टिस्टाजस्तै आदर्श र सिर्जनात्मक जीवन – Janata Live
  • Sunday, February 5, 2023

टिस्टाजस्तै आदर्श र सिर्जनात्मक जीवन

  • रमेश शुभेच्छु
  • पुष ०७, २०७५

टिस्टाजस्तै आदर्श र सिर्जनात्मक जीवन

चार वर्षपछि म त्यो घटनाको अर्थ बुझिरहेछु । तिनीहरूले पकाएको खीर हाम्रो ‘जीवन’ जस्तो रहेछ: जीवनलाई यसरी यो बाँच्नुपर्ने, जीवनलाई उसरी यो काममा लगाउनुपर्ने, प्रयोग गर्नुपर्ने भन्ने थुप्रै–थुप्रै आदर्शहरू हाम्रा मनभरि छन् तर साँच्चैमा बाँच्दाका भूल, अपुग र भत्कोसहरूले नछोड्ने हाम्रो यो यथार्थ जीवन तिनीहरूकै खीरजस्तो भइरहन्छ । जुन तिनीहरूले कुरा गरेको आदर्श खीरको व्यङ्ग्य जस्तो मात्र थियो ।

जीवन के टिस्टा जस्तो नहोला जुन जहाँ जसरी बगे पनि आदर्श नै छ ? (कथास्था, खीर) इन्द्रबहादुर राई अब कृतिमा मात्रै बाँचेका छन् । उनी लेख्थे तर उनका बारे लेख्न त्यति सजिलो छैन । उनको जीवनी मात्र लेखे पनि प्रेरक छ । भाषा आन्दोलनको नेतृत्व सामथ्र्य लेखे पनि पर्याप्त छ । साहित्यका नयाँनयाँ आफैँलाई जित्ने आन्दोलन र प्रयोगको कुरा गर्दा पनि लामै शोध बन्छ । आख्यानकार मात्र लेखे पनि पुग्छ । उपन्यासकार मात्र लेखे पनि पुग्छ । कथाकार मात्र लेखे पनि पुग्छ । समालोचक मात्र लेखे पनि असाध्य छ । सम्पादक र अनुसन्धाता व्यक्तित्व पनि उत्रै पहाड छ । उनका भाषा आन्दोलन र जातीय जागरणबारे लेख्ने बाटो नभेटाएरै खीर कथाको उक्त अंशलाई साभार गरिएको हो ।

खीर’ कथाको उक्त अंशले भन्छ : मजदुरहरूले बल्ल बल्ल दुध, चामल, चिनी, मसला आदि किनेर पकाएको खीर पनि भनेजस्तो बनिदिँदैन । दुध र भात जस्तो मात्र भइदिन्छ । हाम्रो जीवन पनि त्यही खीर जस्तो छ । हो राईको जीवन पनि त्यही खीर जस्तो बनेर बित्यो । उनले भूल गरेनन् उनलाई नेपाली समाजले सम्मान पनि ग¥यो, उनका जीवनमा उति भत्कोस पनि देखिएन तर उनकै खीरजस्तो । उनी प्रज्ञा नपसीकनै प्राज्ञ, नेपालको नागरिकता नपाइकनै नेपाली, झन्डा नबोकीकनै नेपाली जातीय अधिकारका योद्धा, होचो कदमै अग्लो मान्छे । अंग्रेजी पढेर पढाएर, हिन्दी समाजमा बसेर, मातृभाषा राईभाषा छातीमै दबाएर नेपाली जातिलाई महाजाति बनाउने अभियानका अभियन्ता । नेपाली भाषालाई विश्वभाषा बनाउने दूत । साहित्य र बौद्धिकताको सम्बन्ध सेतु । प्रयोगमै सरलता र सरलामै प्रयोग गर्न सक्ने हस्ताक्षर । अवैतनिक साँस्कृतिक दूत, अवैतनिक शैक्षिक दूत, अवैतनिक जातीय दूत साझा नेपाली संस्कृति निर्माणमा कृतसङ्कल्पित लौहपुरुष ।

