एकैचोटि ६ पुस्तक – Janata Live
  • Sunday, February 5, 2023

एकैचोटि ६ पुस्तक

  • जनता लाइभ
  • पुष ०८, २०७५

एकैचोटि ६ पुस्तक

बौद्ध धर्म मान्ने परिवारमा जन्मिएकाले पनि हुनसक्छ, उनले जीवनमा उन्मुक्तिको बाटो लामा बन्नुबाट अपनाए । परिवारलाई बुझाए । त्यही उन्मुक्तिको बाटोमा ६८ वर्षको उमेरमा पनि उस्तैगरी हिँडिरहेछन्, थुप्तेन ।

शिक्षाले मानिसलाई जीवनको बोध गराउँछ । शिक्षाले जीवनका धेरै पाटोमा प्राविधिक एवं व्यावहारिक ज्ञान दिन्छ । सिक्नका लागि शिक्षा लिइने भए पनि पछिल्लो समय मौलाउँदै गएको उपभोक्तावादले शिक्षा प्रमाणपत्र प्राप्त गर्ने माध्यमका रूपमा स्थापित हुँदै गएको छ । औपचारिक शिक्षालाई मात्रै सिकाइको आधार र मान्यता दिने संस्कार बस्दै गएको छ । तर, शिक्षालाई औपचारिकताको मापदण्डभित्र राख्दा थुप्तेन लामाजस्ता थुप्रै स्वाध्ययनले खारिएका व्यक्तित्वको पहिचान ओझेलमा पर्न सक्छ ।

थुप्तेन लामा, जसले औपचारिक शिक्षा आफ्नो जीवनकालमा लिन पाएनन् न त आफ्नो प्रारम्भिक सिकाइका समयमा सिक्नका लागि उत्प्रेरणा नै पाए । शेर्पा समुदायमा जन्मिएका यिनले बरु, १५ वर्षको उमेर भएपछि संस्कार पालना गर्ने नाममा परिवारको जग बसाउनुप¥यो । जुन, उनको आवश्यकता र चाहनाभन्दा पर थियो । सोलुखुम्बुको शेर्पा परिवारका माहिला छोरा थुप्तेन जीवन स्वतन्त्र रूपमा जिउन चाहन्थे । जसरी आकाशमा पक्षी स्वतन्त्र भएर यताउता गरिरहन्छन्, उनी पनि त्यही बाटोको खोजीमा थिए । जीवनका प्रारम्भिक समयमा सायद उनले पनि आफ्नो जीवनको महत्वलाई हृदयले चिन्न सकेनन् । पारिवारिक बन्धनमा ९ वर्ष बाँधिए, जुन बन्धन थुप्तेनका लागि हरदिन बोझिलो बन्दै गएको थियो ।

२४ वर्षको उमेरमा थुप्तेन छोराको बाबु बनिसकेका थिए । अब उनी भने जीवनबाट स्वतन्त्र हुने भावले भित्रभित्रै एक्लिसकेका थिए । बौद्ध धर्म मान्ने परिवारमा जन्मिएकाले पनि हुनसक्छ, उनले जीवनमा उन्मुक्तिको बाटो लामा बन्नुबाट अपनाए । परिवारलाई बुझाए । त्यही उन्मुक्तिको बाटोमा ६८ वर्षको उमेरमा पनि उस्तैगरी हिँडिरहेछन्, थुप्तेन ।

