पासाङ ल्हामुले सगरमाथा चुमेको दिन – Janata Live
  • Friday, February 3, 2023

पासाङ ल्हामुले सगरमाथा चुमेको दिन

  • जनता लाइभ
  • मङि्सर २८, २०७५

पासाङ ल्हामुले सगरमाथा चुमेको दिन

पासाङ ल्हामु शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा विजय गर्ने प्रथम नेपाली महिला हुन् । सन् १९९० मा उनले प्रथमपटक आरोहण प्रयास गरिन् । दुर्भाग्यवश उनको टोलीनेताको दुराशयको कारण चुचुरोमा नपुगी पर्कनुप-यो ।

सन् १९९१ म आफ्नै नेतृत्वमा प्रथम नेपाली महिला सगरमाथा अभियानको आयोजना गरिन् । यो नेपालमा नेपाली महिलाकै नेतृत्वमा भएको पहिलो सगरमा अभियान थियो ।

सन् १९९१ को सगरमाथा अभियान पनि खराब मौसमकै कारण सफल हुन सकेन । तर, पासाङलाई प्रत्येक आरोहणले पहिलेभन्दा झ्न सफलता हासिल गर्नै प्रेरणा दिइरहेको थियो । त्यस समय नेपालको सन्दर्भमा पुरुषको मात्र एकाधिकार रहेको सगरमाथा आरोहण अभियान एक महिलाका लागि असम्भव हुन सक्दैन भन्ने दृढ विश्वास राख्ने पासाङले चौथोपटकको प्रयासमा सन् १९९३ मा सगरमाथा सफल आरोहण गरिन् ।

सगरमाथा विजय गरिछाड्ने पासाङको दृढता यस्तो प्रबल थियो कि उनले आफ्नो जिउज्यानको कहिल्यै फिक्री गरिनन् । तीन कलिला छोराछोरी, अति नै माया गर्ने पति र सुन्दर घर संसारको समेत प्रवाह नगरी जोखिमपूर्ण कार्यमा सरिक हुन उनलाई कसैले रोकेन । उनी त्यस्ती वीरंगना थिइन् जसको हृदय राष्ट्रिय भावनाले ओतपोत थियो ।

सन् १९९३ अप्रिल २२ अर्थात् २०५० वैशाख १० गतेको बिहान । अघिल्लो दिनजस्तै आकाश सफा थियो । उनी साथीहरुसँग ८ हजार मिटरको शिविरबाट चुचुरोतर्फ अघि बढिसक्नुभएको थियो । त्यहीदिन दिउँसो २ बजेर १५ मिनेटमा पासाङले नेपाली झन्डा सगरमाथाको चुचुरोमा गाडेर आरोहणको नयाँ कीर्ति थपिन् । यसले सारा नेपाली जनता हर्षविभोर भए । तत्कालीन सरकारले उनलाई राष्ट्रिय विभूतिको सम्मान दियो । आरोहण सफलताको उल्लासमा श्रीमती पासाङ आफ्ना सह–आरोहीका साथ लगभग १५ मिनेटसम्म सगरमाथा चुलीमा विश्राम गरी बस्नुभएको थियो ।

चम्किलो सूर्य विस्तारै क्षितिजतर्फ ओर्लन थालेको त्यसैसँग पासाङको विजय दल विस्तारै चौथो शिविरतर्फ ओर्लन थाल्यो । यसपटक समेत गरी पाँचौंपटकसम्म सगरमाथा विजय गर्न सफल हिम सरदार सोनाम छिरिङ शेर्पाको स्वास्थ्यमा खराबी आएजस्तो भयो । उनले यसपटकको आरोहणका क्रममा ८ हजार ७ सय ५० मिटर अग्लो साउथ समिटमा पुग्दा रगत वान्ता गरेका थिए । तर, त्यतिखेर शारीरिक संकल्प शक्तिमा कमी आएको महसुस गरिएको थिएन ।

पासाङलाई सगरमाथा पु¥याएरै छाड्ने संकल्प लिएर उनी अघि बढेका थिए जुन साकार भइसकेको थियो । सरदारका रुपमा उनले आफ्ना ४ सहयोगीका साथमा पासाङलाई सगरमाथाको विजय यात्रामा साथ दिएपछि शिखरबाट चौथो क्याम्पबाट ओर्लंदा भने स्वास्थ्यले साथ दिएन ।