२०७४ फागुन २२ को साँझमा यी लौहपुरुषले हामीलाई छोडेर गए दार्जिलिङ लोचननगरस्थित आफ्नै निवासमा आँखा चिम्लिए ९१ वर्षका उमेरमा । वि.सं. १९८४ माघ १७ गते दार्र्जििलङको खर्साङमा बाबु रणवीर राई र आमा हस्तमाया देवानको सुपुत्रका रूपमा जन्मिएका राई निम्न आय भएको परिवारमा जन्मेका थिए । उनका जीवनका घामपानीको उपन्यास लेखे पनि हुन्छ । अप्ठ्यारो परिस्थितिबाट पढाइलाई भने उनले महत्व दिइराखे । समयानुकूल अंग्रेजी साहित्यमा स्नातकोत्तर पूरा गरे । इज्जतिलो पेसा प्राध्यापनमा लागे र जीवन चलाए । उनको जीवनलाई उनकै आयाम सूत्रमा उन्न कठिन छ ।

नेपाली साहित्यमा राईको उपस्थिति प्रारम्भिक लेखनदेखिनै सशक्त बन्यो । राईको पहिलो पुस्तक विपना कतिपय हो । यो सन् १९६१ मा प्रकाशन भएको हो । उनको यस कृतिले नै साहित्यमा राम्रो प्रभाव पा¥यो । राईले आफ्नो सिर्जनात्मक प्रभाव क्षेत्रका रूपमा व्यापक क्षेत्रलाई समेटेका छन् प्रेमचन्द, रविन्द्रनाथ टैगोर उनका स्थानीय प्रेरक पात्र हुन् । समरसेट ममको प्रभाव पनि उनमा छ । उनको पहिलो कथा ‘रातभरि हुरी चल्यो’ लाई मानिन्छ । यो कथाको सान्दर्भिकता अहिले पनि त्यत्तिकै छ । यस कथालाई नेपालको पाठ्यक्रमले दश जोड दुईका छात्रछात्रालाई पढाइरहेको छ । यस कथाको प्रकाशनपूर्व नै उनले थुप्रै नेपथ्य साधना गरिसकेको अनुमान गर्न सकिन्छ । त्यो अनुमान गर्ने एउटा आधार उनको चाख लाग्दो हुनु कसरी (भारती,१–२ सन् १९४९) शीर्षकको रचना पनि हो ।

नेपाली साहित्यमा ईश्वर बल्लभ र वैरागी काइँलासँग मिलेर दार्जिलिङ सरकारी महाविद्यालय पढ्दा सन् १९६३ मा नेपाली साहित्यमा तेस्रो आयाम आन्दोलन सुरु गरेका थिए । त्यसको प्रभाव नेपाली साहित्य जगत्मा व्यापक छ । यसलाई राईले पाश्चात्य किलाकाँटामा नेपालीपन दिएका थिए । यसको पनि सूत्रात्मक संकेत मात्र गरुँ । पछिल्ला दिनमा राईले आफूलाई लीलालेखन अभियानमा केन्द्रित गरे । लीलालेखनको प्रथम आधारकृतिका रूपमा उनको ‘कठपुतलीको मन’ कथासंग्रहलाई लिइन्छ । यस कृतिलाई नेपाली साहित्यमा उत्तरआधुनिकताको प्रारम्भ विन्दु मानिएको छ । उनले ‘नेपाली उपन्यासका आधारहरू’ समालोचना कृतिका लागि सन् १९७५ को साहित्य अकाद्मी पुरस्कार प्राप्त गरे । यो पुरस्कार भारतको गौरवमय पुरस्कार हो ।

