा तथा अर्थ व्यवस्थामा एक प्रमुख कारण हो । दिवंगत माक्र्सवादीहरुको माक्र्सवादले मालिक र मजदुरको १९ औं सताब्दीतिरको उत्पादनसँग सम्बन्धमा ‘मोड अफ प्रोड्क्सन’ तथा उपभोगको विषयमा निर्माण गरिएको सवालहरुमा ‘प्राइम थेरि अफ मार्कसिजम’ले बताए अनुसारको सामन्ती समाजको अन्त्य भइसकेको वर्तमान परिस्थिति छ । उत्पादनमा श्रम गर्नेहरुको उपभोगिताको हक लोकतन्त्रमा छ । सामन्ती समाज वा अर्धसामन्ती समाज सवै लोकतन्त्रले डिलिट गरीसकेको अवस्था छ ।

आदिम साम्यवाद, दास युग, सामन्ती युगदेखि पुँजीवादी युगसम्म आज मानिसले सन् १८४८ तिरको कम्युनिष्ट ‘म्यानिफिस्टो’ले र अजाको समाजको चेतना उस्तै छैन् । वैयक्तिक स्वतन्त्रताको उपस्थितिमा आज मजदुरहरुले राजनीतिक सहभागिता सहित अधिकतम व्यक्तिगत पुँजीवादको विकास गरेका छन् । गरीवी त अस्वस्था र सामाथ्र्यको अभावमा पनि हुन्छ । रोग र अशिक्षाको कारण पुँजी निर्माण गर्न नसक्ने वर्गलाई समाज कल्याण मार्फत अगाडि हित गर्न सकिन्छ । यहाँ माक्र्सवाद दिवंगत छ । श्रम गर्नेहरु वा सामथ्र्यले अगाडि बढ्नेहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको चेतनाको आवश्यकता छ । ढलिसकेको सामन्तहरुको भूत–प्रेतात्माहरुको व्याख्या गर्ने माक्र्सवादको अर्थ छैन् । पुँजीवादी युग सबैको युग, सर्बैले व्यक्तिगत पुँजी निर्माण गर्ने युग, चेतनको आधारमा खुल्ला अर्थतन्त्रमा सबैजना कुनै न कुनै किसिमले अर्थतन्त्र निर्माणमा क्रियाशील छन् । विश्ववैज्ञानिक दृष्टिकोणको वृहद ‘फ्रेमवर्कर्’ खुल्ला अर्थ व्यवस्थाको सैद्धान्तिक चेतना हो कि संसारको जुनसुकै कुनामा जीवन गुजारादेखि उद्योग चलाएर स्वदेशको अर्थतन्त्र निर्माण गरेका समाजहरु छन् अर्थतन्त्रको विकासमा । अमेरिकामा मजदुरी गर्नेले काठमाडौंमा महल ठढाएका छन् । काठमाडौंमा उद्योग चलाउनेले अमेरिकी जनताको समृद्धशाली मागलाई सम्वोधन गर्दै उपभोग्य सामाग्रीहरुको अफूर्ति गरेका छन् । यस्तो आर्थिक आयआर्जनको श्रृङ्खलामा हाम्रो सरकारले राजस्व आम्दानी गरेका छन् । यसरी राष्ट्रिय पुँजी निर्माणमा अन्तर्राष्ट्रिय भूमिकाको उपस्थिति छ भने अर्कोतिर कुटनीतिक नियोगहरुको आफ्नै सहभागिता छन् । अब शिक्षापद्धति पनि संसारमा काम लाग्ने हुनुपर्छ । विश्ववैज्ञानिकवैज्ञानिक दृष्टिकोणको वृहद ‘फ्रेमवर्कर्’ले विश्ववैज्ञानिक विद्यालय शिक्षमा परिवर्तन ल्याउन जरूरी छ । दिवंगत माक्र्सवादी सिद्धान्त पढाउने र ‘एसियाटिक मोड अफ प्रोडक्सन’ दृष्टान्त जुन १९ औं सताब्दीको अवस्थाको अध्ययन थियो । यसलाई गौरव गरेर आज नेपाली परिवेशको नेपाली करण गरेर नेपाली मजदुर र मालिकबीच संघर्षको कथा निर्माण गर्न सकिदैन । विश्ववैज्ञानिकविद्यालय २१ औं शताब्दीमा पनि द्वन्द्वात्मक माक्र्सवादी समाजशास्त्रमा अल्झिएका छन् । यो त समाजलाई हेर्ने एउटा दृष्टान्त न हो । विश्ववैज्ञानिक विद्यालयको प्राध्यापकहरु हुट्टियाउले आकाश थाम्ने कथालाई शिक्षा सम्झेका अवस्थामा छन् ।

