केटीहरु फर्की-फर्की हेर्थे अनि म लजाउँथेँ – Janata Live
  • Saturday, February 4, 2023

केटीहरु फर्की-फर्की हेर्थे अनि म लजाउँथेँ

  • जनता लाइभ
  • मङि्सर १९, २०७५

केटीहरु फर्की-फर्की हेर्थे अनि म लजाउँथेँ

म कपडा लगाउने कुरामा त्यति कन्सियस छैन । औपचारिकभन्दा अनौपचारिक कपडा लगाउन बढी रुचाउँछु । जिन्स पाइन्ट टिसर्ट धेरै लगाइन्छ । तर पछिल्लो समयमा पार्टीको जिम्मेवारी बढ्दै जाँदा पोशाकमा पनि ख्याल गर्नुपर्छ भनेर कोट र पालतो पाइन्ट, लेदरका जुत्ता लगाउन थालेको छु ।

पार्टीमा आबद्ध भए पनि यही पोसाक नै लगाउनुपर्छ भन्ने छैन । सामान्य सुहाउँदो किसिमका कपडा पहिरिएर नै जान्छु । मेरो जीवन विशुद्ध व्यक्तिगत भएको भए आफ्नै रोजाइको जिन्स पाईन्ट र टिसर्ट लगाउँथेँ । तर म राजनीतिकर्मी हुँ । मैले लगाउने पोशाकलाई समाजले नियाल्ने भएकाले औपचारिक पोशाक लगाउनुपरेको छ  ।

म  धेरै महंगो खालका कपडा, जुत्ता किन्दिनँ । पाइन्टहरू सामन्यतया २–३ हजार रुपैयाँ मूल्य पर्ने खालका लगाउँछु । बान्ड्रेड स्पोर्ट सुज बिक्री मेला लागेको समयमा किन्ने गर्छु । आफ्नै रोजाइ र आफ्नै खुट्टाको नापअनुसार किन्छु । सपिङ मल तथा सपिङ सेन्टरतिर प्राय किन्ने गर्छु । नेपालमा त्यति धेरै किन्दिनँ । विदेशतिर गएको बेलामा किनेर ल्याउने गर्छु ।

बैठक सकेर निस्कँदा चौरमा  टेलिभिजनका पत्रकार क्यामरा लिएर लाइन लागेका थिए । बैठकका निर्णयबारे सोधे । हाफ टिसर्ट, जिन्स पाइन्ट र  स्पोर्ट सुज लगाएको थिएँ । महाधिशेनको बेलामा दिइएको झोला पनि बोेकेको थिए । सबै क्यामेरा मतिर तेर्सिए । मैले आफूले लगाएको कपडा राम्रो छैन भनेर बोल्दिनँ भनेँ । तर पत्रकारहरूले बोल्नुस् बोल्नुस् भनेर कर गरे । मैले नबोली धरै पाइनँ ।

वर्षमा वा महिनामा यति रुपैयाँको कपडा किनेर लगाउँछु भनेर बजेट छु्रट्याउँदिनँ । भैपरि आउँदा सिजनअनुसार जे जस्ता कपडा चाहिन्छ त्यही किनेर लगाउँछु । कतिपय साथीहरूले नै पनि उपहारस्वरुप कपडा किनेर दिनुहुन्छ । विदेशतिर बस्ने साथीहरूले कपडा टिसर्ट, पाइन्ट, सर्ट ज्याकेट चस्मालगायतका सामग्री बारम्बार पठाइदिने भएकाले कपडामा त्यति धेरै खर्च गर्नुपर्दैन । धेरैजसो जुत्ता उपहार आउने गर्छ ।

डुब्लिकेट पर्यो भने रिस उठ्छ 
म कपडा किन्ने बेलामा सपिङ मलमा  गएर, कस्तो कपडा किन्ने हो त्यो लगाएर ऐनामा एकछिन नियालेपछि मात्र किन्ने नकिन्ने निर्णय गर्छु । क्वालिटीको कपडा आफूलाई सुहाउँदो छ, फिटनेस छ, मन पर्यो भने अरूले सुहाउँदैन भने पनि किन्ने गर्छु । ‘किनेको कपडा लगाउँदै जाँदा राम्रो लाग्यो भने जति महंगो कपडा भए पनि किनेकोमा खुसी लाग्छ, किनेको कपडा डुब्लिकेट रहेछ भने व्यर्थै पैसा खर्च गरेको भन्ने लाग्छ ।

