खरानीबाट उठेको विद्यालय – Janata Live
  • Wednesday, February 8, 2023

खरानीबाट उठेको विद्यालय

  • जनता लाइभ
  • मङि्सर २६, २०७५

खरानीबाट उठेको विद्यालय

हेलम्बुको सेर्माथाङमा रहेको याङरिमा बोर्डिङ स्कुलका विद्यार्थीहरू आ–आफ्नो कक्षामा पढिरहेका छन् । कोही विद्यार्थी शिक्ष्ँकसँग छलफल गर्दै आफ्नो बुझाइमा स्पष्ट हुँदैछन् । कोही विद्यालयको चौरमा निस्किएर हेलम्बुको ताजा हावाले आफूलाई ताजा बनाएर केही सिक्ने ऊर्जा थप्न खोजिरहेका छन् ।

स्कुलको वातावरण अत्यन्त रमाइलो भइरहेको छ । विद्यार्थीहरूले कक्षामा पढिरहेको ध्वनिले वातावरण नै गुञ्जायमान छ । विद्यार्थीहरूको अनुहारमा चमक छ । सिक्ने धक छैन । न त जबरजस्ती सिक्नुपरिरहेको भान नै देखिन्छ । अचानक, एक हूल नचिनेका समुह स्कुल हाताभित्र पसे । हँसिया थथौडा अंकित कपडा टाउकोमा बाँधेका उनीहरूका हूललाई ती कलिला मस्तिष्कहरूले के चिन्न सक्थे । तर, उनीहरूको हातमा सुसज्जित गोला बारुदले जनाइहाल्यो तत्कालीन भूमिगत माओवादीका कार्यकर्ता हुन् । सिकाइको ऊर्जाशील वातावरणमा रमाइरहेको विद्यालय एकाएक कोलाहलमय भयो । विद्यालयका प्रधानाध्यापक सन्तबहादुर राईसहित सबै विद्यार्थीहरूलाई बम बारुदको शक्तिको रवाफ देखाउँदै ज्यानको धम्की दिएर ती समूहले एउटा कक्षामा थुनिदिए । अनि, विद्यालयको देब्रेतिरको भवनमा बम विस्फोट गराए । त्यो विस्फोटको आवाज कलिला मष्तिस्कमा कति नराम्रो गरी पस्यो होला ? चेतावनी आयो, ‘भोलिदेखि स्कुल चल्यो भने आज पड्केको बमले स्कुल ध्वस्त बनाएझैं तिमीहरूलाई पनि…।’

मान्छेले पहिले रोज्ने कुरा आफ्नो जीवन हो । यदि जीवन नै नरहे अरू कुराको के अर्थ । २०५८ साल असार महिनाको एक दिनको घटना हो यो । तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको नेकपा माओवादीका कार्यकर्ताले याङरिमा विद्यालयका शिक्षक विद्यार्थीमाथी धावा बोले । अंग्रेजी भाषामा पढाएकै कारण सामुदायिक स्तरको विद्यालय उनीहरूको ‘भौतिक कारबाही’ मा प¥यो । अन्ततः तरबारको अघि कलम तत्काललाई हा¥यो । विद्यालयमा विद्यार्थी जान छाडे । शिक्षकले आफ्नो जीवन महत्वपूर्ण ठाने । विद्यालय बन्द भयो ।