समाजशास्त्रीहरु ‘सोशियल ह्याप्पीनेस’का कुरा किन गर्दैनन् ? ‘इकोनोमिक ह्याप्पीनेस’का कुरा किन गर्दैनन् ? अर्थ बजारमा सयौं विचौलियाको जीवन कसरी चलेका छन् ? किसानहरुले आर्जन गरेर समाजमा सामाजिक योगदान गरेका सवालमा प्रशंसा किन गर्दैनन् ? नेपालीहरुको अघाडि ढोंगी वाम्पन्थीहरुले चन्दा सोसन कुन वर्गसँग गरेका छन् । चन्दा शोसनले उत्पादनमा लाग्त बढ्न गई जनता र उत्पादक दुवै वर्गहरु मारमा परेको व्यथाहरु आम जनताका अगाडि छर्लँगै छन् । चन्दा दिने मालिक र माग्नेहरु मजदुर त होइनन् । आजको पुँजीवादमा मजदुर आफैं मालिक हुन् । खेतमा काम गरी रहँदा मजदुर अनि खेतबाट बजारमा पुँग्दा साहुजी भएको समयमा खेतमा छा“या छ । बजारमा व्यपार गर्ने समयमा अब विहानको खेतको छाँया र पद चिन्हसँग दिउँसो बजारमा व्यपार गर्ने साउले वा छाँयाले बजारको साहुलाई संघर्ष हुने होइन । यो केवल साहित्यमा मात्र सम्भव छन् । जस्को जमिन छ जमिनमा आफै काम गर्छन् । फलाउँछन् र विचौलीया सम्म आफै पुग्छन् ।

कसै–कसैले त उपभोक्त सम्म पुग्ने गरेका छन् । यो समाजको तल्लो तहमा छ हाम्रो नेपाली समाजमा । समाजको हरेक तहमा अर्थतन्त्र निर्माण भइरहेका छन् । सहरमा विचौलिया अर्थतन्त्र निर्माण भइरहेका छन् । सिक्किमले एक किलो ‘ग्रीन टी’को मुल्य रू एक लाख ८० हजार लियो अन्तर्राष्ट्रिय बजारमा । अन्तर्राष्ट्रिय बजारमा ठूलो अर्थतन्त्र निर्माण गरेका मानिसहरुलाई स्वस्थ्य र जीवन चाहेको छ आज । पैसा त आउँछ अनि जान्छ । त्यसैले जैविकतामा बल पु¥याउन अर्थतन्त्रको भूमिका ठूलो हुन्छ । ठूलो अर्थतन्त्रले अर्गानिकता र स्वस्थ्य जीवन दिएको हुन्छ । दोलखा पनि सिक्किम र दार्जालिङ जस्तै छ । यार्चा गुन्बुदेखि अनेकौं थरी जडीबुडी पाइने भूगोलमा चियाको विकास गर्न सकिएमा अन्तर्राष्ट्रिय बजार तहमा आर्थिक नाता सम्बन्धहरु जोडिन्छन् । समाजले रूप रङ्ग–ढङ्गहरु विश्ववैज्ञानिकस“ग संवाद गर्ने परिस्थि निर्माण हुन्छ । दार्जालिङ र सिक्किमको भन्दा उच्च गुणस्तरको उत्पादन अन्तर्राष्ट्रिय बजारमा दोलखाले दिन सक्ने छ । दोलखाको खुसी अर्थतन्त्र हो । जलशक्ति अर्थात सेतो सुन, जडीबूटी शक्ति अर्गानिक शक्ति, युवा शक्ति र मौलिक शक्तिको मूल थलोमा खुसीको जगबाट यात्रा प्रारम्भा गरेर शिखर छुने मनहरु लिएर खुसीशास्त्र निर्माण गर्ने पवित्र अभियानमा समाज र संस्कृतिको खुसीवादी दृष्टिकोणबाट अध्ययन तथा अनुसन्धान गरेर व्यख्या गर्ने युगमा उभिएको छ हाम्रो समाज र वौद्धिक युवा अझ विशेषगरी राजनीतिक, आर्थिक र साँस्कृतिक वृहद स्वरूपहरुमा हाम्रो ध्यान दृष्टि हुनुपर्छ ।

राणा कालमा चौरी गाई पालेर दुध खानेहरु आज कम्तिमा चौंरीको गोठमा दूध बचाएर चिज उत्पादन गरेर अमेरिकामा पठाएर पैसा कमाइरहेको अवस्था छ । हिजो भुँडी भर्न सीमित थियो आज ‘डलर’ विश्वमा परिणत भएका छन् किसानहरु । हिजो भारतबाट आएको कालो मुसाको लिति जस्तो कालो चिया पीउनेहरु आज ‘ग्रीन टी’ पीउन थालेका छन् । आफैँले उत्पान गरेको हैसियतमा । यसरी हाम्रो समजाले गरेको प्रगति नै खुसी हो । यो खुसीले दीर्घायुु पनि दिन्छ र स्वास्थ अभियान पनि हो । इतिहासमा राजा रणबहादुर शाहले राजकाज छाडेर काँसीमा जोगी बनेर बसेको बेलामा भारतीयहरुको ऋण तिर्न नसकेर बदनाम कमाएका थिए । आज उसैका सन्तान ज्ञानेन्द्र र पारस शाह अकुत पैसा कमाएर बदनाम भएर राजपाठबाट अवशान भए । सम्पतिले खुसी दिन्छ र दुःख पनि दिन्छ । सम्पतिको संरक्षक कुवेर पनि टाँठ पल्टेको इतिहास छ । लक्ष्मीलाई पनि भेटी चाहिन्छ । त्यसैले हाम्रो समाजको अर्थतन्त्र कसरी र किन निर्माण गर्ने सवालहरुको लक्ष्य चाहिन्छ । लक्ष्यमा लगानि गर्नुपर्छ । लगानिले सबैलाई जीवन निर्माण गर्ने आधार तयार हुन्छ । राष्ट्रियता र गौरव यता पाइन्छ । शान्ति र जीवन दर्शन यसरी बनाउन सकिन्छ ।