कैलेकाहीँ आकर्षक डिजाइनको कपडा ओरिजिनल भनेर किनिन्छ तर डुब्लिकेट प¥यो भने बेच्ने व्यापारीसँग रिस उठ्छ । कतिपयले पसलेहरूले यस्ता डुव्लिकेट कपडा बेच्दा सही कुरा नबताउने वा उसले पनि आयात गर्दा थाहा नपाएको पनि हुक्छ । त्यो कारणले मलाई डुब्लिकेट कपडा भिडाउनुमा उसको मात्र पनि गल्ती हुँदैन ।

म प्राय एकै ठाउँमा मात्र किन्दिनँ ।  कपडा किन्ने खास पसल छैन । आज सपिङ गर्न जाने भन्ने योजनाअनुसार सपिङ हुँदैन । बाहिर काम परेको ठाउँमा जाँदा नजिक सपिङ मल रैछ भने किनिन्छ ।

सानो छँदाको कुरा 
सानो छँदा घरका मान्छेले जे जस्तो कपडा दियो त्यो लगाइन्थ्यो । गाउँमा एउटा पसल थिएन । कपडा किन्न धरान आउनुपथ्र्याे । सडक, मोटर बाटोको सुविधा थिएन । राती बाटोमै बास बसेर हिँडेरै धरान बजारसम्म पुग्नुपथ्र्यो । घर ताप्लेजुङ भएकाले धरान बजारसम्म आउन ३ दिन पैदल हिँड्नु पथ्र्याे ।
‘त्यतिबेला कहाँको च्यावाइस ? सिजनअनुसारको कपडा लगाउने कुरा आउँथ्यो  । आमाले वर्षमा एकपटक दशैँमा कपडा किनेर दिनुहुन्थ्यो । नयाँ लुगा लगाएपछि पिङ खेल्ने निहुँमा साथीहरूलाई कपडा देखाउन गइन्थ्यो ।’

धरानमा कपडा किन्न कहिले आमा कहिले दाइ आउनुहुन्थ्यो । म सानै थिएँ । कैलेकाहीँ म पनि उहाहरूसँग पछि लागेर आउँथेँ । म दुई वर्षमा हुँदा बुबा बित्नुभयो । उहाँ कस्तो हुनुहुन्थ्यो, मलाई याद नै छैन । उहाँले लगाएदिएको कपडाको मलाई याद नै छैन । तर आमाले चाहिँ मलाई पहिलोचोटि बाक्लो बक्खु लगाइदिएको याद छ ।

ठूलो भएपछि दौरा सुरुवाल लगाएको छैन 
हिमाली क्षेत्र भएकाले धेरेजसो बाक्लो बक्खु लगाइन्थ्यो । सानामा दौरा सुरुवाल लगाएर स्कुल गइन्थ्यो । सानैमा आमाले दिएको दौरा लगाए पनि अहिले ठूलो भएपछि आफैँले सिलाएर एकपटक पनि दौरा सुरुवाल लगाएको छैन । तर ढाका टोपी भने प्राय छुटाउँदिनँ । धेरै साथीभाइ पार्टीका नेता र भेट्नेहरूको मैले लगाएको टोपीको प्रशंसा गर्दै खुब सुहाएको छ भन्छन् । त्यसैले ढाका टोपी छाड्नै मन लाग्दैन ।