राईले निबन्ध लेखे पनि उनको सिर्जनाको मूल विधा कथा नै हो । उनले साधारण विषयवस्तुलाई फरक फरक प्रयोग गरेर कथा सिर्जनालाई अगाडि बढाए । उनका कथा प्रयोगवादी भइकन पनि सरल र सरल भइकन पनि प्रयोगशील छन् । राईका कथासङ्ग्रहहरू विपना कतिपय (२०१८), कथास्था (सन् १९७२), कठपुतलीको मन (सन् १९८९) उल्लेख्य छन् । यिनै संग्रहबाट उनको प्रतिनिधिमूलक संग्रह पनि प्रकाशित छ । यी कथाकृतिबाट राईले भारतीय नेपाली कथाकारहरू अच्छा राई रसिक, शिवकुमार राई, रुपनारायण सिंह आदिले अगाडि बढाइराखेको परम्परित कथा यात्रामा सामाजिक चेतनासहितका चरित्रप्रधान कथा रचना गर्ने नयाँ परम्परा थाले । विस्तारै उनको कथा सिर्जनयात्रा आयामेली चिन्तनअनुरुप अगाडि बढ्यो । उनका आयामिक कथाहरूले कथ्य र शैली दुबै दृष्टिमा फरक आयामको खोजी गरेको देखिन्छ । जीवनलाई डल्लै लेखिनुपर्छ भन्ने राईका कथा यात्राको यस प्रवृत्तिलाई उनका कथास्था कृतिका ३० वटा कथाहरूले प्रतिनिधित्व गर्छन् । परम्परामुक्त कथावस्तु, परम्परामुक्त दृष्टिविन्दु, फरक किसिमको समय संयोजन, अनुभूतिको वस्तुतामा अभिव्यक्ति, अमूर्तता, नयाँ विम्ब र प्रतीकको प्रयोग, चिद्वैषम्य (साइनेस्थेसिया) को र प्राक्सन्दर्भ (एल्युसिवन)को प्रासंगिक प्रयोग पाइन्छ । उनको भाषिक शैली र विचलन पनि त्यत्तिकै नवीन र प्रयोगशील लाग्छ । उनको यसै प्रवृत्तिको प्रभाव ईश्वर बरालका र वैरागी काइँलाका कवितामा पनि देखिन्छ र ती नेपाली कविता परम्परामा प्रयोगशील कविताका रूपमा पढिन्छन् । यसको दार्शनिक आधार पाश्चात्य मुलुकको ‘क्युविज्म’ भए पनि राईले पर्याप्त मात्रामा मौलिक उपयोग गर्न सकेका छन् । यो मौलिक प्रयोगले नेपाली साहित्यलाई समृद्ध तुल्याएको छ ।

राईले निबन्ध लेखे पनि उनको सिर्जनाको मूल विधा कथा नै हो । उनले साधारण विषयवस्तुलाई फरक फरक प्रयोग गरेर कथा सिर्जनालाई अगाडि बढाए । उनका कथा प्रयोगवादी भइकन पनि सरल र सरल भइकन पनि प्रयोगशील छन् । राईका कथासङ्ग्रहहरू विपना कतिपय (२०१८), कथास्था (सन् १९७२), कठपुतलीको मन (सन् १९८९) उल्लेख्य छन् ।

राईले जति कथाकृति प्रकाशन गरे त्यति आफैमाथिको विजय गर्दे अगाडि बढे । क्रमशः प्रयोगशील बनिरहे । उनको चिन्तनको दायरा फराकिलो र कथा सिर्जनामा फरक बान्की दिन सफल बनिरह्यो । उनले पाश्चात्य जगत्मा चर्चामा रहेको डिकन्ट्रक्सन (विनिर्माण) चिन्तनलाई पूर्वीय सन्दर्भमा पूर्वीय महाभारतीय पात्र कृष्णको रासलीलाबाट अर्थक्षेपण गरी ‘सर्वे सर्वायवाचका’ अर्थात् सबै सबै अर्थका वाचक भन्ने सिद्धान्तलाई आफ्ना कथा सिर्जनाको आधार बनाए । उनका यस किसिमका कथाहरूको प्रतिनिधित्व कठपुतलीको मन कथासंग्रहले गरेको छ । यस चिन्तनमा जीवन विरोधी प्रवृत्तिबाट मुक्ति खोजिएको देखिन्छ । उनका ‘रातभरि हुरी चल्यो’, ‘ब्ल्याक आउट काजु बदाम, छोरा’, ‘कठपुतलीको मन’ आदि कथाले यस लेखले उठाउन खोजेका सूत्रात्मक प्रवृत्तिको प्रतिनिधित्व गरेका छन् । त्यसो त उनका कथालाई पूर्वीय पाश्चात्य बहुल चिन्तनका कोणबाट अध्ययन गर्न सकिने ठाउँ छँदैछ ।