लोकको कल्याण गर्न लोकरीति र संस्कृति जान्नुपर्छ, गफ र चन्दा शोसनले हुँदैन । लोकहितको राजनीति र विकास । समाजशास्त्र समाजको विकासदेखि विघटन, पुनर्गठन र निर्माणको प्रक्रियाले समाजमा परिवर्तनमाथि घटना क्रमको विश्लेषण तथा सश्लेषणको अधारमा सिद्धान्त निर्माण गरेर थप अन्य समाजको समेत नजिक पुग्ने काम गरिन्छ । परिवर्तनको जग र नतिजा मुख्य एजेण्डा हो समाज र संस्कृतिको । मुद्दा उठाउनु र समस्याको ओकलत गर्नु खासै ठूलो कुरा होइन । समस्य समाधान गर्दै नेतृत्व दिनु मुख्य भूमिका हो । माझी दाइको जाल बुन्ने र हान्ने गुरू सभ्यतादेखि नै माकुरा हुनुपर्छ । माकुराको जाल बुन्ने सीप छ र त सहज खाद्य अर्थतन्त्र निर्माण भएको हुन्छ । पंक्तिकारको एउटा अनुसन्धानमा माकुराले माखोमाथि घाम ओझेल पर्दै गर्दै रहेको अवस्थामा आक्रमण गरिरहेको थियो । जाल बुन्ने कठिन ठाउँमा माकुरा माखामाथि धावानमार्गको प्रयोग गरेर सिकार गर्दै असफल थियो । पंक्तिकारले माखा मारेर दिएकोमा माकुराले स्वीकार गरेन र छाडेर गयो । बरू कमिलाको सामुहिक ताँतीले लिएर गयो । ए हो ठिकै छ । अब जीवीत माखा पखेटा काटेर दिएको त त्यो पनि अस्वीकार ग¥यो । माकुराले स्वावलम्वी र दोस्रो हातले दिएको सिनो या जीवीत खाने कुरा अस्वीकार गरेको अवस्थामा पंक्तिकारले एउटा निस्कर्ष निकालेको थियो । हामी मान्छे अरूमाथि रिजाएर श्रम शोषण गरेर खानामा बढी अभिमान गछौं । तर, माकुराले मान्छेले दिएको नखाने र आफ्नै पौरखको गौरव गर्ने रहेछ ।

अर्को एउटा कथा छ कि मुसलमानले हिन्दूमाथि आक्रमण गर्दा विचरा हिन्दू दुलोभित्र लुकेरा बसेको थियो । मकुराको जालले लुकाएर राखेको थियो । तर, खेदो गर्दै लखेट्ने मुसलमानले दुलो माथिबाट छेपाराको टाउकोको इसाराले हिन्दू देखाएको भान हुने गरेकाले मुसलमानले हिन्दूमाथि आक्रमान गरेका थिए । माकुरा हिन्दूको भगवान अनि छेपारो मुस्लिमको भगवान भएको कथा बन्यो हाम्रो समाजमा । त्यस्तै माकुरी जालमा गीतको बोलमा गीत संगीतमा थुप्रै स्थान पाएकै छ । त्यस्तै छेपारो जस्तो रङ्ग फेर्ने यसको कुनै विश्ववैज्ञानिकास हुन्न आदि उखान समाजमा चलेका छन् । समाजशास्त्रमा राजनीतिक, आर्थिक तथा साँस्कृति सम्बन्धहरु मानव इतिहासको प्रारम्भबाटै माकुराको जालो जस्तो नेटवर्क हुन्छ । मानव–मानवबीचमा, परिवार तहमा, गाउँ तह, जिल्लादेखि केन्द्र तहसम्म र अन्तर्राष्ट्रिय तहसम्म पनि आपसमा सम्बन्ध हुन्छ । समाज र समाजशास्त्रलाई बुझाउन पनि माकुराको जालोको प्रयोग प्राज्ञिक तहमा व्यापक पाइन्छ ।