कपडा लगाउँदा म खासै ब्रान्डका च्वाइस गर्दिनँ । ब्रान्डको बारेमा त्यति धेरै दख्खल पनि छैन । हेर्दा राम्रो आकर्षक कपडा किनेर लगाउँछु । म स्कुल कलेज पढ्ने समयमा कुनै पनि कपडा उपहार आएन । मैले पनि कसैलाई दिइनँ । पहिलोपटक श्रीमतीले सर्ट पाइन्ट किनेर उपहार दिइन् । त्यो लगाएर श्रीमतीसँगै खिचेको फोटो छ । कैलेकाहीँ त्यो फोटोमा आँखा जाँदा उनले मलाई दिएको पहिलो उपहारको र बितेका पलको सम्झना आउँछ ।

कलेज पढ्दा धेरै पैसा हुँदैनथ्यो । धेरै कपडा फेरी फेरी लगाउन पाइन्थ्यो । पुरानै भएपनि धोएर, सफा गरेर आइरन गरेर लगाइन्थ्यो । ‘पातलो ठिक्कको मेरो ज्यानमा कपडा लगाउँदा खुब सुहाउँथ्यो । मिलेको कपडा लगाएर क्याम्पस जान्थेँ । सरले पढाइरहँदा पनि मभन्दा अघिल्लो बेन्चमा बसेका केटीहरू मलाई घरीघरी फर्किएर हेर्थे ।

मैले लगाएको कपडाको प्रशंसा गर्थे केटीहरू, म लजाउँथेँ । सामान्यतयाः मेरो शारीरिक बनोटले जस्तो कपडा लगाए पनि सुहाउँथ्यो । कपडा सुहाएन भनेर मलाई कसैले खिसीट्युरी गरेर उडाएनन् ।

४०/४२ सालको कुरा हो । काठमाडौँमा कलेज पढ्दाको कुरा । असाध्यै जाडो थियो । कीर्तिपुरमा कोठा थियो, त्यहीँ कलेज पढ्थ्यौँ । बिहान उठ्दा शीत र तुसारोको भिजिन्थ्यो । त्यो बेलामा बाक्लो न्यायो भनेजस्तो अरुका जस्तै कपडा लगाउन मन हुन्थ्यो र पैसा हुँदैनथ्यो । जाडो सिजनमा पनि पैसाकै कारणले तातो न्यायो कपडा लगाउन नपाउँदा गरिबी सम्झिएर दुख लाग्थ्यो ।

त्यतिबेला ठूला ठूला सपिङ मल थिएन । हामी सामान्य पसलमा किनेका सस्ता मूल्यका कपडा लगाउँथ्यौँ । सस्ता मध्यम क्वालिटीका कपडा ५०/६० रुपैयाँमा आउँथे । तिनै कपडा लगाउँथ्यौँ ।  प्राय ब्रान्डेड कपडा न्युरोडमा किन्न पाइन्थ्यो । हामी हिँड्दा कपडा लगाएर राखिएको डमी देख्थ्यौँ । चिटिक्क सजाएर राखेको डमी देख्दा लाग्थ्यो, आहा यो कपडा लगाउन पाए पनि हुन्थ्योे ।

डराई डराई पसलमा छिरेर कपडाको मूल्य सोधिन्थ्यो । साचेभन्दा बढी भाउ भनेपछि तर्सिन्थ्यौँ । ती कपडाको मोल पसले ५०/६० रुपैयाँ भन्थे, हामी मुल्य सुन्दै तर्सिन्थ्यौँ । मसँग पैसा छैन किन्दिनँ भन्न अफ्टेरो लाग्ने भएकाले एक दुईवटा  पसलमा गएर हेर्छु अनि मन परेन भने यहीँ आउँछु भनेर बाटो लाग्थ्यौँ ।

अहिले त्यतिबेलाका समकालीन साथीहरूसँग भेट हुँदा विगतका कुराहरू स्मरण गर्छौं । अनि  ती पलबारे उनीहरू भनेका एउटा कुरा मलाई खुब चित्त बुझ्यो । त्यो जवानीमा कपडा सुहाउँथ्यो, पैसा थिएन । अहिले बूढो भइयो । भनेजस्तो कपडा किन्ने पैसा छ । तर लगाउँदा सुहाउँदैन ।