राईले धेरै उपन्यास लेखेनन् । कविता लेख्नेले आफ्नो सिर्जनात्मक सिद्धि काव्य महाकाव्यमा देखाएजस्तै राईले महाआख्यान उपन्याससम्मको यात्रा गरे । आज रमिता छ (सन् १९६४) उनको उल्लेख्य उपन्यास हो । यस उपन्यासको सिर्जना निकै लामो नेपथ्य साधनाबाट भएको र परम्परामा केही नयाँ बनाएर मात्र बाहिर ल्याएको अनुमान गर्न सकिन्छ । उनले उपन्यासको भूमिकामा भनेका छन् :

मलाई मेरा मुख्य पात्रहरू–जनक, भूदेव, एमके, रवि आदिको आविष्कार गर्नमा धेरै महिना लाग्यो । जनक बनाउँदा मैले मेरा धेरै परिचितहरूका गुण–अवगुणको म.स.अ म.स.अ निकालेर बनाएँ । एमके बनाउँदा तीनजना गाल्नु प¥यो । खगप्रसादलाई मैले ५४ सालको हिउँदोमा झापादेखि उताको दमक बजारमा चैनपुरे दमाईंकहाँ भेटेको थिएँ । ऊ त्यहाँ त्यही दिन धनकुटा फर्कन लाग्दा झोला सिलाउन आएको थियो, म बाटोमा सबै लुगाफाटा हराएर कमेज सिलाउन पुगेको थिएँ । दुवैलाई हतार थियो तर दमाईं नै थोते उसको मिसिनै थोत्रो हुँदा अलिकति हतारसँग छिटो चलायो कि मिसिनको सियोले नसिलाई दुगुथ्र्यो ! दिनभरि पर्खेर हामीलाई बात मारिरहनै कर लागेको थियो । आफ्ना पात्रहरूको विषयमा लेखकले लेखेको भन्दा बढ्ता कुरा जानेको हुनुपर्छ र मात्रै उसले थोरैमा पनि विश्वास गर्ने गरी भन्न सक्छ । अर्को कुरा मनपरेको व्यक्तिको मात्र कथा लेख्न सकिँदो रहेछ । (भूमिका) यहाँ राईको रचना गर्भ छ । उनी लामो नेपथ्य साधनापछि मात्र सार्वजनिक हुन्थे भन्ने रहस्य उद्घाटित छ । पात्र र परिवेश खोजिरहने उनको बानीको रहस्य खुलेको छ । यस उपन्यासको एमके भन्छ ः

यो जुनिमा त म ‘मान्छे’ हुनै पाइनँ । केटाकेटी उमेरदेखि अलि अलि बढेर रोकिनु प¥यो, कचल्टिएँ । जहिले पनि मलाई ५ रुपैयाँ र १० रुपैयाँकै खाँचो प¥यो., हजार–हजार रुपैयाँ चाहिने हुनै सकिनँ तर अर्को जुनीमा हामी पनि धनी हौँला । दोकानतिर अनेक किसिमका चीजहरू छन्, ती सब चाहिने मान्छे म हुनै सकिनँ । (पृ. ६८)

यस उपन्यासले नेपाल र भारतको दार्जिलिङका तत्कालीन समस्यालाई समेटेको छ । व्यक्तिका जीवनसूत्रहरूबाट समाजको चित्र खिचेको छ । उपन्यास बहुनायक लाग्छ । कमानका कामदारहरू, एमके, यमुना–नामग्येल, धर्मप्रसादजस्ता पात्रबाट क्रमशः मजदूर वर्ग, निम्नमध्यम वर्ग, उच्च वर्ग, सामन्त वर्ग आदिको प्रतिनिधित्व गराइएको छ । यस उपन्यासका रवि, हरि र पार्थिवहरूले शिक्षित युवा वर्गको प्रतिनिधित्व गरेका छन् । यहाँ जनकबाट मानवताको पाठ पढाइएको छ । यो एउटै उपन्यासले धेरै पक्ष र पाटालाई समेटेको छ । उपन्यास साँच्चै महाआख्यान बनेर आएको छ । विविध पात्रबाट, फाँटिलो परिवेशबाट, अनेक दर्शन र चिन्तनसूत्रबाट । यसमा अभिव्यक्त धेरै चिन्तन आज पनि उत्तिकै ताजा लाग्छन् :