माकुराको अर्थतन्त्रमा मानवको जीवन दर्शनको परिभाषामा वैज्ञानिकता पाइन्छ । सामाजिक सम्बन्धहरुको अन्तर जालोले एउटा विश्ववैज्ञानिक दृष्टिकोण निर्माणलाई वृहद रूपमा माकुरी सीपसँग तुलना गर्दै समाजशास्त्र बुझाउने तर्कपूर्ण निष्कर्ष हो । फेरि भोलिपल्ट माकुरा र माखाको खेल हेर्न दिन ढलेर सूर्यको किरण पश्चिमबाट पूर्वतिर लछारिंदै थियो । पहिलो दिन माकुरा भएकै झ्यालमा माकुराले उढुस समातेर खाइरहेको देखियो । उढुसले मानिसलाई टोकेर रगत चुसेर जीवन निर्वाह गर्छ । तर माकुराले उढुस खाएपछि अप्रत्यक्ष रूपमा माकुरा मान्छेलाई खाने किरा रहेछ । यो माकुरा पंक्तिकारले दिएको माखो नखाएर पंक्तिकारलाई नछाड्ने तयारीमा भए जस्तो लाग्न थाल्यो । खानपानको जालो पनि माकुरी जाल झै छ । बुझि नसक्नुको रहेछ । यो सृष्टिको चालढाल पनि मान्छेलाई उढुस मारेर खाएर माकुराले सहयोग गरेको पाइयो । माकुरा माझी दाइको जाली गुरू मात्र नभएर रोग फैलाउने किराको नास गरेर मानव सहयोगी पनि रहेछ । मानव जीवन दर्शनको सहयोगी सदस्य पो रहेछन । माकुरी जाल अनि माया जाल पनि । यो सप्तरङ्गी विशाल संसारमा । पंक्तिकार कीराप्रतिको बुझाइलाई गहिराइ सम्म हेर्ने क्रममा खुसी माकुरामा हेर्ने प्रक्रियाको प्रारम्भिक चरणमा रहँदै गर्दा माकुरा पंक्तिकारको सहयोगी हात प्रति खुसी थिएन । तर आफ्नै पौरखमा खुसी थियो । यो माकुराको अध्ययनलाई जीवन दिने क्रममा आनी छोइङ डोल्माको गीत ‘फुलको आँखामा फुल संसार’ शब्दहरु सापटी लिइयो पंक्तिकारले । हामी जुन परिवेशमा हुन्छ त्यही परिवेससँग संवाद तथा अन्तत्र्रिmया गर्नु वास्ताविक जीवन दर्शन हुँदोरहेछ । पाइलाको डोबहरुले दिएको तस्विरहरुमा समाज खोज्नु पर्दो रहेछ । भोगाइको फराकिलो घेराहरुमा अनि कर्मभूमिको कथाहरुमा अनि व्यथाहरुमा जीवन दर्शन पंक्तिकारको खुसी हो । यस्तै पृष्ठभूमिमा अरूको खुसीको आयमहरुमा जीवन कथाहरु देख्नु पंक्तिकारको खुसी हो । ‘खुसीको आ“खामा खुसी नै संसार, दुःखको आँमा दुःख नै संसार’ हो संसारलाई हेर्ने आँखाहरुप्रति पंक्तिकार कृतज्ञ छ । यसलाई संसोधन हालेपछि;

खुसीको आँखामा खुसी संसार
दुःखीको आँखामा दुःखी संसार

पंक्तिकारको हेराइमा जीवन अर्थ रहेछन् धेरै–धेरै गहिराइमा । कसिलो युवा शरीर लिएर ओसिलो चिसो हिउँदमा बसिवियाँलोको चौतारीमा यो लेखक समाजको सयौं आयमहरुप्रति साधुवाद अर्पण गर्दै हाम्रो समाजको खुसीको डोबहरु नियाल्दै शास्त्रीय चिनतनमा माया नै मायामा ओतप्रोत हुँदै सामाजिक दर्पण उतार्ने अभियानमा कलमबाट खुसी झारेर सामाजको खुसीशास्त्र निर्माणमा युद्दभूमिमा फराकिला घेराहरुभित्र कैद गर्दैछ नेपालमूखी समाजशास्त्र निर्माणभित्र व्यापक रूपमा पूनर्गठन भइरहेको समाजमा पूनर्गठनको दायारा आम रूपमा सोचिए भन्दा धेरै फराकिलो र गहिरो छ ।

यो फराकिलो पन नयाँ–पुरानो पुस्ताको सम्बन्ध, श्रम र बसाई–सराइले ल्याएको परिवर्तन, संस्कृति, शिक्षा र सूचनाको विस्तार, किसान, मजदुर, दलित, महिला, आदिवासीको आन्दोलन, सामान र अन्य बजार जनित क्रय–विक्रयका सम्बन्धको विस्तार, प्रतिनिधिमूलक शासन–व्यवस्था र मौलिक हकहित सहितको नागरिक राज्यको निर्माणलगायतका अन्य धेरै अनुभवहरु छन् पुनर्गठनमा ।

नेपाली समाजको गठन, विघटन र पुनर्गठन प्रारम्भ
हाम्रो नेपाली समाजमा ज्ञान, कर्म र शब्दको त्रिवेणीमा खुसी बग्नुपर्दछ । खुसीको त्रिवेणीमा ज्ञानको उत्पादन, वाणी र शब्दको खेती, राजनीतिमा खुसी सहित शान्ति, विकासमा कर्म मूल्यसहित सिद्धान्त र दृष्टि लगाएर कर्मको शास्त्रीय ज्ञानको जग बलियो बनाउन सकिन्छ । आज हाम्रो समाजमा शास्त्रीय ज्ञान किताब र गोष्ठीमा सीमित रूपमा कैद भएकोले कर्मको ज्ञानको जग कम्जोर भएको छ । त्यसैले ज्ञान, कर्म र शब्दको त्रिवेणी निर्माण मार्फत नेपाली समाजशास्त्रलाई विश्ववैज्ञानिक दृष्टिकोणको बृहद् ‘‘फ्रेमवर्कर्’’भित्र ऐतिहासिक बृहद् शास्त्रीय ज्ञानको भण्डार र सामाजिक विश्लेषणको सगरमाथा झैं पहिचान दिन सकिन्छ । सामाजिक पूनर्गठनले राजनीतिक, आर्थिक तथा सामाजिक दायराहरु फराकिला र परिवर्तित हुन्छन् । सँगै सामाजिक तहहरुमा अनेक धाँजाहरु देखिए;

