इन्द्रबहादुर राई दिमागमा लुखुर–लुखुर – Janata Live
  • Sunday, February 5, 2023

इन्द्रबहादुर राई दिमागमा लुखुर–लुखुर

  • रवि रोदन
  • पुष ०७, २०७५

इन्द्रबहादुर राई दिमागमा लुखुर–लुखुर

एक रास लुगा उनले धुनलाई अह्राएकी छन् । बेलुकीको खान खाइसकेपछि उनले मायालु भाकामा भनिन्, ‘नानु त्यति लुगा फाटो धोएर मात्र सुत्नुहोस् है ।’ म यता सिरियाको युद्धलाई लिएर धेरै दिनदेखि विचलित पनि छु । प्रतिरोधमा युद्ध र कविता गर्ने सनक  चलेर राजालाई यसपालीको पन्ध्रौं कफी कविता सिरियाको युद्धमा बेकसुर मारिएकाहरूको पक्षमा गरौं भनें, मनोजलाई काफरे अमेरिकामाथि चर्चा गरौं भनें । यता एल. बी. बस्नेतको कथा संग्रह फाइनल गरेर प्रेसमा झट्टै पुर्याउनुपर्ने भूमिका लेखेकै छैन  । चकमन्न छ रात । कता कता कुकुरहरू भुकिरहेको । चिसो हल्का हावा बग्दै गरेको आभाष पनि गर्दैछु । कम्प्युटरअघि लाटकोसेरोजस्तो बसेर किबोर्डको टाउकोमा पटकपटक औंलाहरूले ठोकिरहेछु । निकै भंयकर मान्छेजस्तो । जो विचारको दास भएर आफ्नो सुन्दै सुन्दैन । आफ्नै विचारको कैदी म । गाजङ–गिजिङ दिमागले काम गर्न नसक्ने अवस्थामा छु । दिनभरिको  मास्टरीपछि घर–गृहस्थी संभालेर छोराछोरी–बुढियालाई  खाना खुवाएपछि म यसरी रात–रातभरि बसेर आफूले प्रारम्भ गरेको  प्रकाशनसित सम्बन्धित काम कुरो गर्नु बस्छु ।

घरिघरि फेसबुक कि वाट्सएपतिर पनि साथी भाइहरूसित इतरिनु भलाकुसारी गर्नु निहुँ खोज्नु चटक्क के–के लेखी पनि हाल्छु । इन्द्रबहादुर राई दिमागमा लुखुर लुखुर हिँडिरहेछ । एक रास लुगा वासिङ मेसिनमा लाएपछि म कफी पिउँदै डेक्सटपअघि बसेको छु । घरिघरि बुढिया कोठाबाट निद्रामै कराउँदैछिन्, ‘पापा सक्नुभएन ?’ ‘छिटो आएर सुत्नुहोस् है ।’ राजाले तलबाट आफैं कल ग¥यो, ‘औ रवि के छ  ?’ ….‘सुन्यौ  ?’ ‘सुन्दैछु भन न के भनेको ?’ ‘हैट मोरा खबर सुन्यौ ?’ ‘के भो ?’ ‘इबरा खसेछन् नि, विचारा !’ ‘इन्द्रबहादुर राई ?’  ‘अँ नि !’ ‘स्टेटस हाल लु । कफी कवितामा भेटुम्’  यति भनेर राजाले फोन सम्पर्क चुँडायो । मैले फेसबुकमा हुने कलेजकी छात्रालाई म्यासेज गरें । समाजिक संजालभरि इबरालाई श्रद्घाञ्जली दिनेहरूको ताँती । इन्द्रबहादुर बित्नु एउटा युगको अन्त हो । नेपाली साहित्यका मुर्धन्य हस्ती दार्जिलिङले गुमायो । एउटा युग सकियो । स्कुलमा छँदा शिवकुमार राईको फ्रन्टियरले जति प्रभावित पार्यो मलाई उत्तिकै इन्द्रबहादुरको जयमाया लिखापानी आइपुगी र रातभरि हुरी चल्योले दिलो दिमागमा एउटा आलो कथालाई कहिले मर्न दिएन ।  नेपाली समाजको भोगाई समाजिक कथाहरू । इबराले जीवन र जगतलाई आफ्ना कथाहरूमा दर्साउन खोजेका हुन् । सन् १९५८ तिर इबराले उपन्यास लेखे, ‘आज रमिता छ ।’म्याथु आर्नल्डको किताब पढेपछि इबरा खुब प्रभावित भएका थिए । भनौं उनलाई साहित्यिक कुराहरूमा चासो बढाउने कुरा  पश्चिमी साहित्यका पुस्तकहरू पढ्दै जाँदा भएको हो  । अंग्रेजी र हिन्दी साहित्यको ठेली–ठेली पुस्तक पढे  । लाइब्रेरीमा पसेर दुई ठेली किताब पढे इबराले  । एक ठेलीमा एक सय कथाहरू । खुब पढे यिनले कथाहरू र त्यसपछि लेखे, ‘विपना कतिपय ।’ लेखकको अन्तरवार्ता र पुस्तकहरू खोजी खोजी पढे इबराले ।

