सेयर गरौं हजुर! जानकी मन्दिरको दर्शन गर्नुहोस्, चाहेको सबै पूरा हुनेछ । ईन्कार नगरौं हैं। – Janata Live
  • Friday, February 3, 2023

सेयर गरौं हजुर! जानकी मन्दिरको दर्शन गर्नुहोस्, चाहेको सबै पूरा हुनेछ । ईन्कार नगरौं हैं।

  • जनता लाइभ
  • पुष ०६, २०७५

सेयर गरौं हजुर! जानकी मन्दिरको दर्शन गर्नुहोस्, चाहेको सबै पूरा हुनेछ । ईन्कार नगरौं हैं।

मैथली सभ्यताको केन्द्र जनकपुर

सांस्कृतिक, धार्मिक र पर्यटकीय तीनै पक्षले पूर्ण सहर हो, जनकपुर धाम । प्राचीन मिथिलाको राजधानीे जनकपुर पूर्वऐतिहासिक मैथिली सभ्यताको केन्द्रबिन्दु पनि हो । सहरको आफ्नै भाषा मैथिली र लिपि तिरहुत हो । जनकपुरमा जानकी, राम, मनिमण्डप, विवाह मण्डप, धनुषाधाम, सुन्दर सदनलगायत ५१ मन्दिर तथा रत्नसागर स्थान, बिहार कुण्डसहित ७२ सरोवर छन् । यी मठ–मन्दिर र सरोवरको आफ्नै विशेषता पाइन्छ ।

धार्मिक स्थल

जनकपुरको मठ–मन्दिरको ऐतिहासिक एवं पौराणिक महत्वबारे विभिन्न धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार जनकपुर सन्तहरूको उद्गम स्थल, साधना भूमि, मनले चिताएको फल प्राप्त गर्ने स्थल हो । मठ–मन्दिरमध्ये सर्वाधिक चर्चामा रहेको जानकी मन्दिर हो, जसको निर्माण १९६८ सालमा भएको हो । मुगल शैलीमा निर्मित तीनतले जानकी मन्दिरलाई अंग्रेजीमा सीता प्यालैस, हिन्दीमा शिश महल र बोलचालको भाषामा नौलखाँ मन्दिर भनिन्छ । महात्मा शूर किशोर दासद्वारा स्थापित जानकी मन्दिरलाई भारत मध्यप्रदेश राज्य टिकमगढकी रानी वृष भानु कुँवरले आफ्ना श्रीमान् राजा प्रताप सिंहलाई अनुरोध गरी निर्माण गराएकी थिइन् । जानकीको पूजा–आराधनाले रानीको घरमा पुत्र, रत्न जन्मिएकाले भाकल गरेअनुसार नौ लाख रुपियाँ खर्चेर मन्दिर बनाइएको बताइन्छ । त्यसैले नौलाखा मन्दिर प्रसिद्ध छ । जनकपुरको बीचमा अवस्थित सो मन्दिरभित्र तहखाना रहेको छ । तीन महिनाअघि मात्रै तहखानामा पर्यटकीय प्रवद्र्धनका लागि प्राचीन मूर्ति, पहिरन, खेलौना आभूषणसहित दुर्लभ सरसामान राखिएको छ ।

पूर्वीय दर्शनको महत्वपूर्ण पाटो भएकाले मिथिला सभ्यताले यो क्षेत्रको सामाजिक विकासको पक्षलाई समेत खोतल्न सक्छ 

मन्दिर प्रांगणको पश्चिमपट्टि राजर्षि जनकसहित उनका परिवारको मूर्ति, आन्तिक शृंगार मण्डप र हिन्दू वास्तु ढाँचाअनुसार मन्दिर निर्माण गरिएको छ । मन्दिरको उत्तरतिर अखण्ड सीताराम जप चौबीसैघन्टा भइरहेको हुन्छ । यसले आन्तरिक पर्यटकलाई लोभ्याउने गर्छ । जानकी मन्दिरनजिकै उत्तरतर्फ विवाह मण्डप छ । तलीय शैलीको यो मण्डप ०४१ सालमा राजा वीरेन्द्रको पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रको भ्रमण हुँदा बनाइएको हो । यस विवाह मण्डपमा भगवान् राम–सीताको स्वयम्वर हुँदाका बखत उपस्थित भएका राजा जनक, दशरथ, ऋषिमुनी, वाल्मीकि, भरत, सत्रुधन, सुनैना केकैलगायत १ सय २५ देवीदेवताका संगमर्मरका मूर्ति प्रतिस्थापित छ । विवाह मण्डपमा प्रवेश गर्न पाँच रुपियाँ शुल्क लाग्छ ।

तेत्रायुगमा भगवान् राम र सीताको विवाह भएको स्थल जानकी मन्दिरभन्दा तीन किलोमिटर जनपा–१३ मा भए पनि पर्यटकीय महत्वले त्यो पौराणिक विवाहस्थललाई मनिमण्डपको नामले यहीँ बनाइएको हो । मनिमण्डप पहाडको टिस्टो (अग्लो)जस्तो देखिन्छ । यसको वरिपरि गोरघोईलगायत पाँचवटा पोखरी छन् । राम–सीताको विवाह भएका बेला यी पोखरीमा वैवाहिक विधि भएको जनविश्वास छ । यो स्थललाई अहिले पनि उत्खनन गरियो भन्ने प्राचीन महत्व बोकेका कुरा फेला पर्ने स्थानीय रामाशिष यादव बताउँछन् ।

राममन्दिर जानकी मन्दिरभन्दा पनि पुरानो रहेको बताइन्छ । १८३९ सालमा तत्कालीन राजा रणबहादुर शाहको पालामा जनरल अमरसिंह थापाले राममन्दिर निर्माण गराएका थिए । मन्दिर निर्माणपछि १९८४ सालमा चन्द्रशमशेरद्वारा स्वर्णजडित छाना हाल्ने काम भएको हो । तलीय शैलीको राममन्दिरमा प्राचीन समयका पाञ्चायन मूर्ति दर्शनीय छन् । यस मन्दिरका पुजारी सन्न्यासी नै रहने व्यवस्था यद्यापि छ । राममन्दिर हाताभित्र माता राजदेवीको मन्दिर पनि छ । पिढीको प्रतिकलात्मक रूपमा राजदेवीमा दसैंको अष्टमीमा ठूलो मेला लाग्छ ।

जनकचोकमा अवस्थित जनक मन्दिर सानो आकारको भए पनि धार्मिक, पौराणिक एवं ऐतिहासिक महत्व बोकेको छ । जनक मन्दिरलाई अमर थापाले नै १८३९ सालमा निर्माण गराएका थिए । जनकपुरको प्रसिद्ध अर्को स्थल हो, रत्नसागर । १९३४ सालमा निर्माण भएको यो मन्दिर पर्यटकीय आकर्षणको अर्को केन्द्र हो । मन्दिरको पश्चिम डिलमा आष्टाबक्रको प्रतिमा छ । रत्नसागरको पानी लिई प्रतिमामा घर्षण गर्दा हातबाट वासना आउने गरेको मन्दिरका महन्थ वैकुण्ठ दासले बताए ।

रामले सीतालाई पाउन धनुष उचालेको स्थान छेउमै हनुमानको मन्दिर देखिन्छ । शनिबार र मंगलबार मन्दिरमा दर्शनार्थीको भिड लाग्छ । तर, अचेल यो मन्दिर प्रेमी–प्रेमिकाको डेटिङ थलोका रूपमा समेत चिनिन थालेको छ । त्यस्तै, यहाँका दुलाहादुलही मन्दिरको पनि कम आकर्षक छैन । मन्दिरमा रामसीताको मूर्ति यसरी प्रतिस्थापन गरिएको छ कि जहाँबाट हेर्दा पनि राम–सीताको सकल मूर्ति एकैचोटि देखिन्छ । यसका अलावा यहाँका बिहार कुण्ड, अग्नि कुण्ड, साकेत धाम, सुन्दर सदन, श्रीगार कुञ्जलगायत दर्जनौं मठ–मन्दिर घुम्न सकिन्छ ।

पोखरी

गंगासागर, धनुष सागर, अंग्रसर, वाल्मीकि सर, रुकमनी सर, दशरथ तलाउसहित जनकपुरमा ६ दर्जन पोखरी छन् । यी पोखरीमा नुहाए मन पवित्र हुने तथा मोक्ष प्राप्त हुने जनविश्वास छ । तर, अचेल ती पोखरी संरक्षण अभावमा जीर्ण बन्दै गइरहेका छन् ।

रामानन्द प्रवेशद्वार

पछिल्लो केही समययता यहाँको रामानन्द चोकस्थित रामानन्द प्रवेशद्वारले पनि पर्यटक तान्न थालेको छ । एसियाकै ठूलोमध्येको प्रवेशद्वार हो, यो । ६५ फिट अग्लो सो प्रवेशद्वारको टुप्पोमा स्वामी रामानन्द धर्माचार्यको प्रतिमूर्ति स्थापित छ ।

जनकपुरमा पर्यटक

जनकपुरमा सालभरिमा कति पर्यटक आउँछन् भन्ने तथ्यांक छैन । तर, यो क्षेत्रमा आउने पर्यटक बर्सेनि बढ्दै गएको स्थानी वासी बताउँछन् । मुख्यतः भारतीय पर्यटक जनकपुरमा बढी आउने गर्छन् । भारत घुम्न आएका थुप्रै विदेशी पर्यटकसमेत जनकपुर भ्रमण गर्ने गरेको बताइन्छ । अमेरिका, जापान, बेलायत, रुस, श्रीलंकालगायत देशबाट पर्यटक भित्रिन्छन्, जनकपुरमा । यहाँ आधा दर्जन पर्यटकीय होटलको सुविधा छ ।

भावी चुनौती

जनकपुरमा महिनैपिच्छे एकपटक मेला लाग्ने गर्छ । नगर विकासको सम्भावनालाई दरिलो पार्न र आर्थिक सम्वृद्धिको बाटो फराकिलो गर्न भारतीय नाकासँग जोड्ने बाटो दुरुस्त हुनुपर्छ । धनुषाको पूर्वीक्षेत्रका झन्डै तीन दर्जन गाविस सदरमुकाम जनकपुरसँगको सडक सञ्जालबाट टाढा छन् । पूर्वी क्षेत्रमा आवत–जावत गर्ने एक मात्र साधन जनकपुर रेल–वे नियमित सञ्चालन नहुँदा समस्या छ । रेल–वेलाई भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म सञ्चालन गर्न सर्वेक्षण भए पनि मुआब्जा विवादका कारण काम सुरु हुन सकेको छैन ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...