ञिङमा परम्पराका परिचय – Janata Live
  • Wednesday, February 8, 2023

ञिङमा परम्पराका परिचय

  • आचार्य सार्की शेर्पा
  • मङि्सर २४, २०७५

ञिङमा परम्पराका परिचय

शान्तिका महानायक भगवान् शक्यमुनि बुद्धले महायान परम्परा अनुसार बुद्धत्व अर्थात् बोधिज्ञान प्राप्त पश्चात् पहिलो वाराणसी, दोस्रो (विहारको) गृधकुट र तेस्रो वैशालीमा गरी तीन पटक धर्म प्रवचन गर्नु भएको थियो । विभिन्न कालमा उपदेश गर्नु भएका अनुसार बुद्धको महापरिनिर्वाण पश्चात् बौद्ध धर्म, सिद्धान्तको आधारमा वैभाषिक, सौतान्त्रिक, विज्ञानबाद र माध्यमिक गरी चार भागमा विभाजन भएको थियो । सातौं शताब्दीको अन्तमा भारतका आचार्य शान्त रक्षित, आचार्य पद्मसम्भव र भोट देशका राजा ठिसोङ देउचेन तीन जनाको सद् प्रयासले भोट देशमा महायान बौद्ध धर्मको आधिकारीक रूपमा स्थापना गरिएको थियो ।

तत्पश्चात् भोट देशमा समय र स्थानको आधारमा फैलिएको महायान बौद्ध धर्म पनि ङग्युर ञिङमा (प्राचीन) र छिग्युर सार्म (अर्वाचीन) गरी दुई भागमा विभाजन भएको थियो । छिग्युर सार्म (अर्वाचीन) मा पनि काग्युद्, साक्य र गेलुग गरी तीन भागमा विभाजन भएको थियो ।

त्यसमध्ये पूर्व प्राचीनकालको सबै आचार्यहरू बोधिसत्वको रूपमा जन्म लिनु भएको थियो । त्यस समयमा भारतको १०८ पण्डितहरू र भोट देशका १०८ लोचावा (लोक चक्षु) हरूले संयुक्त रूपमा बौद्ध धर्मको सूत्र र तन्त्रका ग्रन्थहरू संस्कृत भाषाबाट भोटभाषामा अनुवाद गरिएका थिए । त्यस समयका लोक चक्षुहरू धेरै भाषाहरूको ज्ञानले युक्त हुनु हुन्थ्यो । त्यसकारण त्यस बेला अनुवाद गरिएका सबै धर्म ग्रन्थहरू सहज रूपमा बुझ्न सक्ने र गम्भीर अर्थ भएका जस्ता आदि धेरै विशेषताहरू रहेका छन् । भोट देशका राजा सोङचेन गम्पो, ठिसोङ देउचन र ठिरल्प च्यनको समयमा भोट देशका पहिलो लोचावा थोन्मि सम्भोटदेखि आचार्य स्मृतिज्ञानको समयसम्म अनुवाद गरिएको तन्त्रहरूलाई प्राचीन ‘तन्त्र’ भनिन्छ । त्यसलाई नै ङग्युर ञिङमा (प्राचीन) भनिन्छ ।

विकासको क्रममा ङग्युर ञिङमा (प्राचीन) परम्परामा मातृ गोन्पाको रुपमा १. कथोक २. दोर्जे डाग ३. मिन्डोलिङ्ग ४. पयुल ५. जोक्क्षेन ६. शेक्षेन गरी प्रसिद्ध ६ प्रकारका गोन्पाहरू विकास भएका थिए ।
१. कथोक – सन् ११५९ मा ञिङमा परम्पराका आचार्य फाग्मो डुपाका भाई कदाम्प देश्येकले निर्माण गर्नु भएका भोट दोखाम दिशाको पहिलो तथा वृहत् एक प्रसिद्ध गोन्पा ।

२. दोर्जे डाग – सन् १६६८ मा रिग्जीन ङावापोले भोट देशको मथिल्लो भेगमा निर्माण गरिएको च्यङतेर (उत्तरनिधि) परम्पराको एक प्रसिद्ध गोन्पा ।

३. मिन्डोलिङ्ग – सन् १६७६ मा धर्मराज तेरदाक लिङपाले भोट मध्य स्थानमा निर्मित दक्षिण निधि तन्त्रका विशेष अध्ययन अध्ययापन गर्नको साथै आर्युवेद र ज्योतिष शास्त्रका विद्वानहरू रहेका एक प्रसिद्ध गोन्पा ।

४. पयुल नम्गेल च्यछुप छोलिङ्ग – सन् १६६५ मा रिग्जीन कुन्जाङ श्यरबले खाम दिशामा निर्माण गर्नु भएको एक प्रसिद्ध गोन्पा ।