इबराको दोस्ती, प्रयोग र तेस्रो आयाम

यसरी दार्जिलिङमा उपन्यास, कथा लेखेर उनी हिरो लेखक भए । तीनताक ईश्वर बल्लभ, बैरागी काइँलाहरू पश्चिमी साहित्य र  लेखकहरूबाट खुबै प्रभावित भएका थिए । ठेली ठेली पुस्तकहरू पढ्दै थिए । नेपाली साहित्यमा केही छुट्टै गर्न चाहान्थे । यी तीनैजनाको भेट दार्जिलिङमा भयो । वैचारिकरूपले यी त्रीरत्नले नेपाली साहित्यलाई एउटा छुट्टै आयाम दिन खोजे । सररर पढेर बुझ्ने साहित्यमा पाठकले गहरिएर खोतल्ने कुरा नहुँदा ती साहित्य च्याप्टो र बौद्धिकरूपमा कमजोर भएको भेटाए इबरा र उनका दुई साहित्यिक बन्धुहरूले । लेखाइमा पुरा तीन आयाम हुनुपर्ने तर्कहरू राखियो । घोत्लियो ।

तीनताक ईश्वर बल्लभ, बैरागी काइँलाहरू पश्चिमी साहित्य र  लेखकहरूबाट खुबै प्रभावित भएका थिए । ठेलीठेली पुस्तकहरू पढ्दै थिए । नेपाली साहित्यमा केही छुट्टै गर्न चाहन्थे । यी तीनैजनाको भेट दार्जिलिङमा भयो । वैचारिकरूपले यी त्रीरत्नले नेपाली साहित्यलाई एउटा छुट्टै आयाम दिन खोजे । सररर पढेर बुझ्ने साहित्यमा पाठकले गहिरिएर खोतल्ने कुरा नहुँदा ती साहित्य च्याप्टो र बौद्धिकरूपमा कमजोर भएको भेटाए इबरा र उनका दुई साहित्यिक बन्धुहरूले । लेखाइमा पूरा तीन आयाम हुनुपर्ने तर्कहरू राखियो ।

तेस्रो आयामले कुनै पनि वस्तुको लम्बाइ, चौडाइ÷गहराइ र घनत्वबारे बोध गराउँछ  । लेखनमा पनि यही कुरा हुनुपर्छ भन्ने सोचमा तेस्रो आयाम भित्रियो । समयको आयाम पनि थपेर चौथो आयम पनि लेख्नुपर्ने कुराहरू गर्न थाले इबरा र बैरागी काइँलाहरू । बैरागी काइँलाले यसै प्रयोगमा मातेको मान्छेको भाषणःमध्यरातपछिको सडकसित, ईश्वर बल्लभले आयतनमा एक टुक्रा जिन्दगी र इबराले कथा लेखे– ब्ल्याक आउट, काजु बदाम र छोरा । आयमिक कविताहरू लेखिन थालियो । वैचारिक गहनता भएको लेखनको प्रारम्भ भयो । तेस्रो आयाम बुझ्ने पाठकहरूको जमात कम थियो । सेलेक्टेड पाठकले डाइमेन्सन्ल लेख रूचाए पनि होलान् । यता दार्जिलिङमा इन्द्रबहादुर राईले यसो गरेर भारतीय साहित्यलाई निकै माथि पुर्याउने काम गरे ।

साहित्यको शिखर पुरूष ठहरिए । साहित्यक कृतिको घनत्व होस् भनी तेस्रो आयाममा काम गरिन थालियो । पछिबाट लीला लेखनमा पनि इबराले काम गर्ने सोचे  । माक्र्सवादमाथि आलोचना गरे । साहित्यमा यस्ता प्रयोग हुनु राम्रो ठान्छु म  । तर सिद्धान्तवादी भएर त्यही मात्र ठीक भएको अरु ठीक होइन भन्नुलाई पचाउँदिन । युवा पुस्ताहरूमा राजा र मनोज बोगटीहरूले इबराको खोइरो खनेर पत्रपत्रिकातिर लेखे भनेर धेरै लेखकहरूले मन दुखाए । म इबरालाई पढ्न नेपालबाट प्रकाशित हुने पाण्डुलिपी किन्न कालेबुङ पुगे । मिथ इन्द्रबहादुर राईः कति सत्य, कति भ्रम ? यस शीर्षकमा राजाले लेखेका रहेछन् भने मनोजले इबरालाई लिएर कुरा कोलाज गरेका रहेछन् प्रश्नहरू पनि सोधेका रहेछन् ।

युवा पुस्ताले इबरालाई पढेर साहित्य बुझेका र सिखेका हुन् । साहित्यिक चेतना देखिनु पनि अत्यन्त आवश्यक छ । भारतीय नेपाली साहित्यमा केही छुटेको मिसिङ भएको कुरा युवा पुस्ताले पछिबाट थाहा गरेका हुन् । भारतमा बसोबास गर्ने गोर्खा बहुलले आफ्नो चिनारीलाई लिएर जुन संघर्ष गरिरहेका छन्, श्रमिकहरूले पाउनुपर्ने अधिकारमाथिको हननमा इबराले प्रयोगमा ल्याएको साहित्य साइलेन्ट भएको कुरा उठेको हो । यसअघि गुमानसिंह चामलिङहरूले तेस्रो आयामका कुराहरूको अगेन्स्टमै लेखेका हुन् । साहित्यमा वाद आएपछि त्यसको पक्ष र विपक्षमा बहस अन्तरक्रिया हुनु अति आवश्यक पनि छ । सो भयो र हुँदैछ । यसो हुँदा आउने युवा पुस्तामा यसबारे खुल्दुली हुनु खोजी हुनु र यसको दुवै पक्षमा बोलिनुलाई नेपाली साहित्यको निम्ति एउटा राम्रो कुरा मान्न सकिन्छ ।

मलाई यतिखेर एउटा सम्झना आउँछ ब्रिटिसकालमा भारतीयलाई पढ्ने छुट थिएन शिक्षा सम्बन्धीबारे । तर केही अंग्रेज शिक्षकहरू चाहान्थे उनीहरूले पढून् र आन्दोलित बनुन् । पछि भयो पनि  । नमिलेका नबुझेका कुराहरूमाथि बहस पनि हुनुपर्ने देखिन्छ । इन्द्रबहादुरहरूले लेखेको साहित्यमा यस्ता बहस हुन जरूरी पनि थियो । केही सचेत युवा पुस्ताले तेस्रो आयाम र लीला लेखनलाई उति महत्व दिन चाहेनन् । इबराले तेस्रो आयामलाई सम्पूर्णता भनी बताए पनि यी केही अटेरी कविहरूले अपूर्ण र लीला लेखनलाई  भ्रमात्मक बताए । जीवन र जगत्लाई छर्लंग देखाउन नसकेका कुरा पनि गरे । दुख र पीडामा हुनेहरूको पक्षमा इबरा मौन रहेको कुरा गरे । प्रयोग भनेको बालुवामाथि टेकेका पाइतालाका छापहरू जस्तै हो, कुनै रहन्छ कुनै मेटिन्छन् ।  इबराले गरेको साहित्यक प्रयोग तर मेटिने होइन,भारतीय नेपाली साहित्यमा अजर अमर भएको छ ।

इन्द्रबहादुर राई, कवि सुधिर छेत्री र कथाकार संजय बिष्ट र गीतकार पराजुलीको चारवटा किताब एकसाथ हुने विमोचन कार्यक्रममा उमेश उपमाले मलाई कालेबुङ बोलाएका थिए । इबराको दर्शन पाउने रहर थियो साथै किताब पाउने उत्कट इच्छा थियो । म पुगें विमोचनमा । तर इबरा बिमारीको कारण आउन सकेनन् । उनको किताब र साहित्यमाथिको उनको टिप्पणीबारे अनमोल गुरूङले भिडियो तयार पारेका थिए । इबराले एक पश्चिमी सिद्धान्तलाई साहित्यमा प्रयोग गरेर लाने कुरा त्यहाँ पनि गरे । ज्योफ्री चिउको जुत्ताको लेस  सिद्धान्त ‘बुट स्ट्राप थ्योरी’ लाई नेपाली साहित्यमा अझ पनि ल्याउन नसकेका कुरा इबराले त्यहाँ राँखे ।

पहिला जसरी एउटा हवाइजहाज बनाउने कम्पनीले त्यसको सम्पूर्ण पार्टस्हरू  आफैँ तयार पाथ्र्याे र आकाशमा उडाउँथ्यो भने अहिले ती सब एउटा कम्पनीले मात्र नबनाएर अलग अलग कम्पनीहरूले (जस्तैः कसैले चक्का, बल्टु, इत्यादि) बनाउँछन् । त्यस्तै यता हाम्रो साहित्यमा पनि देखा पर्नु अति आवश्यक रहेको कुरा बताए । राजतन्त्रवादी देशहरूमा प्रजातन्त्र आएजस्तो नेपाली साहित्यमा प्रजातन्त्रवादी विचारधारा भित्रिनुपर्ने इबराको अडान हो । लेसलाई जसरी सबै दुलोभित्र हालेपछि जुत्तालाई सही ढंगमा लाउन सकिन्छ ठीक त्यसरी साहित्यमा पनि सब एकै सुरमा लाग्नु पर्ने बताए ।‘सैयौं फूलको एउटा माला’ इबराको साहित्यिक दर्शन र चेत यही हो । मनप्रसाद सुब्बा, सुधिर छेत्री, राजा, मनोज र ज्ञानेन्द्र सुब्बाहरूसम्म हुँदै आएको किनारीकरण, विचलन, हस्तक्षेप, समावेसी सिद्धान्तहरू यता पछिबाट भारतीय नेपाली साहित्यमा भित्रिएको हो ।

वादमा भएर केही लेख्दैछन् त केही सुस्ताएका छन् । जे होस् नेपाली साहित्यमा यस्ता सैद्धान्तिकवादी प्रयोगले लेखनको स्तरलाई माथि नै पुराउने काम गरेको छ । र यसको क्रेडिट इबरालाई नै जान्छ । इबराले एक राम्रो समालोचकको रूपमा ‘समपुरक’मा आफ्ना समालोचना प्रकाशित गरे । विमोचनपछि विचलन कवि उज्जवल बम्जनले भने, ‘इबराले खाली नेपालको किताबहरूमाथि मात्र किन समालोचना गरे ? किन हाम्रोतिरको किताबहरूमाथि लेखिदिएनन् ?’इन्द्रबहादुर राईलाई हामीले आ–आफ्नै पाराले पढ्यौं, बुझ्यौं  । साहित्य जगत्मा इबरा तर चम्किलो ध्रुव तारा भएर सधंै उदाइरहने छन् ।

रातभरि हुरी चल्यो, जयमाया, जारजस्ता मास्टर पिस कथा लेखेर इबरा हाम्रो हिरो भए ।  हाल यी कथाहरूको अंग्रेजी अनुवाद बजारमा आइपुगेको छ ।अनेपालीहरू माझ यसले उतिकै प्रभाव पारोस् । उनी बितिसकेका छन् । तरै पनि नेपाली साहित्य प्रेमी र पाठकहरूमा उनले छुट्टै छाप छोडेर गएका छन् । उनलाई पछ्याउने र नपछ्याउने दुवै पुस्ताले उनलाई पढेर नै साहित्यको श्रीगणेश त पक्कै गर्नेछन् । साथीभाइ र एक कवि सम्पादकले इबरामाथि लेख्नु भनेपछि आफूसित भएभरको यति ज्ञानमा कनीकुथी लेखेको यो छोटो संस्मरण लेख इबरालाई श्रद्धाञ्जली समर्पण । साँच्चै इन्द्रबहादुर राई दिमागमा लुखुर लुखुर हिडिरहेछ….।

Loading...
Loading...
Loading...

गौतम बुद्धका उत्कृस्ट प्रेरक भनाइ र उपदेशहरू

जिन्दगीमा मौका दिनेवालालाई धोका र धोका दिनेवालालाई मौका कहिले पनि नदिनु आफ्नो दुःख कसैलाई पनि नभन्नु किनकि सबैजना तपाइँसँग खुसी...

ज्याक माका सफलताका १० सुत्र

ज्याक मा अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान ‘ज्याक मा’ एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनले ‘वाण्डा ग्प’का रुवाङ्ग...