काठमाडौं नजिकका प्रमुख गन्तव्य – Janata Live
  • Saturday, February 4, 2023

काठमाडौं नजिकका प्रमुख गन्तव्य

  • जनता लाइभ
  • पुष ०८, २०७५

काठमाडौं नजिकका प्रमुख गन्तव्य

बिदा कसरी मनाउने ? खाने, पिउने, साथीभाइ एवं आफन्तसँग भेटघाट अनि रमाइलो गर्ने । यो त छँदै छ, अझ बढी मनोरञ्जनात्मक र स्मरणीय बनाउन के गर्ने ? राम्रो उपाय हो पारिवारिक भ्रमण । बिदाको अवसरमा रमणीय स्थलको भ्रमण गरेर एउटा अलग आनन्द उठाउन सकिन्छ । नेपालमा यस्ता भ्रमणयोग्य स्थान प्रशस्तै छन् । हामी यहाँ काठमाडौं नजिकका केही गन्तव्य सुझाव गर्दै छौँ ।

हेलम्बु

काठमाडौंबाट चानचुन १ सय किलोमिटर दूरीमा पर्ने हेलम्बुका लागि पुरानो बसपार्क र जोरपाटीबाट बस लाग्छ । बस मेलम्चीभन्दा केही परको गाउँ तिम्बुसम्म पुग्छ । त्यहाँबाट हेलम्बु पुग्न ३–४ घन्टा हिँड्नुपर्छ । फोर ह्विलर जिप भने हेलम्बुसम्मै पुग्छ ।

मेलम्ची खोलाको किनारमा रहेको सानो बजार हो तिम्बु । तिम्बुमा दुई÷तीनवटा सामान्य स्तरका लज छन् । दाल, भात, तरकारी पाइन्छ । माछामासु भने यहाँ पाइन्न । खानाको एक सय रुपैयाँ पर्छ भने सुतेको प्रतिव्यक्ति ५० रुपैयाँ । तिम्बु बासपछि उकालो लाग्नुपर्छ । हेलम्बुको मुख्य गन्तव्य तार्केघ्याङ यहा“बाट ११ किलोमिटर टाढा छ । कच्ची बाटो माथि तार्केघ्याङसम्मै पुग्छ । अक्सर पानी परिरहन्छ यो क्षेत्रमा ।

हेलम्बुको आलु निकै मीठो हुन्छ । सिजनका बेला स्याउ पनि पाइन्छ । तिम्बुबाट विस्तारै हिँड्दा तीन घन्टामा हेलम्बुको तार्केघ्याङ पुगिन्छ । केही पुराना गुम्बा र पानीघट्टजस्तो पानीले घुमाउने मानेहरू छन् । तार्केघ्याङबाट सूर्य हिमाल अत्यन्तै राम्रो देखिन्छ ।

हेलम्बु तिब्बतीयन संस्कृतिबाट प्रभावित छ । लेक भएकाले राजधानीमा प्रचण्डगर्मी भए पनि यहाँ सिरक ओढेर सुत्नुपर्छ । दुईवटा राम्रा होटल छन् । भर्खरै होमस्टेको पनि सुरु भएको छ । यहाँ नेपालीदेखि विदेशी सबै प्रकारका खानेकुरा र पेय पदार्थ पाइन्छ । ननभेज भने यहाँ पनि पाइँदैन ।
सिजनका बेला स्याउ हेलम्बुबाट ल्याउन सकिने मुख्य कोसेली हो । अन्य समयमा भने छुर्पी, टिमुर, अर्गानिक आलु तथा स्थानीय काठबाट बनेका घर सजावटका सामग्री ल्याउन सकिन्छ ।

रामेछाप

नेपाली संस्कृति नजिकबाट हेर्न चाहने पर्यटकका लागि रामेछापको नुम्बुर चिज सर्किट उपयुक्त छ । करिब १५ दिनको यो सर्किट पूरा गर्दा शेर्पा संस्कृति, भर्खरै सुरु भएको होमस्टे र इको क्याम्पियनको अनुभव सँगाल्न सकिन्छ । यो क्षेत्रमा पदयात्रा गर्नका लागि सेप्टेम्बरदेखि डिसेम्बरसम्म उपयुक्त मौसम हो । सर्किट पूरा गर्न काठमाडौंबाट ९ घन्टाको बस यात्रा गरेर जिरी शिवालय पुग्नुपर्छ । त्यहाँबाट पदयात्रा सुरु हुन्छ ।