त्यतिबेला कपडा मात्र हैन ठूला महंगा रेष्टुरेन्टले पनि लोभ्याउँथ्यो । बाटोमा हिँड्दा छेवैको रेष्टुरेन्टमा मगमग बास आउँदा खान मन लाग्थ्यो । विगत सम्झेर केही साथी भन्छन्, जति बेला खान मन लाग्ने समय थियो खान पाइएन । अहिले पैसा छ, तर खान मिल्दैन, सुगर छ, प्रेसर छ ।

हिमाली क्षेत्र भएकाले धेरेजसो बाक्लो बक्खु लगाइन्थ्यो । सानामा दौरा सुरुवाल लगाएर स्कुल गइन्थ्यो । सानैमा आमाले दिएको दौरा लगाए पनि अहिले ठूलो भएपछि आफैँले सिलाएर एकपटक पनि दौरा सुरुवाल लगाएको छैन । तर ढाका टोपी भने प्राय छुटाउँदिनँ । धेरै साथीभाइ पार्टीका नेता र भेट्नेहरूको मैले लगाएको टोपीको प्रशंसा गर्दै खुब सुहाएको छ भन्छन् । त्यसैले ढाका टोपी छाड्नै मन लाग्दैन ।

नयाँ फेसन देखेर दंग पर्छु
अहिलेको नयाँ नयाँ फेसन देखेर दंग पर्छु ।  म पछि ढिलो जन्मिएको भए यस्तै फेसन लगाउने रहेँछुजस्तो लाग्छ । तर म जुन समयमा जन्मिएँ, त्यो समयदेखि अहिलेसम्म ठूलो राजनीतिक परिवर्तन भयो । पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था, तानाशाही राजसंस्था र फेरि गणतन्त्र ल्यायो । यो व्यवस्था परिवर्तनका आन्दोलनमा म आफैँ सहभागी हुने मौका पाएको सम्झिएर पनि ढिलो जन्मिएको प्रति भने पश्चाताप छैन ।

४६ सालअघि पञ्चायती व्यवस्था फालेर बहुदलीय व्यवस्था ल्याउन हाम्रै दलका थ्रुपै नेता भूमिगत थिए । उनीहरूका लागी हामी पुराना कपडा संकलन गरेर धोएर आइरन गरे पठाइदिन्थ्यो । त्यतिबेला जिन्सको फेसन थिएन । कपडाको सर्ट पाइन्ट र स्विटर संकलन गरेर भूमिगत भएका नेताहरूलाई पठाइन्थ्यो ।
राजनीतिमा लागेका जो कोहीलाई घरको काम गर्ने फुर्सद कम नै हुन्छ । पार्टीमा जिम्मेवारी बढेपछि घरपरिवारलाई समयसमेत दिन सकेको छैन । घरमा कैलेकाहीँ बस्दा ट्रयाक सुट, हाफ पाइन्ट लगाउँछु ।

अन्तरवार्तामा कपडा फेर्न भ्याइन्न
पार्टीको बैठकमा वा अरू ठाउँमा यही कपडा नै लगाउने भन्ने नियम छैन । बिहानै उठेर कतै जाँदा लगाइएको सिम्पल कपडा नै लगाएर टेलिभिजनमा अन्तरवार्ता दिनुपर्नेसमेत बाध्यता आउँछ । बिहान घरबाट निस्किएपछि कता कता पुगिन्छ । कपडा फेर्न भ्याइन्न । त्यही सयममा टेलिभिजनबाट साथीहरूले अन्तरवार्ताको लागी बोलाइदिन्छन् । त्यतिबेला त्यही कपडामै अन्तरवार्तामा जानुपर्छ  ।

सचिव बनेपछि कपडाबारे पहिलो प्रतिृकया
७१ असारमा पार्टीको नवौँ महाधिवेशनपछि म केन्द्रिय सचिवमा निर्वाचित भएँ । बल्खुमा रहेको तत्कालीन पार्टी कार्यालयमा साउनको पहिलो साता बैठक बसेको थियो । बैठक सकेर निस्कँदा चौरमा  टेलिभिजनका पत्रकार क्यामरा लिएर लाइन लागेका थिए । बैठकका निर्णयबारे सोधे । हाफ टिसर्ट, जिन्स पाइन्ट र  स्पोर्ट सुज लगाएको थिएँ । महाधिशेनको बेलामा दिइएको झोला पनि बोेकेको थिए । सबै क्यामेरा मतिर तेर्सिए । मैले आफूले लगाएको कपडा राम्रो छैन भनेर बोल्दिनँ भनेँ । तर पत्रकारहरूले बोल्नुस् बोल्नुस् भनेर कर गरे । मैले नबोली धरै पाइनँ ।