–पहिलो धाँजाः जमिनको विस्तार र आन्तरिक बिस्तार र बसाइँ–सराई प्रारम्भ भयो । खेती पाती योग्य जमिनको विस्तारसँगै स्वतन्त्र गुजारा खेती प्रणालीको कारण बसाइँ–सराइमा तीव्रता आयो । सन् १९५० अघि जीविकोपार्जन विस्तार हुँदै धेरै पुस्तालाई र बढ्दो जनसंख्यालाई राहत दिएको स्वतन्त्र गुजारा खेती प्रणालीबाट जमिनमाथि हक प्राप्तिसँगै क्रमशः नविन पुँजीवाद अन्तर्गतको गुजारा खेतीमा परिणत भयो ।

–दोस्रो धाँजाः मुलुकबाट बहिर्गमन । स्वतन्त्र गुजारा खेती प्रणाली हुँदै पुँजीवादी गुजारा खेती प्रणालीपछि नेपालीहरु सिमाना पारी पुग्यो । शासकहरु राजपाठबाट हात धोएपछि काशी गएको इतिहास छ । जनताहरु रोजाईको अंक बढाउन तथा आर्थिक क्रान्ति गर्न मुलुकबाट बहिर्गमन हुने क्रममा लाहुर जाने परम्पराको विकास भयो । गाउँ, शहर र परदेशको अंक बढेर नगदतिर जनजीवन रंगियो । निश्चय नै लाहुर जाने एउटा सामाजिक भंगालोमा र्दुइ सय वर्ष यता धेरै छिरे र यसमार्फत नेपाली जीविकोपार्जनको विस्तार भयो ।

–तेस्रो धाँजाः बाहुन पुरोहित, ज्योतिस र शिक्षक तथा निजमति कर्मचारीहरु र दलित आदि पश्चिम पहाडबाट पूर्व र दक्षिण हुँदै सर्दै जाने समुदायको जीविकोपार्जनको भूमिका विस्तार भयो । गैर कृषि पेशा हुन् यी सबै पेशा । तर, दलित र पुरोहितकाो पेशामा सामिप्यता छ । पुरोहित नगद नारायण शाह हुन पुग्यो भने दलित वाली प्रथामा दलिएर थुनिएपछि नगद नारायणबाट बञ्चित रहे ।

सन् १९५० पछि लोकतन्त्र आएपछि जीविकोर्जानको धाँजामा परिवर्तन आयो । दलितको पेशा गैर दलिततिर गयो । दमाईले गर्ने सिलाई पेशा श्रेष्ठ टेलरिङ भयो । यसमा नगद नारायण शाहकै कारण परिवर्तन भयो । दलितहरु पनि वाली प्रथालाई सम्बन्ध विच्छेद गर्दै आफूलाई सहरी नगद नारायण शाहमा रूपान्तरण गरे । कृषि पेशा विस्तारमा आकर्षण घटेर विचौलिया अर्थतन्त्र निर्माण हुने क्रममा आयत बढ्न गई निर्यात घटेर देशले व्यापार घाटाको मारमा फस्न पुगेको हो । यसै क्रममा खुला अर्थतन्त्रमा हाम्रो पहुँच पुग्न प्रारम्भ भयो । सन् १९७० सालतिर प्रारम्भ भएको दलितको वाली प्रथा २०४६ सालतिर राजनीतिक तथा सामाजिक परिवर्तनले अन्त ग¥यो । परम्परागत उत्पादनको भौतिक पूर्वधार लगायत सामाजिक सम्बन्ध र जीविकोपार्जनको पद्धतिमा विघटन भइरहेको छ । अर्कोतिर सीमित भए पनि नयाँ उत्पादन प्रणालीको नयाँ भौतिक आधार निर्माण भइरहेको छ । विदेशमा काम गर्न गएको नेपाली समेतको ख्याल गर्ने हो भने यो पद्धतिको आयतन असीमित छ ।

विश्वमा नै राजतन्त्रको इतिहास भूपतित्वसँग गाँसिएको छ । जमिन दिने र खोस्ने सक्ने हैसियत कृषि प्रधान समाजमा राजतन्त्रको सर्वोपरि हैसियत रहेको थियो । उत्पादनको अन्य स्रोतमा समेत स्वामित्व कायम गर्न वा सञ्चालन गर्न राजाको लालमोहर अनिवार्य हुन्छ र थियो । शिक्षा तथा सीप आदि उत्पादनका प्रमुख अंग बन्न थालेपछि कुन जातजाति, आदिवासी जनजाति तथा लिङ्ग वा वर्गले पढ्न पाउने देखि नपाउने लगायत उच्च शिक्षा र श्रेणी हाशिल गरेका दक्ष नागरिकहरुलाई नियन्त्रण गर्न राजालाई दाम राख्ने, पुरस्कार तथा आभुषण दिने चलन राजतन्त्रमा परम्परा थियो । अर्कोतिर स्वयम राजाहरु शिक्षित नभई बहुपत्नीका धनी तथा जड्याँह बैठके नानीसँग मनोरञ्जनमा सेनाको बलमा शासन गरेको इतिहास छ । प्रताप सिंह शाह वा रणबहादुर शाह नै किन नहोस् यो मामलामा । विचरा महेन्द्रको म्याट्रिक पास, वीरेन्द्र आइए र ज्ञानेन्द्र वीएसम्म सामान्य पढाइमा दरवारमा थुनिएको थियो । खैर, केवल यो त इतिहासको परिदृश्यमा थियो । यो सबै किसिमको निरङ्कुशताबाट मुक्ति लिएको आम जनताको लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा रूपान्तरण भइरहेको परिदृश्यमा पछाडि फर्केर हेर्ने प्रयासमा इतिहासको चित्र साँच्छी राखेर अगाडि लम्कने यात्रामाम छौं हामी र यो पंक्तिकार ।