क) हामी मान्छे त प्रवास पस्यौं–पस्यौं वनको पशु–पन्छीले पनि यसरी स्वदेश छोड्न थाले कति दिन रहन्छ नेपाल ?

ख) मानिस त के झिँगासम्म भेद छ । इन्डियाका झिँगाहरू फोहर खाएर किटाणु सार्ने हुन्छन् तर हाम्रो पहाडको दही–दूधमा खेल्ने भिंगाहरू त्यस्ता होइनन् । 

राई यिनै कृतिहरूमा बाँचेका छन् । उनका चिन्तनहरू यिनै कृतिहरूमा छरिएका छन् । त्यसलाई सिलो गरेर नेपाली जातीय ज्ञानको ग्रहण गर्ने पाठकको अभाव छ आज पनि । जनक सीताको जीवनलाई आधार बनाएर लेखिएको यस उपन्यासले बीचबीचमा अरू पात्रको सक्रियता देखाउँदै अनेक आख्यान चूर्णहरूलाई संयोजन गरेको छ । प्रवासी जीवन, नेपालका दुर्दशा, संगत–विसंगत धारणा, चरित्र, भोगाइ आदिबाट अनेकतालाई समेटिएको छ । यसलाई विसंगतिवादी उपन्यास भनिए पनि यसका बहुआयामको अध्ययन हुन सकेको देखिँदैन । उनका कृतिहरूमध्ये आज रमिता छ उल्लेख्य छ । यस कृतिको शीर्षक प्रतीकात्मक छ । यस उपन्यासको   शीर्षकले समेटेको  रमिता   भनेको मनोरञ्जन, खुसी, रमाइलो होइन । के रमिता हेरेर बसेको ? भन्ने वाक्यमा आएको रमिताको जस्तो अर्थ हो, ‘आज रमिता छ’को रमिता पनि त्यही हो । यो रमितामा विसंगति मिसिएको छ । त्यसैले इन्द्र बहादुर राईको देहावसान पनि नेपाली साहित्यको इतिहासमा एउटा रमिता नै हो ।

सूत्रात्मकरूपमा सपम्झँदा पनि राईको समीक्षक व्यक्तित्व र देनलाई बिर्सनु हुँदैन । उनको सांगठनिक चेतना र प्रयोग चेतनालाई झन बिर्सनु हुँदैन । उनका समीक्षातर्फ १९६१ को नेपाली सरकारी भाषा आन्दोलनका प्रलेखहरू (२०२८), टिपेका टिप्पणीहरू (२०२३), नेपाली उपन्यासका आधारहरू (२०३०), सन्दर्भमा ईश्वरबल्लभका कविता (२०३३) दार्जिलिङमा नेपाली नाटकको अर्धशताब्दी (२०४८), अर्थको पछिल्तिर (२०५०) लीला प्रस्तावना ( २०५९) जस्ता कृति प्रकाशित छन् । उनका सम्पादित कृतिमध्ये भानुभक्तका कृतिअध्ययन (२०२६) भानुभक्तीय अध्ययनको कोसेढुंगो हो । उनी यी कृतिबाट नेपाली साहित्य समीक्षामा पूर्व र पश्चिमका भरपर्दा सेतुका रूपमा देखापर्छन् । उनले गरेका खोज र दिएका मूल्य निर्णयहरू प्रायः अकाट्य छन् र नव नव चिन्तनको स्थापनातर्फ अग्रसर पनि देखिन्छन् ।

