दिप (छ्योइमे) प्रज्वलन र लाभ – Janata Live
  • Wednesday, February 8, 2023

दिप (छ्योइमे) प्रज्वलन र लाभ

  • जनता लाइभ
  • मङि्सर १९, २०७५

दिप (छ्योइमे) प्रज्वलन र लाभ

दियो बत्ती बाल्दा स्मरण गर्नुपर्ने कुराहरुः

यो दिप (छ्योमे) त्रिसहस्रलोक समान र त्यहाँको वातावरण जस्तै महान र व्यापक होस् । यस दियोको सलेदो पर्वतको राजा सुमेरु पर्वत जस्तै होस् । यो दियोको तेल वा घिउ प्रशान्त महासागर जस्तै होस् । प्रत्येक बुद्धको उपस्थिति संगै अरबौं खरबौं धर्म दिप होउन् । यस दियोको प्रकाशले सम्पूर्ण सत्वप्राणीहरुको अज्ञान्ता रुपी अन्धकार हटेर जाउन् । माथी सुखानन्दमय ब्रम्हलोक देखि तल अत्यन्त यातना सहेर बस्नु पर्ने नर्कलोकसम्मको सबै प्राणीहरुले दशै दिशाहरुमा रहनु भएका सबै बुद्ध तथा बोधिसत्वहरुको प्रत्यक्ष दर्शन गर्न पाउन् । भन्दै दियो प्रज्वलन गर्ने ।

त्यपछि ॐ बज्र अलोके आ हूँ: मन्त्रोचारण गर्ने र यसरी भावना गर्ने मैले चढाएको यस शुद्ध र उज्यालो दियो बत्तीहरु भद्र कल्पका हजारौं बुद्धहरु सामु चढाउदैछु । त्यसै गरी दशै दिशामा निहित सबै बुद्ध तथा बोधिसत्वहरुलाई चढाउँदछु । आफ्नो गुरुवर, इष्टदेव लगायत सबै डाक, डाकिनीहरु, धर्मपालहरु अनि अनेक मण्डलाका सबै देव गणहरुमा समेत म यो छ्योमे चढाउँदछु । मैले यो दियो बत्ती बालेको पुण्यले आफ्नै यो जन्मको आमा बाबु लगायत सम्पूर्ण सत्वप्राणीहरुले प्रत्यक्ष रुपमा सम्यक सम्बुद्धको परिशुद्ध भूमिको दर्शन पाउन सकुन् । भन्दै यसरी मन्त्रोचारण गर्नु पर्दछ । तद्याथा ॐ पञ्च ग्रिय अव बोधनी स्वाहा । यस पछि सबै बत्तीहरु पञ्चरंगको एकै रश्मी पुञ्जमा परिणत भयो भनी कल्पना गर्नुपर्दछ ।

पद्म र चन्द्रमाको आसन माथी ॐ र द्यीः दुई अक्षर उत्पन्न भएको भावना गर्ने र त्यसबाट १०८ जना ज्यादै सुन्दर आभूषण अनि सौम्य वस्त्रमा सजिएका दिप चढाउने अत्यन्त मनमोहक पूजादेवीहरु (मार्मेमा) उत्पत्ति भएको र प्रत्येक देवीहरुको हातमा दियो बत्ती बोकी दशौं दिशाका बुद्धहरुलाई चढाइरहेको कल्पना गर्नुपर्दछ र सबै देवीहरुबाट पुनः एकबाट अर्को गर्दै अरबौं खरबौं दिप चढाउने देवीहरु उत्पन्न भएर उनीहरु सबैले बुद्ध भूमिमा खुल्ला आकाश समान व्याप्त भएर शान्त र क्रोधी स्वरुपी देव देवीहरुलाई चढाइरहेको भावना गर्नुपर्दछ ।

छ्योइमे बाल्नुभन्दा अगाडि के सोच्ने ?

छ्योइमे (दियो) प्रज्वलन गर्नु अघि के सोच्नु पर्छ भने, यो मेरो जीवन आफ्नै सुख शान्तिको निम्ति मात्र नभई आकाश समान व्याप्त प्राणीहरुको दुःख हटाई सदैव सुख शान्तिको निम्ति म जे जस्तो परिस्थितिमा पनि लागि नै पर्नेछु भनी प्रण गर्नुपर्दछ । अझ भनौ खास रुपमा सबै सत्वप्राणीहरुलाई बुद्धत्वसम्म पु¥याउने ठूलो संकल्प राख्नुपर्दछ । त्यसको निम्ति सर्वप्रथम हामी जो कोहीले पनि दुई प्रकारका पुण्य संभार (सञ्चय) गर्नु जरुरी हुन्छ भनी सोच्नुपर्दछ । पुण्य सम्भार र ज्ञान सम्भार अर्थात उपाय र प्रज्ञालाई परिपूर्ण गर्ने प्रयास गरिरहनु पर्दछ । त्यसैको अभ्यास स्वरुप आज म दिप प्रज्वलन गर्दैछु भनी सोच्नु अत्यावश्यक हुन्छ ।

छ्योइमे कति प्रकारका हुन्छन् ?