उनले बौद्ध धर्मको एक प्रतिबद्ध अनुयायी ‘लामा’ बनेर २४ वर्षको उमेरमै गृहत्याग गरेका थिए । आफ्नै गाउँ र काठमाडौं तथा सिक्किममा रहेका गुम्बामा उनको सिकाइ बढ्दै जान थाल्यो । अहिंसाको पथमा उनी लम्किरहे । जीवन उन्मुक्ति, अझ भनौँ बुद्धत्व प्राप्त गर्ने अन्तिम चाहना बोकेर पारिवारिक जीवनबाट विरक्तिएका यी लामाले बुद्धत्व प्राप्त गर्ने नयाँ बाटो रोजेका छन् । जुन बाटो स्वाध्ययनबाट खारिएको छ । जीवनको महत्वपूर्ण समय गुम्बामा रहँदा वा अन्य कर्मका क्रममा होस्, उनले स्वाध्ययनमै बिताए । ‘म हरबखत विद्यार्थीसँगै हुन्छु,’ आफ्नो सिकाइको माध्यमसमेत सुनाउँदै छन् थुप्तेन । हुन त उनले जीवन गुजाराका लागि केही समय थाङ्का चित्रकारका रूपमा पनि काम गरे । विद्यार्थीलाई थाङ्का चित्रकलाबारे ज्ञान पनि दिए । तर, स्वाध्ययनको भोकका कारण उनले चित्रकलालाई निन्तरता दिएका छैनन् । ‘मलाई धेरै पढ्न नै मन पर्छ ।’ थुप्तेन थप्छन्, ‘मैले गुम्बामा बसेका हरेक समय पढेर नै बिताएको छु ।’

स्वाध्ययनका क्रममा उनले अंग्रेजी भाषा पनि सिके । जसले गर्दा उनी एकैसाथ ६ वटा पुस्तकको लेखक बनेर निस्किँदै छन् । त्यो पनि बुद्ध धर्म संस्कृतिको दीर्घकालीन संरक्षणबारे तथ्यसहित लेखिएका । पारिवारिक जीवनबाट सन्न्यास लिइसकेका उनको कमाइको छुट्टै आधार छैन ।

काठमाडौंको बौद्धमा सानो कोठा भाडामा लिएर बसेका छन् । दिनरात जतिबेला त्यही बौद्धको सानो कोठामा असरल्ल पुस्तकमाझ हुन्छन् थुप्तेन । उमेरले होला, सेतै फुलेका दाह्री कपाल सम्याउने कुरा उनको चाहना अनि आवश्यकतामा पर्दैनन् । बरु, किताबका शब्द सम्याउन व्यस्त छन् । दुई सय ५६ पेजको वेलकम टु नेपाल र रिभ्यु नेपाल पुस्तक प्रकाशनको तयारी भइसकेको छ । स्यार्वँ कुन्साल, मिरर अफ न श्यार्वा, श्यार्वा दर्पण, श्यार्वा व्याकरण, श्यार्वा भाषामा नामका कृति पनि प्रकाशोन्मुख छन् । ‘मैले पढ्न पाइनँ, आफ्नो भाषा संस्कृतिको पनि पर्याप्त ज्ञान भएका पुस्तक पाएको छैन,’ थुप्तेन भन्छन्, ‘आफ्नो ज्ञान भावी पुस्तालाई बाँड्न पुस्तक निकाल्न लागेको छु ।’

सरकारी निकायमा पटक–पटक अनुरोध गर्दै सहयोग माग्दा नपाएको नमीठो अनुभव पनि सँगालेका उनी आफ्नो एकल प्रयासमा आफ्नो संस्कृति जोगाउने बाटो खोजिरहेका छन् । धर्मको नाममा जीवनको संसारिक मोहबाट पर बसेर पनि देश र समाजका लागि महत्वपूर्ण योगदान दिन सकिन्छ भन्ने उदाहरण थुप्तेन लामा हुन् । ‘देशको मुक्ति पहिलो प्राथमिकता हो । तब मात्रै धर्मबाट बुद्धत्व प्राप्तिको ढोका खुल्छ,’ जीवन भोगाइका क्रममा थुप्तेनले सिकेका जीवन र धर्मप्रतिको मान्यता हो यो । अझ उनी धर्मसँगै राजनीति पनि अगाडि बढाउनुपर्छ भन्ने बाटोमा पनि छन् । त्यसैले मंगोल नेसनल अर्गनाइजेसन नामको राजनीतिक संस्थामा पनि केन्द्रीय सदस्यको भूमिकामा छन् । औपचारिक शिक्षाको प्रमाणपत्र हातमा नभए पनि थुप्तेनसँग अनौपचारिक पढाइको प्रमाणपत्रका रूपमा यसअघि निकालिसकेका गोपाल गुरुङ नेपाली नेलसन मण्डेला, शेर्पा पाठ्यक्रम नामको पुस्तक हातमा रहेको छ । जुन स्वाध्ययनबाट प्राप्त भएको उपलब्धि हो ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...