बुद्धको अनमोल उपदेश “बुद्धको दु:ख निवारण मार्ग”

कथा- उ बेला भगवान ‘बुद्ध’ बिहार गर्नु हुँदै जादा उरूबेला काश्यप नाम गरेको, ख्याति प्राप्त ब्राह्मणको बासस्थानमा पुग्नु भएछन्। त्यतिबेला ती ब्राह्मण आफ्नो ५ सय शिष्याहरूको साथमा पूजा गरिरहेको थियो। त्यो दृश्य देखेर भगवान ‘बुद्ध’ त्यहाँबाट फर्केर निरन्जन नदीको तिरमा गाएर बस्नु हुन्छ। उरूबेला काश्यपलाई भगवान बुद्ध आफुले पुजा गरेको ठाउँमा आएर पनि नबस्नु भएर फर्केको कारण बुझ्न मन लागेछन् र भगवान बुद्धलाई खोज्दै जानू भएछन् ।
जहाँ भगवान बुद्ध बस्नु भएको थियो,त्यहाँ नै पुगेर उरूबेला काश्यपले भगवान बुद्धलाई भेटनु भएछन् । अनि भगवान बुद्धलाई सोध्नु भएछन्: “बुद्ध तपाईं मेरो पूजा गरेको स्थानबाट नबस्नु भई किन फर्कनु भयो ?”
भगवान बुद्ध: “हे काश्यप! यसको कारणहरू छ ।”
उरूबेला काश्यप: “के कारण छ?”
भगवान बुद्ध: ‘तिमी दुखको कारण छ । त्यो मान्छौ कि मान्दैनौं ?’
काश्यप: ”हो बुद्ध ! दुखको कारणहरू छन् । त्यो मान्छु ।”
भगवान बुद्ध: “दुख निवारण मार्गहरू पनि छन् । त्यो मान्छौ कि मान्दैनौं ?”
काश्यप: ‘हो बुद्ध ! त्यो पनि मान्छौं ।’
भगवान बुद्ध: ”काश्यप तिमी पुजा गरि रहेको थियौ! त्यो किन र के कारणले ?”
काश्यप: “बुद्ध ! त्यो सबै प्राणीहरूको दुख मुक्तिको लागि थियो र कारण पनि त्यँही थियो।”
भगवान बुद्ध: “हे काश्यप ! तिमीले यो निरन्जन नदीको पारी तिर देखेको छौ नि?”
काश्यप: ‘हो बुद्ध! मैले देखेको छु ।’
भगवान बुद्ध: “त्यो पारी तिरमा तिमी पुग्नु छ भने के गर्नु पर्छ ? यो वारि तिरमा बसेर पुजा गरेर तिमी के पारी पुग्छौं ?”
काश्यप: ”पुग्दैनन बुद्ध !’ त्यहाँ पुग्नको लागि प्रायस र कोशिसहरू गर्नु पर्छ ।
भगवान बुद्ध: हो काश्यप ! तिमीलाई नदीको त्यो पारी तिरमा वारीबाट पुग्नु छ भने पौडी खेलेर हुन्छ कि,नाउमा चढेर हुन्छ कि, वा पुलबाट तिमी पारी पुग्न सक्छौ। जसरी वारि बसेर पुजा गरेर पारी नदीको तिरमा पुग्न सकिदैनन् । पारी पुग्नको लागि कोसिस र माध्यमहरू चाहिन्छन्। त्यसरी नै दुखको निवारण पनि पुजा र आराधनाले होईनन् । त्यसको पनि मार्गहरू छन् । त्यसलाई खोज्नु पर्छ ।”
उरूबेला ब्राम्हण विद्वान नै थियो । भगवान बुद्धको यो व्यावहारिक ज्ञान र उपदेशले चेतना खुल्यो । अनि भगवान बुद्धको पाउमा पर्न पुग्यो साथै उसको ५ सय शिष्याहरू सहित भिक्षु संघमा प्रवेश गर्दै भगवान बुद्धको शरणमा जानू भयो। यो कथाको सारले सबैको चेतना खुलोस !
सब्ब मंगल भवन्तु !
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...