सामान्यतया दियो बत्ती होस् या कुनै पनि पूजनका सामानहरु प्रत्यक्ष र मनोकल्पीत गरी दुई प्रकारका हुन्छन् । प्रत्यक्ष भन्नाले घिउ, सलेदो आदि आफ्नै हातले तयार पारेर बनाएको र कल्पीत भन्नाले साँच्चीकै पूजनका सामाग्री नभएपनि मनले कल्पेर सुन चाँदीको प्यालामा घिउ तेल भरेर चढाइरहेको सम्झनुलाई बुझ्नुपर्दछ । आजभोली विकसित देश जापान, सिंगपुर र ताईवान जस्ता देशहरुमा कमलको फूल आकारमा बनाइएका विजुली बत्तीहरुको प्रचलन ज्यादै बढेर गएको देखिन्छ । वातावरणीय दृष्टिले बिजुली बत्ती ज्यादै सरल, सुरक्षित, आकर्षक अनि धुवाँ रहित हुन्छन् खाने तेल प्रयोग गरेर बनाइएका दियो बत्तीहरु बढी धुवाँ लाग्ने, कोठा कालो हुने र खाता वा अन्य कपडामा सल्कीने खतर रहन्छ । तर बनस्पती डाल्डा घिउबाट तयार पारेको (छ्योइमे) बत्ती भने कम धुवाँ लाग्ने हुन्छन् ।

अचेल डाल्डा कै बत्तीहरु बढी प्रचलनमा आएको देखिन्छ । बत्ती जेसुकैबाट बनेको भए पनि बत्ती बाली सकेपछि ॐ बज्र अलोके आः हूँ भनी मन्त्रोचारण गर्ने यदि यो मन्त्र उच्चारण गर्न गाह्रो जस्तो लागेमा सबैभन्दा सरल ॐ आः हूँ भन्दै बत्ती सल्काउने । दियो प्रज्वलन गर्दा मुख छोप्ने र अनावश्यक गफ गर्नु हुँदैन किनकि यसरी गफ गर्दा थुक उछिट्टिएर पूजा सामाग्रीहरु शुद्ध रहन पाउँदैनन् । ॐ आः हूँ को अर्थ काय वाक र चित्तमा रहेका यी हाम्रा तीनै प्रकारका दोषहरु नाश भई बत्ती वा जुनसुकै पूजानका सामाग्रीहरु विशुद्ध हुनेछन् । दियो बत्ती प्रज्वलन गरी सकेपछि तुरुन्त कलश (बुम्पा) को पानी छर्कदै ॐ रं यं खं ॐ आः हूँ भनी एक पल्ट वा तीन पल्टसम्म मन्त्रोचारण गर्दै कलशको कुसुम जल बालेको दियो बत्तीतिर पारेर छर्किनु पर्दछ । यसरी मन्त्रोचारण गर्नाले अग्नी, वायु र जलमा रहेका सबै अशुद्ध तत्व वा विकारहरु शुद्ध भएर जानेछन् ।

त्यसपछि सो बत्ती कसलाई र कसको निम्ति बालेको हो उसैको नाम सम्झनुका साथै अरु पनि यस दुःख रुपी भवसागरमा आ–आफ्नै दुःखबाट तड्पी रहेका अरबौं खरबौं प्राणीहरु समेत मैले यो छ्योइमे बालेको पुण्यले शिघ्र बुद्धत्व प्राप्त गर्नसकुन् भनी बुद्ध मूर्ति भए बुद्ध मूर्ति अगाडि, नभए बुद्ध तथा बोधिसत्वहरु आफ्नो अगाडिको खुल्ला आकाशमा प्रत्यक्ष विराजमान हुनु भएको सम्झी तन,मन र वचनद्वारा गहिरो श्रद्धाभक्ति उत्पन्न गर्दै सबै सत्वप्राणीहरु आ–आफ्नै दुःखबाट तत्काल मुक्त होउन र जसरी सूर्यले यस धर्तीको अन्धकारलाई नाश पारी न्यानो प्रकाश स्वरुप यस पृथ्वीमा सबै प्राणीहरुको जीवन यापनमा सहज तुल्याइ दिन्छ त्यसरी नै यस बत्ती बालेको पुण्यले वा प्रकाशले म लगायत सबै सत्व प्राणीहरुको अन्धकार रुपी मनको दोष अविद्यालाई नाश गरी सदा सर्वदा प्रज्ञाको उदय भई मोक्ष वा सम्यक संबुद्धको दर्शन पाउन सकौं भन्दै परिणामना (ङोवा) पनि गरिहाल्नु पर्दछ ।