सगरमाथाको यो उचाइमा पासाङले आफ्नो शरीरको मात्रै ख्याल राखेको भए उनी आफ्ना बाँकी ४ सहयोगीका साथ चौथो क्याम्पमा आइपुग्न सक्थे । तर, ममताकी प्रतिमूर्ति उनले आफ्नो उत्तरदायित्व राम्ररी निभाउने क्रममा तीन पटकसम्मका आरोही सोनाम छिरिङलाई साथमा लिएर मात्रै तल झर्ने दृढता परिवर्तन गर्न मानिनन् ।

फलस्वरुप पासाङले सोनाम र एक अर्का शेर्पा सहयोगीका साथ साउथ समिटमै त्यो रात बिताउनुपर्यो । तीनजना शेर्पा सहयोगी त्यसैदिन चौथो शिविरतिर झरे । भोलिपल्ट बिहान उनीहरुसँग रहेका एकजना शेर्पा सहयोगी पनि अक्सिजन र खाना लिनका चौथो शिविर झरे ।

एकाएक मौसम ज्यादै नराम्रो भएर गयो । त्यसपछि खनेक प्रयास गर्दा पनि पासाङ र सोनाम भएको ठाउँमा कोही पनि अक्सिजन लिएर जन सकेनन् । यसरी नेपाल आमाकी वीर छोरीले सगरमाथाको शीर्ष भागमै रोकिनुपर्यो ।

धेरै दिनसम्म पनि मौसम सुध्रेन । उद्धारका लागि उद्धार दल तयार थियो, देशवासीले उनको सस्वास्थ्यको प्रार्थना गरिरहेका थिए । तर, बैरी मौसम कुनै सुधार आएन । १८ दिन बित्यो । उनलाई जीवितै देख्ने आशा विस्तारै ओइलाउँदै गयो । निरन्तर खोजीका क्रममा १९ औं दिन साउथ समिटको कडा हिउँमा आधार मिटर गाडिएको अवस्थामा पासाङको पार्थिव शरीर फेला प¥यो । तर, पाँचपटकसम्म सगरमाथा सफल आरोहण गर्ने विश्वकै तेस्रो व्यक्ति सोनाम छिरिङको पार्थिव शरीरचाहिँ फेला परेन । एक अनौठो संयोग के भयो भने पासाङको तेस्रो सगरमाथा अभियानमा ८ हजार ५०० मिटर उचाइको ठीक त्यसै स्थानमा उनीहरुले त्यस्तै अत्यन्तै नाजुक र संघर्षपूर्ण अवस्थामा रात काटेका थिए र जीवन बचाउन सफल भएका थिए ।

तर, यसपटक हिउँको बारले उनीहरुलाई विकट बनेर बाटो छेक्यो । प्राणवायु र सहयोग अभावमा धेरै दिन रोकिएर रहनुपर्दा असामयिक निधन भयो ।

पासाङको पार्थिव शरीरलार्य नेपाली जनताको अन्तिम दर्शनका लागि सगरमाथाबाट काठमाडौं ल्याइयो र पूर्ण राष्ट्रिय सम्मानका साथ स्वयम्भूमा अन्तिम संस्कार सम्पन्न गरियो । सगरमाथा विजयी भएरै छाड्ने पासाङ ल्हामूको सपना त साकार भयो । सरकारले पनि सकेसम्म सम्मान दिने प्रयास गरेको थियो । जनताले हार्दिक सम्मान अर्पण गरे तर जीवित छँदा वास्ता नगर्ने तर मरेपछि सम्मान प्रदान गर्ने नेपाली चलनप्रति सबै पक्षले ध्यान दिनैपर्छ ।

समयमै सोचिएको र आवश्यक व्यवस्था गरिएको भए पासाङलाई हामी जीवितै पाउन सक्थ्यौं कि ! समयमै विचार पुर्याएको भए आरोहीहरु सगरमाथामा त्यसरी दुर्घटनामा पर्ने थिएनन् । यसका अतिरिक्त सगरमाथामा रहेका अन्य सयौं मृतकका शवबाट पनि सरकारले सिक्नुपर्ने यस्ता पाठ थुप्रै छन् ।

नेपालकी राष्ट्रिय विभूति पासाङ उनका पथप्रदर्शक सरदार सोनाम छिरिङको असामयिक निधनबाट अब सरकारको आँखा खुलेको हुनुपर्छ । भविष्यमा आरोहीले सूचना संकट, प्राणवायु संकट, खाद्य संकट र समयमा सहयोगको अभाव हुनुको संकटबाट असमयमै ज्यान गुमाउन नपरोस् भन्नेतर्फ सोच्न उनको दुःखद् निधनले सबैलाई घच्घच्याएको छ । (पासाङ ल्हामु शेर्पा स्मारिकाबाट)

Loading...
Loading...
Loading...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

काठमाडौं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा...

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको...