तनाव र कलहले डिप्रेसनसम्म – Janata Live
  • Sunday, February 5, 2023

तनाव र कलहले डिप्रेसनसम्म

  • जनता लाइभ
  • मङि्सर २८, २०७५

तनाव र कलहले डिप्रेसनसम्म

ओखलढुंगा घर भएका श्याम सुन्दर (नाम परिवर्तन) नेपाली सेनामा कार्यरत छन् । उमेरले ३० वर्ष मात्रै टेकेका उनी सानो सानो कुरामा चिन्ता लिने स्वभावका व्यक्ति हुन् ।

उनी पारिवारिक समस्याबाट पिरोलिएका थिए । त्यसबाट छुटकारा पाउन एयरपोर्ट छेउमा बसेका ‘भविश्यवक्ता’कहाँ पुगे । हात हेराउन भनेर । शान्तिको खोजीमा हात हेराउन पुगेका श्याम सुन्दरको मनमा झनै ठूलो अशान्तिको हुरिबतास चल्यो । हात हेराउनेले ‘तिम्रो मानसिक सन्तुलन बिग्रने योग छ’ भनिदिए । त्यसपछि उनी झन विरक्त भएर फर्किए । उनको मन पिरोलो अझ थपियो । भविश्यवक्ताको कुराले दिनरात चिमोटिरह्यो ।

‘उसले भनेको कुरा सही होला कि गलत ? यही कुराको खुल्दुली मनमा हरदम चलिरह्यो’, श्याम सुन्दर भन्छन्, ‘त्यसपछि म अर्को ज्योतिषको शरणमा गएँ । पहिलो हात हेराउनेले भनेको सबै कुरा भनेँ । उनले त्यस्तो योग नभएको बताए ।’

तर पनि उनको मन शान्त हुन भने सकेन । उनको मुख सुख्खा हुन थाल्यो । घाँटी सुक्न थाल्यो । चिटचिट पसिना आउने र टाउको दुख्नेजस्ता समस्या देखिन थाले । छाती कसिएजस्तो भयो । आँखा दुख्ने, बादल लागेजस्तो हुने, डर लाग्ने सबै भयो । ‘निन्द्र नलाग्ने, सपनामा तर्सिने, जीउ फरफराउने, हातखुट्टा झमझमाउने हुन थाल्यो’, उनले भने, ‘अनेक लक्षण देखिन थाले ।’

यस्ता समस्या देखिन थालेपछि उनले यसबारे खोजी गरे । युट्युबमा ।समाधानको उपाए पहिल्याए । ‘खोज्दाखोज्दै मैले मनोविद् गोपाल ढकालको सान्निध्य पाएँ’, श्याम सुन्दरले भन्छन्, ‘त्यसपछि म निरन्तर चुच्चेपाटी आएर ढकालकोमा मनोपरामर्श लिन थालेको छु ।’

‘यस्तो समस्यालाई एन्जियस पर्सनालिटी डिसअर्डर भनिन्छ,’ मनोविद् गोपाल ढकालले जानकारी दिए । ‘यस्तो समस्यामा धेरै चिन्ता लिने, भविश्यको कुरामा बढी पिर मान्ने, सानो कुरालाई पनि ठूलो सोचेर आफूलाई तनावमा राख्नेजस्ता लक्षण देखिन्छ’, मनोविद् ढकालले भने, ‘यस्तो भयो भने मनोपरामर्श लिनुपर्छ ।’ मनोपरामर्शले मात्रै सन्चो नहुने देखिएपछि बिरामीलाई स्वास्थ्य संस्थामा लगेर औषधि उपचारसमेत गर्नुपर्ने उनले बताए ।

डिप्रेसन भएमा विनाकारण शंका लाग्ने, भ्रम सिर्जना हुने, नसुत्ने, एक्लै बस्न मन लाग्ने, रिस उठ्ने, मुटु काप्ने, टाउको दुख्ने, पुरै शरीर पोल्नेजस्ता समस्या देखिने गर्दछ ।

श्याम सुन्दरजस्तै पीडित थिइन् ४१ वर्षीय कविता राई (नाम परिवर्तन) पनि । पेशाले शिक्षिका कवितालाई यस्तो समस्याले सताएको ३-४ महिना मात्र भएको उनका भाइ रन्जितले बताए । श्रीमान्ले दिएको यातनाका कारण उनको यो अवस्था आएको रन्जितको भनाइ छ ।

माओवादी द्वन्द्वकालमा भाइलाई सेनाले पक्राउ गरेपछि उनले भाइ छुटाउने आशाले आर्मीसँग विवाह गरिन् । सुरुका दिनमा श्रीमान्ले दिएको शारीरिक यातना सहेर बसिन् । ‘शारीरिक यातना त सहेर बसेँ, अब त अत्याचारै गर्न थाल्यो’, कविताले भनिन्, ‘अत्याचार सहन सक्तिनँ, अब म मेरो पूर्व प्रेमीसँग विवाह गर्छु । त्यसको त फोटो, लुगा सबै जलाइसकेँ ।’

उनका भाइले भने, ‘मलाई बचाउन दिदीले आफ्नो प्रेमीलाई त्यागेर आर्मीसँग विवाह गरिन् । अहिले त्यसैले पीडा दिएपछि यो हालत भयो ।’ युद्धको डरले विदेसिएका भिनाजुले अहिले अनेक लान्छना लगाएर दिदीलाई सताउने गरेको उनको भनाइ छ । ‘त्यही यातनाका कारण दिदीको मानसिक अवस्था बिग्रिएको हो,’ रन्जित भन्छन् ।

कविताको समस्यालाई मनोविद् ढकाल ‘डिप्रेसन’ भन्छन् । यो समस्या मानसिक यातना बढी भएको अवस्थामा हुने गर्छ । ‘डिप्रेसन भएमा भएमा विनाकारण शंका लाग्ने, भ्रम सिर्जना हुने, नसुत्ने, एक्लै बस्न मन लाग्ने, रिस उठ्ने, मुटु दुख्ने, टाउको दुख्ने, पुरै शरीर पोल्नेजस्ता समस्या देखिने गर्दछ’, मनोविद् ढकालले भन्छन् । समस्या भएको व्यक्ति जसका कारणले त्यसो भएको हो उसलाई देख्न नचाहने, त्यस व्यक्तिको नामै सुन्न नचाहने, देख्यो कि रिस उठ्ने समस्या हुने मनोविद् ढकालले जानकारी दिए ।

यस्तो समस्या भएमा सीमित समयसम्म धेरैजसोलाई मनोपरापर्शले निको हुने र कतिपयलाई कडा डिप्रेसन भइसक्ने भएकाले मनोपरामर्शसँगै उपचार पनि गर्नुपर्ने उनले बताए । कविता पनि मनोपरामर्श र औषधि दुबै गरिरहेकी छन् ।

पछिल्लो समय बढ्दो आधुनिकीकरण, आर्थिक अभाव, पारिवारिक र समाजिक कलह तथा लागूपदार्थ सेवनका कारण यस्तो समस्या बढ्दै गएको ढकालको भनाइ छ । पछिल्लो तथ्यांकले नेपालमा करिब २५ प्रतिशतमा कुनै न कुनै मानसिक समस्या भएको देखाएको ढकालले बताए ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...