एमालेको महाधिवेनपछिको पहिलो बैठकको निर्णयबारे सबैलाई चासो थियो । सबै टेलिभिजनले प्राथमिकथाका साथ समाचार बजाए मेरो बाइटसहित । त्यसपछि दुई खाले प्रतिक्रिया आए ।

युवा पंक्तिले भने एमाले सच्चिएछ, सर्वहाराको कम्युनिष्ट पार्टी बल्ल भएन । सामान्य कपडामा पार्टीका पदाधिकारीहरू छन् । सामान्य पोशाक जिन्स पाइन्ट, टिसर्ट र स्पोर्ट सुजमा पार्टी बैठकको निर्णय व्रिफिङ गर्दा नयाँ जेनेरेशनले खुसी व्यक्त गरे ।

तर पाका पुराना व्यक्तिहरूले त्यसलाई रुचाएनन् । उनीहरूले भने, ‘तपाईं पार्टी सचिव हुनुहुन्छ, यति ठूलो पदमा आसीन व्यक्ति सार्वजननिक मिडियामा आउँदा अलिकति पर्सनालिटीको पनि ख्याल गर्नुस् है भनेर सुझाए । कम्तीमा एउटा कोट लगाउनुस् भनेर सुझाव दिए । अब नयाँ जेनेरेशनको सुझाव मान्ने कि पाका पुस्ताको सुझाव मान्ने भन्ने द्विविधा भयो । जन्मेर ५१ वर्षको भएँ । कहिलेकाहीँ सुट पाइन्ट लगाउँछु । तर टाईचाहिँ मैले जम्माजम्मी ५ दिन लगाएँ होला ।

मावधकुमार नेपाल कपडा लगाउनै जान्दैनन्
राजनीतिक दलका धेरै नेताहरू ड्रेस लगाउनमा कन्सियस छन् । हाम्रो पार्टीमा झलनाथ खनाललाई कोर्ट पाइन्टमा सुहाउँछ । अध्यक्ष केपी शर्मा ओलीलाई दौरा सुरुवाल लगाएको खुबै सुहाउँछ ।  मावधकुमार नेपाल ड्रेस मिलाएर लगाउन जान्नुुहुन्न । उहाँले जब ड्रेस मिलाएर लगाउनुहुन्छ, क्या ह्यान्डसम देखिनुहुन्छ । पुष्पकमल दाहालको लवाइ पनि राम्रो र आकर्षक छ ।

पोशाकले मान्छेको व्यक्तित्व झल्काउँछ । कपडाले मात्र व्यक्तित्व देखाउने हैन । तर कपडा पनि महत्वपूर्ण छ । सार्वजनिक जीवनयापन गर्ने मानिसले मान्छेलाई आकर्षण दिनुपर्छ । त्यसको लागि कपडामा विशेष ख्याल गर्नुपर्छ । कम्युनिष्ट महंगो राम्रो कपडाको विरोध गर्ने जायज होइन । आफ्नो क्षमता रुचीअनुसारको कपडा लगाउन सकिन्छ ।

अहिले म आफैँ सपिङ गर्न जान्नँ । कैलेकाहीँ श्रीमतीसँग बाहिर निस्किन्छु । श्रीमतीले किनेर ल्याइदिन्छिन् । सर्ट पाइन्ट, टिर्सट, स्विटर किनेर ल्याइदिन्छिन् । मैले पनि पहिला पहिला उनलाई कपडा उपहार दिन्थेँ । अहिले धेरै भयो दिएको छैन । (कुराकानीकाे सम्पादित अंश)

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...