गर्भवतीबारे नयाँ तथ्य, जान्नुहोस् – Janata Live
  • Saturday, February 4, 2023

गर्भवतीबारे नयाँ तथ्य, जान्नुहोस्

  • जनता लाइभ
  • पुष ०२, २०७५

गर्भवतीबारे नयाँ तथ्य, जान्नुहोस्

विवाहित महिला गर्भवती भएसँगै उनलाई हरेक कुरामा सरसल्लाह दिने गरिन्छ । गर्भवती महिलालाई दिइने कतिपय सल्लाह वैज्ञानिक पनि होलान् । तर, कतिपय सल्लाह र सुझाव मिथ्या, रुढीवादी र उपयोगी नहुन पनि सक्छन् । हामीले यहाँ तीन मिथ्या कुरा प्रस्तुत गरेका छौं :

खानपान परिवर्तन

गर्भवती हुँदा खानपानमा नियन्त्रण गर्नु हुँदैन भने पनि बच्चालाई हानी नहुने गरी डाइट मिलाउँदा गर्भमा रहेको शिशुलाई असर पर्दैन । गर्भवति हुँदा डाइटिङ गरे पनि स्वस्थ बच्चा जन्मने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

गर्भमा बच्चा आउँदैमा धेरै खानुपर्छ भन्ने मान्यता गलत हो । एक गर्भवती महिलालाई औसतमा दुई हजार क्यालोरी सेवन गरेमा शिशुलाई दुई सय क्यालोरी भए पुग्छ । सामान्य महिलालाई १५ सय क्यालोरी आवश्यक पर्छ । डाइटिङ गर्दैमा बच्चाको तौल घट्छ भन्नु अन्धविश्वास मात्रै भएको अध्ययनले पुष्टि गरेको छ । एक सर्वेक्षणमा ७ हजार गर्भवती महिलामध्ये आधालाई हेल्दी डाइट दिइएको थियो ।

अन्तमा, दुवै समूहका शिशुको वजनमा खासै भिन्नता र असर नभएको अध्ययनमा पाइएको थियो । अझ हेल्दी डाइट दिइएका महिलामा ब्लडप्रेसर, प्रिइकाल्नसीया जस्ता गर्भवस्थाका जोखिमपूर्ण समस्याहरू नरहेको पाइयो ।

महिनावारीमा पेट दुखाइ

महिनावारीको बेला तल्लो पेट दुख्नु धेरै पीडादायी हुन्छ । अधिकांश महिलालाई यस समस्याले साहै्र दुःख दिएको हुन्छ । डाक्टरले पनि बच्चा जन्मिएपछि समस्या निस्क्रिय हुँदै जाने बताउँछन् । तर, महिनावारीको पीडा बच्चा जन्मिएपछि कम हुनेभन्दा पनि उमेर ढल्किँदै जाँदा मात्रै दुखाइ कम हुँदै जाने तथ्य पत्ता लागेको छ ।

सन् २००६ मा ताइवानको एक अनुसन्धाता टिमले ४० जना महिलामा गरेको अध्ययनले तल्लो पेट दुख्ने अथवा महिनावारीको समस्या उमेर बढेसँगै घट्दै जाने दाबी गरेको छ । जब कि ती सबै महिला बच्चा नजन्माएका थिए । सोही समूहले ३५ सय महिलामा ८ वर्षसम्म गरेको अध्ययनबाट थोरै महिलाको दुखाइमा कमी आए पनि ५१ प्रतिशत महिला जसको अप्रेसनबाट बच्चा जन्मिएको थियो, उनीहरूमा दुखाइमा कमी नआएको पाइयो ।

अध्ययनमा समेटिएका ३५ प्रतिशत महिलाले बिनाअप्रेसन बच्चा जन्माएका थिए । उनीहरूमा पनि यो समस्या यथावत नै पाइएको थियो । ७७ प्रतिशत महिला जो कम उमेरमै आमा बनेका थिए, उनीहरूमा पनि महिनावारी हुँदा तल्लो पेट दुख्ने समस्या यथावत नै पाइएको अध्ययनले देखाएको छ । यसले आमा भइसकेपछि केही महिलामा दुखाइ घटे पनि सबैमा यो लागू नहुने पुष्टि भएको छ । तर कतिपय अवस्थामा भने वंशाणुगत गुणका कारणले पनि हुनसक्ने उल्लेख छ ।

यात्रा गर्न नहुने

गर्भवती भएका महिलालाई बाइक, बसमा यात्रा कम गराइन्छ । यसले पेटमा भएको शिशुमा असर पर्नसक्ने भनिन्छ । हवाइजहाजमा भने खासै फरक नपर्ने मानिन्छ ।

हवाइजहाजमा यात्रा गर्दा पनि डाक्टरको सल्लाहमा मात्र गर्नुपर्ने एक अध्ययनले देखाएको छ । अमेरिकन कलेज अफ अब्सटिसिन एन्ड गाइनोकोलोजिस्टले गरेको सर्वेक्षणबाट गर्भवती महिलालाई हवाइजहाजमा अक्सिजनको कमी हुनसक्ने वा समयअघि नै व्यथा लाग्न सक्ने, उच्च रक्तचापजस्ता समस्या आउन सक्ने देखाएको छ ।बाइक, गाडी मात्र होइन गर्भवतीले हवाइजहाजमा यात्रा गर्दा पनि डाक्टरको सरसल्लाहमा मात्र यात्रा गर्नुपर्ने उक्त अध्ययनले देखाएको छ ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...