जिरी

काठमाडौंबाट ६ घन्टाको बस यात्राबाट जिरी पुग्न सकिन्छ । स्विस सरकारले जिरीको भू–बनोट आºनो देशको जस्तै लागेर यहाको विकासमा लामो समयदेखि सहयोग गर्दै आएको छ । स्विस सरकारको सहयोगमा सञ्चालित जिरी बहुउद्देश्यीय विकास परियोजनाले कृषि सडक, शिक्षा तथा ग्रामीण विकासका काम गरिरहेको छ ।

मनोरम प्राकृतिक भू–बनोटका कारण जिरीले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न सकेको छ । तामाकोसीको सुसाहट, हरियाली, झरना र ग्रामीण जनजीवनले जिरीलाई अझ सुन्दर बनाएको छ । जिरीलाई सगरमाथाको प्रवेशद्वार पनि मानिन्छ ।

जिरेल तथा शेर्पा जातिको बाहुल्य रहेकोे जिरीमा राम्रा होटल तथा लज छन् । चैत-वैशाखमा गुराँसले राताम्य हुने बाटो पुस माघमा हिउँले पुरिन्छ ।

सिन्धुलीगढी

काठमाडौंबाट एकदिनको यात्राबाट सिन्धुलीगढी पुग्न सकिन्छ । यो नयाँ पर्यटकीय गन्तव्य हो । सिन्धुली जिल्लामा पर्ने यो गढी नेपाल अंग्रेज युद्धको जीवन्त दस्ताबेज हो ।

तत्कालीन राजा प्रताप सिंह शाहको पालामा नेपाल सरकारले बेलायती उपनिवेशबाट आºनो भूमि जोगाउन सुरक्षा किल्ला निर्माण गरेको थियो । सिन्धुलीगढीको भ्रमणबाट त्यतिबेला नेपाली योद्धाको युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ ।

४ हजार ६ सय फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ । सिन्धुलीगढी दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक
बनाइएको छ ।

नुवाकोट

काठमाडौंबाट ७२ किलोमिटरको दूरीमा रहेको नुवाकोट प्राकृतिक सुन्दरताको हिसाबले राम्रो छ । पृथ्वीनारायण शाहले निर्माण गरेको ९ तले दरबार नुवाकोटको मुख्य आकर्षण हो । यो दरबारलाई काष्ठकलाको उत्कृष्ट नमुना मानिन्छ । नुवाकोटमा बसोवासका लागि सामान्य व्यवस्था छ । यहाँ करिब दुई दर्जन होटल तथा लज छन् ।

दोलखा

काठमाडौंबाट नजिक रहेको दोलखा स्थापित पर्यटकीय गन्तव्य हो । दोलखा भीमसेन मन्दिर र प्राचीन शैलीको दरबार यहाँका मुख्य आकर्षण हुन् । गौरीशंकर हिमालको पृष्ठभूमिमा अवस्थित चरिकोट बजार पनि निकै सुन्दर लाग्छ । चरिकोटबाट ४ किलोमिटर टाढा रहेको भीमसेन मन्दिर निकै कलात्मक छ । दोलखाका केही टोलले पुरानो नेवारी संस्कृतिलाई पनि जोगाएर राखेका छन् । कुनै बेला भिन्दै राज्यका रूपमा रहेको दोलखा अहिले यातायात तथा खानपानका हिसाबले सुगम पर्यटकीय स्थल बनेको छ ।

दोलखामा पदयात्रा गर्न चाहनेका लागि रोल्वालिङ उपत्यका उपयुक्त छ । चरिकोट हुँदै नागदह पिखुती, सिँगटी, सिमीगाउँ र वेदिङसम्म पदयात्रा गर्न सकिन्छ । त्यस्तै, अर्को पदमार्गअन्तर्गत चरिकोट, जिरी, चेर्दुङ हुँदै थोदुङसम्मको यात्रा गर्न सकिन्छ ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...