व्यवसायसँगै समाजसेवा – Janata Live
  • Wednesday, February 8, 2023

व्यवसायसँगै समाजसेवा

  • जनता लाइभ
  • पुष ०८, २०७५

व्यवसायसँगै समाजसेवा

अहिले सगरमाथा चढ्ने होड नै चलेको छ । अलग–अलग कीर्तिमान कायम गर्न आरोही लागिपरेका बेला निमा दोर्चीले विनागाइड, कुक र पोर्टरको सहयोगविना नै सगरमाथा शिखर चुमे । प्रायः स्वदेशी र विदेशीले गाइडविना सगरमाथा चढेका छैनन् । तर, उनी त्यस्ता सफल आरोही हुन् जो एक्लै सगरमाथा चढे र नयाँ रेकर्ड कायम गरे । श्रमिक नेताका रूपमा चिनिएका उनी अहिले ट्रेकिङ कम्पनी चलाउँछन् । द एक्सपिडिक्स लिमिटेडका प्रबन्ध निर्देशक शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो युवा टिम लिडरसमेत हुन् ।

संखुवासभाको मकालु–४ का स्थायी बासिन्दा हाल काठमाडौं बस्दै आएका छन् ।
गाइडविना चढ्ने मात्र होइन, उनले अन्य रेकर्ड पनि कायम गरेका छन् । उनले पहिलोपटक सगरमाथा चुचुरोमा अन्तर्राष्ट्रिय श्रम–संगठन (आइएलओ) को झन्डा फहराए । यसलाई आइएलओले ठूलो गौरवका रूपमा लिएको छ । युवा आरोही शेर्पाले काठमाडौंबाट हिँडेको १४ दिनको छोटो अविधिमै सगरमाथा चढेका थिए । सगरमाथा चढ्ने औसत एक महिना लाग्ने भए पनि उनले दुई सातामै सफल आरोहण गरे ।

आरोहीले सगरमाथा चुम्न निकै मिहिनेत गर्नुपर्छ । मानसिकदेखि शारीरिक अभ्यास जरुरी हुन्छ । धेरैले १५ दिनअघि नै सगरमाथा बेसक्याम्प पुगेर आरोहण अभ्यास गर्छन् । शरीरलाई चिसो सहन सक्ने बनाउन उनीहरू व्यायाम गर्छन् । पर्याप्त अभ्यासपछि मौसम अनुकूल पारेर आरोहण सुरु हुन्छ ।

त्यसपछि गाइड, कुक, भरियाका साथ आरोहण आरम्भ हुन्छ । उनी त्यस्ता आरोही परे जसलाई अरूको सहयोग नै चाहिएन । उनी हिमाल चढेर नाम कमाउने, ट्रेकिङ व्यवसायबाट दाम कमाउने मात्र नभई गरिब दुःखीको सेवामा पनि उत्तिकै सक्रिय छन् । जनजातिको पहिचान र अधिकारका लागि उनी कटिबद्ध छन् ।

हिमाल चढेर नाम कमाउने, ट्रेकिङ व्यवसायबाट दाम कमाउने मात्र नभई गरीब दुःखीको सेवामा पनि उत्तिकै सक्रिय छन् । जनजातिको पहिचान र अधिकारका लागि उनी कटिवद्ध छन् 

हङकङमा बस्दै आएका शेर्पा विभिन्न सामाजिक संस्थामा पनि संलग्न छन् । इन्डिसेन्ट संस्थाका अवैतनिक सदस्य शेर्पा नेपाल आदिवासी जनजाति महासंघ हङकङका महासचिव छन् । शेर्पा किदुक हङकङको उपाध्यक्ष रहेका उनी त्यहाँ हुने हरेक सामाजिक गतिविधिमा सक्रिय छन् ।

व्यवसायमा सफल र विफल हुने एउटा चक्र हो । असफल भएँ भनेर आत्तिने र राम्रो गरेँ भने मात्तिने वर्गमा उनी पर्दैन । व्यवसाय सुरु गर्नु मात्र ठूलो कुरा होइन, त्यसलाई व्यवसायीकरण गर्नु महत्वपूर्ण पक्ष ठान्ने उनी कलिलै उमेरमा पर्यटन व्यवसायमा लागेको बताउँछन् । धैर्यता अर्को कडी हो व्यवसायमा । कैयौँपटक काममा असफल हुँदा पनि कहिल्यै हरेस खाएनन् । ‘सिक्दै गएँ, निरास नभई काम गर्दै जाँदा यस अवस्थामा पुगेँ, अहिले खुसी लाग्छ । सायद यही नै सफलता हो कि ?’ उनी भन्छन्, ‘मुलुकको अर्थतन्त्रको मेरुदण्ड भनेको पर्यटन क्षेत्र हो । त्यसको विकास र प्रवद्र्धनबाट मात्र मुलुकले आर्थिक उन्नति गर्न सक्ने मान्यता लिएर मैले पर्यटन व्यवसायमा हात हालेँ ।

यसैलाई निरन्तरता दिने सोच छ ।’ मुलुकमा भइरहने बन्द–हडतालले उनलाई निकै दुःखी तुत्याउँछ । मुलुकको आर्थिक उन्नति र विकास अहिलेको आवश्यकता हो । त्यसो भएमा मात्र समृद्ध नेपालको कल्पना गर्न सकिन्छ ।

पर्यटन प्रवद्र्धनका सही नीति बन्ने हो भने धेरै पर्यटक ल्याउन सकिन्छ । तर, सरकारले सहरी पर्यटन क्षेत्रको विकासबाहेक ओझेलमा परेका क्षेत्रको खोज र ग्रामीण पाखा, पर्वत, खोलानालाको पहिचान दिने र त ठाउँमा पर्यटक लैजाने कुनै प्याकेज छैन ।

मैले त्यस्ता धेरै स्थल देखेको छु । जुन विदेश पर्यटका लागि गन्तव्यस्थल बन्न सक्छ । तिनको सही पहिचानका लागि न सरकारी क्षेत्र जागेको छ न त निजीले नै, कुनै चासो दिएको छैन । उनको योजना छ– ‘ओझेलमा परेका नयाँ पर्यटकीय गन्तव्य पहिल्याउने ।’

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...