‘फुच्चेस्टार’को गायन यात्रा – Janata Live
  • Friday, February 3, 2023

‘फुच्चेस्टार’को गायन यात्रा

  • जनता लाइभ
  • पुष ०५, २०७५

‘फुच्चेस्टार’को गायन यात्रा

विदेशी भूमिमा पुगे पनि उनको मनमा संगीत झंकार तरंगित हुन छाडेन । प्रदेशमा गीत-संगीतको तृष्णा मेट्न उनले ०६६ सालको दसैँमा साउदीमै कन्सर्टसमेत गर्न भ्याए भने दुईवटा एल्बम निकालिसकेका छन् । अहिले तेस्रो एल्बमको तयारीमा जुटेका छन् ।

पूर्वी पहाडी जिल्ला भोजपुरको वोया गाविस भिरथाप्लोमा १५ मंसिर ०३४ सालमा जन्मिएका आङफुर्वा (एपी) शेर्पा सानैदेखि गायनमा रुचि राख्थे । सानोमा विद्यालय र गाउँघरका सांगीतिक कार्यक्रममा ‘फुच्चे गायक’ एपीले त्यही मार्ग पक्रिए । गायनबाटै नाम र दाम कमाउन सफल एपी यही क्षेत्रलाई निरन्तरता दिने बताउँछन् ।

विद्यालयमा गीत गाएरै उनले पुरस्कारस्वरूप थुप्रै कापी, कलम तथा डायरी पाउँथे । यसले उनलाई यस क्षेत्रमा लाग्न निकै हौसला मिल्यो । ०५१ सालमा भानुजयन्तीको उपलक्ष्यमा आयोजित जिल्लास्तरीय गायन प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि त उनको हौसला र विश्वासको सीमा झन् बढ्यो । उनी भन्छन्, ‘यो मेरो एउटा टेस्ट थियो, त्यसमा खरो उत्रिएजस्तो लाग्यो, राम्रो गीत गाउँछु कि क्या हो, भन्ने मनमा पर्यो, त्यसपछि त म सानोतिनो बालस्टार नै भएँ ।’ कसरी म सम्झिऊँ तिमीलाई बोलको गीत गाएर उनले १४ प्रतियोगीलाई उछिनेका थिए । यही गीतलाई गायक खेमराज गुरुङले आºनो एल्बम जीवन भाग १ मा राखेका छन् । जिल्लास्तरीय प्रतियोगितामा प्रथम भएर सिल्ड र दुई हजार रुपियाँ पुरस्कार पाए । पुरस्कारस्वरूप पाएको पहिलो कमाइबाट उनले आमालाई खास्टो किनिदिए रे !

हेलौंछाको घारा, बोयाको बाक्सिला हुँदै उनले भोजपुरको सदरमुकामको विद्योदय माविबाट ०५३ सालमा एसएलसी पास गरे । त्यसपछि उच्च शिक्षाका लागि काठमाडौं छिरे, जहाँ उनी आफ्नो पढाइ र गायन करिअरलाई सँगै डोर्याएर उचाइ लिन चाहन्थे । त्यही सिलसिलामा उनी नेपाल टेलिभिजनको स्वर अनेक साथ अनेक नामक कार्यक्रमको प्रतिस्पर्धी बने । फिल्म निर्देशक दीपक श्रेष्ठले चलाउने यो कार्यक्रममा शेर्पा तेस्रो भए ।

सानैदेखि गायनमा रुची राख्ने उनी विद्यालय र गाउँघरका सांगीतिक कार्यक्रममा ‘फुच्चे गायक’का रुपमा चिनिए र एपीले त्यही मार्ग पक्रिए । गायनबाटै नाम दाम कमाउन सफल भए

गायनलाई निरन्तरता दिने इच्छा हुँदाहुँदै पनि उनी जीवन धान्न खाडी मुलुक हानिए र केही समय साउदीतिर भासिए । विदेशी भूमि पुगे पनि उनको मनमा संगीत झंकार तरंगित हुन छाडेन । प्रदेशमा गीत-संगीतको तृष्णा मेट्न उनले ०६६ सालको दसैँमा साउदीमै कन्सर्टसमेत गरे । ‘कन्सर्टले एकातिर मेरो सांगीतिक प्यास मेटियो भने अर्कोतिर त्यहाँका नेपालीलाई दसैँमा आफ्नै गाउँमा पुगेको अनुभूत गराइयो,’ उनी भन्छन् ।

कन्सर्टका लागि नेपालको परराष्ट्र मन्त्रालय र साउदीका लागि तत्कालीन नेपाली राजदूत हमिद अन्सारीले सहयोग गरेका थिए । साउदीले महिलालाई भिसासमेत नदिने अवस्थामा शेर्पाले नेपालबाट नौजना महिला कलाकार साउदी लगेका थिए, कार्यक्रमका लागि । कन्सर्टमा ४० लाख रुपियाँ खर्च लागेको थियो । ‘त्यहाँका नेपाली कम्ती खुसी भएनन्,’ उनले कन्सर्टपछिको प्रतिक्रियाबारे भने ।
त्यसअघि पनि उनले साउदीमा गाउन छाडेका थिएनन् । होटलमा सुपरभाइजरको काम गर्ने उनको गायन कलालाई होटलमालिकले पनि अवरोध गरेन ।

प्रदेशमा समेत संगीतको साधना गरिरहेका उनले पाँच वर्षपछि छुट्टीमा स्वदेश फर्किंदा सुन्दर सपना नामक पप आधुनिक एल्बम तयार भयो । गीतको भिडियोसमेत बनाए । केही गीतले उनलाई गायकका रूपमा चिनायो पनि । हाल धरानमा बस्दै आएका शेर्पाले ०६० सालमा धरानमै विवाह गरे । ०६६ मा नेपाल फर्केपछि उनी विदेश गएनन् ।

वैदेशिक रोजगारकै क्रममा उनी अर्को खाडी मुलुक कतारसमेत पुगे । छट्टीमा नेपाल आउँदा गीत रेकर्ड गरेर तीन वर्षअघि मिहिनेत नामक दोस्रो एल्बम निकाले । धेरै मिहिनेत परेकाले एल्बमको नाम पनि मिहिनेत जुराएको उनको भनाइ छ । एल्बमको भन्देऊ बोलको गीत त्यसबेला चर्चित थियो । एल्बममा सेलो तथा पूर्वेली लोकभाकाका गीत छन् ।

पछिल्लो समय गीतिएल्बम स्वदेशमा भन्दा विदेशमा बढी बिक्ने गरेको उनको अनुभव छ । बजारमा नआउँदै मोबाइलमा गीत बज्न थालेकाले गीतको नेपाली बजार खस्किएको हो । गीत चर्चित भएपछि विदेशबाट कन्सर्टको अफर आउने हुँदा गायकका लागि यो आम्दानीको नयाँ स्रोत भएको हो । ‘यसले चाहिँ बरु कलाकारको आम्दानी बढेको छ,’ शेर्पा भन्छन् ।

साउदी, दुबई, मलेसिया, हङकङ तथा बेलायतमा महिनैपिच्छे कन्सर्ट हुने गर्छन् । नेपालमा एउटा कन्सर्टमा १०-१५ हजार रुपियाँ कमाउने गायक-गायिका विदेशमा एक लाखदेखि डेढ लाखसम्म पाउँछन् । एल्बमसमेत बेच्न सकिन्छ, यस्ता कार्यक्रममा विदेश पुग्दा । यही जेठभित्रै शेर्पा तेस्रो एल्बम खबर बजारमा ल्याउने तरखरमा जुटेका छन् । पछिल्लो एल्बम श्रोता तथा दर्शकको खबर सोध्न आएको उनी बताउँछन् । एल्बमको शीर्ष गीतमा महेश खड्काको संगीत छ । भिडियो पनि तयार भइसकेको छ । एल्बममा रेगी, सेलो शैलीका गीत समावेश छन् ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...