बुढेसकालका रोग युवापुस्तामा ! – Janata Live
  • Sunday, February 5, 2023

बुढेसकालका रोग युवापुस्तामा !

  • जनता लाइभ
  • मङि्सर २८, २०७५

बुढेसकालका रोग युवापुस्तामा !

आधुनिक विकासले मानिसको जीवनमा सेवासुविधा र आरामदायी जीवनशैली मात्रै थपेको छैन, ‘बेमौसमी’ रोगहरू पनि निम्त्याउन थालेको छ । आधुनिक जीवनशैलीले पाको उमेरमा लाग्ने भनिएका रोगहरू युवापुस्तामै देखिन थालेका हुन् ।कम्तीमा ४० कटेपछि लाग्ने गरेका मस्तिष्कघात, हृदयघात, मधुमेह र उच्च रक्तचापजस्ता बिरामीहरू पछिल्लो समय २५ वर्षकै उमेरमा देखिन थालेको चिकित्सकहरू बताउँछन् ।

पछिल्लो समय मानिसहरू शारीरिक परिश्रम नगर्ने, जङफुड बढी खाने, चिल्लो खानेकुरामा बढी रुची देखाउने, अव्यवस्थित मदिरापान, सुर्तीजन्य पदार्थको सेवन, व्यायामरहित विलासी जीवनशैलीका कारण बुढेसकालका भनेर चिनिने रोगहरू युवाअवस्थामै देखापर्न थालेको चिकित्सकहरूको भनाई छ ।

हृदयघात

पछिल्लो समय युवा उमेरमै हृदयघातजस्तो जटिल समस्या देखिन थालेको मुटुरोग विशेषज्ञ डा. सचिन ढुङगेल बताउँछन् । हिँड्दा, उठ्दा, बस्दा, सुत्दा कुनै पनि समयमा मुटुमा एक प्रकारको झड्का हान्नाले मान्छे बेहोस वा सासै रोकिने हुन सक्ने अवस्थालाई हर्टअट्याक भनेर चिनिने डा. ढुङ्गेल बताउँछन् । यो समस्या सहरी क्षेत्रका युवामा अझै बढी देखिने गरेको छ ।

‘चुरोट, खैनी, मदिराजन्य पदार्थ, बजारिया मसलेदार खाना, चिल्लो, पिरो, रसायनयुक्त खाना, मघुमेह, कोलस्ट्रोलजस्ता रोगको कारण बन्दै गएको डा. ढुङ्गेलको भनाई छ ।

‘आधुनिक समयमा शारीरिक व्यायामको कमी, तनाव, विलासी जीवनशैली, अव्यावहारिक खानपानका कारण युवा पुस्तामा यो समस्या देखिन थालेको हो’, मुटुरोग विशेषज्ञ डा. ढुङ्गेलले भने । पहिले ४० कटेपछि लाग्ने भनिने रोगहरू अहिले २० वर्षदेखि नै २०/२५ प्रतिशतले बढिरहेको ढुङगेलले जानकारी दिए ।

वंशाणुगतबाहेक यस्ताखाले रोगबाट बच्न दैनिक शरीरिक व्ययाम गर्ने, चुरोट, खैनी, मदिरा आदिको सेवन नगर्ने, समयमा सुत्ने, तनाव कम लिने, बजारिया खानेकुराहरू नखाने, चिल्लो, मसालेदार खानेकुरामा नियन्त्रण गर्नाले पनि केही हदसम्म जोखिम न्यूनिकरण गर्न सकिने डा. ढुङ्गेलको सुझाव छ ।

मष्तिस्कघात

हृदयघातजस्तै केहीसमय पहिलेसम्म मष्तिस्कघातलाई पनि बुढेसकालको रोग भनेर मानिन्थ्यो । दिमागमा रगतको नसा फुटेर क्षति पु-याउने यो रोग रोग पहिला ४० कटेपछि देखिन्थ्यो । तर, चिकित्कसहरूको पछिल्लो अनुभवले यो हाल २५–३० वर्षको उमेरमै देखिन थालेको छ ।