गएको बिहीबार अर्थात्, १२ वर्षपछि, विद्यालय पहिलेकै गतिमा थियो । विद्यार्थीहरू विद्यालयको चौरमा खेल्दै छन् । याङरिमा स्कुलले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा स्थानीय संस्कृति झल्कने प्रस्तुतिहरू देखाउन व्यस्त छन् उनीहरू । दुई हजार सात सय मिटर उचाइमा रहेको सेर्माथाङमा जुगल हिमालको चिसो हावाले विद्यार्थीहरूको गालामा लाली थपिदिएको छ । अझै, वरिपरि फुलिरहेको गुराँसको लाली देख्दा लाग्छ, विद्यालय सुन्दर फूलहरूको बगैंचाबीचमा थपक्क राखिएको हो । विद्यार्थी, त्यही बगैंचाका भमरा । बगैंचाका फूलहरूको रसस्वादन गरेर उनीहरू आफ्नो जीवनको लागि चाहिने रसले मष्तिस्कलाई रसिलो बनाउँदै छन् । विद्यार्थीहरू देख्दा लाग्छ, उनीहरू निस्फिक्री आफ्नो मस्तिष्कलाई फराकिलो बनाउँदै छन् ।
‘यस विद्यालयको स्थापना सन् १९८५ मा भएको थियो । अभिभावकहरूको सक्रियतामा विद्यालय खुलेको हो । धेरै संघर्ष गरेर हाम्र अभिभावकहरूले राम्रो गुणस्तरको शैक्षिक वातावरण बनाउनुभएको थियो । अंग्रेजी माध्यममा पढाइ हुने एउटा मात्रै सामुदायिक विद्यालय थियो ।’

विद्यालयको इतिहास सुनाउँदै जाँदा कक्षा ९ की छात्रा पासाङ ल्हामुले विद्यालयले भोग्नुपरेको द्वन्द्वको असर र पढ्ने अधिकारबाट वञ्चित भएको क्षण सम्झिन भुलिनन्, ‘सन् २००१ मा माओवादीहरूले बम पड्काएर विद्यालय बन्द गराइदिए । त्यसैको असर आठ वर्षसम्म हामीले भोग्नुप¥यो । हाम्रो गाउँमै पढ्ने अधिकार खोसियो ।’ स्कुलकै होस्टलमा बसेर पढिरहेकी पासाङलाई द्वन्द्वको मारमा परेको विद्यालयको अतीतले अझै पनि घोचिरहन्छ ।

याङरिमा विद्यालय स्थानीय गाउँलेहरूको सक्रियतामा स्थापना भएको हो । २२ वर्षअघि ह्योल्मो बस्ती रहेको सेर्माथाङ गाउँमा शिक्षाको महत्व बुझ्ने व्यक्ति निकै कम थिए । त्यतिबेला विद्यालय स्थापना गरी सञ्चालन गर्न निकै चुनौतीपूर्ण थियो । तर, यसको महत्व बुझ्दै गएपछि स्थानीय स्तरबाट सहयोगहरू प्राप्त हुन थाल्यो । सुरुमा प्राथमिक तहसम्मको शैक्षिक सेवा दिएको विद्यालयले त्यसपश्चात् भने निम्त मावि हुँदै माविसम्मको शिक्षा दिन थाल्यो । सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारादेखि करिब ४६/४७ किलोमिटर टाढा सेर्माथाङ विकासको हिसाबले दुर्गम छ । तर, दुर्गम ठाउँमा स्थापित याङरिमा विद्यालय त्यस ग्रामीण क्षेत्रमा शिक्षाको ज्योति केन्द्रकै रूपमा उभियो । त्यसैले विद्यालय वरपरका गाउँ एवं जिल्लाका बासिन्दाहरूको मात्र नभएर विदेशी पर्यटकका लागि समेत आकर्षणको केन्द्रविन्दु बनेको विद्यालयका निर्देशक टासी लामा ह्योल्मो बताउँछन् ।
माओवादी सशस्त्र द्वन्द्वको कारण शिक्षाको ज्योतिको केन्द्रको रूपमा उभिएको विद्यालयको प्राङ्गणलगायतका सम्पूर्ण भवनहरू भग्नोवशेष बन्यो । वस्तुको चरन क्षेत्र तथा जंगली जनावरहरूको बासस्थानको रूपमा अव्यवस्थित बन्न पुग्यो । विद्यालय बन्द भएपछि गाउँका बालबालिकाको भविष्य अन्योल भयो । त्यसपछि याङरिमाका भूतपूर्व विद्यार्थीहरूले भूतपूर्व विद्यार्थी समाज २००१ मा खोले । अन्ततः शिक्षाको महत्व बुझेका तिनै विद्यालयका भूतपूर्व विद्यार्थीहरूले विद्यालयको महत्वपूर्ण जिम्मेवारी सम्हालेर विद्यालयलाई पुनः सञ्चालन गरे ।