५ जोक्क्षेन सम्तेन छोलिङ्ग – सन् १६८५ मा डुब्वाङ पेमा रिग्जीनले खाम देगेमा निर्माण गर्नु भएका प्रसिद्ध गोन्पा ।

६. शेक्षेन तेञि दारग्ये लिङ्ग – सन् १७३७ मा रब्ज्यम ग्युर्मेद् कुन्जाङ नम्गेलले जोक्क्षेन गोन्पाका समीप निर्माण गर्नु भएका एक प्रसिद्ध गोन्पा ।

नेपाल बौद्ध ञिङमा संघको परिचय

नेपालमा रहेका बौद्ध ञिङमा परम्पराहरूलाई एकता गर्नका लागि नेपालको विभिन्न भागमा छरिरहेका ञिङमा गोन्पामा अध्ययनरत विद्यार्थीहरूबीच व्यापक छलफल गरी नेपालमा रहेका बुद्ध अनुयायी र विद्यार्थीहरूको समस्या समाधान गर्न र विश्वव्यापी रूपमा फैलिन्दै गएको हिंसा, विसंगती र विकृतिहरूलाई हटाउनुको साथै मानवीय आधारमा परोपकारी कार्य गरी बौद्ध धर्मको हक हित र संस्कृतिको संरक्षण, संवद्र्धन, सुधार तथा सामाजिक, आर्थिक क्षेत्रमा नेपाल सरकारसँग सहकार्य गरी अघि बढाउनका लागि एक राष्ट्रिय स्तरको विशुद्ध सामाजिक संस्था आवश्यक भएको हुँदा २०६० सालमा नेपाल बौद्ध ञिङमा संघको गठन गरी मिती २०६१ श्रावण १३ गतेका दिन जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा दर्ता गरिएको छ । नेपाल सरकार बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको तथ्यांक अनुसार हालसम्म सतिमिमा दार्ता भएको ञिङमा गोन्पाहरुको संख्या १,५८६ अर्थात् ७९.८० प्रतिशत् रहेको छ ।

नेपाललाई विश्वमा शान्तिका नायक भगवान् बुद्धको जन्मभूमि भनेर प्रशंसा गरे तापनि नेपालमा भने धेरै लामो समयदेखि नेपालका बौद्धमार्गीहरूले राज्यपक्षबाट उपेक्षा भौग्दै आएका छन् । नेपालका बुद्ध अनुयायीहरूले बौद्ध धर्म, दर्शन अध्ययनका लागि भारत, बर्मा, थाईलेन्ड श्रीलंका आदि देशहरूको सहारा लिनु पर्ने बाध्यता विद्यमान नै छ । त्यसकारण नेपालको गोन्पा शिक्षालाई व्यवथित रूपमा संचालन गर्न विद्यमान शिक्षा नियमावलीमा राज्यले विशेष व्यवस्था गर्नु पर्ने आवश्यकता देखिएको छ । साथै नेपाल सरकारले बौद्धहरूसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी निकायहरूको पदमा बौद्ध भिक्षु तथा लामाहरूकै नियुक्ति गर्नसकेमा बौद्धमार्गीहरूको समस्या समाधान गर्नका लागि ठूलो योगदान पुग्नेछ । तसर्थ नेपाल सरकारले यस विषयमा विचार गरी बौद्धमार्गीको भावनासँग खेलवाड नगरी निष्पक्ष रुपमा कार्य गर्न सके देशमा सुख, शान्ति र सम्वृद्धि हुने कुरामा विमति देखिंदैन ।

नेपाल बौद्ध ञिङमा संघले स्थापना कालदेखिनै नेपालका विभिन्न जिल्लाका गोन्पाहरूलाई विशेष गरी शिक्षा क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुको साथै देशमा धार्मिक सहिष्णुता, दिगो शान्ति, पर्यटन प्रवद्र्धन तथा प्राचीन बौद्ध तीर्थ स्थलहरूको प्रचार–प्रसार गर्ने मूलोद्देश्यका साथ २०६६ सालदेखि वार्षिक कार्यक्रमको रूपमा सामूहिक पाठपूजा (मोन्लम) गर्दै आएको व्यहोरा सबैलाई जानकारी नै छ । यस संघको वार्षिक कार्यक्रम अनुसार यस वर्ष पनि यही मिति २०७० पौष २६ गतेदेखि माग १ गते (शुक्ल पक्षको दशमी देखि पुर्णिमा) सम्म ६ दिने नेपाल ञिङमा मोन्लम पूजा कार्यक्रम बौद्धमार्गीहरूको महान् तीर्थ स्थल बौद्धनाथ (छ्योर्तेन च्यरोङ खशोर) मा आयोजना हुने भएको छ ।

