एक्लोपनका ५ तथ्य – Janata Live
  • Sunday, February 5, 2023

एक्लोपनका ५ तथ्य

  • जनता लाइभ
  • मङि्सर २७, २०७५

एक्लोपनका ५ तथ्य

एक्लोपन, यस्तो अवस्था जब हामी आफूलाई मानिसहरूको जमातबाट टाढा आफू एक्लैमा रमाउन भनौँ वा हराउन थालेका हुन्छौँ ।

मुख्यतः यो समस्या अहिलेको विज्ञान र प्रविधिले छपक्कै छोपेको संसारको उपज पनि मानिएको छ । सत्य युगमा देवी देवता सत्यको खोजीमा तपस्याका निमित्त एक्लोपन खोज्थे । यसबाट आर्जित सकारात्मक उर्जाले उनीहरू अझ शक्तिशाली हुन्थे भन्ने कथाकिंवदन्तीमा पनि सुन्ने गरेका छौँ । यस्तै, गौतम बुद्धले पनि ज्ञानको खोजीमा एकान्तलाई अँगालेको थिए ।

कुनै पनि कुरा, वस्तु, चिज जे सुकै भनौँ उनीहरू आफैँमा राम्रा वा नराम्रा कदापि हुँदैनन् । राम्रो नराम्रो हामीले त्यसको कसरी सदुपयोग गर्छौं वा दुुरुपयोग गर्छौं त्यसमा भर पर्छ । अगेनामा खाना बनाउन प्रयोग हुने आगोको सानो झिल्काले समेत संसारै जलाउन पनि सक्छ । यसर्थ सबै कुराको आफ्नौ सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् । यस्तै एक्लोपन आपmैँमा नकारात्मक भने होइन ।

एक्लोपन भनेको सांसारिक वस्तुबाट अलग हुनु हो ।१)

एक्लोपन भनेको संसारिक वस्तुहरूबाट अलग हुनु कहिल्यै पनि होइन । जब हाम्रो साथमा कोही हुँदैन तब हामी एक्लिन्छौँ । एक्लिनु र एक्लोपनमा शाब्दिक भिन्नता खासै नभए पनि अर्थ भने फरक छन् । एपक्लनु भनेको उक्त व्यक्ति सवयं आफैँ कोही कसैसँग नबोल्ने हो भने एक्लोपन भनेको त्यस व्यक्तिसँग कोही साथमा नभएको अवस्था हो । ऊ नचाहेर पनि एक्लो रहन सक्छ । यसको कारण उनीहरूको शारीरिक कुरुपता होस् वा अन्य कुनै समस्या ।

जस्तैः कुनै बच्चा अपांग छ भने ऊसँग कोही साथी छैन भने त्यस अवस्थामा उक्त बच्चा एक्लोपनको शिकार हुनसक्छ । तर, एक्लेै हुनु भनेको शारीरिकरूपमा सबल आकर्षक हुँदा पनि कति बच्चा मात्र होइन वयस्क नै भए पनि उनीहरू सामाजिकरूपमा घुलमिल हुन नसक्ने वा उनीहरूलाई होहल्ला मन नपर्ने प्रवृतिले एक्लिने हुन्छन् । यस कारण पनि एक्लै रहँदा पनि मानिस स्वतन्त्र र खुसी रहन सक्छ ।

एक्लोपन प्रायः बूढापाकालाई हुन्छ ।२)

प्रायः बुढ्यौलीसँगै एक्लोपन पनि बढ्छ भन्ने बुझाइ धेरैको छ । उनीहरू स्वभावैले एक्लो हुनु अचम्मको विषय रहेन । जीवनका धेरै वसन्त, ग्रीष्म ऋतु पार गरेर यस अवस्थासम्म आउँदा पक्कै पनि उनीहरू एक्लपनको आभास पनि हुनसक्छ । तर, एक्लोपनको शिकार भने बूढाबूढीभन्दा पनि किशोरावस्थामा हुने एक सर्वेक्षणले देखाएको छ । युनिभर्सिटी अफ म्यानचेस्टरको अध्ययनअनुसार बूढापाकामा भन्दा पनि किशोरकिशोरीमा एक्लोपन हाबी हुन्छ । ५० देखि ६० प्रतिशत बूढापाकामा एक्लोपनको आभास नहुने उक्त अध्ययनको दाबी रहेको छ ।

