दावाको संस्कृति प्रेम – Janata Live
  • Saturday, February 4, 2023

दावाको संस्कृति प्रेम

  • जनता लाइभ
  • पुष ०८, २०७५

दावाको संस्कृति प्रेम

उनी शेर्पाहरूको कहीं कतै कार्यक्रम भइरहेछ छ भने शेर्पा वेशभूषामै पुग्छिन् । जहाँ सहपाठी साथीहरू छोटा छोटा लुगा लगाएर कार्यक्रमस्थलमा पुगेका हुन्छन्, त्यहँँ सांस्कृतिक पोसाक लगाएर स्याव्रु नाच देखाउँछिन् र वाहवाही पाउँछिन् ।

जीवन खुला कापी हो । यो कापीमा हामी जसरी लेख्छौं हाम्रो भविष्य उस्तै हुन्छ । उमेर मात्रै १८ वर्षको, तर ज्ञान र बुद्धि कुनै प्रौढको भन्दा कम छैन दावा ल्हमुको । त्यसैले त सुनाउँछिन्, ‘जीवनमा एक सेकेन्डको महत्व कति हुन्छ भन्ने कुरा या त बस स्टेसनमा एक सेकेन्ड अगाडि गाडी छुटेको यात्रुलाई नै थाहा हुन्छ, कि त परीक्षामा सामेल विद्यार्थीलाई ।’

ह्वाइटहाउस स्कुलबाट प्लस टुको परीक्षा दिएर बसेकी +-चार्टर्ड एकाउन्टेन्ट (सीए) को तयारी गरिरहेकी छन् । जहाँ संघर्ष छ त्यहीं त जीवन छ । त्यही भएर सीए पढ्न थालेको उनले सुनाइन् । परिवार नै इलामबाट बसाइ सरेर राजधानी आयो । राजधानी झरेपछि शेर्पाका छोराछोरी शेर्पा संस्कृतिलाई बिर्सन्छन् । अंग्रेजी संस्कृतिप्रति प्रेम गर्दछन् । उनी काठमाडौंमा जन्मिन् । शेर्पा भाषा र संस्कृतिको अगाध माया गर्ने दावामा आमाको गुण सरेको छ । समता शिक्षा निकेतनबाट एसएलसी पास गर्दाताका नै उनकी आमाले यो संसार छाडेकी थिइन् ।

आमा नै साथी बराबर हुनुहन्थ्यो । उहाँ रहनुभएन । त्यो पीडाको अनुमानसमेत गर्न गाह्रो छ । परिवारको माया ममता र स्नेहमा हुर्किएकी दावा त्यसपछि ह्वाइटहाउस कलेजमा व्यवस्थानमा प्लस टुसम्म सकाएपछि उनी लागिन् चार्टर्ड एकाउन्टेन्ट बन्ने धुनमा । समताबाट एसएलसीमा ८६ प्रतिशत अंक ल्याएर उत्तीर्ण गरेकी दावा एघार कक्षामा कलेजको टपभित्रै परिन् । तर १२ कक्षाको परीक्षाका क्रममा मिस शेर्पा प्रतियोगितामा भाग लिएको कारण सोचेजस्तो परिणाम आएन ।

उसो त मिस शेर्पामा पनि आफूले सोचेजस्तो परिणाम आएन । तथापि, उनी टप १२ भित्र पर्न सफल भइन् । भाग लिनु नै ठूलो कुरा थियो । टेलिभिजनको पर्दामा देखिने विविध जात जातिका सुन्दरी प्रतियोगिता हेरेर उनलाई यस्तो सोख पलाएको हो । यसलाई मलजल गर्ने काम उनकै आमाले दिएको अर्ती र बुद्धिले गरेको छ ।