बौद्धनाथ (छ्योर्तेन च्यरोङ खशोर) चैत्यको परिचय

महान् तीर्थ स्थल बौद्धनाथ (छ्योर्तेन च्यरोङ खशोर) काठमाण्डौं शहरको उत्तरपूर्व दिशामा अवस्थित छ । काठमाण्डौं महानगरपालिका वडा नं.–६ मा स्थित करिब ४३.४५ मिटर उचाई र ६,७५६ वर्गमिटर क्षेत्रफलमा रहेको यो चैत्य नेपाल अधिराज्यमा रहेका चैत्यहरूमध्येका सबै भन्दा बढी क्षेत्रफल ओगटेको विशाल चैत्य हो । त्रिभुवन विमान स्थलबाट करिब ४.६ किलोमिटरको दूरीमा अवस्थित यस विशाल चैत्यलाई बुद्ध अनुयायीहरूले छ्योर्तेन छेन्पो, छ्योर्तेन ज्यरुङ खशोर, बौद्ध महाचैत्य, खास्ती, खासो, खासौ चैत्य आदि विभिन्न नामले सम्बोधन गर्ने गर्दछन् । प्राचीन कालदेखि नै यो चैत्य धार्मिक परम्परा तथा पुरातात्विक अवशेषहरूको कारणले देश–विदेशबाट दर्शन गर्न आउनु हुने तीर्थयात्री, पुरातत्वविद्, इतिहासकार एवं कलाप्रेमीहरूका लागि आकर्षणको केन्द्र बिन्दु रहेको छ ।

बौद्धमार्गीहरूको आस्थाको केन्द्र रहेको यस विशाल चैत्यको काल–विवरण विषयमा प्रमाणित स्रोतको अभाव रहेको छ । स्थापनाको बारेमा अनेक लोकोक्ति तथा किंवदन्तीहरू पाईन्छन् । तिब्बती स्रोतका अनुसार ज्यजिग्मा नाम गरेकी महिलाले एउटा बौद्ध स्मारक चैत्यको निर्माण गर्ने मूल उद्देश्यले आफ्नो चार पुत्रका सहायताबाट चैत्यको गर्भमा काश्यप बुद्धका अस्तुधातु प्रतिष्ठित गरेर उक्त चैत्यको निर्माण पूरा गरेको मानिन्छ । हाल चैत्यको उत्तर दिशामा निर्माण गर्ने महिला ज्याजिग्माको मूर्ति चैत्यसँगै गाँसिएको सानो मन्दिरमा रहेको छ । वंशावलीका अनुसार चैत्यको निर्माण पश्चात् तीन पुत्रले यस निर्माण कार्यको पुण्य फलले अर्को जन्ममा हिमवत् खण्डमा बौद्ध धर्म प्रचार–प्रसार गर्ने प्रार्थना गरिएको थियो र एक पुत्रले यसको विपरीत प्रार्थना गरेको थियो । तदनुसार पद्मसंभव, धर्मराज ठिस्रोङ देउचेन, शान्तरक्षित र लाङदर्म (तिब्बतका चौथौं राजा) ले जन्म लियो ।

प्रणिधान अनुरूप पद्मसंभव, धर्मराज ठिस्रोङ देउचेन र शान्तरक्षितले भोट देशमा बौद्ध धर्मको प्रचार–प्रसार गरियो भने लाङदर्मले आफ्नो राज्यकालमा बौद्ध धर्मको नष्ट गर्ने कोशिश गरेको थियो ।

नेवारी स्रोतका अनुसार राजा धर्मदेवको राज्यकालमा काठमाण्डौं उपत्यकामा लामो समयसम्म पानी नपरेकोले देशमा हाहाकार मच्चिएको थियो । देशमा किन यस्तो भएको हो भनेर ज्योतिषसँग परामर्श लिंदाँ ज्योतिषले बत्तीस लक्षण युक्त व्यक्तिको बली दिनु पर्ने सुझाव दिएको थियो । बत्तीस लक्षण भएको व्यक्ति राजा स्वयं र आफ्नो पुत्र मात्र देशमा भएकाले पुत्रलाई भोली नारायणहिटीको मुहान छेउमा मानव आकृतिको एउटा सेतो कपडाले बेरिएको हुनेछ, जसलाई धारिलो हतियारले दुई टुक्रा पारिदिनु भनी आदेश अनुसार काट्दा खेरी आफ्नो पिता भएको थाहा पाए । पिताको हत्यबाट शोकाकुल राजकुमार मानदेवले पितृहत्याको पाप प्रायश्चित गर्न यस बौद्ध चैत्य स्थापना गरेको मानिन्छ ।

यस चैत्यको विषयमा तिब्बती र नेवारी गरी दुई प्रकारका स्रोत प्राप्त हुन्छ र यसलाई हाल नेपाली र अंग्रेजी आदि भाषामा अनुवाद गरी सकेको छ । तिब्बती स्रोतमा निधि (तेर्मा) र गुरु पद्मसंभवको जीवन वृतान्त, उग्र्गेन लिङ्पाको पेमा काथाङमा पाईन्छ ।

यस चैत्यको चारै दिशामा पञ्चध्यानी बुद्धका मूर्तिहरू रहेका छन् । पूर्वमा अक्षोभ्य बुद्ध, पश्चिममा अमिताभ बुद्ध, दक्षिणमा रत्नसंभव बुद्ध, उत्तरमा अमोघसिद्धि बुद्ध र बीच भागमा वैरोचन बुद्ध रहेका छन् । पञ्चध्यानी बुद्धलाई बुद्धको काय, वाक्, चित्त, गुण र कर्मका प्रतीक स्वरूप मानिन्छ । चैत्यको वरिपरि १४७ वटा खोपाहरुमा ६४९ वटा सानो ठूलो मणि खोर्लोहरू रहेका छन् ।

सन् १९७९ अक्टोबरमा युनिस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको यस एतिहासिक विशाल चैत्यलाई राणाकालिन प्रधानमन्त्री जंगबहादुर राणाको कालदेखि बौद्ध घ्याङ गुठी नामक गुठीले संरक्षण गर्दै आएको र वि.सं. २०५३ सालमा नेपाल सरकारबाट श्री बौद्धनाथ क्षेत्र विकास समिति नामक समिति गठन गरि हाल गुठी र समिति दुवैले यस चैत्यको संरक्षण तथा सम्वर्धन गर्दै आएका छन् ।

प्रनिधान (मोन्लम) पूजाको लाभ

यस प्रकारको धार्मिक, सांस्कृतिक, पुरातनत्विक महत्व बोकेको महान् चैत्यको परिसरमा आयोजना गरिएको मोन्लम कार्यक्रममा नेपालका विभिन्न जिल्लामा रहेका गोन्पाहरूबाट श्रमणेर श्रमेणेरिका, भिक्षु संघ र देश–विदेशका बौद्ध समाजका सम्मानित रिन्पोछे ज्यूहरूको साथै हिमाली भेगका बौद्धमार्गी गृहस्थीहरूको पनि सहभागी हुने आयोजकले बताउनु भएको छ ।

विशेष गरी भगवान् शाक्यमुनि बुद्धको जन्मभूमि नेपाल र विश्वमा दिगो शान्ति, सुख, सम्वृद्धि फैलाउन र नेपालमा रहेका बौद्ध तीर्थहरूको प्रचार–प्रसार एवं धार्मिक तथा सांस्कृतिक महत्वलाई अक्षुण्ण राख्नको साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नको लागि यो पूजा (मोन्लम) कार्यक्रमको आयोजना गरिएको हो ।

यस पूजा (मोन्लम) कार्यक्रममा बौद्ध धर्मका संरक्षक गुरु पद्म सम्भवका सप्त परिच्छेद, आर्य भद्र चर्या प्रनिधान राजा, आर्य मन्जुश्री नाम सांगीति, तारा स्तुति आदिको पाठ गर्ने छन् । प्राचीन कालदेखिनै भिक्षु, भिक्षुणी संघहरू एकत्र भई बुद्ध वचन (त्रिपिटक) को पाठ गर्ने प्रचलन रहन्दै आएको छ ।

भगवान् शाक्यमुनि बुद्ध सबै प्रकारका क्लेशहरूबाट मुक्त हुनु भई सर्वज्ञ हुनु भएको हुनाले उहाँको उपदेश वचनलाई बौद्धनाथ चैत्य (छ्योर्तेन च्यरोङ खशोर) जस्तो महान् पवित्र तीर्थ स्थालमा शुद्ध मनले पाठ गरी आत्मसात् गर्न सके प्राणीहरूको हितार्थ कुशल कार्य गर्नमा बल प्राप्त हुनुको साथै पुण्य सम्भार प्राप्त भई जीवनमा सुख, शान्ति एवं सद्भावले सम्पन्न हुने भएकोले वार्षिक रूपमा आयोजना गरिने यस प्रकारको पाठ–पूजा कार्यक्रमलाई भविष्यमा पनि निरन्तर रुपमा आयोजना गर्ने यस नेपाल बौद्ध ञिङमा संघको लक्ष्य रहेको छ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...