उपन्यासको शीर्षकले समेटेको रमिता भनेको मनोरञ्जन, खुसी, रमाइलो होइन । के रमिता हेरेर बसेको ? भन्ने वाक्यमा आएको रमिताको जस्तो अर्थ हो, ‘आज रमिता छ’को रमिता पनि त्यही हो । यो रमितामा विसंगति मिसिएको छ । त्यसैले इन्द्र बहादुर राईको देहावसान पनि नेपाली साहित्यको इतिहासमा एउटा रमिता नै हो ।

राई सादा जीवन र उच्च विचारका हिमायती थिए । उनी लेखन–प्राध्यापनमै रमाए । भाषासाहित्यको सेवामै जीवन समर्पण गरे । उनी लेखनमा स्थापित हुन खोज्दै गर्दा पश्चिमा साहित्यमा संरचनावाद, विम्बवाद, प्रतीकवाद, घनत्ववादजस्ता साहित्यिक सिद्धान्तहरू प्रचलनमा थिए । यता पूर्वतिर वक्रोक्ति, रीतिका पुराना शैली छँदै थिए । दुवै पक्षको अध्ययन गरेरै उनको आयामिक चिन्तन र लीला चिन्तन आएको देखिन्छ । यसको सूक्ष्म अध्ययन अर्कै विषय बन्न सक्छ ।

राई नेपालीमा केही मौलिकता खोजिरहेका थिए सन् १९७० पछि पश्चिममा उत्तरआधुनिकता चर्चामा रहेका बेला त्यसलाई जस्ताको तस्तै नल्याई पूर्वका जीवनलाई भ्रम ठान्ने दर्शन र उत्तरआधुनिकताको संयोजन गरी लीलालेखनलाई मौलिक दर्शनका रूपमा स्थापित गर्न खोजे र सफल पनि भए । अब यस विषयमा पनि बहस हुन आवश्यक छ । यो नेपाली साहित्यको दायरा फराकिलो बनाउन गरेको प्रयत्न हो भन्न सकिन्छ । उनले दैहिक र आत्मिक जीवनले समष्टिमा निर्माण गर्ने अस्तित्वलाई केन्द्रमा राखेर लेखे । अस्तित्वको जगमा उभिएर लेखनको तेस्रो आयाम सुरु गरेर उत्तरोत्तर चिन्तनको विकास गर्दै र आफैंलाई उछिन्दै नेपाली सिर्जनालाई बलियो बनाए । सधैं अध्ययनशील सर्जकले केही नयाँ दिन सक्छन् उनले त्यही दिए ।

राईको शिक्षा सेवा पनि नेपालको शैक्षिक इतिहाससँग जोडिएको छ । उनी इलामको करफोक विद्यामन्दिरका पूर्व प्रधानाध्यापक पनि हुन् । उनकै सक्रियतामा इलाममा लेखनाथ पौडेल, बालकृष्ण सम, देवकोटासम्मका लेखकको सम्मेलन इलामको करफोकमा २००९ सालमा भएको थियो । उनकै सक्रियतामा भारतीय संविधानमा नेपाली भाषा आठौँ अनुसूचीमा सूचिकृत भएको थियो । उनलाई सम्झने अनेक आधारहरू छन् । यो एउटा लेखमा हार्दिक सम्झना र हार्दिक श्रद्धाञ्जलीबाहेक केही भन्न सकिँदैन । भाषासेवी, साहित्यसेवी, शिक्षासेवी एवम् नेपाली जातीय जागरणका अग्रगन्य अग्रज राई प्रति भावपूर्ण श्रद्धाञ्जली । उनको जीवन टिस्टा जस्तै बग्यो उनकै स्वप्नदृष्टि जस्तै ।

Loading...
Loading...
Loading...

गौतम बुद्धका उत्कृस्ट प्रेरक भनाइ र उपदेशहरू

जिन्दगीमा मौका दिनेवालालाई धोका र धोका दिनेवालालाई मौका कहिले पनि नदिनु आफ्नो दुःख कसैलाई पनि नभन्नु किनकि सबैजना तपाइँसँग खुसी...

ज्याक माका सफलताका १० सुत्र

ज्याक मा अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान ‘ज्याक मा’ एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनले ‘वाण्डा ग्प’का रुवाङ्ग...