अहिलेको युवा पुस्तामध्ये कतिलाई स्यावु्र नृत्य गर्न नै आउँदैन । उनी स्यावु्र नृत्य मज्जाले गर्छिन् । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रबाट उनले यसको प्रशिक्षण लिइन् एसएलसी परीक्षा सकिएपछिको खाली समयमा । आफ्नो संस्कृतिको अगाध माया छ दावालाई । सुनाउँछिन्, ‘आफ्नो पहिचान भन्नु नै संस्कृति हो । संस्कृति भएन भने त हाम्रो पहिचान पनि माटोमा मिलिहाल्छ नि ।’ त्यसैले उनी शेर्पाहरूको कहीं कतै कार्यक्रम भइरहेछ भने शेर्पा वेशभूषामै पुग्छिन् । जहाँ सहपाठी साथीहरू छोटा छोटा लुगा लगाएर कार्यक्रमस्थलमा पुगेका हुन्छन्, त्यहँँ सांस्कृतिक पोसाक लगाएर स्याव्रु नाच देखाउँछिन् र वाहवाही पाउँछिन् ।

संस्कृतिबिना हामी कहाँ चिनिन्छौं र ? भित्री मनबाटै आफ्नो संस्कृति जोगाउन पर्छ भन्ने लाग्छ दावालाई । आफ्नै साथीहरू शेर्पा संस्कृतिबारे बेखबर छन् । ‘शेर्पा भाषा र संस्कृति हाम्रो पुस्ताले नजोगाए कसले जोगाउँछ ? हामीलाई यहँँसम्म हाम्रा अग्रजले सग्लो हस्तान्तरण गरेको संस्कृति भावी पुस्तालाई सग्लो नै हस्तान्तरण गर्ने जिम्मेवारी छ हाम्रो काँधमा,’ उनी भन्छिन् ।

दावाको थोक सपना छ । यो समाजमा आफ्नो केही नाम होस् धेरैले चिनोस् भन्ने । कार्पेन्टर पिताकी कान्छी छोरी दावाले शेर्पा संस्कृति जोगाउन भावी पुस्तालाई मोटिभेसन गर्ने योजना सुनाइन् । कलेज लेभलमा पढ्दै गर्दा उनलाई ठूलो पर्दाको चलचित्रमा अभिनय गर्ने अफर आयो । उनले नकारिन् । कारण त्यो समय पढाइ प्राथमिकतामा थियो । अबको प्राथमिकता हो करियर । अवसर पाएको खण्डमा उनको अभिनय गर्ने योजना छ ।

फुर्सदमा उनी घरको काम सघाउँछिन् । घरको कामबाट समेत समय बचेमा उनी पुग्छिन् हिमालयन शेर्पा सांस्कृतिक केन्द्रमा । अनि प्रशिक्षण लिन थाल्छिन् । नबुझेको कुरा सोध्छिन् पनि । सोध्न लजाउँदिनन् । पहिलोपल्ट शेर्पा गुम्बामा स्याव्रु नृत्य गरेकी दावाले त्यही वर्ष मात्रै चौध ठाउामा स्याव्रु नृत्य प्रदर्शन गरिन् । अहिले हिसाब गर्ने हो भने तीन दर्जन नाघिसकेको सुनाउँछिन् । हिमालयन शेर्पा कल्चरबाट शेर्पा कलाकारको प्रमाणपत्र पाएकी उनले शेर्पा विद्यार्थी मञ्चबाट सम्मान पाएकी थिइन् ।

साथीभाइहरूसँग कहिलेकाहीं दावा भन्छिन्, ‘जाउा स्याव्रु गर्न ।’ साथीहरू उल्टै प्रश्न गर्छन्, ‘ह्या किन स्याव्रु गर्नु, हामी बूढाबूढी थोरै हौं र ?’ कस्तो अचम्म † बूढाबूढीलाई मात्र आफ्नो संस्कृतिको चासो र माया हुनुपर्ने ? हामीले नै संस्कृतिको माया नगरे कसले गर्छ ? अहिले नगरे कसले गर्ने ? जुन भाषा, जुन संस्कृतिको भए पनि आफ्नो संस्कृतिको माया गर्न सिकौं भन्ने आग्रह छ दावाको ।

Loading...
Loading...
Loading...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

काठमाडौं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा...

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको...