मुखको क्यान्सर (ओरल क्यान्सर) – Janata Live
  • Wednesday, February 8, 2023

मुखको क्यान्सर (ओरल क्यान्सर)

  • जनता लाइभ
  • पुष ०४, २०७५

मुखको क्यान्सर (ओरल क्यान्सर)

क्याान्सर भन्ने बित्तिकै आज पनि संसारको सबै मानिसमा निकै ठूलो त्रास छ । त्रास यसकारण छ कि क्यान्सरले पूर्व चेतावनी विना नै हामलिाई भित्रभित्रै खाएर खोक्रो बनाइसक्छ । पछि गएर यसले दिने मानसिक र शारीरिक पीडा र तनाव त छँदैछ । यसले ज्यान समेत सजिलै लिन सक्छ ।

सामान्य रूपमा बुझ्ने हो भने हाम्रो शरीरको नियन्त्रण बाहिर गएर शरीरका कोशिकाहरू (सेलहरू) को सङ्ख्यामा वृद्धि हुनु नै क्यान्सर हो । फोक्सोको क्यान्सर, रगत क्यान्सर, कलेजोको क्यान्सर भनेझैं मुखको क्यान्सर पनि एक हो । आजको विश्वमा क्यान्सर मान्छेलाई मृत्युको मुखमा डो-याउने र शारीरिक रूपमा असक्त बनाउने कार्डियो भास्कुलर समस्यापछि दोस्रो मुख्य समस्या हो । क्यान्सरले गर्दा हरेक वर्ष ६मिलियन मानिसको मृत्यु हुन्छ ।

सन् २०२० सम्ममा हरेक वर्ष १५ मिलियन मानिसमा क्यान्सर देखिने आकलन छ । ‘मुखको क्यान्सर’ क्यान्सरहरू मध्ये ११ औं स्थानमा छ । सन् २००० मा मुखको क्यान्सरले विश्वमा १ लाख २८ हजार मानिसको मृत्यु भएको थियो भने थप २ लाख ६७ जनामा मुखको क्यान्सर भेटिएको थियो । मुख्य गरेर मुखको क्यान्सर नेपाल, भारत, भुटान, बङ्गलादेश जस्ता कम विकसित राष्ट्रहरूमा धेरै मात्रामा देखिन्छ । मुखको क्यान्सर गाला, ओठ, जिब्रो, गिँजा, तालु, टन्सिल आदि सम्पूर्ण मुखभित्रको र बाहिरको भाग मध्ये एउटा मात्र अथवा त्यो भन्दा बढी भागमा पनि देखा पर्न सक्छ ।

मुख क्यान्सरका कारणहरू :

(क) सुर्तीजन्य पदार्थको सेवन गर्नु : खैनी, सुर्ती, चुरोट, बिंडी, पान, गुट्का आदिको सेवन गर्नु ।
यस्ता पदार्थ सेवन गर्ने व्यक्तिलाई अन्यलाई भन्दा क्यान्सर हुने ६ गुणा बढी सम्भावना रहन्छ ।

(ख) धेरै मात्रामा मद्यपान सेवन गर्नु : मुखको क्यान्सरको सम्भावना ६ गुणा बढी हुन आउँछ ।

(ग) पारिवारिक तथा वंशानुगत कारण (फेमेली हिस्ट्रि (घ) धेरैमात्रामा सूर्यको प्रकाश पर्नु (ङ) हुमेनप्यापिलोमा भाइरसको सङ्क्रमण (च) पौष्टिक आहार तथा भिटामिन, आइरनको कमीहुनु

रोगका लक्षणहरू :

सुरुको अवस्थामा जिब्रो, गाला, ओठ, गिजा, तालु आदिमा रातो, सेतो अथवा रातो सेतो मिश्रित धब्बा –प्याच) देखिन्छ । छाम्दा उक्त भाग अलि कडा खुम्चेको जस्तो अनुभव हुन्छ । यस्तो अवस्थालाई क्यान्सर भन्दा पहिलेको अवस्था अथवा लिजन भनिन्छ । यही अवस्थामा रोग पत्ता लगाउन सकियो भने रोगलाई सजिलै निको पार्न सकिन्छ । त्यसैले विशेष गरेर धेरै सुर्तीजन्य र मद्यपान सेवन गर्ने व्यक्तिले नियमित दन्त चिकित्सकसँग आफ्नो मुखको परीक्षण गराउनु आवश्यक छ ।

अलिपछिको अवस्थामा :

–जिब्रो, गाला, ओठ, गिँजा आदिमा निको नहुने खालका घाउ (अल्सर) र छाम्ने तथा देख्न सकिने गिर्खाहरू (lesions) देखापर्नु । –यस्ता घाउ, गिर्खा महिनौ तथा वर्षौ सम्म निको नहुनु ।–घाउबाट रगत बगिरहनु । –जिब्रो चलाउन र बोल्न अप्ठ्यारो हुनु ।–निल्न र चपाउन गाह्रो हुनु ।

–सुरुमा दुखाइ नभए पनि पछि दुखाइ सुरु हुनु । –गाँठो गिर्खोको छिटो छिटो वृद्धि हुनु । –मुख झम्झमाउनु लाटो हुनु । (numbness) –दाँत हल्लिनु, कृत्रिम दाँत मुखमा फिट नहुनु ।–शरीरको तौल अत्यधिक र अचानक घट्नु ।

मुखको क्यान्सरबाट बच्ने उपायहरू

(क) क्यान्सर गराउने तत्वहरूबाट मानिसहरूलाई टाढा राख्ने :

–मानिसलाई सचेत गराउने ।–धूम्रपान मद्यपान नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने ।

(ख) क्यान्सरलाई सामुदायिक अवरोध :

–पोस्टर, डकुमेन्ट्रि, नाटक, रेडियो सन्देश, पत्रपत्रिकामा लेख छापेर सुर्ती तथा मद्यपानको कार्य गराउन सकिन्छ । (ग) नियमित परीक्षक र रोगको छिटो पहिचान गर्ने । सरकारी तथा निजी क्षेत्रबाट क्यान्सर स्क्रिनिङ शिविर तथा कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने ।

(घ) राज्यको तर्फबाट धुमपान मद्यपान नियन्त्रण र क्यान्सर उपचारको निमित्त उपयुक्त नीति तय गर्ने ।

(ङ) व्यक्तिगत रूपमा पनि मुखको नियमित परीक्षण गराउने, मुखलाई स्वस्थ राख्ने, मुखमा केही परिवर्तन छ भने तुरुन्त दन्त चिकित्सकसँग परामर्श दिने ।

मुखको क्यान्सरको मेडिकल उपचार :

१. शल्यक्रिया :  क्यान्सर लागेको भागलाई शल्यक्रिया गरेर हटाउने ।

२. फेमो थेरापी :  शक्तिशाली औषधीले क्यान्सर कोशिकाहरू मार्न सकिन्छ ।

३. रेडियो थेरापी : उच्च ऊर्जा जहाँ एक्स–रेको प्रयोगले क्यान्सर कोशिकाहरू मार्न सकिन्छ ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...