आम जनताको परिणाममुखी क्रान्ति सम्पन्न गर्न एक सय ७० वर्ष अगाडिबाट लछारिँंदै आएको निरङकुश राजा वादशाह र ‘कम्युनिस्ट’ तानाशाही मनोदशा दुवैैको सशस्त्र हिंसालाई अन्त गरेर सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनमा क्रियाशिल रही क्रान्तिको निर्धारक शक्ति आमजनता हो । हामी आमुल परिवर्तनको साझा सवालमा । आज हरेक सामाजिक परिवर्तनको धाँजाहरुमा खुसी प्राप्त गर्दै अगाडि बढ्दै ‘सबैको लागि लोकतन्त्र’ सहितको संघीयतामा पुगेका छौं हामी क्रान्तिका निर्धारक शक्ति आमजनता हैसियतमा । सन् १९६२ मा हिन्दू धर्मलाई राजा वादशाहले राजधर्म बनाउनु राजतन्त्रलाई अफाप भयो । यो पंक्तिकारलाई सम्झना छ कि झण्डै सय वर्ष पहिलेका समाजशास्त्री इमाइल दुर्खाइमले उद्घोष गरिसकेको थियो “धर्म र देवताबाट मानिसको सिर्जना हुने होइन, बरू मानिसले आफ्नो उत्पादन पद्धति र जीवनाचर्य अनुसार धर्म र देवताको आविष्कार गर्ने हो ।”

सरकारी कर्मचारी हुनुको अर्थ राजाले ‘सिउँदो हालेको’ वा ‘सरकारको नून‘ खाएको हो भन्ने मान्यता पनि अर्को पाटो थियो । विषय बस्तुको ज्ञानको आधारमा चयन हुनुपर्ने कर्मचारी तन्त्रको उपल्लो तह भने राजाको चयनमा निर्भर थियो । व्यापार, ऐन, कानुन सबै राजाको हुकुमी भाषामा निर्माण हुने परम्परा थियो । राजाले जात र जातीयता लिने-दिने तथा खोस्ने परम्परा चलेकै थियो । राजाहरु समेत खान हुँदै शाही–शाहसम्म भए परिवर्तनका श्रृंखलामा । राजाले कुल, थर समेत लिने-दिने परम्पराको विकास भयो । आदिवासी जनजाति समुदायहरुमा राई, सुब्बा आदि थर र पहिचानलाई गुमनाम गर्दै अर्कोतिर क्षेत्रीहरु राणा, खड्का, कुवँर, पुवँर आदि कुल र थर उत्पादक तथा वितरक बन्यो नेपाली राजतन्त्र । अब भन्नु होस् कसैले शासकइी शक्ति र धर्मको आँट भरोसमा दिएको पहिचान र पेशाले समाजको बृहद् ऐतिहासिक चेतनालाई अस्वीकार गरेर नेपाली जनताले भविष्य देख्न सक्छन् त ? हाम्रो समाजको ऐतिहासिक लोकमार्गबाट अलग गरेर धर्म कर्म फेरेर आम लोकतान्त्रिक जनतालाई अक्षम बनाइएको कथा व्याथाको मुल कारण हो नेपाली राजतन्त्र । आम जनताको भाषा, धर्म, परम्परा तथा संस्कृतिलाई परिवर्तन गर्न लगाएर राजधर्मलाई ताली बजाउन लगाएर हामीलाई सयौं वर्ष पछाडि धकेलेका छन् अवशान भएको राजतन्त्रले । आफ्नो घर र थर अनि पहिचान भत्काएर राजाले दिएको कुल, थर र धर्मलाई पहिचान बनाएर रम्न थालेपछि बनेको तत्कालीन अवस्थाको नयाँ नेपाल हाम्रो नेपाल बन्न सकेन र हाम्रो महशुस भएन ।

हाम्रो समाजशास्त्र निर्माणले गलत लोकमार्ग को¥यो र समात्यो । गतिहिन मात्र नभएर गन्तव्य हिन शून्य चेतनामा प्रस्थान ग¥यो । यो शून्यताको केन्द्रीयताबाट पंक्तिकारलाई खुसीशास्त्र निर्माण गर्ने एउटा ऐतिहासिक खुट्किला प्राप्त भएको छ । शून्यतालाई क्रमभंग गर्न राजतन्त्रले दिएको कथित गौरवको भ्रमभंग गर्नु छ । जरूरी छ कि बृहद् ऐतिहासिक लामो कालखण्डीय दृष्टिकोणबाट इतिहासको चेतनाले हामी स्वयमको उत्पति र विकासको पहिचान प्राप्त हुन्छ । यो प्राप्तिमाथि दृष्टि विन्दू कायम गरी भविष्य देख्नु पर्छ कि सयौं वर्ष पछाडि पारिएको ग्यापलाई पुरेर नयाँ र प्रतिस्पर्धी युगको विस्तार गर्न सकौं । यो जातिवाद राजतन्त्रले चलाएको पहिलो जातिवाद थियो नेपालमा ।
अहिले दोस्रो रूपको जातिवादको उदय भएको छ कि इतिहासमा राजाले चलाउने अहिले वामपन्थ वादले हलाउने जातिवाद । राजतन्त्रको अवशेषको हिन्दू जातिवाद र नयाँ संस्करणको वामपन्थी जातिवादको विवादले पहिलो संविधानसभाको अवशान भयो । यो घटनाक्रममा वामपन्थी जातिवादीहरु स्खलित भए भने हिन्दू जातिवादीहरु थप स्खलित भई लोकतन्त्रवादीहरुको उपस्थिति दोस्रो संविधानसभामा बलियो सावित भयो ।

राजतन्त्रको कुल, धर्म र थर–गोत्रको गुमनाम पहिचानबाट मुक्ति लिनेहरु आदिवासी जनजाति चेतनाले भविष्य देख्नु र प्रस्थान गर्नु राम्रो भएता पनि लेनिन राष्ट्रियताको मोडेलको वामपन्थी जातिवादी भंगालोमा डुबेका छन् आन्दोलनको परिदृश्यहरुमा । राजतन्त्रको अवशेषको हिन्दू जातिवादी पर्खाल र वाामपन्थी जातिवादी पर्खाल दुवै ध्वस्त गरेर ‘सबैको लागि लोकतन्त्र’ अनिवार्य रूपमा सुनिश्चित गर्नुपर्छ । जुन ऐतिहासिक घडीबाट पुरानो राजतन्त्रको अवशेष हिन्दू जातिवादको अवशान हुँदै छ । त्यही विन्दूबाट नयाँ वामपन्थी जातिवादले टाउको उठाउँदै छ । यो दुवै जातिवादले लोकतन्त्रको बदनाम गर्ने काम बाहेक अरू केही होइन । राजतन्त्रको पुरानो अवशेष हिन्दू जातिवादीहरुको नयाँ जातिवादीहरुप्रति यस्तो आरोप छ;

–उत्पादनको स्रोत र उत्पादन सम्बन्धमाथि र जीविकोपार्जन विस्तारमाथि विशेषाधिकार जमाउन खोज्नु नै हो ‘आदिवासी जनजाति’, ‘भूमिपुत्र’ र स्थानियताको नाममा । सो अनुकुलको अवस्था आएमा केही कुल, परिवार, व्यक्ति, राजनीतिक, आर्थिक र साँस्कृतिक रूपमा राज्यसत्ता सँग नजिक रहेका वा रहन सक्ने खुवी भएकाहरुले मात्र एकाधिकार जमाउन सक्नु हो । पहिचान सर्वकालिक पक्ष भए ता पनि यो सवालमा माक्र्सवादीहरु पहिचान तत्कालिक साँस्कृतिक पक्ष मात्र हो । अन्तर्वस्तु आर्थिक र केही हदमा राजनीतिक शक्ति भएको आरोप लगाउँछन् । हिन्दू संस्कृति सर्वकालिक हुने अनि अरूको संस्कृति तत्कालिक देख्ने गैर जिम्मेवारी तर्क राख्छन् । महेन्द्र ‘कम्युनिज्म’ अर्थात पञ्चायतमा राजतन्त्रले यही दृष्टि लगाएर हिन्दू राजतन्त्रको जगलाई बलियो बनाउने माक्र्सवादी चिन्तन अपनाइएको पाइन्छ । नेपालको ऐतिहासिक यात्रामा राजनीतिक, आर्थिक तथा साँस्कृतिक अनुभवमा अतिहिन्दुवादीहरु नयाँ खाले राजा बन्न चाहन्छन् । त्यस्तै अर्कोतिर नयाँ खाले वामपन्थी जातिवादीहरु पनि काल्पनिक जातिय राज्य र राजा बन्ने सपनाको खेती गरेका छन् ।

आर्थिक, राजनीतिक र साँस्कृतिक आदि पक्षहरुमा आउने परिवर्तनलाई अझ व्यापक रूपमा दीघो बनाउन संविधानसभा, संसद र राजनीतिक शक्ति तथा आम नागरिकहरुको अत्यन्त ठूलो भूमिका छ । सामाजिक तथा राजनीतिक परिवर्तनले ल्याएका धाँजाहरुको वेगलाई सम्हाल्न सहज हुँदै संवेदनशीलताको प्रयोग गरेर शासकइी स्वरूप तथा संरचना निर्माणलाई सामाजिक लोकतन्त्रको कसीमा उभ्याएर फलिभूत सफलताको खातिर घनिभूत लचकता र सम्झौता आवश्यक छ । सामाजिक आन्दोलनमा समाज तथा संस्कृतिको विकासको लागि समनताको मुद्दाबाट प्रेरित भएर हाम्रो परिवर्तन र क्रान्तिको जग निर्माण भइरहेको हुन्छ । निर्माण कालमा समस्या आउँछ । द्वन्द्व पनि देखिन्छ । यस्तो परिस्थतिमा शान्ति र खुसीलाई आधार भूमि बनाएर सिर्जनशीलता र विकासमा नेतृत्वदायी भूमिका दिनुपर्छ । सत्य समाज र समाजमा बस्ने सदस्यहरु हुन् । अर्को सत्य समाजको सदस्यहरुको कर्म र मर्मले प्रतिपादन गरेको अभिन्न संस्कृति तथा पहिचान हो । यही सत्य दृष्टि विन्दूबाट रति बिचलित नभई संघर्षरत क्रान्तिका नायक लोकतन्त्रवादी चरित्रवाण नेतृत्व र भूमिका नै खुसीशास्त्रको जग हो ।