‘अहिले विद्यालयमा एक सय ७५ जना विद्यार्थी छन् । १२ जना शिक्षकले पढाउँछन् ।’ विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका निर्देशक टासीले भने, ‘विदेशबाट आएका स्वयंसेवकहरूले पनि विद्यालयमा पढाउने गर्छन् । अहिले विद्यालयले छात्राबास पनि सञ्चालन गरेको छ ।’ विद्यालय हाताभित्रै अस्पताल पनि सञ्चालित छ । याङरिमा स्कुलका विद्यार्थीहरूको लागि बिमाको समेत व्यवस्था गरिएको उनले बताए ।

सिकाइको ऊर्जाशील वातावरणमा रमाइरहेको विद्यालय एकाएक कोलाहलमय भयो । विद्यालयका प्रधानाध्यापक सन्तबहादुर राईसहित सबै विद्यार्थीहरूलाई बम बारुदको शक्तिको रवाफ देखाउँदै ज्यानको धम्की दिएर ती समूहले एउटा कक्षामा थुनिदिए । अनि, विद्यालयको देब्रेतिरको भवनमा बम विस्फोट गराए ।

अहिले विद्यार्थी सुरुआती दिनमा झैं निर्धक्क अध्ययन गर्छन् । विद्यालयमा टाढा टाढादेखिका विद्यार्थी आएर छात्राबासमै बसेर पनि पढ्ने गरेका छन् । उनका अनुसार याङरिमा बोर्डिङ स्कुलमा पढ्ने हरेक विद्यार्थीलाई अंग्रेजी भाषा, प्राथमिक उपचार, कम्प्युटरलगायतका सामान्य कुराहरू अनिवार्य सिकाइने गरिएको छ । स्थापनाकालदेखि हालसम्म भने यस संस्थाले हेलम्बु क्षेत्रका विद्यार्थीहरूको निम्ति विभिन्न शीर्षकमा छात्रवृत्तिलगायत कम्प्युटर शिक्षाको सेवा पनि दिँदै आएको छ । याङरिमा शैक्षिक प्रतिष्ठान नाम दिएर मुनाफा रहित शैक्षिक गुठीमार्फत अहिले विद्यालय सञ्चालन गरिएको पनि उनले बताए । द्वन्द्वको समयअघि तीन व्याच एसएलसी पनि उक्त विद्यालयले उत्तीर्ण गराएको थियो ।

पुनःस्थापनापछि यस वर्ष मात्रै पहिलो ब्याचका विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुँदैछन् । सोही विद्यालयका विद्यार्थी डा. छिरिङ लामा ह्योल्मो सन् २००६ मा बेलायतको इन्टरनेसनल स्टुडेन्ट अवार्डबाट सम्मानित तथा अन्तर्राष्ट्रिय उच्च म्याराथन प्रतियोगीता, एभरेस्ट म्याराथन २००५ का विजेता पनि भइसकेका छन् । ‘अझै पनि हामी यस्ता धेरै सफल विद्यार्थी उत्पादन गर्ने ध्यानमा क्रियाशील छौं,’ उनले भने ।

विद्यालयलाई सहयोग गर्दै विदेशी
जुडी हेल्फेर्न र रोव स्पेकम्यान, क्यानडियन दम्पती । हरेक वर्ष सेर्माथाङ गाउँमा पुग्छन् । ५४ र ५३ वर्षका यी दम्पतीलाई सेर्माथाङ गाउँको शैक्षिक प्रगतिको चिन्ताले सताइरहन्छ । सन् १९९४ देखि नै उनीहरू सेर्माथाङको शैक्षिक विकासबारे चिन्तित हुन थालेका हुन् ।

अहिले विद्यार्थी सुरुआती दिनमा झैंं निर्धक्क अध्ययन गर्छन् । विद्यालयमा टाढा टाढादेखिका विद्यार्थी आएर छात्राबासमै बसेर पनि पढ्ने गरेका छन् । उनका अनुसार याङरिमा बोर्डिङ स्कुलमा पढ्ने हरेक विद्यार्थीलाई अंग्रेजी भाषा, प्राथमिक उपचार, कम्प्युटरलगायतका सामान्य कुराहरू अनिवार्य सिकाइने गरिएको छ ।

जुडी सम्झिन्छिन्, ‘सन् १९९४ मा नेपाल ट्रेकिङ आएको थियौं, पहिलोपटक । त्यसैबेला हेलम्बु आउने मौका मिल्यो । अनि यहाँको शैक्षिक अवस्था थाहा भयो ।’ क्यानडाका शिक्षक दम्पतीलाई हेलम्बुको शिक्षाको अवस्थाले चिन्तित गरायो । त्यसपछि यहाँका समुदायका व्यक्तिहरूलाई प्रोत्साहन गर्ने मात्रै होइन लगातार आफ्ना विद्याार्थीहरूलाई स्वयंसेवकका रूपमा नेपालको हेलम्बु ल्याएर शिक्षण सिकाइबारे अन्तरक्रियाको साथै सहयोग पनि गर्न थाले ।
स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम नाम दिएर उनीहरू निरन्तर हेलम्बुको याङरिमा विद्यालयका विद्यार्थीसँग सम्पर्कमा बसिरहे । द्वन्द्वको समयमा बन्द भएको विद्यालय खुलाउन पनि उनीहरूले उत्साह दिए । विद्यालयको भौतिक अवस्था सुधारको लागि सहयोग गरे । अहिले पनि निरन्तर सहयोग गरिरहेका छन् । रोवले थपे, ‘२००४ देखि हाम्रा विद्यार्थी यहाँ ल्याएर स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम थालेका हौं ।’

क्यानडियन शिक्षकको हौसला सेर्माथाङका समुदायको मायालुु व्यवहारको कारण अहिलेसम्म प्रँप्त भइरहेको छ । हाल १५ जना दस जोड दुईका क्यानेडियन विद्यार्थी हेलम्बुमा छन् । उनीहरू यी दुई दम्पतीकै आग्रहमा हेलम्बुको सेर्माथाङ पुगेका हुन् ।

शैक्षिक गुठी सञ्चालक समितिको अध्यक्षमा भू.पू. प्रशासक निमा लामा ह्योल्मो, उपाध्यक्षमा समुदायका तर्फबाट प्रतिनिधि गर्दै छेसाङ दोङबा ह्योल्मो तथा भू.पू. विद्यार्थीको तर्फबाट टासी लामा ह्योल्मो महासचिव, छेसाङ लामा ह्योल्मो सचिव, निमा लामा ह्योल्मो कोषाध्यक्ष रहेका छन् ।
उक्त विद्यालयमा हालसम्म स्थानीय मातृ भाषा ‘ह्योल्मो’ को साथै बौद्ध शिक्षालाई पनि शैक्षिक विषयको रूपमा राखी पठन–पाठन गरिन्छ ।

चाइल्डरिच नेपालको सहयोगबाट विद्यालयको भौतिक मर्मत, शिक्षक तालिम, बालमैत्री खेलमैदान, निरन्तर शिक्षक तलब तथा धुलिखेल अस्पतालसँग सहकार्य गरेर सम्पूर्ण विद्यार्थीको स्वास्थ्य बिमा गर्नुका साथै विद्यालय स्वास्थ्य केन्द्रको सुरुवात गरिएको छ । सोको लागि यसै स्कुलका भूपू विद्यार्थी एवं बेलायतबाट टेलिमेडिसनमा विद्यावारिधि गरेका चाइल्डरिच नेपालका निर्देशक डा. छिरिङ ह्योल्मोले विशेष योगदान पु¥याएका छन् । सेन्ट जोन किल्मार्कनोक स्कुल, बेलिङ्टन कलेज तथा नमस्ते नेपालको पनि यो स्कुल सञ्चालनमा सहयोग छ ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...