यसो गर्न सके भने मात्र बत्ती बालेको पुण्य क्षय भएर जान पाउँदैन । स्मरण रहोस् महायान बौद्ध धर्म परम्परालाई परापूर्वकालदेखि अंगाल्दै आई रहेका हामी सम्पूर्ण तामाङ, शेर्पा, गुरुङ, मुगुम लगायत अन्य बौद्ध धर्ममा आस्था राख्ने हरेक जनजातिहरुले जुन सुकै पूजनका सामाग्री चढाउँदा वा प्रणिधान गर्दा आफू र आफ्नो परिवारको सुख शान्तिको निम्ति मात्र नभई सबै सत्वप्राणीहरुको सुखानन्द र मोक्ष अर्थ गरिने परम्परा रहेको छ । अरुलाई आफूभन्दा बढी महत्व दिने भएकै कारण यस धर्म वा परम्परालाई महायान परम्परा भनिएको हो ।

परिणामना (ङोवा) गर्ने विधि

यस दियो प्रजवलन गरेको पुण्यले सुगति र दुर्गतिका सम्पूर्ण प्राणीहरु दुःखबाट मुक्त होउन् । सबै सत्व प्राणीहरुको दोष शुद्ध भई अन्धविश्वास हटेर जाउन् । सत्व प्राणीहरुद्वारा संचित यी सबै अकुशल कर्म, नकरात्मक दोषहरु सबै शुद्ध भएर जाउन् । मनका सबै विकारहरु सिघ्र हटेर जाउन् । तसर्थ, हे भगवान मलाई संयम्, शक्ति र मोक्ष प्रदान गर्नु होस् ।

छ्योइमे बत्ती बालेको फाइदा (अनुशंसा) बारे महायान बौद्ध शास्त्रहरुमा यस प्रकारको उल्लेख पाइन्छः

१) बत्ती बाल्ने व्यक्रि यस संसारमा दियो जस्तै चम्किलो भई तिक्ष्ण दिमाग समेत प्राप्त गर्नेछ ।

२) छ्योइमे चढाउने व्यक्तिले शुद्ध र सफा मांस चक्षु प्राप्त गर्नेछ ।

३) उसले ज्यादै आकर्षक देव नयननै प्राप्त गर्न सक्नेछ ।

४) उसले यस्तो ज्ञान प्राप्त गर्नेछ जसले पाप र धर्मलाई सही रुपले छुट्याउन सकिनेछ ।

५) उसले अविद्याको अन्धकार (सबै वस्तु नित्य हुन् भन्ने गलत बुझाई) लाई सदाको लागि हटाउन सक्षम हुनेछ ।

६) उसले यस्तो ज्ञान प्राप्त गर्नेछ जसले यसै जुनीमा समेत कहिले पनि अन्धकार वा अज्ञानताको पींडा खेप्नु पर्दैन । ७) ज–जसले शुद्ध मनले छ्योइमे चढाउँदछन् उसले सुख वैभव र ऐश्वर्य प्राप्त गर्नका साथै अपार सम्पत्तिको उपभोग गर्न पाउनेछ ।

८) जसले दिप प्रज्वलन गर्दछ उसले पनि दुर्गतिमा पतन हुनुपर्दैन र देव मनुष्यलोकमा वर्णवान र मतिवान भएर जन्मने सुअवसर प्राप्त गर्नेछ । ९) उसले शिघ्र दुःखमय दुर्गतिका द्वारहरु बन्द गरी मोक्ष प्राप्त गर्नेछ । १०) र अन्ततगत्व उसले बुद्धत्व प्राप्त गर्न सक्ने छ ।।। भवतु सर्वमंगलम् ।।।

अतिशा दिपंकर श्री ज्ञानद्वारा विरचित,टीका शेर्पा लामाद्वारा नेपालीमा अनुवादित

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...