सत्यता र बस्तुपरक तथ्यका आधारमा यो नयाँ शास्त्र निर्माण गर्ने अभियानले समाजलाई सुक्ष्म विधिबाट विश्लेषण गर्ने प्रयास गरेको ठहर छ । नयाँ शास्त्रको सत्यता र ठहरको निष्कर्षलाई विश्ववैज्ञानिकवैज्ञानिक दृष्टिकोणको बृहद् ‘फ्रेमवर्कर्’मा स्थापित गरिएकोे पनि सत्य हो । अब ‘सबैको लागि लोकतन्त्र’ चाहिन्छ । राणाकालमा राणा परिवारलाई लोकतन्त्र, शाहवंशामा रणबहादुरदेखि पारस शाहसम्मलाई वैयक्तिक लोकतन्त्र अनि पञ्चायतमा पञ्चेहरुलाई लोकतन्त्र थियो । स्वतन्त्र गुजारा खेती प्रणालीदेखि पुँजीवादी गुजारा खेती प्रणालीका जनतालाई लोकतन्त्रको चेतना र आवश्यकता रहर देखाएनन् र भएन पनि । तर, परिवर्तनको यात्रामा सबैलाई लोकतन्त्र र राज्यसत्ताको सरल पहुँच चाहिएको छ । चेतनाको विस्तार भएको अवस्था छ । राजनीति र अर्थव्यवस्थामा आज भोलि । पशु अधिकारको बहस र चर्चा छ । मानवाधिकारको त अवमूल्यांकन पटकै मिल्दैन र सबै प्रकारको विभेद चल्दैन ।

समाजमा जातीय विभेद, धार्मिक विभेद, साँस्कृतिक विभेद, धनी र गरीवबीच हुने विभेद, नारी र पुरूषबीचको विभेदको लैंगिक विभेद, जातजाति बीचको तल्लो जात र माथिल्लो जातबीचको जातिय विभेद, आदिवासी जनाजातीव्रीचको हिंसात्मक कथित सानो ठूलोको विभेद अनि राजनीतिक इतिहास भएको परिवार र नभएको परिवारको सदस्यहरुबीच विभेद लगायत शिक्षा, स्वास्थ्य, रोजगार, समावेशीता वा बहिस्करण सबै क्षेत्रबाट विभेदको सामाजिक, साँस्कृतिक तथा राजनीतिक विभेद अन्त गर्नु एक सुन्दर लोकतन्त्रको आधारशिला निर्माण गर्नु हो ।

यो आधारशीला नै ‘सबैको लागि लोकतन्त्र’को बलियो र दीघो जग हो । ज्ञान, कर्म र शब्दको त्रिवेणीमा विषय बस्तुको हिसाबले नेपाली समाजको ढाँचाहरु विधागत हिसाबले समाजशास्त्र र खुसीशास्त्र अनि विचारको हिसाबले लोकतान्त्रिक समाजवादी सैद्धान्तिक पक्षको पृष्ठपोषण गर्दै व्यक्तिको अधिकार र वैयक्ति सर्वोच्चताको पुँजीवाद तथा खुसीवादी चिन्तनको पृष्ठभूमिमा पंक्तिकार केन्द्रित रहेको अवस्थामा विचार, वाणी र शब्दमा सत्य तथ्य विश्लेषण गर्दै बदलिँदो नेपाली समाजको चिरफार गर्नु कर्तव्य र खुसीको अनुभूति हो । हाम्रो समाजले हिंडेका राजनीतिक–आर्थिक मोड र घुम्तीः शिक्षा, स्वास्थ्य र संस्कृतिको उकाली र ओरालीः अनि गाउँले जीवनको सरल चौतारीदेखि सहरइीा सपना र परिकल्पनाको प्राविधिक आमसञ्चार, रोजगार, व्यवसायमा नारी पुरूषबीच जारी आर्थिकजन्य द्वन्द्व, गरीबीको विविध आयमभित्र बहिष्करणमा समावेशीकरण तथा सामुदायीक राजनीतिक संगठनका दायीत्वभिभत्र खुसीको सोध र खोज गरी विवेचनाको गोरेटोमा पंक्तिकार खुसीको विज्ञान खुसीशास्त्रसँगैै । रम्न सके पो रम्छ नेपाली । जम्न सके पो जम्छ नेपाली । खुसीको विज्ञान खुसीशास्त्रमा ‘सबैको लागि लोकतन्त्र’ । -खुसीशास्त्र पुस्तकबाट

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...