किशोरावास्थामा हुने शारीरिक तथा मानसिक विकास, साथीहरूबीचको वैमास्यता वा प्रेम प्रसंगजस्ता विभिन्न कारणले उनीहरू एक्लिने हुन्छन् । यसकारण पनि एक्लोपन बूढापाकामा हुन्छ भन्नु पनि एक मिथक नै हो ।

एक्लोपन खराब हो ।३)

‘खाली दिमाग सैतानको बास’ यस्ता कैयौँ उखानले एक्लोपनप्रतिको सोचाइ सधैँ नैे नकारात्मक नै बनाउँछ । यसले सदैव नराम्रो नै गर्छ भन्ने पनि होइन । यस तथ्यलाई पनि बदल्नुपर्ने छ ।

न्युरोसाइन्टिस्ट जोन काचोप्पोका अनुसार यदि हामीलाई तिर्खा लागेको छ भने हामी पानीको खोजी गर्छौं । त्यस्तै हामी एक्लो भएपछि कोही नयाँ साथी वा पुराना गुनासालाई त्यही एक्लोपनमा बिलिन गराई एउटा नयाँ सोच र नयाँ साथी नयाँ सम्बन्धलाई अझ मजबुत बनाउन सक्छौँ । यस कारण पनि एक्लोपन सदैव खराब हुन्छ भन्ने पक्कै होइन ।

एक्लोपनले स्वास्थमा नकारात्मक असर गर्छ४)

मैले माथि पनि उल्लेख गरेको थिएँ कि अगेनामा खाना बनाउन प्रयोग हुने आगोको सानो झिल्का संसारै जलाउन सक्छ । यसबाट पनि प्रस्ट हुन्छ हरेक चीजको राम्रा र नराम्रा दुवै पाटा हुन्छन् ।

एक्लोपनले हार्ट अट्याक, मस्तिष्कघातजस्ता रोगहरूको सम्भावना बढाउँछ । एक्लोपनका रोगीहरूमा हाइ ब्लड पे्रसर हुन सक्छ र जीवन अवधिमा कमी आउन सक्छ । तर, सदैव एक्लोपनले स्वस्थमा असर नै गर्छ भन्ने छैन । यसले मानसिकरूपमा केही समयलाई भने सांसारिक झमेलाबाट दुर गर्छ । त्यस्तै, सदैव एक्लोपनले मानिसलाई रोगी बनाउनेभन्दा पनि कुनै रोगले पनि मानिसलाई एक्लोपनको शिकार बनाएको हुनसक्छ । उनीहरूलाई आफ्नो स्वास्थको कारण अरूसँग घुलमिल नहुनेको संख्या पनि कम छैन । यो धारबाट पनि हेर्नु आवश्यक छ । कहिलेकाहीँ स्वास्थ अवस्थाले चाहिँ एक्लोपन निम्त्याएको हुनसक्छ ।

आधुनिक युगमा एक्लोपनका शिकार अत्याधिक छन् ।५)

विज्ञान र प्रविधिको विकाससँगै मोबाइल, ल्यापटप, इन्टरनेट आदिको आविष्कारले संसारभरका मानिसहरूलाई व्यक्तिपरकभन्दा पनि वस्तुपरक बनाउन थालेको छ । यो शास्वतः सत्य हो । तर, प्रविधिको उपजले नै यस्तो अवस्था आएको भने भनिहाल्न मिल्दैन । सन् १९४८ मा बेलायतको ब्र्रुनल युरोनिर्भसिटी क्रिस्टोफर भिक्टर अध्ययनले एक्लोपनका शिकार वृद्धवद्धाहरू ७० वर्षभन्दा बढी बाँचेको तथ्य सार्वजनिक गरेका छन् । यसबाट एक्लोपनले आयु लम्ब्याउँछ भन्न खोजेको भने होइन ।

तर, ७० वर्षदेखिको संख्याका एक्लोपनका रोगीहरू अझै पनि रहेका छन् । विश्वको जनसंख्या बढेसँगै यस्ता रोगी पनि बढेका हुन् न कि एक्लोपनमा होइन । (एजेन्सीको सहयोगमा तयार पारेको सामग्री)

Loading...
Loading...
Loading...

गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ

बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...

अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु

यमन– यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...