भेडा गोठालो ठिटो अमेरिकी कराते प्रशिक्षक – Janata Live
  • Friday, February 3, 2023

भेडा गोठालो ठिटो अमेरिकी कराते प्रशिक्षक

  • जनता लाइभ
  • पुष ०६, २०७५

भेडा गोठालो ठिटो अमेरिकी कराते प्रशिक्षक

कुनै बेला पर्खी खालिङ राईको दिन सोलुखुम्बुको राप्छा पातलमा भेडा गोठालोकै रूपमा बित्थ्यो । तर, अहिले उनको जीवनले यसरी फड्को मार्यो कि उनको परिचय एकाएक कराते प्रशिक्षकका रूपमा फैलिएको छ, अमेरिकामा । अमेरिकाको न्युयोर्कस्थित डोजो (कराते) स्कुलका सञ्चालकसमेत रहेका पर्खी कराते खेलका कुशल प्रशिक्षक हुन् । एक दशकयता अमेरिकामा बस्दै आएका ३८ वर्षीय पर्खी अहिले सबैको ढुकढुकी मात्रै नभएर एक मार्गदर्शकसमेत बन्न सफल भएका छन् । सोलुखुम्बु जिल्लाको बासा गाविसमा अवस्थित राप्छा गाउँमा जन्मिएका पर्खी खालिङ राईको बाल्यकाल त्यही राप्छामा भेडा चढाएर बित्यो । उच्च शिक्षाका लागि ०४७ सालमा काठमाडौं छिरेका पर्खीले वाणिज्य शास्त्रमा स्नातक गरे ।

डाक्टर बन्ने सपना देखेका उनी एकाएक अमेरिका हानिए । हिमालको छोरोलाई हिमाल प्यारो हुने नै भयो । त्यसो त त्यहाँका अधिकांश मान्छे ‘हिमालकै खेती’ गर्छन् । उनले पनि केही समय त्यही गरे ।
हिमालको खेती गरेर मात्रै पर्खीको चित्त बुझेन र ०५९ मा श्रीमती र दुई छोरासहित अमेरिका पुगे । अहिले उनी डोजो स्कुलका सञ्चालक एवं कराते प्रशिक्षक छन् । उनले पाँच वर्षदेखि कराते (डोजो) खेललाई निरन्तर रूपमा अगाडि बढाइरहेका छन् । नेपालमा कहिलेकाहीँ कराते खेल्ने उनी अहिले प्रशिक्षक हुँदा निकै खुसी छन् । भन्छन्, ‘यो सबै मिहिनेतको कमाइ हो ।’

अचेल उनी बिहान–बेलुकी कराते खेल्ने र खेलाउने काममा दौडिएको देख्दा अरू नेपालीको शिर ठाडो भएको छ । अर्का नेपाली कराते प्रशिक्षक सन्तबहादुर थोकरसँग सहकार्य गरेर न्युयोर्कमा उनीहरूले कराते स्कुल चलाएका हुन् । सन् २००८ मा न्युयोर्क स्टेट क्वालिफाइड प्रतिस्पर्धामा स्वर्णपदकसमेत उनले जितेका थिए । युएसए नेसनल कराते फेडेरेसनअन्तर्गतको हिराल्डो सोतोकान काई करातेको आयोजनामा भएको न्युयोर्क स्टेट क्वालिफाइड कराते च्याम्पियनसिपमा नेपाली पाँच खेलाडीमध्ये पर्खी अनि उनका दुई छोरा दीपक र अरुणले सबै स्वर्णपदक जितेका थिए । यो राष्ट्रिय क्वालिफाइड खेल हो ।

दुई छोराका साथमा पर्खी (बाँयाबाट पहिलो)

स्कुल सञ्चालनका लागि छोरा दीपक र अरुणले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । उनका अनुसार आफ्नो कराते खेल क्षेत्रलाई अहिलेको अवस्थासम्म ल्याइपुर्याउनुमा आफ्नी श्रीमती नुरसुरी खालिङ राईको ठूलो हात रहेको बताउँछन् । पर्खीले सन् २०११ मा अमेरिकामै फस्र्ट डनको उपाधि पाएका थिए । कोलोराडोमा आयोजित इन्टरनेसनल कराते च्याम्पियनसिपमा इन्टरनेसनल मार्सल आर्टस एसोसिएसनका संस्थापक साइराम मदानीको हातबाट सो उपाधि लिएका थिए । मिहिनेती र लगनशील उनी डोजोबाट फस्र्ट डन लिने पहिलो नेपाली खेलाडी हुन् । अमेरिका पुगेर कराते खेल्ने उनले सोचेका समेत थिएनन् रे ! ‘तर यहाँ आएर कराते प्रशिक्षक पो भइयो । यो सफलता हात पार्नका लागि मैले गरेको संघर्षलाई व्यक्त गरेर साध्य छैन,’ उनले भने, ‘असाध्यै खुसी लागेको छ, सँगसँगै जिम्मेवारीसमेत थपिएको महसुस गरेको छु ।’

शारीरिक व्यायाम, प्रतिरक्षात्मक कला र बलियो आत्मविश्वास बटुल्न पर्खीले आफ्ना दुई छोरालाई पाँच वर्षअघि नेपाली डोजोमा भर्ना गराएका थिए । छोराहरूलाई डोजो कक्षा पुर्याउने क्रममै उनले पनि करातेसम्बन्धी ज्ञान लिएका थिए । पर्खी डोजोमा ब्ल्याक बेल्ट हुन् । उनका दुवै छोरा पनि डोजोमा ब्राउन बेल्ट हुन् । पर्खीले अन्तर्राष्ट्रिय कराते महासंघबाट निर्णायकको प्रमाणपत्रसमेत पाएका छन् । भविष्यमा नेपालको प्रतिनिधित्व गर्दै वल्र्ड कराते च्याम्पियनसिपमा भाग लिने सोचमा छन्, उनी । मुलुकको प्रतिष्ठालाई उच्च बनाउन छोराहरूका साथ अन्तर्राष्ट्रिय स्तरमा भिड्ने लक्ष्यका साथ आफू जुटिरहेको पर्खीले बताए ।

पर्खीका दुवै छोरा बुबाकै जसरी करातेको डन लिने लक्ष्य बोकेर प्रशिक्षण लिइरहेका छन् । अमेरिकामा दुई दर्जनभन्दा बढी कराते खेलका नेपाली प्रशिक्षक बस्दै आएका छन् । तर, उनीहरू सबैले खेललाई निरन्तरता दिन सकेका छैनन् । उनी अपवाद हुन् खेल जीवनलाई निरन्तरता दिने ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...