‘यो रोग ब्लडप्रेसर, रगतको कमी, उच्च तनाव, प्रोटिन कम भएर हुन्छ’, न्यूरोलोजिस्ट डा. कृष्ण शर्मा भन्छन्, ‘उल्लिखित कारणले नसा कमजोर हुन्छ, चुरोट, खैनी, अल्कोहल, गुलियो, चिल्लो, मसलेदार खानेकुरा, विलासी जीवनशैली जस्ता कारणले युवा पुस्तामा यो रोग बढी देखिन थालेको छ ।’

वंशाणुगतबाहेक यो रोग पनि दैनिक शारीरिक व्यायाम, तनाव कम, प्रोटिनयुक्त खाना, धुमपान, मध्यपान नगर्ने, चिल्लो, गुलियो कम खाने र नियमित स्वास्थ्यपरीक्षण गर्नाले न्यूनिकरण गर्न सकिने डा. शर्मा सुझाउँछन् ।

मधुमेह

हरेक दिनजसो युवामा मधुमेह देखिन थालेको छ । विशेषज्ञ डाक्टरहरूको अनुभवलाई हेर्ने हो भने अहिले दैनिक स्वास्थ्य परीक्षण गर्न आउने २५ जनामध्ये आठ/नौ जनामा यो रोग देखिन थालेको छ । जुन रोग पहिला बुढेसकालमा मात्रै देखिने रोगका रूपमा मानिन्थ्यो । पछिल्लो समय २०/२५ प्रतिशतले मधुमेहका युवा रोगीहरूको सङ्ख्या बढेको चिकित्सकहरू बताउँछन् । इन्सुलिनले काम नगरेर र वंशाणुगत कारणले यो रोग लाग्ने चिकित्सकहरूको भनाई छ ।

वंशाणुगत, मोटोपना, चिल्लो साथै मसालेदार खानपान बढी खानु, शारीरिक व्यायाम कम गर्नु, साकाहारी खानपिनमा कमी हुनु, चुरोट, अल्कोहलको बढी सेवन गर्नुजस्ता कारणले युवापुस्ता बढी मधुमेहको चेपुवामा पर्ने गरेको डा. ढुन्डिराज पौडेल बताउँछन् ।

केटोमा मधुमेह भए, मधुमेह नभएकी केटी र केटीमा मधुमेह भए, मधुमेह नभएको केटोसँग विवाह गरेमा वंशाणुगत कारणबाट जोगिन सकिने डा. पौडेल बताउँछन् । इन्सुलिनले काम नगरेर यो रोग लागेको हो भने खानपिनमा परिवर्तन, सुर्तीजन्य पदार्थको प्रयोगमा रोक, शारीरिक कसरतलाई नियमित गर्नुपर्ने सुझाव डा. पौडेल दिन्छन् ।

उच्च रक्तचाप

पछिल्लो समय अर्को बढ्दो स्वास्थ्य समस्याका रूपमा उच्च रक्तचाप पनि देखिन थालेको छ । यो इसेन्सियल र सेकेन्डरी गरी २ प्रकारको हुने चिकित्सकहरूको भनाई छ । अहिलेसम्म के कारणले उच्च रक्तचाप भयो थाहा हुन नसकेको अवस्थालाई इसेन्सियल भनिने गरेको चिकित्सक पौडेल बताउँछन् । सेकेन्डरीमा भने कारण थाहा हुने उनले बताए । बुढेसकालकै रोगका रूपमा चिनिने यो रोग पनि अहिले १०/१५ प्रतिशतले युवा पुस्तामा बढेको उनले बताए । मृगौलाको रोग, नशाको रोग, तनाव, सुर्तीजन्य पदार्थको सेवन, माटोपना, मसलेदार खानेकुरा, उच्च मात्रामा नुनको सेवन, थाइराइड, परिवार नियोजनका औषधीको बढी प्रयोगका कारण उच्च रक्तचाप हुने डा. पौडेलले जानकारी दिए ।शारीरिक व्यायाम, अनिँदो नबस्ने, खानपानमा सुधार, सुर्तीजन्य पदार्थको सेवन नगर्ने, नियमित स्वास्थ्य जाँच गर्नाले यो समस्याबाट जोगिन सकिने डा. पौडेलको सुझाव छ ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...